के ओलीले भुइँ छाडेकै हुन् ? – श्रीकृष्ण अनिरुद्ध गौतम

आसुरी प्रवृत्तिको विशेषता के हो भने यिनीहरु, यो सृष्टि ईश्वरीय प्रेरणाले नभएर स्त्रीपुरुषको कामवासनाको उपज हो, भन्छन् । ईश्वर छैन भन्छन् र भए त्यो ईश्वर आफैं भएको उदघोष गर्न पुग्छन् ।

अब ओली आफैंले मनन गरुन्, मैमत्त हुने कि संयमित ! मैमत्त भए, भइरहुन् ’cause मैमत्त मान्छेले भुइँ छोड्छ, मान्छेले भुइँ छोडेपछि के हुन्छ, त्यो पनि भन्नुपर्छ र !

 

नेपालका हालका प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली ईश्वरको अस्तित्व स्वीकार्दैनन् । यो कुरा उनले आफ्नै मुखले भनेका हुन् । गए आइतबार एउटा कम्युनिस्ट कार्यक्रममा भन्दाभन्दै भन्न पुगेका हुन् । तर भन्दाभन्दै उनलाई डर लाग्यो, कतै गलत बोलियो कि भनेर सच्याउन खोजे र भने, यदि ईश्वर छन् भने ती कार्लमार्क्स हुन् । सच्याउन त खोजे तर सच्चिएन, झन् बिग्रियो ’cause कहाँ समयातीत अनादि अनन्त अपराजेय अविजेय ईश्वर, कहाँ मरणशील बिचरा मार्क्स !

 

ईश्वर माक्र्स र लेनिनको भाषामा बुझिने विज्ञान होइन । यसको ज्ञान नै फरक छ, यो संज्ञानको विषय हो, यसको अनुसन्धान पद्धति नै फरक छ । ईश्वर त बोधको अत्युच्च अवस्थामा स्वयं साक्षात् हुने संबोधि हो, सायुज्यता हो, योगको उच्चतम अवस्था हो । उनै ईश्वरको बीज ओलीमा पनि छ, माक्र्स र लेनिनमा थिएन होइन, थियो । ईशरहित केही छँदै छैन ।

 

तर ओलीमा रहेको बीज उनकै मैमत्तताले छोपिदिएको छ । त्यसैले ईश्वरबाट ओली ठगिएका होइनन्, उनी, साँच्चै भनुँ, बरु आफैं आफूलाई ठग्दैछन् ।

 

माक्र्सको दस्तावेज लौकिक बेमेलहरुलाई मानवीय प्रबन्धद्वारा कसरी सम्याउने भन्ने खोजी हो, आध्यात्मिक अभिलेख होइन । भनिरहनु नपर्ला, ईश्वर अनुसन्धान मार्क्सवादको विषय वस्तु नै होइन ।मार्क्सवादी ग्रन्थ नेपाल नामक एक मुलुकमा खड्गप्रसाद, पुष्पकमल, बाबुराम, माधवकुमार जस्ता प्राणीहरु र तिनका अनुयायीहरु मनुष्य चोलामा जन्मेलान् र पढ्ने सामग्री नपाउलान् भन्ने चिन्ताका कारण लेखिएका होइनन् ।मार्क्सका दस्तावेजको फरकै विशेषता छ । यिनले संयोगवश ती ग्रन्थ भेटे, पढे र यिनलाई ती अनुपम लागे । यति अनुपम लागे कि यिनीहरुको मन अध्यात्म–विज्ञानतर्फ लाग्नै मानेन ।

 

यिनीहरु बीच बाटामै रोकिए । त्यहीं सर्वस्व पाएको ठाने ।

 

सत्ता नपाउँदासम्म सहज भइदिए, पाएपछि मैमत्त भए । ओलीलाई के ख्याल रहोस् भने अहंकारी सत्ता धेरै टिक्दैन है ! अहंकार पलायो कि गयो ।

 

निश्चय नै माक्र्सका ग्रन्थ र आध्यात्मिक ग्रन्थहरु समानान्तर रुपमा पढिदिएका हुन्थे भने यिनीहरु यति मैमत्त हुने थिएनन् । ईश्वर’bout ‘के के न भनें’ भनेर लाटो उफ्रे जसरी उफ्रिने नै थिएनन् । गहन विषयमा बोल्दा होश पुर्याएर बोल्थे । आफूलाई ज्ञान नभएको कुरा बोल्नुभन्दा पहिला सम्बन्धित विषयका ज्ञाताहरुसँग परामर्श गरेर बोल्थे ।

 

हरे शिव, हामी छौं पृथ्वीको एउटा कुनामा । यहीं जन्मियौं, मर्न मंगल पुग्दैनौं, यहीं मर्छौं । नेपाल नाम राखिएको भूभागमा छौं, जो पृथ्वीको विस्तारमा धेरै सानो छ । तर यति सानो देशमा कता हो कता विविधता छ । भौगोलिक परिवेश, पर्यावरण, जलवायुका साथै आश्चर्यजनक जैविक विविधता छ । मान्छे हेर्नुस्, खप्परैपिच्छे बुद्धि फरक छ । भन्न सक्छौ, खप्परैपिच्छे बुद्धि किन फरक छ ? व्यक्तिपिच्छे कुनै न कुनै विशेषता छ ।

