किन भयो कांग्रेसको दुर्गति ?

 

सृष्टि सौन्दर्यको निरन्तरताका लागि नित्य नवीनता आवश्यक हुन्छ । एउटा अवस्थाबाट अर्को अवस्थामा जानैपर्छ, तर मानिस जान नचाहिरहेको हुन्छ । अनेक बहानामा औचित्य समाप्त भएकालाई धानिरहेको हुन्छ । औचित्य समाप्त भएकालाई धान्नु हुँदैन, तर जब धान्न कोही बल गर्छ, त्यस्तालाई मार्गबाट हटाउनुपर्छ । नयाँ यात्रा तय गर्नैपर्छ ।

 

 

अचेल नेपाली कांग्रेसका कतिपय शुभचिन्तकहरुले यसका ’boutमा चिन्ता गरेको धेरै नै पढ्न, सुन्न, हेर्न पाइरहिन्छ । बडो अचम्म लाग्छ । मानौं कांग्रेसको यस्तो दुर्दशा हुनु प्रलय नै भए जस्तो । फेरि चिन्ता गर्ने शुभाचिन्तकहरुले यस्तो दुर्दशा निम्त्याइदिएका भए एउटा कुरा, चिन्ता गर्नेले भलो नै गरेका होलान् जबकि यथार्थमा दुर्दशा त स्वयं कांग्रेसजनले नै निम्त्याएका हुन्, यसका शुभेच्छुक, शुभचिन्तकहरुले होइन ।

 

 

कांग्रेसको वर्तमान नेतृत्व कसले छानेको हो ? कांग्रेसजनले नै त हो । हिजै कांग्रेस संसदीय दलको नेतामा पुनः शेरबहादुर देउवा नै निर्वाचित भए । कांग्रेस सांसदहरुले नै भोट दिएर उनी नेता भए । जब कांग्रेसजनले नै आफ्नो पार्टीको यो दुर्दशा हुँदा समेत अर्थात् पार्टी स्थानीय, प्रादेशिक र केन्द्रीय तहमा लज्जाजनक पराजयका लागि जिम्मेवार भनेर मानिएकै नेतृत्वलाई पार्टी लगायत संसदीय फ्रन्टको समेत नेतृत्व दिन्छन् भने वास्तविक जिम्मेवार को भए त ? नेता छानिने कि छान्ने ? कांग्रेस आफैं समाप्त हुन चाहन्छ भने अरुले रोकेर रोकिँदैन । रोक्न कसैले सक्दैन ।

 

 

त्यसैले कांग्रेस शुभचिन्तक मित्रहरु, कांग्रेसको दुर्दशाप्रति चिन्तित हुनु व्यर्थ छ, सर्वथा निरर्थक छ ।

 

 

’cause जे समाप्त हुनेवाला हुन्छ, त्यो भएरै छाड्छ । त्यसका प्रति शोक व्यर्थ छ ।

 

 

जसले आफ्नो चिता आफैं तयार गर्दै हुन्छ, त्यसलाई बलजफ्ती बचाउन खोज्दैमा बच्दैन । कति पटक बचाउन सकिन्छ, एकपटक, दुई पटक, तीन पटक । तर यसो एकान्त पायो कि पासो लिएर मर्न ठिक्क परिहाल्छ भने त्यसलाई गोठालै लागेर बचाउन सकिँदैन । मर्न नै योग्य मर्दैछ भने बचाएर काम पनि छैन ।

 

 

कांग्रेस देख्दा अचेल महाभारतका कतिपय पात्रहरुको सम्झना हुन्छ । दुर्बुद्धिवश मर्न उत्सुक दुर्योधन ज्ञानी मुनिजन कसैका कुरा सुन्दैनन् । उनका पिता धृतराष्ट्र आफू अयोग्य, असक्षम हुँदाहुँदै पनि अकण्टक राज्य नै गर्न चाहन्छन् र आफू उपरान्त दुरात्मा दुर्योधनलाई सत्ता सुम्पन चाहन्छन् । महारथी देवब्रत भीष्म, गुरु द्रोणाचार्य, महाशूरवीर कर्ण सबका सब दुर्योधनकै सम्मुख नतमस्तक हुन्छन् । अरु पनि धेरै महापराक्रमीहरु दुर्योधनको हठ र धृतराष्ट्रको लोभको रक्षा हेतु हुन गइरहेको युद्धमा सहभागी हुन गइरहेका थिए ।

 

 

अर्कातिर कुरुक्षेत्रमा आफन्तहरु मृत्युको मुखमा दौडिरहेका देखेर अर्जुन शोकसंतप्त हुन्छन्, युद्ध गर्दिन श्रीकृष्ण भनेर गाण्डीव तल राखिदिन्छन् । अर्जुन युद्धका निम्ति तयार नहुँदा, एउटा जीर्ण व्यवस्थाको अन्त्य सम्भव थिएन, सम्पूर्ण तयारी निरर्थक हुन्थ्यो, नवयुगको प्रारम्भ असम्भव हुन्थ्यो ।

