सुशासन नाराको पुनर्उत्थान -भीम भुर्तेल

 

 

विगत दशक अगाडि खुवै चर्चामा रहेको तर शान्ति र संविधानको नाराले २०६२-२०६३को आन्दोलनपछि ओझेलमा परेको ‘सुशासन’ले फेरी मुलुकमा पुनरागमन गरेको छ । २०६२ साल अगाडिका सवै सरकारले सुशासनको नारा लगाएका थिए । संविधानसभाबाट संविधान निर्माण गर्ने क्रममा संक्रमणकाल भनेर यो नारा त्यति सेक्सी नलागेर होला लगाइएन ।

 

 

सवै राजनीतिक दलको प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको धोषणापत्रमा सुशासनको कायम गर्ने नारा लगाइएको थियो । अहिलेको सरकारको प्रमुख प्राथमिकता सुशासन र ‘संमृद्धि’ रहेको प्रधानमन्त्री, मन्त्री, माओवादी अध्यक्ष प्रचण्डसमेतले बताएका छन् । ‘संमृद्धि’’bout अघिल्लो हप्ता लेखेको र यस हप्ता अर्को  शब्द सुशासन’bout टिप्पणी गर्ने प्रयास गरिने छ ।

 

 

सुशासन बढि प्रयोग भएको मुल्यहिन शव्दावलीको रुपमा विकसित हुदैछ अहिले । पहिलो ‘शासन’ शव्दको अगाडि बिशेषण लाग्छ कि लाग्दैन? ‘शासन’ आफैमा राम्रो हुनुपर्ने शव्द हो । लोकतान्त्रिक शासन प्रणाली अहिलेसम्ममा सवैभन्दा राम्रो प्रणाली हो र यसलाई अलंकार वा विशेषण चाहिदैन ।

 

 

लोकतन्त्रमा नागरिकले राज्य सञ्चालनको लागि जनप्रतिनिधी चुन्ने हो । जनताको कल्याणको लागि राज्य चाहिने हो र राज्य सञ्चालक जनताको प्रतिनीधि हो भने त्यो आफैमा राम्रो हुनुपर्दछ ।

 

 

त्यसकारण शासन शव्दमा कु वा सु को बिशेषण लगाइनु आवश्यक छैन । लोकतान्त्रिक भनिएको सरकार जनताले निर्वाचित गरेको हो, उ जनताप्रति उत्तरदायी हुन्छ र जनताको प्रतिनीधिको रुपमा कार्य गर्छ भने ‘शासन’(रेजिम) नै कसरी भयो ? जनताको सरकार हो भने जनतामाथि शासन हुन्छ? त्यसैले अमेरिकामा शासन वा सरकार भनिदैन । त्यहाँ प्रशासन भनिन्छ जस्तै ट्रम्प प्रशासन ओवामा प्रशासन ।

 

 

अहिले संविधानसभाबाट संविधान निर्माण भैकन तीनै तहको निर्वाचन सम्पन्न भैसकेपछि  राजनीतिक रङ्गमञ्चमा ‘संमृद्धि’ले नायिकाको भूमिका र ‘सुशासनले’ शब्दले  नायकको रुपमा आएका छन ।सुशासनको विवेचना यसरी गर्नुपर्दछ ।

 

 

एक आर्कषक राजनीतिक नाराः तानाशाही होस वा लोकतान्त्रिक व्यवस्था होस दुवैमा सुशासन एक आर्कषक राजनीतिक नारा हो । यसबाट सरकार जनतामाझ उनीहरुको ’boutमा चिन्तित छ भन्ने भ्रममा पार्न सफल हुन्छ । तानाशाह र अधिनायकवादी सत्ताले जनअनुमोदन र जनवैधानिकता प्राप्त गरेको भ्रम पार्न सुशासनको नारा लगाउँदछन ।

 

 