 

मार्क्स छोडौं, यो विविधताको रचना हाम्रा बाजे बराजुले पनि गरेका होइनन् र तिनका बराजुले पनि होइन । कर्मको सिद्धान्तअनुसार नगरी केही हुँदैन, गरेर मात्र हुन्छ तर गर्ने भेटिदैन, फेला परेको छैन । यो सम्पूर्ण विचित्रता रच्नेलाई भेट्ने बाटै फरक छ । जसले फेला पारे रचयिता, ती स्वर्गद्वारी महाप्रभु, खप्तड स्वामी, शिवपुरी बाबा शब्दातीत ब्रह्मको विचित्र लीलामा मन्त्रमुग्ध भएर, समाधिस्थ स्वयं ब्रह्मलीन भए ।

 

दृष्टान्त मात्र हो यो, यस्तै विचित्रताले चराचर व्याप्त छ । ब्रह्माण्डको न शुरु फेला परेको छ न अन्त्य, फेरि एउटा हो र, कति छन् कति यस्ता ब्रह्माण्ड, अगणित !

 

यो विचित्रतामा केही न केही रहस्य छ । यो सम्पूर्ण रहस्यको अपरिमेय नियामक छ । त्यही नियामक ईश्वर हो, उही चराचरमा साक्षीस्वरुप विद्यमान छ । एउटा ब्रह्माण्ड नै अनन्त छ र यस अनन्तमा पृथ्वी नै बिन्दु बराबर पनि छैन ।

 

त्यो पृथ्वीको एउटा सानो कुनाको कुनै एक स्थानमा एउटा मान्छे बुरुक्क उफ्रिदै, जेसुकै भनोस् उसलाई के फरक पर्छ ! बोल्छ, बोल्छ बोल्नेको आफ्नै तालु सुक्छ ।

 

यो रहस्यको अन्तसमा सुरक्षित सत्यको अनुसन्धान खड्गप्रसाद र खड्गप्रसादका मार्क्सको सामर्थ्य भित्र पर्दैन । खड्गप्रसाद, पुष्पकमल त परै, गौतम बुद्ध र तीर्थंकर महावीरको सामथ्र्यले पनि भ्याएन, त्यसैले उनीहरुले ईश्वर’bout मौन बस्नु नै उचित माने, उत्तम ठाने । बुद्धका शिष्यहरुले, अनुयायीहरुले, भक्तहरुले धेरै पटक ईश्वर’bout जिज्ञासा राखे, तर बुद्ध बोलेनन्, मौन रहे ’cause उनलाई थाहा थियो, ईश्वर बुद्धि लगाएर भेटिँदैन र शब्दमा व्यक्त पनि हुँदैन ।

 

बुद्ध निश्चय नै, कुनै शंकै छैन विवेकशील थिए, त्यसैले उनी खड्गप्रसाद जस्तो ईश्वर’bout राय दिन अघि सरेनन् ।

 

कतिपय हुन्छन् जब कुनै उच्चपदमा पुग्छन्, मात्तिन्छन् । अनि जथाभावी बोल्न थाल्छन् । किन मात्तिन्छन् त्यसको कारण छ । आचार, विचार, व्यवहार ठिक नभएपछि मान्छे, के के न पाएँ भनेर मात्तिन्छ । हुन त मान्छे जति ठूलो पदमा पुग्छ, त्यति नै संयमित हुनुपर्ने हो । तर संयमित हुनलाई आहार, विहार, संगत पनि त्यस्तै हुनुपर्छ । आहार सात्विक भए, विचार भव्य हुन्छ । अनि, संगत पनि त्यस्तै रोज्छ । देखेकै छ नि, अन्ततः रोज्दा ओलीले पनि संगत कस्ताको रोजे !

 

यस्ता पात्रहरु’bout यी कस्ता हुन्, प्रवृत्तिगत रुपमा के हुन्, को हुन् भन्ने’bout श्रीमद्भगवद्गीताको सोह्रौं अध्यायमा सविस्तार वर्णन गरिएको छ । यादवकुल श्रेष्ठ, योगेश्वर भगवान श्रीकृष्णले पद पाउँदैमा मैमत्त हुनेहरुलाई आसुरी प्रवृत्ति भनेका छन् । आसुरी प्रवृत्तिको विशेषता के हो भने यिनीहरु, यो सृष्टि ईश्वरीय प्रेरणाले नभएर स्त्रीपुरुषको कामवासनाको उपज हो, भन्छन् । ईश्वर छैन भन्छन् र भए त्यो ईश्वर आफैं भएको उदघोष गर्न पुग्छन् ।

 

यस्ता व्यक्तिहरु सर्वाधिक श्रेष्ठ आफैंलाई ठान्छन्, भुइँ छाड्छन् । जसोतसो, छलछाम ढाँटढुँट गरेर माथि पुग्छन्, र पुगेपछि त्यो ठाउँको स्वामी आफैं भएको भ्रम पाल्छन् ।

 

अब ओली आफैंले मनन गरुन्, मैमत्त हुने कि संयमित ! मैमत्त भए, भइरहुन् ’cause मैमत्त मान्छेले भुइँ छोड्छ, मान्छेले भुइँ छोडेपछि के हुन्छ, त्यो पनि भन्नुपर्छ र !