ह्यारी-मेगनको विवाह ‘परम्परा’ र ‘आधुनिकता’ अनि ‘निरन्तरता’ र ‘परिवर्तन’को प्रतीक

बेलायती राजकुमार ह्यारीको विवाह अमेरिकी टेलिभिजन कार्यक्रम सञ्चालिका तथा अभेनेत्री मेगन मर्केलसंग अहिले लण्डनस्थित सेन्ट जर्ज च्यापेलमा भै रहेको छ । उनको विवाहको सजिव दृष्य अन्तरराष्ट्रिय टेलिभिजन च्यानलहरुमा देखाइ रहेका छन् ।

 

 

 

 

एक व्यक्तिको विवाहको यति किन महत्व छ भन्ने अहिले आम मानिसमा जिज्ञासा रहेको छ । ह्यारीको विवाह उनी बेलायती राजतन्त्रको एक सदस्यको नाताले मात्र चर्चाको बिषय भएको भने होइन ।

 

 

ह्यारीकी हजुरआमा बेलायतको इतिहासमा सवैभन्दा लामो शासन गर्ने महारानी हुन । उनले कुनै समयमा कहिल्यै पनि सूर्य अस्त नहुने साम्राज्य आफु तरुनी भै सक्दा देखेकी थिइन्। द्धितीय विश्वयुद्धपछिका बेलायतको उपनिवेशको अन्त्य देखिन । र, आफैले शासन सम्हालेपछि पनि बेलायतले एसिया, अफ्रिका, ल्याटिन अमेरिकामा अत्यन्तै धेरै उपनिवेश गुमायो ।

 

उनकै हठको कारण ह्यारीकी आमा राजकुमारी डायनाको मृत्युपछि बेलायती राजतन्त्र अन्त्यको संघारमा उभिएको थियो । पछि उनले आफ्नो जिम्वेवारी सम्हालिन ।

 

अहिले आएर बेलायती राजनीतिभन्दा बकिंधम दरवार समाज र राजनीतिप्रति बढि व्यवहारिक, वस्तुवादी र यथास्थितिवाद होइन प्रगतिवाद र आधुनिकतालाई अगाल्ने संस्थाको रुपमा बेलायति समाजमा उभिएको छ ।

 

 

सन २०१० पछि बेलायती राजनीतिमा आएको अनुदारवाद २०१६ को ‘ब्रेग्जित भोट’मा आएर पुरै कन्जरभेटिभ भएको छ । गोरा बेलायतीहरुको बर्चश्व भन्ने नारा निजेल फाराज तथा बोरिस जोन्सहरुले लगाए । अहिले बेलायत युरोपीयन युनियनबाट बाहिरिने नेगोसिएसनको प्रक्रियामा छ ।

 

यस्तो समयमा ‘नोनाजेनेरियन’ बेलायती महारानीले आफ्नो नातीको दुलहीको रुपमा एक अमेरिकी टेलिभिजन तथा फिल्म स्टार, नारीवादी र सामाजिक अभियन्ता नागरिकलाई स्विकार गरेकी छिन । सवैभन्दा ठूलो कुरो के भने मेगन मर्केल गोरा पिता र काली आमाकी सन्तान हुन । उनी एक मिश्रित रङ्गकी महिला हुन् । संसारले बेलायती राजतन्त्रलाई भाषा, धर्म र संस्कृति अनि छालाको रङ्गको लागि सवैभन्दा अनुदार सोचिरहेको अबस्था महारानीले यस विवाहलाई सवैभन्दा सहजताले स्विकारेको कारण यो विवाह चर्चाको केन्द्रमा छ ।

 

 

यसले बेलायतको राजतन्त्र किन निरन्तर टिकेको छ र यसले आम जनताको भावना किन जितेको छ भन्ने प्रमाण दिन्छ । बेलायती राजसंस्था ‘परम्परा’ र ‘आधुनिकता’ अनि ‘निरन्तरता’ र ‘परिवर्तन’को सवैभन्दा अपुर्व संगम हो । राजतन्त्रात्मक देशहरुको लागि यो एक प्रेरक उदाहरण पनि हो । यो घटनाले बेलायती राजतन्त्र आफै उदार र भविश्यमुखी सोच राख्ने संस्थाको रुपमा उभिएको छ ।

 

साथै, नेपालबाट ठिक एक दशक अगाडि वैधानिक विधिबाट विदा भएको राजतन्त्रले पनि यस घटनताबाट आत्मसंमिक्षा गर्न सहयोग लिन सक्छ । उदार र भविश्यमुखी सोच राख्न नसक्दा राजतन्त्रले सदाको लागि विदा भएको छ, नेपालबाट ।

 

‘ड्युक एण्ड डुचेज अफ ससेक्स’ अर्थात शाही विवाहका दुलाहा ह्यारी र दुलही मेगनलाई विवाहको बधाई र सफल दाम्पत्य जीवनको शुभकामना !