केपी ओली बुध्द बन्दैनन् किनकि उनले शासन गर्ने अवसर छाडेनन् ! –प्रबुद्ध घिमिरे

भनिन्छ, मानिस भगवानको एउटा रुप हो । भगवान ब्रम्हाण्ड हो, मानिस त्यसको अंश अर्थात पिण्ड । पहिले जस्तो भगवानले पठाएका प्रत्यक्ष प्रतिनिधि राजा होइनन् के पी ओली । मात्र अरुजस्तै एक अंश ।
हिन्दु धर्ममा एउटा गजबको परिकल्पना छ, भगवानको अवतारका वारेमा । बताइरहन परोइन, भगवान युग पिच्छे फरक छन् ।
सूर्यबाट पृथ्वी उछिट्टिएपछि पहिलो भगवानकोअवतरण पानीमा भयो, मत्स्यरुपमा । त्यसबेला जीव बस्नयोग्य स्थान एउटा पानी मात्रै थियो । समयक्रमसँगै पृथ्वी अलिक सेलायो भगवान कुर्म रुपमा आए ।
समय बढदै गयो भगवानको रुप परिवर्तित हुँदै गयो । भगवान हिलामा रम्नथाले बराह रुप लिएर । जंगलको बिस्तारसँगै भगवान नृसिंह भए ।
मानव घुमन्ते र सानो थियो । मानव अस्तित्वलाई बाच्न नै धौ धौ थियो, मानिस ख्याउटे थियो, भगवान वामन भए ।
शुरुशुरुमा मानवले आफ्नो अस्तित्वलाई जोगाउन अर्को जीबबाट बच्नुपर्ने भयो । एक झुण्डले अर्कोलाई सिध्याउन खोज्यो । सहअस्तित्व भन्दा आग्रह बलियो थियो । एक जात वा वर्गले अर्कोलाई समाप्ति गर्न खोज्यो । भगवान पर्शुराम आए, काँधमा बञ्चरो बोकेर ।
मानव बिकासका बिभिन्न चरणलाई पारगर्दै जाँदा मानवले न्याय, धर्म र सहअस्तित्वको परिकल्पना ग¥यो । भगवान मर्यादापुरुष राम कहलिए ।
मानव समाज विकाससँगै मानवको अथाह क्षमताको प्रष्फुटन भयो । मानव क्षमताको उत्कृष्टरुप स्थापित भयो । महाभारतका अर्जुन आफैँ लडे वा कर्तब्य बोध मात्र गरे उनैलाई थाहाभएन । महाभारत युध्दमा हजारौ मरे तर एक पक्षका सारथीलाई वाण लागेन, भगवान कृष्ण बने ।
विकासको यात्रा सधैँ एकनास रहन्न । त्यसको पनि उतार चढाव हुन्छ । मानव विकासको उतारले जोड लियो । समाजमा द्वन्द बढ्यो । मानिसलाई अस्थिरताले च्याप्नथाल्यो । मानवको तृष्णालाई सन्तुलन गर्नुपर्ने भयो । मानवलाई जीवन र जगतको वोध गराउन भगवान बुध्द बने ।
यस ब्रम्हण्डमा सबैको समय छ, समयको समयलाई छाडेर । वैज्ञानिक भन्छन्, सूर्य पिण्ड पनि समय लिएरै आएको छ । श्रृष्टिको पनि अन्त्य हुनेछ, भगवान कल्की हुनेछन् ।
