तेलको मुल्यवृद्धिले नेपाली अर्थतन्त्रमा कालोबादल

 

नेपाली अर्थतन्त्र संकट तर्फ, तेलको मूल्य वृद्धि २५० प्रतिशत !

प्रतिव्यारेल तेलको मूल्य १८ जनवरी २०१६ मा अहिलेसम्मको सवैभन्दा थोरै साढे २८ डलर मात्र थियो । त्यसको तुलनामा अहिले करिब २५० प्रतिशतले वृद्धि भएको छ । समग्रमा तेलमा भैरहेको मूल्यबृद्धिले नेपालको अर्थतन्त्रको सवै क्षेत्रमा नकारात्मक प्रभाव पार्ने निश्चित छ । तर, अर्थमन्त्रीका लागि भने यो समाचार सुखद रहने छ । ’cause तेलको मूल्यमा आएको वृद्धिले भन्सार तथा मूल्य अभिवृद्धि करको असुलीमा वृद्धि हुन्छ अनि लक्ष्यभन्दा धेरै राजश्व उठ्ने निश्चित छ !

 

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मानक ‘ब्रेन्ट क्रुड’ तेलको मुल्यले करिब ७० डलर प्रति व्यारेलको रेर्कड कायम गरेको छ । १८ जुन २०१४ मा ११४.५२ प्रति व्यारेल रहेको यो तेलको मुल्य गत जुन २१, २०१७ मा प्रति व्यारेल ४४ अमेरिकी डलरमा झरेको थियो । अहिले उक्त कच्चा तेलको मुल्य अहिले ६९ डलरभन्दा माथि पुगेको छ । अहिले त्यसपछिको सवैभन्दा धेरै मुल्यमा तेजी आएको हो ।

 

गत जुलाई १०, २००८ मा सवैभन्दा धेरै १४१ डलर पुगेको तेलको मुल्य सेप्टेम्वर २००८ बाट सुरु भएको वैश्विक वित्तीय संकटले ल्याएको आर्थिक संकुचनले गर्दा डिसेम्वर २९, २००८ मा सवैभन्दा थोरै ३४ डलरसस्म झरेको थियो । अमेरिकाले आफ्नो देशमा तेल उत्पादन थालेपछि यो ५० डलरभन्दा थोरैमा सिमित रहेको थियो ।

 

तेलको मुल्य १८ जनवरी २०१६ मा अहिलेसम्मको सवैभन्दा थोरै साढे २८ डलर मात्र थियो । त्यसको तुलनामा अहिले करिब २५० प्रतिशतले वृद्धि भएको छ । गत जुन महिनाको तुलनामा मात्र करिब ५० प्रतिशतले वृद्धि भएको छ ।

 

विगतमा तेलको मुल्यमा कमि आउनको खास कारण चाँही इरानसंगको परमाणु सम्झौताको कारण हटेको प्रतिवन्ध तथा अमेरिकी बजारमा तेलको घरेलु पुर्ति बढनु जस्ता प्रमुख कारण रहेका थिए । साथै पश्चिमा विकसित अर्थतन्त्रमा तन्किएको आर्थिक संकुचन र सुस्त गतिको आर्थिक पुर्नउत्थानले गर्दा तेलको माग बढ्न नसक्नु जस्ता तत्कालिन प्रमुख कारण रहेका थिए ।

 

 

अहिले आएर तेलको मुल्यमा आएको यो तेजीको कारण मिश्रित प्रकारका रहेका छन् । अहिले खास चार कारणले तेलको मुल्यमा चढाव आएको हो । पहिलो, अमेरिका र युरोपमा भएको अति चिसोको कारण घर तताउनको लागि बढेको उर्जाको माग पहिलो कारण तेलको मुल्य वृद्धि भएको थियो ।

 

दोस्रो बेलायतको उत्तरी सागरबाट आउने पाइपलाईन प्रणालीमा भएको रुकावटले गर्दा करिब ९० लाख व्यारेल तेल विश्व वजारबाट खिचेको थियो । यो निकै ठुलो परिणाम हो । यसले पनि तेलको माग बढेको कारण मुल्यमा भारी चढाव भएको हो ।

 

तेस्रो कारण चाँही केहि देशको राजनीतिक अनिश्चितताले गर्दाखेरी भएको हो । भेनेज्वेयलामा भएको राजनीतिक संकटले उसको तेल उधोग नै ‘कोल्याप्स’ भएको छ । यो देश १८ लाख व्यारेल आपुर्ति गर्दथ्यो । अर्कोतर्फ ४५ लाख व्यारेल आपुर्ती गर्ने इराक आफ्नो देशमा जारी कुर्दिस विद्रोहको कारण आफ्नो आपुर्ती व्यवस्था नियमित गर्न असफल भएको छ । यी दुवै देशको राजनीतिक कारणले विश्व वजारमा तेलको आपुर्तीमा ठुलै प्रभाव पार्ने गर्दछ ।

 

चौथो कारण चाही तेलको प्रमुख निर्यातक देश साउदी अरेवियाले तेल निर्यातक देशहरुको संस्था ‘ओपेक’भन्दा बाहिर रहेको तथा तेस्रो महत्वपूर्ण तेल निर्यातकर्ता देश रुससंग गरेको सहकार्य हो । तेल उत्पादन र आपूर्तिमा हतारो नगर्ने र प्रतिस्पर्दा नगरि धैर्य गरेर बस्ने सहमति गरेको र त्यस सहमतिलाई २०१८ को नोवेम्वरसम्म कायम राख्ने सहमति गरेकोले गर्दा तेल आपुर्तीमा अपेक्षित वृद्धि नभएको हो । जसको कारण माग र पुर्ति वीचको असन्तुलनको कारणले गर्दा हो ।

