संघीयता कार्यान्वयनको थालनी नै त्रुटिपूर्ण

 

संघीयतामा के ख्याल राख्नुपर्छ भने यौगिक (कमिङ टुगेदर) भन्दा अंगीय (होल्डिङ टुगेदर) लाई सम्हाल्न मुश्किल हुन्छ । बेल्जियमलाई संघीयता सम्हाल्न मुश्किल परिरहेको कारण पनि यही हो । हालै, स्पेनमा त्योभन्दा जटिल अवस्था उत्पन्न भएको छ ।

 

प्रदेश प्रमुखहरुको नियुिक्त भइसकेको र प्रदेशसभा सदस्यहरुले सदस्यताको शपथ लिइसकेका छन् । प्रादेशिक संस्थाहरु गठनको प्रक्रिया अघि बढेको छ ।

 

प्रक्रियागत हिसाबले हेर्दा, यसरी नै घच्याकघुचुक गर्दै राज्यको गाडी चलिरहेको देखिन्छ । गाडी नयाँ छ । तर ड्राइभरको देहदशा र अवस्था नयाँ वाहन चलाउन उपयुक्त देखिँदैन । भगवानले जोगाएसम्म जोगिने कामना गर्न सकिन्छ । ’cause मुलुकले नितान्त नयाँ र एकहद्सम्म उन्नत तर संवेदनशील व्यवस्था अवलम्बन गरेको छ । जबकि यसका जानकारहरु व्यवस्था सञ्चालनबाट पाखापाखै पारिएका छन् । अर्थात् व्यवस्थासँग भावनात्मक सामीप्य र विज्ञता, दुबै हिसाबले गाँसिएका र चिनिएका पात्रहरुलाई दलहरुले व्यवस्था सञ्चालनमा सामेल गर्नु आवश्यक ठानेनन् ।

 

सतहमा ठिकठाकजस्तै प्रतीत भए पनि संघीयतामा प्रवेश र यसको प्रारम्भ बहुलट्ठी पाराले गरिएको छ ।

 

त्यो ’cause संघीय व्यवस्थापनका दृष्टिले पछिल्लो समयको पहिलो र भयानक गल्ती हो, प्रदेश प्रमुखहरुको नियुक्तिमा विशेष ध्यान दिनुपर्ने विषयमा अज्ञानता र बलमिच्याइँ । एकात्मक व्यवस्था हुँदासम्म बलमिच्याइँ चलिरहेको, त्यही प्रवृत्तिले संघीयता पनि चल्छ भन्ठानियो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ ।
तर, पहिलो नियुक्तिबाटै बलमिच्याइँ प्रारम्भ भएको हुँदा आउँदा दिनमा संघीयताको अभ्यास निकै कठिन हुनसक्छ ।

 

नेपालले अवलम्बन गरेको संघीयता अंगीय मान्यता (होल्डिङ टुगेदर प्रिन्सिपल) मा आधारित छ । एकात्मक मुलुक संघीयतामा जाँदा यही मान्यता अवलम्बन गरिएको हुन्छ र त्यतिकै सतर्कता पनि अपनाउनु पर्छ ।

 

अंगीय मान्यताअन्तर्गत् विविधताको व्यवस्थापनका लागि एकाइहरु बनाइन्छन् र साथसाथै विभाजित एकाइहरु छुट्टिएर जाने परिस्थिति नबनोस् भनेर लिखित र कतिपय अलिखित विधि अपनाइन्छन् । त्यसमा प्रदेश प्रमुखको नियुक्ति पनि एउटा प्रमुख विषय हुने गर्छ ।

 

म यहाँ, को कसलाई नियुक्त गरियो, ती व्यक्तिहरुको प्रोफाइलमा जान चाहन्न । मूल मान्यतामा जान चाहन्छु । एकात्मक मुलुक संघीयतामा जानुपर्नाको मुख्य कारण हुन्छ, माथि पनि भनियो विविधताको व्यवस्थापन, यसको सम्मान र यसप्रति गर्व गर्ने मनोभावको विकास । यदि यही मान्यतामाथि प्रहार भयो भने संघीयता व्यर्थको प्रयोग मात्र होइन, राष्ट्रको एकताका लागि घातक पनि हुनसक्छ ।

 

प्रदेश प्रमुख नियुक्तिमा अपनाइएको विधिले त्यस्तै घातक परिणामतर्फ संकेत गरेको छ । जस्तै मधेसीलाई मधेसी बहुल प्रदेशकै प्रमुख, जनजातिलाई जनजातिले जातीय नामकरण गर्न खोजेका प्रदेशको प्रमुख तथा जो जुन प्रदेशको बासिन्दा हो, त्यहीं घरपायक पर्ने नियुक्ति ।

 

