नेपाली पर्वतारोहणकी देवी-कृष्णमुरारी भण्डारी

नेपालका हिमाल र हिमालयको वारेमा जीवन समर्पण गरेकी एलिजाबेथ हली स्वयम्ले भने सगरमाथाको मात्र होइन, कुनै पनि हिमालको आरोहण गरिनन् । आरोहण त के वास्तवमा उनको पाइला कुनै पनि आधार शिविर सम्म पनि नपुगी इहलीला समाप्त भयो ।

 

नेपालमा २००७ सालको परिवर्तनपछि दुईवटी अमेरिकी युवतीहरु बहुचर्चामा रहे । नेपालमा एलिजावेथ हली र बार्बरा एडम्स पत्रकारको रुपमा प्रवेश गरेका थिए ।

 

नेपाल आएपछि उनीहरुले यहीं घरजम गरे र जीवन पनि यही भूमिमा बिसर्जन गरे । ती दुई युवती हुन्, बार्बरा एडम्स र एलिजावेथ हली । दुुबैले पत्रकारिता पेशामार्फत नेपाल प्रवेश गरे पनि एलिजाबेथ हली भने पर्वतारोहण पत्रकारिता गरेरै जीवन बिताइन् ।

 

बार्बरा एडम्सको गत वर्ष नेपालमै निधन भयो भने गत शुक्रबार एलिजावेथ हली पनि दिवंगत भइन् । एलिजावेथ हली नेपाली हिमाल आरोहणकी ‘इन्साइक्लोपेडिया’ बनिन् भने बार्बरा एडम्स राजा महेन्द्रका भाइ बसुन्धराकी पत्नी भएर पनि रहिन् ।

 

बार्बरा आफूलाई नेपालकी बुहारी भन्थिन्, यद्यपि दरवारले कहिल्यै उनलाई बुहारी स्वीकारेन । पछि राजा बनेका बीरेन्द्र र ज्ञानेन्द्रले पनि काकीको दर्जा उनलाई दिएनन् ।

 

एलिजावेथ हली बिशुद्ध रुपमा न कसैकी बुहारी भइन् नत त्यस्तो दावा नै गरिन् । उनी एक्लै बसिन् । तथापी उनको जर्नेल पदमबहादुर खत्रीसंग नजीकको संबन्ध थियो, जो पछि नेपालको परराष्ट्रमन्त्री पनि भए ।

 

एलिजाबेथ हली जीवनभर नेपाल बसिन् र बिश्वमै हिमाली पर्वतारोहणकी देवी पण्डितको रुपमा स्थापित भइन् । केही दिनअघि चिसोका कारण छातीको निमोनियाले च्यापेपछि एउटा नर्सिंग होममा भर्ना भएकी हलीको त्यहीं शुक्रवार बिहान सबेरै निधन भयो । उनी ९५ वर्षकी थिइन् ।

 

नोभेम्बर १९२३ मा अमेरिकाको सिकागो शहरमा जन्मिएकी एलिजावेथ पत्रकारको रूपमा सन् १९६० को सेप्टेम्बरमा नेपाल आएकी थिइन् । पहिलो पल्ट उनी अमेरिकाको फोर्चुन पत्रिकाको लागि पर्वतारोहण, हिमाली संस्कृतिको अनुसन्धानात्मक लेख÷समाचार÷तस्वीरको लागि काठमाण्डौं आएर आफ्नो जिम्मेवारी पूरा गरेर फर्किन् ।

 

त्यस लगत्तै उनी टाइम म्यागेजीनको रिपोर्टरका रुपमा पुन काठमाडौं आइन् र स्थायी रुपमा काठमाण्डौंमै बस्न थालिन् । त्यसपछि उनी समाचार संस्था रोयटर्सको लामो समयसम्म संवाददाता पनि बनिन् ।

 

राजधानीको डिल्लीबजारस्थित रानीपोखरीका भण्डारीहरुको कोशी भवन भनिने कम्पाउण्डमा एक्लै बस्थिन् । कोशी भवन ’cause कोशी ब्यारेज बनाउदा त्यसको काठमाण्डौंस्थित कार्यालय यहीं भएकोले यो कम्पाउण्डलाई अहिले पनि कोशी भवनको रुपमा संबोधन गरिन्छ ।

 

