जय होस लालबाबु सर ! -राजकुमार केसी

 

 

मन्त्री पण्डितलाई लाग्यो होला एकपटक फेरी धावा बोलौ त्यसले अर्को धमका मचाइ हाल्छ । अरु त के र काठमाण्डौं के लोग सब भाड मे जाए । हम थोडै का.. ठे ..मान्डु के जिम्मा लिएको छ.. ? ठीक छ न कमरेड ?’

 

करीव एक महिना अगाडि गठन भएको वाम गठबन्धन सरकारको पहिलो तीन सदस्यीय मन्त्रीमण्डलका सद्स्य लालबाबु पण्डित हुनुहुन्थ्यो । करिब तीन बर्ष अगाडि पहिलो पटक मन्त्री हुँदा देशको कर्मचारीतन्त्रमा ‘डिभी‘ र ‘पिआर’धारी कर्मचारीमाथि धावा बोलेर, धेरैहदसम्म देशको कर्मचारीतन्त्रलाई अनुशासित बनाउँन ठूलो योगदान पुर्याएका थिए । तर, यसपटक जब उनी जनसंख्या तथा वातावरणमन्त्री भए, आम जनतालाई विश्वास थियो कि अव लालबाबुले के उपद्रो मच्चाउँने हुन् ।

 

 

एउटा समान्य नागरिकको हैसियतले यो लेखकको सरकारसँग कुनै आग्रह वा पुर्वाग्रह छैनभन्दा हुन्छ । बरु, महङ्गी नबडोस, स्वस्थ्य हावामा स्वास फेर्न पाईयोस । सफा पानी पिउँन पाईयोस । बस त्यहाँभन्दा बढी आग्रह राख्ने मेरो हैसियत छैन ।

 

 

मलाई थाहा छ, प्रत्येक मान्छेले आफ्नो हैसियतअनुसारको सोचाई राख्नुपर्छ । महान नीतिकार र अर्थशास्त्री चाणक्यले पनि त्यँही भनेको जस्तो लाग्छ । मलाई विश्वास थियो, लालबाबुबाट जनसंख्या तथा वाताबरणमन्त्री भएपछि त निकट भविश्यमा केहि अवश्य हुन्छ । यहाँको वातावरणमा केहि सुधार हुन्छ भन्ने अपेक्षा छ । मन्त्री भएपछी कहाँ हो कुन्नी उनले घोषणा गरेका थिए । “अब एक बर्षपछी कसैले पनि मुखौरो लगाउनु पर्दैन ।” म यो सुनेर बढो खुशी भएको थिए । पक्कै पनि लालबाबुले कुनै जुक्ती निकालेर काठमाडौंको वातावरण स्वच्छ राख्ने छन होला ।

 

 

मलाई के विश्वास छ भने उनी कुनै लोभलालच नभएका एकाध नेता मध्ये पर्छन । “न भुतो, न भबिस्यतो” मान्छेलाई भ्रष्ट बनाउँने यस संसारमा यदी कुनै कुरा छ भने त्यो लोभ नै हो । लालबाबु न लोभ छ, न कुनै कुराप्रति आशक्ती छ । त्यो दृष्टीकोणबाट हेर्दा पण्डित एउटा महान योद्धा नै हुन भन्दाखेरी अतिशयोक्ती नहोला । क्षमा चाहन्छु, यसोभन्दा, मन्त्री पण्डितको चाकारी गरेको अर्थ नलागोस । न म चाकरी गर्छु, न मन्त्री पण्डित कसैबाट चाकरीको चाहना राख्छन ।

 

 

 

 

उनमा लोभलालच भएको भए न जनताले उनलाई भारी मतले जिताउथे न प्रधानमन्त्री केपी ओलीले उनलाई मन्त्रीमण्डलमा छान्थे । गजब छ मन्त्री पण्डितको स्वभाव । कुनै आशक्ति, कुनै रागद्वेश नभएपछि मान्छे खुशीमा बाँच्न सक्दो रहेछ ।

 

 

लालबाबुमा कुनै मोह छ त देश, पार्टी, र समाज वस । उनमा म मन्त्री हँु भन्ने घमन्ड पनि छैन, हिजो जे छन आज पनि त्यहि छन । यदपी मलाई अचम्म लागेको कुरा चाँही के हो भने, उनले अब काठमाडौंवासीले एक बर्षमा मुखौरो लगाउँन पर्दैन भनेर प्रतिज्ञा गरेका थिए । मलाई विश्वास थियो लालबाबुले काठमाडौं उपत्यकालाई एक बर्षमा कसैले पनि मुखौरो लगाउँन नपर्ने बनाउँने छन । हामी काठमाडौंवासीले स्वच्छ हावामा श्वास फेर्न पाउँने छौ । भला विचार फरक होला, तर लालबाबुलाई जिताउन सक्दो प्रयास गर्छु भन्ने लागेको थियो । तर, निडर लालबाबु खोइ कता भागे ? जनसंख्या बातावरण मन्त्रालयवाट फेरी संघीय मामाला तथा सामान्य प्रशासन ?

 

 

मन्त्रीमण्डल पुनर्गठन हुँदा पण्डित पुनः सामान्य प्रशासनमन्त्री । वाह ! मन्त्री पण्डितको ती वाचा प्रतिवद्दता खोइ ? सामान्य प्रशासनमा त कर्मचारी थर्काउन पाइन्छ । जनसंख्या तथा वातावरणमा कसलाई थर्काउनु ? धुलो, धुवालाई कसरी थर्काउनु ? मन्त्री पण्डितलाई लाग्यो होला एकपटक फेरी धावा बोलौ त्यसले अर्को धमका मचाइ हाल्छ । अरु त के र काठमाण्डौं के लोग सब भाड मे जाए । हम थोडै का.. ठे ..मान्डु के जिम्मा लिएको छ.. ? ठीक छ न कमरेड ?’

 

 

वास्तवमा यदी मन्त्री लालबाबु साच्चै आफ्नो कुरामा अडिग छन भने, काठमाडौंवासीको मुखौरो हटाउँने जिम्मा कसलाई अख्तियार गरे ? लालबाबु सर, अब खोक्न छाड्नुस । सक्नु हुन्छ भने साच्चै मुखौरो फ्याँक्न सक्ने वातावरण बनाउनुस । सरकारमा बसेर तलका सोझा कर्मचारीलाई किन धावा बोल्नु हुन्छ ? कृपया आफुलाई होसमा राख्नुस लालबाबु सर । सरकार तपाईंको मात्र होइन, सरकार जनताको पनि हो ।