वास्तवमा नियुक्ति दिँदा प्रदेश प्रमुख भनेको प्रदेशमा केन्द्रको प्रतिनिधि हो, नकि प्रदेशका जातीय भाषिक समुदायको प्रतिनिधि, नकि स्थानीयता प्रदर्शन गर्नुपर्ने व्यक्ति भन्ने ख्याल राखिनु पथ्र्यो । ’cause प्रदेश प्रमुखले केन्द्रकै प्रतिनिधिका रुपमा केन्द्रसँग प्रदेशको बन्धन नटुटोस् भनेर काम गर्नुपर्छ, नकि प्रादेशिक भावनाको परितृप्तिका निम्ति । तर पहिलो नियुक्तिमै यस मूलभूत मान्यतामाथि प्रहार हुन गएको छ ।

 

यसबाट त प्रस्टै देखिन्छ, प्रदेश प्रमुख तोक्ने सरकारका मुखियालाई संघीयतामा अपनाउनुपर्ने सतर्कताको ज्ञान त परै यसका प्रकार कति हुन्छन् र नेपालले अवलम्बन गरेको प्रकार के हो भन्नेसम्म थाहा रहेनछ । मुलुक कति संवेदनशील अवस्थामा छ, त्यसको एकरत्ति हेक्का रहेन छ ।

 

हो, सरकारको मुखियालाई केवल आफ्ना मान्छेलाई जागिर दिने शैलीमा नियुक्ति दिन मिल्दो हो तर त्यसो गरिरहँदा पनि राष्ट्रको सर्वोपरि हित बिर्सनु हुँदैन । राष्ट्रको सर्वोपरि हित यसको एकता हो, यो देशको साझा संस्कृति हो र यही आधारभूमिमा आश्रित रहेर समृद्धिको मार्ग–प्रशस्त गर्नु हो । तर प्रमुख नियुक्तिमा देखिएको अपरिपक्वतासहतिको बलमिच्याइँले भने राष्ट्रको एकता र साझा संस्कृतिलाई बढावा दिने नभएर क्षेत्रीयतालाई राष्ट्रियतातर्फ उन्मुख गराउने प्रवृत्तिलाई प्रोत्साहन दिएको देखिएको छ

 

आफैं हेर्नुहोस्, जब १ नम्बर प्रदेशकै मानिसलाई त्यहीं प्रदेश प्रमुख बनाइन्छ भने उसले त्यहाँ केन्द्रका सरोकारको प्रतिनिधित्व कसरी गर्न सक्छ, बरु ऊ १ नम्बर प्रदेश सरकारकै बन्धक भएर रहन जाने सम्भावना अत्यधिक हुन्छ । त्यस्तै हरेक प्रदेशमा हुन्छ, ’cause जो जहाँको हो त्यहीं नियुक्ति दिइएको छ, अनि कसले केन्द्र र प्रदेशबीचको सम्बन्धमा सन्तुलन र सुमधुरता ल्याउन काम गर्छ ?

 

एकात्मकबाट संघीयतामा गएका धेरैजसो मुलुकहरुमा के केन्द्रका तर्फबाट प्रदेशका विभिन्न समुदाय माझ तटस्थ रहन सक्ने प्रतिनिधि नपठाउँदा उसले त्यहाँ उत्पन्न हुने दबाब थेग्न नसकेको देखिएको छ ।

 

संघीयतामा के ख्याल राख्नुपर्छ भने यौगिक (कमिङ टुगेदर) भन्दा अंगीय (होल्डिङ टुगेदर) लाई सम्हाल्न मुश्किल हुन्छ । बेल्जियमलाई संघीयता सम्हाल्न मुश्किल परिरहेको कारण पनि यही हो । हालै, स्पेनमा त्योभन्दा जटिल अवस्था उत्पन्न भएको छ ।

 

संघीयतामा शक्तिको बहुकेन्द्रीकरण हुने हुँदा यसमा जनस्तरसम्म राज्यका सेवा पुर्याउन सुगम हुन्छ । तर साथसाथै शक्तिहरुबीच हुने प्रतिस्पर्धालाई सहयोगात्मक बनाउन सकिएन र प्रदेश प्रमुख नियुक्तिमा जस्तै तुष्टिकरणको तरिका अपनाइयो भने संघीयता नटिक्ने मात्र होइन, क्षेत्रीय राष्ट्रियता जस्ता विखण्डनकारी प्रवृत्तिले टाउको उठाउने मौका पनि पाउन सक्छन् ।

 

अहिले प्रदेश प्रमुख नियुक्तिमा भएको गल्ती नयाँ बन्ने सरकारले सच्याउन सक्छ र सच्याउनुपर्छ पनि । नसच्याइए यस त्रुटिको परिणाम सोचेभन्दा धेरै अप्रिय हुनसक्छ ।