हली नेपाल आएको दशबाह्र वर्षपछि रामशाहपथस्थित स्थानीय पद्मोदय हाइस्कुलमा मैतीदेवी फाँटबाट पढ्न जाँदा लेखक र उनका बालसखा बद्री पौडेल, मधुर शर्मा, प्रमोद कोइराला, समीरमान श्रेष्ठ, राजभाइ श्रेष्ठ लगायतका साथीहरु हलीले हाँकेको भक्सवाइगन गाडी देखेर चकलीभूत हुन्थ्यौं । एउटी आइमाइले बेलाबेला हर्न बजाउदै गाडी कुदाएको देख्नु हाम्रा लागि अचम्मकै दृश्य थियो ।

 

त्यसको पन्ध्रसोह्र वर्षपछि आफैं पत्रकार भएर पर्वतारोहणसंबन्धी समाचार संकलनको लागि पत्रकार सम्मेलनमा जाँदा पनि त्यो थेप्चे नाँक भएको भक्सवाइगन नै चढेर हली आएको अहिले पनि हिजो जस्तै लाग्छ । उनले हिमालय र पर्वतारोहणका ’boutमा गरेका प्रश्न सुन्दा यिनी कति जान्दी रहिछन् भनेर पत्रकारहरु नै मुखामुख गर्दथे ।
नेपाल बसेको केही वर्ष पछि नै समाचार संकलकको रुपमा ‘उनी ज्याक अफ अल, माष्टर अफ नन’ बन्न चाहेको देखिएन । उनले सालाखाला पत्रकारिता छाडेर आफूलाई पर्वतारोहण, पर्या—पर्यटक पत्रकारको रुपमा आफूलाई केन्द्रित गरिन् र त्यसैमा लामो जीवन ब्यतित गरिन् ।

 

उनी आफूले छानेको पत्रकारितामा यसरी स्थापित भइन् कि विश्वका अन्तर्राष्ट्रिय पर्वतारोही, संघसंस्था र निकायहरु उनीप्रति पूरै विश्वस्त बने । भनाइ नै चलनचल्तीमा रह्यो कि कसैले हिमालको शिखर आरोहण गरेको हो होइन भन्ने कुरा स्वयम् आरोहीले होइन, एलिजावेथले भनेपछि मात्र साबित हुन्छ ।

 

एलिजाबेथ हली रोयटर्सको संबाददाता हुँदाताका राससका चर्चित पत्रकार कृष्णप्रसाद सिग्देल भन्छन्, हलीले गरेका केही कामहरुको हामीले स्मरण गर्नैपर्छ । अमेरिकाकी पढेलेखेकी पत्रकार भएर पनि उनी नेपालमा बसिन्, यो नै नेपालको पर्यटन र पर्वतारोहणको लागि उनले लगाएको बिर्सन नसकिने गुन हो ।

 

भारतीय पत्रकारहरुको बाक्लो बोलवाला भएको बेला हलीले नेपालका हिमालहरुलाई संसारभर प्रचार गर्न र तिनलाई नेपालको भनेर प्रख्यात बनाउन पु¥याएको योगदान नेपालीले कहिल्यै पनि विर्सन मिल्दैन ।

 

अमेरिका र पश्चिमी दुनियाँमा उनको पर्वतारोहण पत्रकारिताकै कारण नेपाल संसारभर सांगृला र यतिको भूमिको रुपमा चर्चित बन्यो । विश्वका विकसित देशका हजारौं हजार मानिस नेपाल भ्रमणमा ओइरिए ।

 

सिग्देलले जोडदिंदै थपे, नेपाललाई संसारको सुन्दर मुलुक सावित गर्न उनले हामीमाथि कहिल्यै तिर्न नसकिने गुन लगाएकी छन् । उनले नेपालको परराष्ट्रनीतिलाई विकसित गर्न पनि कम ठूलो भूमिका निर्वाह गरेकी छैनन् । उनले लेखेपछि त्यसको कभरेज संसारभर हुनेहुनाले भारतीय दुष्प्रचार स्थापित हुनै पाउदैनथ्यो ।
पुराना पत्रकार सिग्देलले भनेजस्तै वास्तवमा एलिजावेथ हली नेपाललाई भित्रैदेखि माया गर्ने अमेरिकी महिला हुन् । उनले जीवनभर नेपाल र नेपाली जनताको हित चिताइरहिन् ।

 

त्यसपछि उनी निरन्तर नेपालमै बस्दै आइन् । लामो समय बेलायती समाचार संस्था रोयटर्सका लागि नेपालबाट रिपोर्टिङ गरेकी एलिजावेथले आरोहणका क्षेत्रमा नेपाल सरकारसंग भन्दा बढी सिलसिलेवार सूचना थियो ।

 

