संस्कृत, संस्कार, संस्कृति र जयतु संस्कृतम्

 

डा. बद्री पोख्रेल

अध्ययनहरुले सिद्ध गरिसकेका छन्, खानपानले आचरणलाई असर गर्छ, आचरणले अध्ययनमा असर पार्छ । अध्ययनले चिन्तनलाई र चिन्तनले कर्तव्याकर्तव्यलाई प्रभाव पार्दछ । कर्तव्याकर्तव्यले सुकीर्ति र दुस्कीर्ति फैलाउँछ ।

 

हिजोआज मानवीयता, भाइचारा, पारस्परिक सद्भाव, सहयोग, विश्वबन्धुत्व जस्ता विषय इतिहासका पुस्तकमा सीमित र घमण्ड, दम्भ, अपवित्र गठबन्धन, स्वार्थ, सामरिक हातहतियारको दवदवा व्यापक हुुँदै गएका छन् । यो अवस्था लम्विदै गएमा शाश्वत मानव अस्तित्वमा गम्भीर कठिनाइ आएर ठूूलो दुुर्घटना हुुन सक्ने सम्भावनाको अनुुमान लगाउन सजिलैसंग सकिने भएको छ । यसमा सुधार ल्याई आपसी भलाइका लागि मित्रता र पारस्परिक सहयोगको बाटो पहिल्याउन अत्यन्त जरुरी भैसकेको छ । यसको निमित्त कुन् उपाय वा सूत्र उपयोगी हुन सक्छ खोजी गर्नुपर्ने चासो पनि बढेको छ ।

 

अध्ययनहरुले सिद्ध गरिसकेका छन्, खानपानले आचरणलाई असर गर्छ, आचरणले अध्ययनमा असर पार्छ । अध्ययनले चिन्तनलाई र चिन्तनले कर्तव्याकर्तव्यलाई प्रभाव पार्दछ । कर्तव्याकर्तव्यले सुकीर्ति र दुस्कीर्ति पैmलाउँछ । सुकीर्ति र दुस्कीर्तिले तत्काल मरेतूल्य बनाउँछ वा अजरामर तुल्याउँछ । यो विश्वजनीन सत्य हो । यो नै शाश्वत सत्यको विषय हो, प्राकृतिक नियम पनि यही हो । वेद, पुुराण, नीतिले भन्दै आएका तथ्य पनि यसैभित्र समेटिएका छन् ।

 

आजकल मानिस आफ्नो स्वाभाविक गुण भन्दा पृृथक हुुन लागेको आभास हुुन्छ । यद्यपि मानिसको स्वभाविक गुण सहअस्तित्व, विश्वबन्धुत्व, विश्वकल्याण, विश्व शान्ति, पारस्परिक सहयोग, सद्भावना, धार्मिक सहिष्णुता जस्ता विषयको प्राप्ति र आर्जनसँग सम्बन्धित छ । त्यो भावना नै सुुखद र सफल जीवनको आधार पनि हो ।

 

तर यी विषय कहाँ छन्, कुुन शास्त्र वा दर्शन वा वादमा छन् । संसारभर चिन्ताको विषय वनेको पाइन्छ । यसवारे एकातिर सम्भव भए सम्मका र उपलब्ध भए सम्मका श्रोतहरुको खोजि र अध्ययन भइरहेको छ भने अर्कातिर समाजमा झगडा, युुद्ध, चोरी डकैती, तिरस्कार लाञ्छना, स्वाथर््ा व्यापक वन्दै पनि आइरहेको छ ।

 

जुुनसुुकै धर्म सम्प्रदाय मान्नेहरुका लागि पनि धार्मिक ग्रन्थहरु नै नीति, कानून, समाज व्यवस्था र सामाजिक सद्भाव जगाउने श्रोत हुुन् । राज्यको नीति नियम, संविधान पनि धार्मिक ग्रन्थहरुकै आधारमा विकसित हुुदै आएको हो । परोपकार, प्रेम, मित्रता, पारस्परिक सहयोग, विश्वबन्धुत्वको जगेर्ना गर्ने श्रोत र आधार पनि तिनै हुन् ।

 

त्यति हुुदाहुदै पनि सवै धार्मिक ग्रन्थहरु सर्व–स्वीकार्य छैनन् । समूूह विशेष वा जाति विशेषलाई लिएर लेखिएका देखिन्छन् । त्यस्ता धार्मिक लिखतहरु नयाँ पनि लेखिदैछन् र वजारमा (समाजमा) आइरहेका पनि छन् । यस अवस्थामा अहिलेसम्म उपलब्ध भएका अपेक्षाकृत निर्विवादी श्रोतहरुलाई आधार वनाउनुपर्ने हुुन्छ । त्यस्ता श्रोतहरुमा वेद नै मानिन्छ र विश्व भरमा वेदको विरुद्धमा कुुनै ग्रन्थ लेखिएको यो पंतिकारलाई जानकारी छैन ।

 