श्रृष्टिको लीला अपरम्पार छ । पहिले टेथिस सागर भएको स्थानमा अहिले हिमवतखण्ड छ । यहाँ अहिले समुद्र छैन । त्यसैले बर्तमानबाट हेर्दा यस भूमिबाट भगवानको शुरु भएको भन्न सकिन्न, किनकि यहाँ समुद्र छैन । बाँकि कुरा अरुलाई थाहा छैन, स्वयं भगवानलाई बाहेक ।
सुरुका दिनबाट नभए पनि कतै न कतै यो भूमि ’boutमा भगवान अनभिज्ञ चाहीँ छैनन् । यस भूमि’boutमा भगवानलाई राम्ररी थाहा छ । भगवान पर्शुराम भएपछि मात्र नेपाल आएहोलान वा अगाडि ? यो प्रश्नवाचक सवाल हुन सक्छ । तर यो विषयमा भने गहिरो अन्दाज गर्न सकिन्छ कि पर्शुरामबाट बच्न हिँडेकाहरुलाई भने यो माटो ’boutमा राम्रै थाहाथियो ।
यहाँका कठोर भू–बनौट, उकाली ओरालीमा लुकीछिपि उनीहरुले आफ्नो जीवन बचाएका होलान् । यहाँका जंगल, खोँच र भीर पहराको बंकरले “पर्शुराम” बाट धेरैलाई बचायो होला ।
सातौँ अवतार भगवान, मर्यादा पुरुषोत्तम रामचन्द्रलाई चाहिँ नेपालको माटोको ’bout राम्रोसँग थाहाथियो । उहाँको ससुराली न प¥यो यो मुलक । महाभारत कालमा पाण्डवहरु हाम्रो मलुकमा लुकेका र खेलेका कथा प्रसस्त छन् ।
आजभन्दा करिव साँढे २६०० वर्ष अगाडि बुध्द यसै भूमिमा जन्मे । संसारमा शान्तिको द्विप बुध्दले यहीँबाट बाले । शान्तिको विकुल यहीँबाट फुके । अहिले पनि नेपाल बुध्द जन्मेको देश भनी संसार प्रशिद्ध छ ।
त्यसैले भन्न सकिन्छ कि सुदूर अतितदेखि निकट अतित सम्ममा हाम्रो देशको माटो भगवानको नजर परेकै माटो हो । अहिलेसम्म पनि हिन्दु धर्मका अवतारमा विश्वास गर्नेहरुको संख्या नेपाली जनसंख्याको ८० प्रतिशत भन्दा बढि छ । सुदूर भविष्यको बात अर्कै हो । धर्मान्तरण बढेको बढ्यै छ ।
नेपालमा शासन सन्चालन
इतिहासदेखि नै नेपाल भन्ने देश दक्षिण एशियाका अरु देश भन्दा फरक थियो । यस क्षेत्रका अरु धेरै देशहरु परतन्त्रको अधिनमा हुँदा यो देश स्वतन्त्र रह्यो ।
संसारमा उपनिबेशको प्रत्यक्ष कहरमा नबसेको देशको रुपमा नेपाल प्रख्यात छ । विगतको इतिहासमा बाहिरका परचक्री आएर यहाँको शासन चलाएनन्, भलै यहाँकाले भने जनताको टाउकामा जतिसुकै रैँदालो किन नमच्चाउन !
