भु–स्वर्गको शिलान्यास ! –अश्विनकुमार पुडासैनी

 

जेठ १५गते मंगलबार नीति तथा कार्यक्रम अनुरुपको ओली सरकारको बजेट सार्वजनिक हुँदैछ । यो बजेटमा के कुराहरु आउनुपर्छ र के के कुराहरु आउनु हुँदैन भनी केही अर्थविद्हरु, समाजशास्त्री र राजनीतिक विश्लेषकहरुसँग पनि छलफल गरियो ।

 

 

 

नेपालका दुई प्रमुख बामपन्थी पार्टीहरु एमाले र माओवादीको जेठ ३ गते एकिकरण भएपछि नयाँ पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धि महाअभियानको चर्चा गर्दै आगामी दश बर्षमा नेपाल भू–स्वर्ग हुने अठोट सहितको भीजन “सपना” सार्बजनिक गरे ।

 

 

 

प्रधानमन्त्री ओलीले यो कुरा कान्तिपुर पव्लिकेशनले आयोजना गरेको युवाहरुको दौड “हाफ म्याराथुन” मा सहभागी हुँदै पच्चिस सयको संख्यामा रहेका युवाहरुलाई हौसला दिँदै भने –आगामी दशबर्षमा नेपाल स्वर्ग हुनेछ ।

 

 

त्यसपछि देशका प्रबुद्ध बुद्धिजीवीहरुले सामाजिक सञ्जाल, फेसबुकका भित्ताहरुमा प्रतिक्रिया स्वरुप लेखे “मलाई दश बर्षमा मर्न मन पनि छैन । स्वर्ग जानु पनि छैन ।” स्ट्याटस्मा धेरैैले प्रतिक्रिया दिए । ट्वीट गरे । री–ट्वीट गरे । ती ट्वीट् र प्रतिक्रियाहरु पढी साध्यका रहेनन् । हो न हो, प्रधानमन्त्रीले हावादारी कुरा गरे झै सर्बत्र हसिमजाक गरियो । उडाउन खोजियो ।

 

 

कतिपय बुद्धिजिबी, लेखक र स्तम्भकारहरुले प्रधानमन्त्रीको अभिव्यक्तिलाई निर्ममतापूर्वक चौतर्फी रुपमा प्रहार गरिरहे, आत्मरति लिईरहे ।

 

 

प्रधानमन्त्री अभिव्यक्तिको दुईदिन पछि सरकारको नीति तथा कार्यक्रम पनि सार्वजनिक भयो । सरकारको नीति तथा कार्यक्रम भनेको प्रधानमन्त्रीको भिजन हो । सुखी नेपाली, समृद्ध नेपालको आधारपत्र हो । यसमा पनि आलोचनाहरु भईरहे । के नेपाल आगामी दशबर्षमा भुस्वर्ग भन्न लायकको छैन ? हामीले पाएको स्वप्नदर्शी नेत्रृत्वको अभिव्यक्ति, भीजन के हावादारी नैं हुन् त ? आजको आलेखमा यसैको लेखाजोखा गरिनेछ ।

 

 

 

स्वर्ग के हो ?

 

नेपाली बृहत् शब्दकोश अनुसार स्वर्गःको अर्थ हो अमरावती, इन्द्रपुरी । अत्यन्त रमणीय ठाउँ, सुन्दर स्थान । “पुण्यात्मा र सत्कर्मीहरु मृत्युपछि सुख भोग्न जान्छन् भनी पुराण, स्मृति आदिले भनेको लोक, देवलोक ।”

 

 

अंग्रेजी डिक्सनरीमा स्वर्गलाई “हेभेन” भनिएको छ । “अ प्लेस अर कण्डिसन अफ अटमोष्ट ह्यापीनेस्” अर्थात यस्तो स्थान वा अबस्था जहाँ प्रत्येक प्राणी सुखी र खुसी रहन्छन् ।”

 

 

 

के नेपाललाई भुस्वर्ग भन्न सकिन्न ? के नेपालीलाई सुखी र खुसी बनाउन सकिन्न् ? नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुले समेत नेपाललाई “स्वर्ग जस्तो देश भनेका उदाहरण त कत्ति हो कत्ति रहेका छन् । एशियाको स्वीट्जरल्यैण्ड भन्ने त कति हो कति छन् त ।

 

 

 

स्वर्गको महिमाको ’boutमा ज्योतिष गणित विज्ञानमा समेत व्याख्या गरिएको बताउँदै पण्डित ज्योतिषी ओजराज उपाध्याय लोहनीले भने “जीवनको विभिन्न कालखण्डमा व्यक्ति स्वयंले स्वर्गानुभुति गर्न पाउछन् । यस्तो अबस्थामा द्धेष, घृणा र अहंकाररहित समन्वयकारी समाजमा सबैले सहज र सरल तरिकाले स्वर्गानुभुति गर्न पाउँछन् ।”