 

 

अर्जुन यदि तयार नभएका भए धृतराष्ट्र शासित अनाचारपूर्ण जीर्ण व्यवस्था नै निरन्तर रहन्थ्यो । स्वयं श्रीकृष्णका प्रयोजनको औचित्य रहने थिएन । अर्जुन युद्धका प्रमुखतम् पात्र थिए, त्यसैले योगेश्वर श्रीकृष्णलाई अर्जुन युद्धबाट भाग्दाको दुष्परिणाम राम्ररी थाहा थियो ।

 

 

त्यसैका कारण योगेश्वर श्रीकृष्णले, “तिमी शोक गर्न अयोग्यका निम्ति शोक गर्दैछौ अर्जुन” भनेका थिए ।

 

 

श्रीकृष्णले अर्जुनलाई सम्झाए बुझाए, हप्काए, धम्काए, तर्साए, सुम्सुम्याए । इहलोक र परलोकको रहस्यसँग परिचित गराए । ज्ञान विज्ञान, कर्म अकर्म विकर्म, ब्रह्माण्डको रहस्य, कर्मयोग, कर्म संन्यास योग बुझाए । विभूतिहरुको वर्णन, भक्ति, प्रेम, समर्पण स्वयंमा अन्तनिर्हित शक्तिको विराटरुप दर्शन गराए ।

 

 

अर्जुन अन्त्यमा श्रीकृष्णले भने बमोजिम गर्न तयार भए ।

 

 

जे हुनुपथ्र्यो, जे गर्नुपथ्र्यो त्यही गर्न अर्जुन जुरुक्क उठे ।

 

 

गाण्डीव उठाए र युद्धका निम्ति तयार भए । महाभारतभित्र श्रीकृष्ण र अर्जुनको त्यो संवादलाई गीता अर्थात् पूरा भन्नुपर्दा श्रीमद्भगवद्गीता भनिन्छ ।

 

 

यस ग्रन्थमा वर्णित प्रसंगहरु शाश्वत् छन्, सार्वकलिक छन् ’cause महाभारत सबैका जीवनमा चलिरहेको हुन्छ । घीनलाग्दो, अनाचारपूर्ण, अन्यायपूर्ण व्यवस्थालाई अंगालो हालेर बस्नेहरुलाई, त्यसैमा आश्रितहरुलाई पन्छाउनु र नयाँ व्यवस्थाको जग राख्ने काम भइरहनुपर्छ ।

 

 

सृष्टि सौन्दर्यको निरन्तरताका लागि नित्य नवीनता आवश्यक हुन्छ । एउटा अवस्थाबाट अर्को अवस्थामा जानैपर्छ, तर मानिस जान नचाहिरहेको हुन्छ । अनेक बहानामा औचित्य समाप्त भएकालाई धानिरहेको हुन्छ । औचित्य समाप्त भएकालाई धान्नु हुँदैन, तर जब धान्न कोही बल गर्छ, त्यस्तालाई मार्गबाट हटाउनुपर्छ । नयाँ यात्रा तय गर्नैपर्छ ।

 

 

नगरे के हुन्छ ?

 

 

नगरे त्यो आजको नेपाली कांग्रेस हुन्छ ।

 

 

आज कांग्रेसको अवस्था कस्तो भने त्यहाँ ज्ञानी त छन् तर सबै निरीह । त्यहाँ न अर्जुन छन्, न मार्गदर्शन गर्ने श्रीकृष्ण ।

 

 

यो सब देख्दा के लाग्छ भने कांग्रेस मर्न खोज्दैछ । मर्न देउ ! यसको व्यवस्था मक्किइसकेको छ । विवेकसम्पन्नहरु बिरलै छन् त्यहाँ, भए पनि कौरवसभाका सभासद् जस्ता छन् । कोही प्रतिज्ञाले त कोही नेता भक्तिका कारण बाँधिएका छन् ।

 

 

तर आजको पुस्ताले जस्तो कांग्रेस भोगे र भोग्दैछन्, यो कांग्रेस यस्तो थिएन । कुरुकुल पनि त कुनै बेला गौरवशाली थियो ।

 

 

कुरा २००३ सालको हो । भारतमा अध्ययन गरेका भारतीय स्वतन्त्रता संग्रामलाई नजिकबाट देखेका, सघाएका नेपाली युवाहरुमा आफ्नो मातृभूमि नेपाललाई जहानियाँ राणा शासनको साङ्लोबाट मुक्त गर्ने अदम्य उत्साह थियो । यथार्थमा देशमा नागरिक अधिकारको बहालीका लागि कांग्रेस एउटा खास सन्दर्भमा प्रारम्भ भएको नवचेतनाको आन्दोलन थियो ।

