सार्वभौमसत्ता र स्वतन्त्रतामाथि आक्रमण -युवराज संग्रौला

अचम्म लाग्दो त होइन तर अप्रत्यासित ढंगबाट नेपालको सार्वभौमसत्ता र स्वतन्त्रतामाथि आक्रमण सुरु भएको छ । पहिलाझैं अहिले पनि धर्म, जाति क्षेत्रीयता त कुनै एक जातिमाथि प्रहारको रणनीति अबलम्बन गरिएको छ । हिजो पार्टीभित्र घुसपैठ गरिएको थियो । ककस निर्माण गरी सबै पार्टीलाई आफ्नो अधीनमा ल्याइएको थियो । र, खासगरी तत्कालीन माओवादीलाई यस दुष्चक्रको केन्द्र बनाइएको थियो । अहिले रणनीति फरक छ ।
१. जब देश हिंसा र द्वन्द्वले ग्रस्त थियो, राजाको हत्या भयो । नयाँ राजालाई गद्दीमा राखियो । राजा र दलहरुबीचमा पनि द्वन्द्व गराइएको थियो । राजालाई उचालेर र दलका विरुद्ध प्रयोग गरियो र उनीहरुलाई थुनियो । पछि दलहरूकै सहयोगले राजा अपदस्थ गरियो । दुवैले विदेशीको खेल एकरत्ति बुझ्न सकेनन् ।
२. त्यसपछि संघीयता र जातीयतालाई व्यापक रुपमा लगानी गरियो । पहिलो संविधानसभाबाट यस्तो जातीय संविधान घोषणा गर्ने प्रयासगरियो । यस संविधानसभामा केही ती मानिस विदेशीसगको सहकार्यमा सक्रिय थिए, जो तत्कालीन राजा ज्ञानेन्द्रको गोकर्णको बुद्धिजीवी भेलामा पनि सक्रिय थिए ।
३. नेपाली जनताको परम्परागत सद्भावका कारणले त्यसताका नेपाल फुटाउन संभव भएन । केपी ओली र सुशील कोइरालाले प्रचण्डलाई भाशबाट बाहिर ल्याए । भट्टराईजीको पतन भयो । संविधान घोषणामै एउटा संक्रमणको अन्त्य भयो ।
४. अब नयाँ षड्यन्त्रको सुरु भयो । यो शीधै जातीय द्वन्द्व निर्माण गर्ने लक्ष्यबाट निर्देशित छ । खस आर्य र जनजातिबीचको द्वन्द्वलाई मधेश र पहाडको द्वन्द्वसँग जोड्नु र त्यसपछि सि.के. राउतको मागतर्फ केन्द्रित हुनु ।
५. सरकारलाई उसकै कर्मचारीले घेर्दै छन् र कांग्रेस तेल थप्दै छ ।
६. नेपाल बारको सम्मेलनमा युरोपियन युनियनको नेपालमाथिको अन्याय चर्चाको विषय बनेन ।
७. यो पटक पहिलाभन्दा बढी कथित बुद्धिजीवीहरु प्रयोग भएका छन् ।
८. राज्यका निकायहरू कमजोर बनाइएका छन् ।
(संग्रौलाको फेसबुकबाट)