एलिजावेथ नेपाल आएर उनले लेख्न र हिमालयका रोमान्चकारी तस्वीरहरु पठाउन थालेपछि पश्चिमी मुलुकका चर्चित पत्रपत्रिकाहरुमा ती प्रकाशन हुन थाले । एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको चुचुरो पाइला राखेको कुरा संसारभर हटकेक जस्तो विषय थियो । जो पनि त्यसवारे जान्न चाहन्थे । हरेक पश्चिमी व्यक्तिको मनमा त्यो उत्सुकता जगाउन हलीले सकेसम्म गरिन् ।

 

उनी कतिसम्म व्यवस्थित र प्रतिवद्ध पत्रकार थिइन् भने, नेपाल आउने विदेशी पत्रकारहरुलाई हलीवारे सोद्धा भन्दथे, यिनलाई जे जस्तो र जुन विषयमा सोध्नुहोस् हरेक प्रश्नको चित्तबुझ्दो ठोस जवाफ दिने ल्याकत राख्छिन् ।

नेपालका हिमाल र हिमाल आरोहणका ’boutमा रिपोर्टिंङ्ग मात्र होइन, त्यसका लागि यिनले सुब्यवस्थित रुपमा उतिबेला कम्प्युटर नहुँदा पनि राखेकी थिइन् । सगरमाथाका ’boutमा उनलाई सगरमाथालाई जति नै थाहा छ भनेर कतिपय मानिस उनीसंग ठट्टा गर्दथे । उनी गंभीर बनेर भनिहाल्थिन्, जसको ’boutमा लेख्नु छ उस्कै ’boutमा सबैकुरा थाहा नभइ कसरी लेख्नु ?

 

एलिजावेथ आरोहीहरुलाई आफैं भेटेर विस्तारमा पत्रकारिताका पाँच डब्लु र एफ’bout अर्थात, के कारणले, किन, कहाँ, कस्ले, कसरी र कहिले भनेर जानकारी लिन्थिन् र त्यसलाई व्यवस्थित रुपमा राख्ने गर्दथिन् । जो नेपाली पत्रकारहरुका लागि ठूलो शिक्षा हो ।

 

उनले भनेकी थिइन्, पर्वतहरुको शिखर सगरमाथा हो । त्यसैले यसको ’boutमा सबैकुरा मैले थाहा पाउनु पर्छ । मैले थाहा पाएँ भने नै संसारभर यसवारे उत्सुकता राख्नेहरुलाई बताउन सक्छु र नजानेका, थाहा नपाएकाहरुमा पनि उत्सुकता जगाउन सक्छु ।

 

त्यसैले उनले सगरमाथामा अहिलेसम्म को को चढे, कहिले चढे, कसरी चढे मात्र होइन, सगरमाथामा धेरैपटक कस्ले आरोहण ग¥यो ? छिटो आरोहण कस्ले ग¥यो ? अक्सिजन नलिइ कस्ले आरोहण ग¥यो ? कति मरे ? कति घाइते भए ? कुन उमेरका चढेका छन् ? महिला, युवा, वालक, बृद्ध, अपांगको रेकर्ड कस्को नाउमा छ ?

 

महिलाहरु कतिजनाले सगरमाथा आरोहण गरे ? सबैभन्दा पहिला कुन महिला चढिन् ? सबैभन्दा घातक आरोहण कहिले भयो ? सबैभन्दा धेरै आरोहीले एकै पटक कहिले आरोहण गरे ? सबै तथ्यांक उनले राखेकी थिइन् । जसको रेकर्ड नेपालको पर्यटन मन्त्रालयसंग पनि रहेको छैन ।

 

त्यसैले नेपालको पर्वातारोहण र साहसिक पर्यटनको क्षेत्रमा एलिजावेथको योगदानलाई गदर गर्दै नेपाल सरकारले उनलाई पहिलो सगरमाथा पदक दिएको छ र भनिन्छ, एउटा हिमालको नाउनै उनको नाउमा राखिएको छ । तर जानकारीमा आएसम्म पर्वतारोही फ्रान्सिस डामिलानोले सन् २००८ मा धौलागिरी समूहको ६ हजार १ सय ८२ मिटर उचाइको एउटा हिमालको नाउ नै एलिजाबेथ हली राखिदिए ।

 

नेपालका हिमाल र हिमालयको बारमा जीवन समर्पण गरेकी एलिजाबेथ हली स्वयम्ले भने सगरमाथाको मात्र होइन, कुनै पनि हिमालको आरोहण गरिनन् । आरोहण त के वास्तवमा उनको पाइला कुनै पनि आधार शिविर सम्म पनि नपुगी इहलीला समाप्त भयो । यस्ती महान पत्रकारको आत्माले शान्ति पाओस् !

उनीप्रति हार्दिक श्रद्धान्जली !!