 

 

नेपाललाई आन्तरिक दासताबाट मुक्त गर्न कृतसंकल्प जोश, जाँगर र छातिमा संकल्पको ज्वाला दन्किरहेका युवाहरु स्वेच्छाले मुक्ति आन्दोलनमा लागेका थिए । तिनको आत्मबल उच्च थियो, तिनैमध्येका एक थिए, विश्वेश्वरप्रसाद कोइराला उज्ज्वल र कदाचित चञ्चल पनि । साथमा थिए, कृष्णप्रसाद भट्टराई आध्यात्मिक झुकाव भएका गीताध्ययी । त्यही समूहमा पछि मिसिन पुगेका थिए, गणेशमान सिंह ।

 

 

अर्कातिर थियो कलकत्ता (अचेल कोलकाता) मा सुवर्णशम्शेरको समूह । राणा तर राणा शासनसँग असन्तुष्ट । २००६ सालमा यी दुई समूहबीच मिलन भयो, कलकत्ताको टाइगर हलमा र जन्म्यो नेपाली कांग्रेस । सुवर्णसँग धन, मन ठूलो थियो, उनी दानी स्वभावका थिए । कोइराला र शम्शेरको सम्बन्ध झण्डै कार्ल माक्र्स र फ्रेड्रिक एंगेल्स्को जस्तै थियो । ज्ञानलाई, कुनै पनि मिसनलाई, महान अभियानलाई आर्थिक भरथेग चाहिन्छ, सहयोग चाहिन्छ । सुवर्ण शम्शेरले कांग्रेसलाई जन्मेदेखि हुर्काउन त्यही भरथेग प्रदान गरे । परम्परागत अर्थमा भन्ने हो भने उनले पिताको भूमिका निर्वाह गरे, आमाको विश्वेश्वरप्रसाद कोइरालाले । विवरणमा नजाऔं यहाँ ।

 

 

मिसन सफल भयो । २००७ को क्रान्ति सम्पन्न भयो । जहाँनियाँ राणा शासन समाप्त भयो तर अर्को संघर्ष प्रारम्भ भयो, राजासँग । भागेर दिल्ली पुगेका त्रिभुवनले फर्केर राजगद्दी पाएपछि रंग बदले । संविधानसभाको निर्वाचन गर्ने बाचा गरेका थिए, आलटाल गर्दै गए । कांग्रेसमा फाटो हाले । २०११ सालमा उनको देहान्तपछि राजा बनेका उनका छोरा महेन्द्रले संविधानसभाको निर्वाचन नगराएर संसद्को गराए, संविधान आफैं लेखाए । निर्वाचनमा कांग्रेसले दुई तिहाइ ल्यायो, अहिलेको एमाले माओवादी गठबन्धनभन्दा पनि बढी ।

 

 

प्रधानमन्त्री बने बीपी । बिर्ता उन्मूलन, राजारजौटालाई बिदाइ, वन जंगलको राष्ट्रियकरण, भूमि सुधारको अवधारणाजस्ता एकसेएक रुपान्तरणकारी काम गरे । तर, जननिर्वाचित सरकारका लोकमुखी काम सहन नसकेर, महेन्द्रले ०१७ सालमा राज्यसत्ता हरण गरे, प्रधानमन्त्रीलाई जेलमा कोचे । जेल जीवन, निर्वासन, फेरि जेल नेल सहँदै बीपी कोइरालाले २०३९ सालमा आफ्नो जीवन यात्राबाट विश्राम लिए ।

 

 

बीपीको देहान्तपछि कांग्रेसमा रचनात्मकता र सृजनशीलताले पनि विश्राम लियो । तथापि, बीपीसँगै संघर्षपूर्ण जीवन बाँचेका गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई रहुन्जेल रचनात्मकता र सृजनशीलताको बास्ना बाँकी थियो । त्यसपछिको पुस्ताले त्यो धरोहर थाम्न सकेन । फलस्वरुप, कांग्रेसमा विचलनै विचलन आयो ।

 

 

विचलनका नायकहरु नै अग्रपंक्तिमा आए, पार्टीपंक्तिबाट तिनैले वैधता पाए । त्यसैले भनेको मित्रहरु, कांग्रेसको चिन्ता गरेर के गर्नुहुन्छ, शोक गर्नु व्यर्थ छ ।

 

 

धृतराष्ट्र त आँखा देख्दैनथे, कांग्रेसको अग्रपंक्तिमा आँखा र कान दुबै बन्द गर्नेहरुको बाहुल्य छ । त्यसैले यो दुर्दशाप्रति शोक गर्नु व्यर्थ छ ।