 

 

ज्योतिषी उपाध्याय अगाडि भन्छन्, “जहाँ सम्म नेपाललाई स्वर्ग बनाउने विषय छ, नेपाल प्राकृतिक श्रोत र साधनले भरिपूर्ण, उच्च हिमश्रृँखला, पहाडै पहाडका पर्वतमाला र समथर मैदानसम्म फैलिएको अत्यन्त पवित्र, पुण्य र सौन्दर्य भुमि हो । नेपाल श्रृष्टिको पहिलो भुमि हो । जसलाई शास्त्रहरुमा उत्पत्तिकालदेखि नै स्वर्ग भनिएको छ । यसलाई मानव जातिको सुखी र खुसी भई रहन पाउने भुमि बनाउनु हामी सबै नेपालीको कर्तव्य नै हो ।”

 

 

ओलीले के भनेका थिए त ?

 

 

अघिल्लो शनिबार कान्तिपुर पब्लिकेशनले आयोजना गरेको म्याराथुनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, कोही विदेशी दशबर्ष पछि नेपाल भ्रमण गरेर फर्केर जाँदा कसैले कस्तो रहेछ त्यो देश भनेर सोधेपछि उसले भन्ने छ “नेपाल मानिस र प्राकृतिले संयुक्त रुपमा श्रृजना गरेको एक भूस्वर्ग रहेछ ।

 

 

नेपाली जनतालाई खान लगाउन कुनै दुःख छैन । नेपाल उत्पादन र निर्माणमा पनि काफी अगाडि छ । नेपालीहरु स्वस्थ छन् । आरोग्यता नेपालीहरुको पहिलो प्राथमिकतामा छ । उपचारको राम्रो बीमा भएकाले रोग लाग्दा पनि कसैलाई दुःख हुन्न ।”

 

 

दश बर्षमा पनि नभए कहिले हुने ? शहरमा बाटो बनीसके पछि गाउँमा खेत खन्न जाने होईन । शहरमा बाटो बन्दै गर्दा गाउँमा खेतपनि खन्दै जाने हो । यत्ति हो प्रधानमन्त्री ओलीको भाषणको मूल अंश ।

 

 

 

गणतन्त्र संस्थागत भएको नीति तथा कार्यक्रम

 

 

प्रधानमन्त्रीको यो अभिव्यक्तिको सार दुई दिन पछिको सरकारको नीति तथा कार्यक्रम मार्फत (जेठ ७ गते सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई गरेको संबोधन) सार्वजनिक भयो ।

 

 

समृद्ध नेपाल, सुखी नेपाली महाअभियानको आधारपत्रको रुपमा रहेको गणतन्त्र नेपालको पहिलो सरकारको पहिलो नीति तथा कार्यक्रम भएकोले यसलाई सबैले उत्सुकताका साथ हेरिरहेका छन् ।

 

 

राजनीतिक क्रान्ति सम्पन्न भै नेपाल संघीय गणतन्त्र घोषणा भयो । गणतान्त्रिक संविधान बमोजिम सबै तहको निर्वाचन सम्पन्न पश्चात लामो समयसम्म रहेको संक्रमणकालको अन्त्य भै गणतन्त्र औपचारिक रुपमा संस्थागत भएको अबस्थाको द्योतकको नयाँ युगमा नयाँ सरकारको नीति तथा कार्यक्रम आएको हो ।

 

 

के हो नीति तथा कार्यक्रम ?

 

 

सरकारले एक बर्षमा गर्ने कार्यक्रमहरुको प्रारुप हो, सरकारको नीति तथा कार्यक्रम । सरकारले ल्याउने बजेटका प्राथमिकताहरुको  खाका हो । राष्ट्र प्रमुखले जनताका प्रतिनिधिहरुको सभा प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमार्फत सार्वजनिक गर्ने परम्परा अनुसार सार्वजनिक हुने नीति तथा कार्यक्रम सरकारको एक बर्षमा लिने दिशा निर्देश हो । यो ने रोेडम्याप अर्थात मार्ग चित्र हो ।

 

 

प्रधानमन्त्रीको भीजन हो– नीति तथा कार्यक्रम । सरकारले लिने गन्तव्य, अभियान, नीति, योजना, कार्यक्रम तथा बजेटको सार हो । सरकारका प्राथमीकताका क्षेत्रहरुको ’boutमा स्पष्टता हो । सबै नागरिकले बुभm्ने गरि प्रस्तुत गरिने र सम्भब भए सम्म सारांश तथा भाषिक सरलतामा सार्वजनीक गरिने लिखित प्रतिबद्धता हो ।