भनिन्छ, बिष्णु भगवानका दश अवतार मात्र हैन, सहस्र रुप छन् । तिनै रुपको प्रतिनिधि पात्र मानिने राजा महाराजाहरुले यस देशमा लामो समय शासन चलाए ।
त्यो शासन कस्तो थियो, भोग्नेलाई थाहा भयो होला । नभोग्नेले पनि इतिहासका पानामा तिनका पक्ष विपक्षका तर्क पढेर आफ्नो धारणा बनाउन पाएकै छन् ।
भगवानका सिधै प्रतिनिधिलाई प्रश्न गर्न नपाइने गरि शिरपुञ्जमा राखि उनका वरिपरि जनप्रतिनिधिलाई राखेर शासन चलाउने प्रकृया पनि नेपालमा केही वर्ष लागु भयो, बहुदलीय ब्यवस्थाका नाममा । तर त्यो शासनले नेपाललाई स्थिरता दिन सकेन, लामो समयसम्म । कहिले त्यस शासनमा राजा हावि भए, कहिले गणतन्त्रवादीले त्यसको बिरुध्दमा जनता उठाए ।
बर्तमान बिधि
गएको दशकदेखि नेपालमा भगवानका प्रतिनिधिको शासन समाप्त भएको छ । २०७२ सालको सम्बिधानसभा मार्फतको जननिर्मित सम्बिधानले भविश्यमा भगवानको अवतार समेतको शासनलाई पूर्णरुपमा निषेध गरेको छ । नेपाल गणतन्त्रात्मक बनेको छ ।
संविधान प्रस्तावनामा नै उल्लेख छ “संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्घिको आकांक्षा पूरा गर्न सविधानसभा मार्फत यो संबिधान जारी भएको घोषणागर्दछौँ । ”
नेपालमा सरकार
बिगतको इतिहास हेर्दा नेपालमा शासनको आशक्ति अरु कुनै पनि बस्तुले पूरा गर्न सक्तैन । एक पटक मान्छेको मासु खाइसकेको चितुवाले अरु जनावर खाँदैन भने जस्तै एक पटक शासन सत्ताको स्वाद चाखेकाले अरु कुनै पनि स्वादलाई राम्रो मान्दैनन् ।
बिगतमा शासन गर्नेले देशको भन्दा आफ्नो बिकासमा ज्यादा ध्यान पु¥याए । जनताको प्रत्यक्ष अनुमोदन सहित बहुमत नहुनेले जोडजाडमा भए पनि शासन चलाउन गर्नु हुने नहुने सबै प्रयोग गरी शासनको स्वाद लिइरहे ।
राजनीति कमाउ धन्दाको सबभन्दा सजिलो पेशा बन्यो । त्यसमा पनि स्थायी सरकार भनिने कर्मचारिले नियम कानून पनि जान्ने र कमाउ धन्दा चलाउन सजिलो हुने गरि नीतिमा नै खेल्न मिल्ने बनाइदिनाले बिगतको शासनको मूल्याङ्कनमा राजनीतिक नेताले जनताको नजरबाट गिर्नु परयो ।
२०७२ सालको सम्बिधान २०७४ सालबाट पूर्ण रुपमा कार्यान्वयनमा आएको छ । गणतन्त्र पछि राजाको आवश्यकतालाई आफ्नो सिध्दान्त बनाउने दलले समेत गणतन्त्रलाई शंकाको सुबिधा दिएको छ ।
कुनै एक टिभी कार्यक्रममा स्थानीय प्रतिनिधि चुनिएका मध्यपश्चिम (हालको ६ नं. प्रदेशका) का एकजना मेयरले खुलेर यो कुरा राखेबाट अझ प्रष्ट भएको छ कि राजावादी दलको “राजा” पनि भन्नका लागि मात्र हो ।
त्यसैले बर्तमान नेपालमा गणतन्त्र विवाद रहित भएको छ । संघीयताको परख भविश्यले नै गर्ला ।
भविश्यमा एक हुने भनि घोषणापत्र जनतालाई देखाएर जनअनुमोदित भइ सरकार बनाउन सफल बाम दलको नाम कम्युनिष्ट छ, अझै पनि । तर ब्यबहारत तीनको कम्यूनिष्ट रंग खुइलिएर खैरो मात्र हैन, सेतोसेतो भएको छ ।