लोकतान्त्रिक देशमा राजनीतिक दलहरु मतदाताहरु आफ्नो पक्षमा आर्कषण गर्न सुशासनको नारा लगाउँदछन । गएका भारतीय प्रान्तीय विधानसभाको निर्वाचनको क्रममा यस्ता नारा लागेका छन् । नेपालमा पनि बिगतमा निर्वाचनको क्रममा दलहरुको नारा सुशासन नै थियो । त्यस्तै विश्व राजनीतिमा पश्चिमका धनि देशहरु विश्व जनमतको आलोचनाबाट जोगिन तथा ुग्लोवल गर्भनेन्स’लागि प्रतिवद्ध तथा जिम्मेवार भएको देखाउँनको लागि सुशासनको नारा लगाउदै तेस्रो विश्वको सरकारहरुलाई सहयोग गर्दछन । अर्कोतर्फ जतिसुकै सुशासनको नारा लगाए पनि तेस्रो विश्वका अपारदर्शी र जवाफदेयिताविहीन सरकारलाई सहयोग गर्न भने छोड्दैनन् उनीहरु ।

 

 

जनविद्रोह हुनबाट वचाउने यन्त्र : सुशासन अहिले लोकतान्त्रिक व्यवस्थामा जनउत्तरदायित्वविहीन सत्तारुढ दलका लागि जनतामा आधारित राजनीतिक विकास हुन नदिन र त्यसको विरुद्धमा रुकावट ल्याउने संयन्त्र भएको छ । सुशासनको विवेचना जनताले सरकार विरुद्ध जनविद्रोह वा सशस्त्र विद्रोह नगरुन भनेर यसको विवेचना गरिन्छ । त्यस्तै अधिनायकवादी व्यवस्थामा जस्तै सद्धाम हुसैन, पाकिस्तानको परवेज मुर्सरफको सरकार, लिवियाको कर्णेल कद्धाफीको सरकार होस वा उत्तर कोरियाको किम जोङ्ग उनको सरकार पनि सुशासनको नारा लगाउँछन ।

 

 

आफु जनताको पक्षमा रहेको र आफ्नो शासन वैध हो भन्ने देखाउन तानाशाही व्यवस्थामा सुशासनको गफ गरिन्छ । सुशासनको नाममा राजनीतिक सत्ता सञ्चालकले एकतिरले दुई शिकार गर्दछन । एकातर्फ आफु जनताप्रति चिन्तित राजनीतिज्ञको रुपमा आफुलाई स्थापित गर्दछन भने अर्कोतर्फ सुशासन कार्यक्रमका योजनामा आफ्ना नातागोता, भाईभतिजा र आफ्ना पार्टीका मानिसलाई रोजगारी दिलाउन सफल हुन्छन ।

 

 

कतिपय अफ्रिकी देशमा त धेरैले सुशासनको परियोजनाबाटै भ्रष्टाचार गरि अकुत सम्पतिसमेत कमाउन सफल हुन्छन । यति गर्दागर्दै पनि जनताको सत्ताप्रतिको रिसलाई ‘डिफ्युज’ गर्न सुशासनको नारा लगाइन्छ ।

 

 

एक आर्थिक अपिलः सुशासनको नाममा नेपाल जस्ता गरिब मुलुकले भुमण्डलीय आर्थिक अपिल गर्दछन । एकपक्षीय, दुईपक्षीय तथा बहुपक्षीय सहयोगका लागि आवहान गर्दछन, यसको नाममा । भ्रष्ट, पारदर्शीताविहिन, जवाफदेयिताविहिन सरकार हुँदाहुँदै पनि यस्ता दाताहरुले सहयोग गर्दछन । यसले गर्दा आफ्ना फाइदाका लागि र भ्रष्टाचार गर्न मिल्ने ठाउँमा दाताको लगानी प्रयोग गर्नका लागि सरकारले यस्तो नारामार्फत आर्थिक अपिल गर्दछन ।

 

 

 

