मोनोरेल, मेलम्ची र मृगतृष्णा

 

यो मोनो रेल आउछ कसरी ? के काठमाण्डौं उपत्यकामा यो सम्भव छ ? सडक पनि नचाहिने टेकोटेकोमा रेल गुड्ने । मलाई कल्पना गर्न नै गाह्रो भैराखेको छ । ए गाँठे हावाइ जहाँज त उड्यो–उड्यो, गाडी त गुड्यो–गुड्यो । अब यो मोनो रेल कसरी गुडला ? मेरो दिमागले भ्याउन सकिरहेको छैन । –राजकुमार केसी

 

हामी सुन्दर देशको यस्तो कुरुप राजधानीमा बसिरहेका छौ जहाँ धुलो, धुवाँ, हिलो र दुर्गन्ध सिबाय अरु केहि छैन । जब घाम लाग्छ, धुलो उड्छ । पानी परेपछि हिलोले बाटो हिंडिनसक्नु बन्छ । अहिले काठमाडौं संसार कै चौथो प्रदूशित शहर मध्ये एक हुन पुगेको तथ्य सबैलाई थाहै छ ।
हामीले कतिन्जेल धुलो धुवाँमा श्वास फेरिरहनुपर्छ ? सामान्यत हावाको गुणस्तर ५० पिएम भन्दा बढी हुनु स्वास फेर्नको लागि हानीकारक मानिन्छ । तर उपत्यकाको हावाको गुणस्तर सुचक काठमाडौंमा ७० नाघी सकेको छ । यो परिप्रेक्षमा तुरुन्तै केहि कदम चाल्न जरुरी भैसकेको छ ।

 

 

सरकारले केहि बर्ष भित्रै उपत्यकामा मोनो रेल सन्चालनमा आउने, अनि उपत्यका वरिपरि रेल मार्ग बिकास गर्ने योजना जनता समक्ष ल्याइराखेको बेलामा सामान्य नागरिकले धैर्य गर्नु सिबाय अरु गर्ने केहि छैन जस्तो लाग्छ ।

 

 

हामीले सरकारलाई सहयोग गर्ने भनेकै चुपचाप बस्ने, सके मुखौरो लगाउँने, नसके धुलो धुवा तान्ने अनि फटाफट हिड्नुको विकल्प छैन । अरु त के नै गर्न सकिन्छ र !

 

 

प्रदुषण बढ्यो भनेर आवाज उठाऊ भनें देशद्रोही होइएला भन्ने डर छ । साबधान ! हाम्रो गौरवशाली देश इतिहास कै सम्बेदनशील घडीमा भएको बेलामा बाम सरकारको जय जयकार नगरेर, धुलोधुवाँ भयो भनेर कराउनु महापाप गरेको ठहरिन सक्छ ।
ठिकै छ, मोनो रेल आएपछि त काठमाडौंमा धुलो धुवा कम होला नि । तर रेल आउने कहिले ? मेलम्चीको पानी उपत्यकामा आउन्छ भनेकै दसक बढी भैसक्यो । अब त धारामा पानी आएको सपना देख्यो र ढुक्क बन्यो । बरु धुवाँधुलोयुक्त हावा खायो फोक्सोलाई दह्रो बनायो । बस्यो ।

 

 

पानी बितरण गर्न भनेर छँदाखाँदाको पक्की सडक खनेर पाइप बिछ्याइयो । अब त मेलम्चीको कुरा पनि सेलायो । काठमाडौंबासीले त्यस’bout कुरा पनि गर्न छाडिसके । बरु यतिखेर उनीहरुको ध्यान मोनो रेल तिर गएको छ ।

 

 