यद्यपि वेद पनि धेरै वटा भएकाले केही अन्योल भएको हुुन सक्छ । तर गौढ गरेर अध्ययन गरेको खण्डमा वेदमा निरन्तरता छ, विवाद र विरोधाभास छैन । यसैले वेद धार्मिक ग्रन्थको रुपमा नलिएर नीति, कर्तव्याकर्तव्य, राज्य व्यवस्था, समाज व्यवस्था र मानवीयताका सम्बन्धमा लेखिएको प्राचीनतम ग्रन्थ हो ।

 

यसमा पृथ्वीको, अन्तरिक्षको, वनस्पतिको, सूूर्यको महत्व दर्शाइ महत्वपूूर्ण मानिए पछि पूूजागर्नुुपर्छ भन्ने मान्यता वस्दै आएकाले वेदलाई पनि यदाकदा धार्मिक ग्रन्थकोरुपमा परिभासित गर्न थालिएको हुुनसक्छ ।

 

वेदको मूूल रुप संस्कृत हो भन्नेवारेमा कुनै वादविवाद पाइदैन । निर्विवाद छ । वेदमा नै विज्ञान, आयुुर्वेद, तन्त्र, ज्योतिष, वातावरण आदिको वृहत चर्चा परिचर्चा पनि गरिएको छ । अहिले जर्मनी, वेलायत, फ्रान्स, अमेरिकामा भएका खोज र अनुुसन्धानहरुले पनि वेदको महत्व अतुुलनीय भएको र यसको भाषा अत्यन्त वैज्ञानिक भएको कुुरालाई स्वीकारिसकिएको छ ।

 

वेदकै विषयलाई टीका, व्याख्या र विश्लेषण गर्ने क्रममा उपनिषद, पुुराण र आख्यानहरु वनेका हुुन् । संस्कृत जत्तिकै वैज्ञानिक भाषा अहिले सम्म प्रचलनमा आएका भाषाहरुमा अरु भेटिन्नन् । ल्याटिन भाषा पुुरानो मानिए पनि ग्रन्थ लेखनको दृष्टिले संस्कृत भन्दा पछिकै मानिएको छ ।

 

संस्कृत वाङ्मयमा यस्ता महत्वपूर्ण विषयको श्रोत र उपलब्धता भेटिने भएकाले संस्कृतलाई देवभाषा वा प्राचीनतम भाषाको रुपमा लिइदै आएको स्पष्ट छ । हरेक व्यक्ति, संस्था र राष्ट्रले आ–आफ्नो अस्तित्वको रक्षागर्न पाउनु र सक्नु पर्दछ । एक अर्कामाथि थिचोमिचो हुनु हुँदैन । स्वतन्त्रता र समानताका आधारमा आ–आफ्नो अस्तित्वको उपयोग गर्न पाउनु पर्छ ।

 

यो भावनाको वीजारोपण गर्नेदेखि पल्लवित र स्थापित गराउने विद्या वा वाङमय भनेको संस्कृत नै हो । सबै मानिस सुखी होउन, निरोगी बनुन्, सबैको उन्नति होस् (सर्वे भवन्तुु सुुखिनः) भन्ने विश्व जनीन चिन्तन बोक्ने आदर्श संस्कृत वाङमय मै पाइन्छ ।

 

संस्कृत वाङ्मयले नै आकाश, पृथ्वी, पशु, चरा, सर्प, पानी सबैलाई ईश्वर मानेको छ । यिनीहरुको अस्तित्वमा नै संसार खडा भएको छ । हामी यसैभित्र छौं । ‘यत्र विश्वं भवत्येक नीडम्’ लाई लोक व्यवहारमा ल्याउने शास्त्रसमेत संस्कृत वाङमय नै हो ।

 

यसमा संसारका कुनै पनि विद्वानहरुले विरोध जनाएका छैनन्, अपितुु सहमति गरेका छन् र विश्वको प्राचीनतम कल्याणकारी ग्रन्थ वेदलाई नै मानेका छन् । आजकल धेरै भाषामा वेदको अनुवाद भैसकेको र भइरहेको पनि छ ।

 

संस्कृत भाषा साहित्य र वाङमयलाई उपयोगमा ल्याउने, यस भित्रको विज्ञान पक्षको महत्व बोध गराउने समेत उद्देश्यले संस्कृत विश्वविद्यालय लगायतका केही संस्थाहरु स्थापना भएका छन् । त्यसरी स्थापना भएका संस्थाहरु मध्येको एउटा हो – ‘जयतु संस्कृतम्’ ।

 

जयतुु संस्कृतम् के हो ?