लगानीको नयाँ क्षेत्रः विश्व वैंक, अन्र्तराष्ट्रिय मुद्राकोष, एसियाली विकास वैंक, ओपेक जस्ता बहुपक्षीय ऋण लगानीकर्तालाई अहिले सुसाशन एक लगानीको नयाँ क्षेत्र भएको छ । चर्को व्याजमा ऋण लगानी गर्ने , परियोजनामा आफुले भनेको परामर्शदाता राख्ने गर्दछन् । यस्ता लगानी गर्नेको उदेश्य भनेको लगानीको अत्याधिक प्रतिफल प्राप्त गर्ने हो । नेपाल जस्ता तेस्रो विश्वको देशहरुमा सुशासनको नारा लगाउन गर्ने सहयोग हात्तीको देखाउने दाँतमात्र हो ऋण लगानीकर्ताको । दाताको भित्री उदेश्य अत्यधिक लगानीबाट अत्यधिक फाइदा कमाउनु नै हुन्छ । नेपालजस्ता तेस्रो विश्वका सरकारहरु कुसासन गरेको आरोप लगाउदै सुशासनको नारा लगाउछन, यस्ता संस्थाहरु । सुशासन यस्ता संस्थाहरुको लगानीको राम्रो नयाँ क्षेत्र भएको छ । अहिले विश्व वैंक जस्ता दाताले अरबौ रुपैयाको ऋण सुशासनको नाममा र शासकीय सुधार कार्यक्रमको नाममा वालुवा पानी हाले जस्तो खन्याएका छन । यसबाट बान्छित उपलव्धी हुनसकेको छैन् । नेपाली जनताको थाप्लोमा सुशासनको नाममा ऋणभार सगरमाथा जस्तो उचालिएको छ । यस्तै संघीयता कार्यन्वयन तथा सुशासन कार्यक्रमको लागि करिब साढे २६ अर्बको ऋण सहायता विश्व वैङ्क र नेपाल सरकारको भर्खरै सम्झौता भएको छ । युएनको आवासीय प्रतिनिधीको पुल्चोकस्थित कार्यलयले नेपालमा संघीयता र सुशासन नामक रिसर्च परियोजना पनि बनाई सकेको भन्ने समाचार पनि आएको छ ।

 

 

निजी क्षेत्रको व्यापार व्यवसायः अहिले सुशासनको नारा निजी क्षेत्रको व्यापार र व्यवसायमा परिणत भएको छ । सुचना प्रविधी र सुशासन, कर्पोरेट गभरनेन्स र इ–गभरनेन्स जस्ता अहिले निजी क्षत्रेका लोकप्रिय नारा छन् । निजी क्षेत्रका परामर्शदात्री फर्म र कम्पनीहरु सुशासनको मोडल निर्माण गरेर विक्री गरिरहेका छन । अहिले सुशासनका नाममा सञ्चालित परियोजनाका परामर्शदाता सर्सर्र वातानुकुलित गाडीमा सयर गर्दछन् । जनता वाह कस्तो राम्रो जापानी मोडेलको गाडी दौडायो भनेर दङ्ग पर्छन् । विचरा निमुखा जनतालाई थाहै छैन उसैको नाममा सुशासन गर्न त्यो गाडी खरिद गरिएको हो ।

 

 

फण्ड खोज्ने भाडोः सुशासन कार्यक्रमका विभिन्न मोडेलका परियोजना तयार गर्दछन गैरसरकारी संस्थाहरुले । त्यस्ता परियोजना दातासमक्ष पेश गर्दछन् । विकास सहायता एजेन्सी, मानवीय सहायता एजेन्सी र अन्य च्यारिटी संस्थाहरुबाट फण्ड जम्मा गर्दछन् । यसरी रकम प्राप्त गरेपछि यस्ता कार्यक्रमका सञ्चालकले छ अङ्कको उच्च वेतन खान्छन । भाई भतिजा आफ्ना मानिसलाई जागिर दिलाउछन् । सुशासनको नाममा राजधानी र सरदमुकाममा आलिसान महल, वजारमा उपलव्ध सवै भौतिक सुविधार र वातानुकुलित सवारी साधन खरिद गर्दछन् । अहिले सुशासनको नारा गैरसरकारी संस्थाको फण्ड जुटाउने साधन भएको छ । गैरसरकारी संस्थाले सुशासन गर्छु भन्दै हिड्दै छन् । त्यो जनतामाथिको उपहास हो ।