यद्यपि तिनको नाम कम्युनिष्ट भएकाले बोलाउँदा तिनलाई कम्युनिष्ट नै भन्ने गरिएको छ । नाम नै कम्युनिष्ट भएपछि तिनलाई बोलाउँदा नाम काड्दिन भन्नु मूर्खता मात्र हुनेछ । तर ब्यबहारतः शासनमा रहेका दुबै दल लोकतान्त्रिक समाजवादी भइसकेको प्रष्ट देख्न सकिन्छ ।
सायद बिगतको रक्तरञ्जीत इतिहास सम्झेर तिनले आफूलाई कम्युनिष्ट भनेका होलान् । बाबुको थर छोराले लिएजस्तो । बिगतको कामलाई अहिले नाममा सिमित राखेका ! बर्तमान नेपाल तिनै दुई ठूला कम्युनिष्ट (बामपन्थी) दलको संयूक्त सरकारबाट शासित छ ।
जनता आशावादी छन् । शंकाको सुविधा बामदललाई प्राप्त छ । अव देशको भविश्य बिगत जस्तो नहोला । त्यसमा पनि बामको नेतृत्व—बिगतको छिमेकी भारतको कहरयूक्त नाकाबन्दीमा जनतालाई उठाउने, साहस भर्ने के पी ओलीमा जनताको अलिक बढी भरोसा देखिन्छ । तिनै ओली बर्तमानमा प्रधानमन्त्रि पनि छन् ।
भनिन्छ, मानिस भगवानको एउटा रुप हो । भगवान ब्रम्हाण्ड हो, मानिस त्यसको अंश अर्थात पिण्ड । पहिले जस्तो भगवानले पठाएका प्रत्यक्ष प्रतिनिधि “राजा” होइनन् के पी ओली । मात्र अरुजस्तै एक अंश । त्यसैले उनले पहिले जस्तो गल्ती नदोहो¥याउलान् । गल्ती गरे उनलाई भगवानको प्रतिनिधि ठानी धर्मले सिधै रक्षागर्ने छैन ।
कम्युनिष्टहरु सिध्दान्तत भगवान मान्दैनन् । यद्यपि नेपालका कम्युनिष्ट (वामपन्थी) ले ब्यबहारतः भगवानसँग जोडिएका सबै कृया कर्मलाई नकारेका छैनन । धर्मसँग जोडिएर आएका सबै संस्कृति र चाडपर्वमा उनीहरु पनि रम्छन् । मनाउँछन् । त्यसमा पनि ओली आफूलाई कट्टर नास्तिक ठान्दैनन् क्यारे ? उनि यस भूक्षेत्रलाई ऋषिमुनीहरुको तपोभूमि ठान्दछन् । उनका कतिपय भाषणमा यो कुरा उल्लेख भएको सुनिन्छ । त्यसैले भन्न सकिन्छ ओलीमा पनि भगवानको सानो भए पनि अंश अवश्य छ । अव कुरा आउँछ, भगवानको अंश (ओली) ले सातौँ अवतार भगवानको जस्तो चाँहि गर्छन् कि गर्दैनन् ?
भगवान रामचन्द्र मर्यादा पुरुष थिए । उनले शासन गर्दासम्म रामराज्य कायम भयो । उनले आफू स्वर्गजाने बेलामा पुरवासी सबैलाई स्वर्ग नै लिएर गए । तर बिडम्वना आफनै अर्धाङ्गिनी सीता माताको लागि स्वर्गको ढोका खुलेन । उनले फुटेको धर्तिमा पस्नु प¥यो । किनकि धोवीले केही भन्या,े सीताका ’boutमा ।
फेरि के पी ओली भगवानको अंश भएकाले आठौँ अवतार भगवान कृष्णले झैँ हस्तिनापुरको रक्षा पनि गर्न सक्तछन् । नेपाली जनता नै उनका हस्तिनापुर हुन । उनको हस्तिनापुर तवमात्र सुरक्षित हुन्छ जव उनले नेपाली जनताको विश्वासलाई कायम राख्दछन् ।
के पी बुध्द भने बन्दैनन् किनकि उनले शासन गर्ने अवसर छाडेनन्, बरु खोजी खोजी शासन लिए । बिगतको इतिहास हेर्दा नै भन्न सकिन्छ, ओली कल्की बन्दैनन् । उनले नेपालको लागि कल्की रुप बनेर आएको नाकाबन्दीलाई खतम गरेका छन् । फेरि उनलाई कल्की ’boutमा थाहा नै छैन किनकी कल्की रुप अहिलेसम्म कसैले देखेको छैन । यो परिकल्पनामै सिमित छ ।
यसको लागि केही समय पर्खनु पर्ने हुन्छ ।