बझाङ्गबाट चीनतर्फ यार्सा गुम्वा तस्करी -ललित सिंह

सिमा क्षेत्रमा भन्सार स्थापना नहुँदा करोडौ जडिबुडि चोरी निकासी हुदै  बर्षिक ३ करोडका यार्सा गुम्वा राजश्व छली हुँदा पनि सरोकारवाला बेखबर। 

 

 खुल्ला नाका को प्रयोग गरी साईपाल गाउँपालिका देखि करिब ३ दिनको पैदल यात्रा गरेर घोडा खच्चरमा बहुमुल्य जडिबुटी कटुकी उरैभन्ज्याङ्ग हुदै ताक्लाकोट तर्फ जाँदै।  तस्बीर : ललित सिंह (रासस)

 

 

 

बझाङ्ग : २६ बैसाख
बझाङ्गको उत्तर पट्टि रहेको साईपाल गाउँपालिका छिमेकी राष्ट्र चिनको स्वशासित क्षेत्र तिब्बत सँग जोडिएको ताक्लाकोट नाकालाई बैधानिक रुपमा खोल्न नसक्दा बाट बझाङ बर्षेनी करोडौ राजश्व चुहावट भैरहेको छ । बहुमुल्य र अबैधानीक जडिबुटी र बन्यजन्तुको चोरीसिकारी भई बाघका छाला सहित अबैध रुपमा ब्यापारीहरुले खला नाका भएकै काराण ताक्लाकोटमा ब्यापार गरिरहेका छन् ।

 

 

जिल्लाको कुल भुभागको झण्डै आधा क्षेत्रफल ओगटेको साईपाल गाउँपालिका संग जोडिएको यस नाकाबाट बर्षेनी झण्डै ३ करोड भन्दा बढीको यार्सागुम्वा लगायत बहुमूल्य जडिबुटीको मात्र कारोवार हुने गरेको भएता पनि सिमामा नेपाल सरकारको कुनै पनि निकाय नभएका कारण करोडौको जडिबुडि राजश्वछली गरी चोरी निकासी हुदै आएको छ ।

 

 

नेपाल र चीनको सिमा क्षेत्रमा भन्सार कार्यलय स्थापना हुन नसक्दा करोडौँको सामान आयत र निर्यात भए पनि राजश्व संकलन गर्न सकिएको छैन । साविकको काँडा गाँउ विकास समिति जिल्ला सम्मनय समितिले पटक पटक केन्द्रमा पहल गरे पनि सरकारले व्यवास्ता गरेका कारण ताक्लाकोट नाकाले बैधानिकता नपाउदा यस्तो अवस्था आएको जानकारहरु बताउछन् । केन्द्र सम्म जिल्लाको राजनैतिक पहुँच बलियो नभएका कारण सुनुवाई हुन नसके यहाँका स्थानियहरुको भनाई छ ।

 

 

बझाङबाट यार्सागुम्बा, बनलसुन, कटुकी, सतुवा, पाँचऔले लगायत जडिबुटीहरु ठुलो परिमाणमा निकासि हुने गरेको छ भने ताक्लाकोट बाट नुन, कपडा, जुत्ता र ठुलो परिमाणमा तिब्बती ब्रान्डका मदिराहरु आयात हुने गरेको छ । सिमा सुरक्षाको खुकुलो पन र नेपाली बजारमा भन्दा चीनीया बजारमा जडिबुडिको भाउ चार गुना बढि हुने भए पछि व्यापारीहरुले तस्करीका लागी यो नाका प्रयोग गर्दै आएका छन् । कुन सामान कति मात्रामा आयात हुन्छ भन्ने यकिन तथ्याङ्क नभए पनि आयातको प्रकृती हेर्ने हो भने बर्षमा ५०÷६० लाख बराबरको चाईनिज ब्राण्डका रक्सी आयात हुन्छ ।

 

 

जिल्लाका साईपाल गाउँपालिका, दहबगर, तल्कोट गाउँपालिका लगायतका ठाँउहरुमा लत्ताकपडा र ईलेक्ट्रोनिक सामानहरु पनि यो नाका भएर भित्रिने गरेको साईपाल गाउपालिकाकी उपाध्यक्ष कल्पना देबि बोहरा बताउछन । जडिबुडि संकलन बाट आफ्नो जिविका चलाउदै आएका यस क्षेत्रका बासिन्दाहरु सामान पाए भारी लिएर ताक्लाकोट तिर जाने गरेको ताक्लाकोट बाट फर्कदा घरपरिवारका लागी आवश्यक कपडाका साथै ईलेक्ट्रोनिक सामान पनि उतै बाट ल्याउने गरेको साईपाल गाउँपालिकाकी उपाध्यक्ष बोहराले बताईन् ।

 

 

प्रहरीको सिमा सुरक्षा चौकी पनि सिमा भन्दा २५ किलोमिटर नेपाल तर्फ रहेको र सिमा प्रहरी चौकी छल्दै नाका सम्म पुग्ने प्रसस्त बाटो भएका कारण यस नाकाबाट बाघ तथा अन्य बन्यजन्तुका अखेटोपहार, रक्त चन्दन र चरेस लगायतका प्रतिवन्धीत सामाग्रीको तस्करी पनि सजिलै निर्यात हुने गरेको एक व्यापारी राम बहादुर बोहराले बताए । तत्कालिन बझाङी राजा जयपृथ्वीबहादुर सिहले स्थानियको श्रमदानबाट चैनपुर देखी ताक्लाकोट सम्म मान्छे हिड्ने घोरेटो बाटो निमार्ण गर्न लगाएपछी झण्डै एक शताब्धी देखि बझाङ र तिब्बतको प्रमुख व्यापारिक केन्द्र ताक्लाकोट विच व्यापारिक सम्बन्ध स्थापना भएको पाईन्छ ।