 

तेलको मुल्य विश्व अर्थतन्त्रसंग उत्प्लावक सम्वन्ध अर्थात ‘वायोन्ट’ सम्वन्ध हुन्छ । अर्थशास्त्रको सिद्धान्त माग र पुर्तिको नियम लागु हुन्छ । यसको कारण आगामी दिनमा अप्रत्यासित कुनै कारण नभएमा अन्तरराष्ट्रिय बजारमा तेलको मुल्यमा तेजि आउने निश्चित छ भन्ने विश्लेषकहरुको दावी छ । साथै, १२० दिनको लागि अन्तिम पटक अमेरिकाका राष्ट्रपति वाराक ओवामाको पालामा भएको इरान ‘डिल’लाई लम्वाएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प यो ‘डिल’बाट पछाडि हटेमा इरानले अहिले गरिरहेको आपुर्ति नकारात्मक रुपमा प्रभावित हुने निश्चित छ । यसले गर्दा तेलको आपुर्तिमा अझ कमि आएर तेलको मुल्यमा भारी मात्रामा बढोत्तरी हुने आंकलन गर्न गरिएको छ । यसले गर्दा अन्तरराष्ट्रिय बजारमा तेलको मुल्यको रेखाले उकालो बाटो तय गर्नेेमा कुनै शंका छैन् ।

 

 

नेपालमा के प्रभाव पर्छ ?

 

नेपालको अर्थतन्त्रमा तेलको मुल्यको ज्यादै महत्वपूर्ण रहेको छ । गत आर्थिक बर्षमा नेपालले ११२ अर्बको पेट्रोलियम पर्दाथको आयात गरेको थियो । यो नेपालले आयात गर्ने सवैभन्दा ठुलो रकमको वस्तु हो । यस कारणले नेपालको अर्थतन्त्रमा यसको प्रभाव तत्कालै देखिने छ ।

 

त्यसैगरि तेलको मुल्य इन्डियन आयल कर्पोरेशनसंगको सम्झौताअनुसार प्रत्येक महिना अन्तरराष्ट्रिय बजार मुल्यअनुसार समायोजन गरिने हुनाले अन्तरराष्ट्रिय बजारमा तेलको मुल्य बढने वित्तिकै नेपालमा पनि बढने गर्दछ भन्ने ज्ञातव्य नै छ । नेपालमा निम्न प्रभाव देखिने निश्चित छ ।

 

पहिलो, नेपालको शोधनान्तर घाटा बढने छ । गत बुधबार नेपाल राष्ट्र वैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको समग्र आर्थिक र वित्तीय स्थिति’boutको प्रतिवेदनमा पहिलो ५ महिनाको शोधनान्तर घाटा ९ अर्ब २७ करोड रुपैयाँले रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर बचत २८ अर्ब ७८ करोड रुपैया रहेको थियो । यसबाट प्रष्ट छ, शोधनान्तर घाटा अझै आकाशिने छ । यसले गर्दा देशमा लगानी निरुत्साहित हुने छ ।

 

ग्राफिक श्रोत: ब्लुम्बर्ग 

 

दोस्रो नेपालमा पेट्रोलियम पर्दाथको आन्तरिक पुर्ति नभएको र पेट्रोलियम पर्दाथको प्रतिस्थापन वस्तु नभएकोले गर्दा यसको खपत घटाउन सकिने ठाउँ छैन । यसले गर्दा आयत बढने नै छ । साथै सवारी साधनको आयात बढेको ले पेट्रोलियम पर्दाथको माग बढ्ने नै छ । यसले गर्दा देशमा व्यापार घाटा अझ बढने छ । चालु आर्थिक वर्षको मंसिरसम्मको व्यापार घाटा करिब ४ खर्ब नजिक पुगेको उक्त प्रतिवेदनमा उल्लेख छ । तेलको मुल्यमा वृद्धि भएमा यसले व्यापार घाटा पनि उच्च हुने छ ।

 

तेस्रो, एकातर्फ रेमिट्यान्सको आप्रवाह ऋणात्मक भएको अवस्थामा व्यापार घाटा बढ्ने र शोधनान्तर घाटा बढेपछि वैदेशिक मुद्राको संचितिमा पनि गिरावट आउने छ ।

 

चौथो, देश पेट्रोलियम पर्दाथको मुल्य देशको वस्तु तथा सेवा क्षेत्रमा प्रभावित पार्ने तत्व हो । ढुवानी भाडा, हवाई भाडा दर बढने भएकोले ढुवानीमा आश्रित अर्थतन्त्रमा पेट्रोलियम पर्दाथको मुल्य वृद्धिले अर्थ मन्त्रालयले लक्ष्यित गरेको ४.५ प्रतिशतको मुल्य वृद्धि नियन्त्रणको लक्ष्य पनि पुरा हुदैन । मुल्य वृद्धि दोहोरो अंकले हुने छ । विगतमा उच्च तेलको मुल्य भएको समयमा मुल्य वृद्धि दर पनि उच्च भएको नेपालको अनुभव रहेको छ ।

 

पाँचौ, तेलको मुल्य बढ्दाखेरी देशका विकास योजनाको लागत पनि बढने छ । विकास योजनाको लागत २० देखी २५ प्रतिशतसम्म बढ्ने छ ।

 

समग्रमा नेपालको अर्थतन्त्रमा सवै क्षेत्रमा नकारात्मक प्रभाव पार्ने निश्चित छ । तर, अर्थमन्त्रीका लागि समाचार सुखद रहने छ । त्यो के भने तेलको मुल्यमा आएको वृद्धिले भन्सार तथा मुल्य अभिवृद्धि करको असुलीमा वृद्धि भए लक्ष्यभन्दा धेरै राजश्व उठाउने निश्चित छ ।