 

जयतु संस्कृतम्को अर्थ संस्कृत वाङमयको जय होस भनिएको हो । संस्कृत वाङमयको जय होस् भनेको– संस्कृत भाषामा आवद्ध सार्वजनीन कुराहरु अर्थात् सह–अस्तित्व, विश्वबन्धुत्व, विश्वकल्याण, विश्वशान्ति, पारस्परिक सहयोग, सद्भावना, धार्मिक सहिष्णुता आदि भावनाको जय होस् भनिएको हो ।

 

अर्थात् ती भावना कार्यान्वित होऊन्, संस्कृतविद्याले बताएका कुराहरु लोक व्यवहारमा आऊन्, वैदिक वाङ्मयको कल्याणकारक ज्योतिले वर्तमान विश्वलाई शान्ति, सृजना र विश्वबन्धुत्व (यत्र विश्वं भवत्येकनीडम्–वेद) को शीतल छाहारी प्रदान गरोस् भन्ने तात्पर्य हो ।

 

सनातन धर्म, जनता जनार्दन, पवित्र जन्मभूमिको कल्याण र अभ्युत्थान होस् भन्ने आदर्श भावनाको शङ्खघोष नै जयतु संस्कृतम् आन्दोलनको सन्देश हो ।

 

नेपालको मात्र होइन हरेक व्यक्ति, समाज, राष्ट्र र विश्वले आआफ्नो अस्तित्व राख्न पाउनुपर्छ, ‘स्व’– को पहिचान दिन सक्नुपर्छ, एक–अर्कामाथि थिचोमिचो हुनुहुँदैन, स्वतन्त्रता र समानताका आधारमा सबैले आआफ्नो अस्तित्वको उपयोग गर्न पाउनुपर्छ भन्ने आन्दोलनको नाम जयतु संस्कृतम् हो ।

 

यसै कारण जयतु संस्कृतम् कुनै भाषा, जात र जातिको नारा होइन, यो त विश्व–मानवको समुन्नति, शान्ति र कल्याणकारी कार्यका निम्ति एक भएर अघि बढौं भन्ने आह्वान र विचार हो ।

 

वि.सं. २००४ सालमा संस्कृत पढ्ने विद्यार्थीहरुले पनि आधुनिक विषय पढ्न पाउनुपर्छ भनेर आरम्भ गरिएको अभियान थियो – जयतु संस्कृतम् । त्यसवेलाको हुुकुमी राणाशासनको विरुद्ध आवाज उठाउने पहिलो जन प्रयास थियो, यो ।

 

राणाकालमा स्वचालित रुपमा आएको यो अभियानले नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्न ठूलो सघाउ पु¥यायो । तर, पञ्चायती शासनकालमा प्रजातन्त्रको शंखनाद गर्ने र मानव विचारलाई प्रश्रय दिने सबै संघ, संस्था र तिनका विचारमा प्रतिबन्ध लागे सँगै जयतु संस्कृतम् आन्दोलन पनि प्रतिबन्धित हुन पुग्यो र मौन प्रायः वन्यो ।

 

२०५४ सालमा संस्कृत क्षेत्रका अग्रणी एवं जयतुु संस्कृतम्का संस्थापकहरुले अभियान स्थापनाको स्वर्ण महोत्सव मनाए सँगै संस्कृत वाङ्मयको संरक्षण गर्ने मूल उद्देश्य राखेर जयतु संस्कृतम् संस्था स्थापना गरी कानून बमोजिम दर्ता गरिएको थियोे । जयतु संस्कृत् अभियानका अभियन्ता मध्येकै श्रीभद्र शर्मा संस्थाको पहिलोे अध्यक्ष निर्वाचित हुुनुुभएको थियो ।

 

मानव मूूल्यको जगेर्ना गर्न र पहिचान दिन जयतुु संस्कृतम् त्यै इतिहासलाई जोगाएर संस्कृत, संस्कृति, भाषा, वाङमयको संरक्षणमा लागिपरिरहेको छ । यसवाहेक संस्कृतमा भएका अमूूल्य सम्पत्तिहरुलाई धेरैले वुुझ्ने र वोल्ने भाषामा अनुुवाद गर्ने काम पनि गरिरहेको छ ।

 

संस्कृतमा भएका तीन प्रमुुख पक्षहरु– ज्ञान, दर्शन र कर्मकाण्डको प्रचार प्रसारमा यसका नियमित र विशेष कार्यक्रमहरु उद्यत छन् । महाभारत काल पछिको विश्व इतिहास तयार गर्ने उद्देश्यले उत्तर महाभारत लेख्न थालिसकिएको छ ।

 

संस्कृत संस्कृतिको संरक्षणमा स्थापना कालदेखि नै अनवरत रुपले लागि परेको यो संस्थाले गरिरहेका काम र अव गर्नुपर्ने कामका सम्बन्धमा सहयोग गरी वाङमय, भाषा र संस्कृतिको संरक्षणमा हौसला प्रदानगर्न राज्य संयन्त्र लगायत स्वदेशी विदेशी सम्पूर्ण शुभेच्छुकहरुमा अनुुरोध पनि छ ।

 

यसैमा मानवीय सद्भावको माध्यमबाट विश्व मानव समुुदायको सर्वतोमुुखी कल्याण सुुनिश्चित छ । आजको समयको र विकृत हुुँदै गएको मानव अस्तित्व र संस्कृतिको माग पनि यसबाट सम्बोधन हुुने निश्चित छ ।

लेखक जयतुु संस्कृतम्का अध्यक्ष हुन् ।
badripp@gmail.com