 

 

 

करियरः सुशासन अहिले समाज विज्ञानको सवै विषयहरुमा विधार्थीहरुको करियरको विषय वन्दै गएको छ । समाज विज्ञानको विभिन्न विषयमा सुशासन सम्वन्धमा विधार्थीहरु स्नातकोत्तर, एमफिल, विधावारीधी तथा महाविधावारीधी गर्दछन् । यसरी विश्वविधालयको शिक्षा प्राप्त गरेपछि उनीहरु सुशासन गर्न जान्ने (एक्सपर्ट) हुन्छन् ।सुशासनको परियोजनाको व्यवस्थापक, निर्देशक, परामर्शदाता तथा अधिकारीको रुपमा कार्य गर्दछन् । यसबाट उनीहरुले फेमिलीकार, सेलुलर मोवाइल फोन, बंगला, भारत वा नेपालका राम्रा स्कुल÷कलेजमा नानीहरुलाई शिक्षा, विरामी पर्दा थाइलैण्ड, सिंगापुर वा भारतका अस्पतालमा उपचारगर्ने खर्च, ‘अलिकता’ वैंक व्यालेन्स र छुट्टी मनाउन विदेश जाने खर्च जुटाउछन् । बुद्धी वेचेर खाने र जान्ने(एक्सपर्ट) र टेक्नोक्र्याटहरुको लागि सुशासन अहिले राम्रो करियर भएको छ ।

 

 

 

अन्तरराष्ट्रिय वौद्धिक ऋणको विभाजन : त्यस्तै पश्चिमी देशका कथित सोसीयल साइन्टीष्टका लागि यो सुशासन सम्वन्धी सिद्धान्त र मोडेल विकासको साधन भएको छ । सुशासनले समाज विज्ञानमा अन्तरराष्ट्रिय वौद्धिक श्रमको विभाजन गरिरहेको छ । सिद्धान्त र मोडेलको विकास पश्चिमी देशका विश्वविधालयमा गरिन्छ र नेपाल जस्तो देशमा यस्ता मोडेल र सिद्धान्तलाई ‘हिट एण्ड ट्रायल’को रुपमा प्रयोग गरिन्छ । प्राथमिक डाटा उपलब्ध गराउने कार्य नेपाली विद्धानले गर्दछन् । नेपालका दिग्गज गनिएको विशेषज्ञलाई एउटा लठेब्रो सेतो छालाले सिकाउछ । कार्पेन्ट्रीमा स्नातक गरेको विदेशी सहायता एजेन्सीको सुशासन कार्यक्रमको सेता अधिकृत अमेरिकामा नै राजनीतिशास्त्र र समाजशास्त्रका पिएचडी  नेपालीलाई सुशासनको मोडेल सिकाउदै छ । पुरातत्वशास्त्रमा स्नातक गरेको सेतो छाला भएको सुशासनको ठूलो परामर्शदाता नेपालमा बसेको धेरै भैसकेको छ । यसले जातीय सर्वोच्चताका आधारमा मानिसको वौद्धिक स्तरीकरण(स्ट्रीफिकेसन) र ‘हाइआरकाइजेसन’ भएको छ सेता मान्छे जान्ने हुन र नेपाली उनीहरुको पछि लाग्ने जात हो ।

 

 

 

समग्रमा सुशासन एक यस्तो ‘ठगी खाने भाडो’ हो जसमा राजनीतिकर्मी, नोकरशाह, आई÷एनजीओ र लगानीकर्ता सवैको लागि । सुशासन यस्तो नारा भएको छ जुन नारा लगाएपछि सरकारमा रहेका नेतृत्वलाई जनताको नाममा कुनै काम नगरेपनि उन्मुक्ति पाएको भान हुन्छ ।