के त्यो साँच्चै आउछ ? त्यस्को लागि काम शुरु भईसक्यो भन्ने प्रचार प्रसार गरिदैछ । धन्य हौ हामी, कुनै पनि कुरा छिट्टै बिर्सी हाल्छौ, अनि नयाँ हल्लालाई पत्याइहाल्छौं । तब न हाम्रो सरकार छ र सार्वभौमसत्ता सम्पन्न हामी छौं !
क्या अचम्म् ! एक दशकसम्म उपत्यकाबासीको ध्यान मेलम्चीतिर लगियो, अहिले मोनो रेलतिर लगिंदैछ । मेलम्चीको टुङो छैन, काठमाडौंमा उत्तिकै पानीको हाहाकार छ । ट्याँकरको पानी ब्यबशाय दिन दुई गुना रात चार गुना फस्टाउदो छ । आखिर जे भए नि उद्योग ब्यबशाय फष्टाउनु न हो । गरीब झन गरीब हुँदै छन्, धनी झन धनी भएकै छन् । कस्लाई के को चिन्ता ?
त्यहींपर सिन्धुपल्चोकको पानी उपत्यकामा ल्याउन नसक्ने हामीले अब मोनो रेल काठमाडौंमा आउछ, काठमाडौंका घरका छत–छतमा रेल गुड्छन् भन्दा कस्लाई मज्जा नलाग्ला ? सरकार बनेको एक महिना भन्दा बढी भइसकेको छ । मन्त्रीज्युहरु पनि कार्यक्रममा त्यती देखिन्नन् । खोइ के गर्छन् ? कहाँ जान्छन कुन्नी ? मोनो रेल बनाउ भिडिरहेका नै होलान् !

 

 

पहिला जस्तो संचार माध्यममा पनि मन्त्रीहरु देखिन्नन् । प्रधानमन्त्री केपी ओलिको निर्देशन पनि तेही छ क्यार । बरु चुप लागेर बस्नु, काम न काजका कार्यक्रमतिर नजानु ।
जे होस्, हाम्रा मन्त्रीज्यूहरु जनताको लागि काम गर्दै होलान् । बिश्वास भन्दा ठूलो कुरा अरु के छ र यो संसारमा ! तैपनि आज यो मोनो रेलको ’boutमा कुरा गर्न मन लाग्यो ।

 

 

वास्तवमा यो मोनो रेल आउछ कसरी ? के काठमाण्डौं उपत्यकामा यो सम्भव छ ? सडक पनि नचाहिने टेकोटेकोमा रेल गुड्ने । मलाई कल्पना गर्न नै गाह्रो भैराखेको छ । ए गाँठे हावाइ जहाँज त उड्यो–उड्यो, गाडी त गुड्यो–गुड्यो । अब यो मोनो रेल कसरी गुडला ? मेरो दिमागले भ्याउन सकिरहेको छैन । फेरि कहाँबाट त्यो ल्याउनु ? त्यो कहाँ ठड्याउनु ? ? ?

 

 

नजानेर कसैलाई सोध्यो भने तत्कालै भनिहाल्छन्, हाम्रो अमेरिकामा त मोनो रेल चल्छ भने यहाँ किन नचल्नु ? मलाई अचम्म भने लाग्छ । मोनो रेल, प्रदुषणबन्द गर्ने, सुचारु यातायात चालउने उपत्यकाबासीको मिठो सपना हो ।

 

 

यहाँ मानो रेलमात्र होइन गफ गरेर पनि धेरै कुरा चलेका छन् । मेलम्चीको पानी न आए पनि त काठमाडौंबासीले तिर्खाएर मरिहाल्नु परेको छैन क्यारे ! अब यो मोनो रेल भन्ने बस्तु आउला या नआउला तर हामीलाई केहि फरक पर्ने वाला छैन । आए चढौंला नआए गफ गरौंला । समय कटिहाल्छ । हामीले पत्याइदिएकाले हाम्रा नेताहरु जगमगाएका छन् । मच्चीमच्ची यसै’bout बोलेका छन् । यो नै हाम्रो आशा र नेताहरुमाथिको विश्वासको आधार हो ।

 

 

यतिखेर प्रिय कबि भुपि शेरचनको एउटाा कबिताको भने झलझली याद आइरहेको छ– हामी नेपाली बुद्धु छौं र बीर छौं …! यस्तै यस्तै ।

 

 

मोनो रेल, मेलम्ची र हाम्रो मृर्गतृष्णा ! आखिर बिश्वास नगर्नुको बिकल्प पनि त हामीसँग के छ र ? सबैले हाम्रो कम्जोरीको फाइदा उठाउने न हुन् । होइन र ?