 

 

यो एक नीति हो । नियम हो । कार्यक्रम हो । विधिको शासनको प्रतिक हो । सुशासनको औजार हो । लोकतन्त्रको माध्यम हो । स्वः अनुशासनको पालना हो । सरकारको जनउत्तरदायीत्वको प्रक्रिया हो । पारदर्शीता र लोकतान्त्रिक पद्धतिको संस्कार र संस्कृतिको अभ्यास हो ।

 

 

 

सरकारको प्राथमिकता र प्रतिवद्धता

 

 

कूल १०३ बुँदामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सरकारको प्रतिवद्धता, विदेशनीति, प्राथमिकता, सरकारले आगामी बजेट तथा कार्यक्रमहरुमा दिने  विषयहरु समाबेश गरिएको छ । नीति तथा कार्यक्रमको प्रारम्भमै भनिएको छ जनताको पूर्ण लोकतन्त्र, सुशासन, जनताप्रति उत्तरदायी राज्य, भ्रष्टाचारमुक्त, सभ्य र सुसंस्कृत एवं कर्तव्यप्रति दृढ समाज यस सरकारको आदर्श हुनेछन् ।

 

यो सरकार लोकतन्त्रको आधारभुत, मुल्यमान्यता, बहुदलीय प्रतिस्पर्धात्मक प्रणाली, आबधिक निर्वाचन, शक्ति पृथक्किकरणको सिद्धान्त, सन्तुलन र नियन्त्रण, स्वतन्त्र न्यायालय, मानव अधिकार र मौलिक हकप्रति प्रतिबद्ध छ ।

 

 

ओली डक्ट्रिनको अभ्यास

 

 

नीति तथा कार्यक्रम प्रधानमन्त्री ओलीले अबलम्बन गरेको साना तथा भुपरिवेष्ठित मुलुकहरुको विदेश नीतिलाई प्रभावपार्ने खालको विदेश नीति ओलीडक्ट्रिनको सारबाट निर्देशित रहेको छ ।

 

 

नीति तथा कार्यक्रममा भनिएको छ, स्वाधीन र स्वतन्त्र राष्ट्रको रुपमा हाम्रो राष्ट्रिय अन्तर्राष्ट्रिय नीति, निर्णय र भूमिकामा स्वतन्त्र छौं । हामी हाम्रा दुई छिमेकी मित्रहरुसँगको असल छिमेक सम्बन्धमा विश्वास गछौं । हामी विश्व शान्ति र निशस्त्रीकरणको पक्षमा छौं ।

 

 

हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध संकिर्ण दलीय स्वार्थ वा मौकापरस्त अर्घेला तर्कहरुमा होईन, मानवजातिले विश्व सम्बन्धका ’boutमा लामा अनुभवहरुबाट प्रतिपादन गरेका न्यायोचित, वैज्ञानिक र तर्कपूर्ण प्रस्तावनाहरुको उचाईमा आधारित छ । हाम्रो बाह्य सम्बन्ध संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्त, अन्तर्राष्ट्रिय वा विषयगत सिद्धान्त, सम्झौता र अनुबन्धमा आधारित सन्तुलित र जिम्मेवार हुनेछ ।

 

 

 

समृद्ध नेपाल, सुखी नेपाली नै उद्धेश्य

 

आमनिर्वाचनदेखि नै ओलीले शुरु गरेको अभियान “समृद्ध नेपाल, सुखी नेपाली”लाई सरकारले दीर्घकालीन उद्धेश्यको रुपमा राखेकोछ । यो अभियान नै हो, नेपाललाई स्वर्ग बनाउने प्रधानमन्त्री ओलीको सपना ।

 

 

सरकारले दुईअंकको आर्थिक बृद्धिदरको आकांक्षा राखेको छ । त्यसका लागि कृषि, उर्जा, उद्योग, यातायात, भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन र सहरी विकासलाई आर्थिक बृद्धिको संवाहकको रुपमा पहिचान गरेको छ । सबै नेपालीलाई वित्तीय पहुँचको लागि प्रत्येक नेपालीको बैंकखाता खोलिने जनाएको ।

 

 

सरकारले प्रत्येक नेपालीलाई राष्ट्रिय परिचयपत्र र स्थायी लेखा नम्बर समेत उपलब्ध गराउनु पर्छ । तबमात्र यो अभियानले पूर्णता पाउने छ । कतिपय विष्लेषकहरुले सरकारको यो नारालाई “अति महत्वकांक्षी” भनेकाछन् । यो नीति तथा कार्यक्रम महत्वकांक्षी देखिए पनि नेपालको विकासको लागि यो अपरिहार्य पहल हो ।

 

 

बजेटपछि प्रतिक्रिया कार्यान्वयनमा मुल्याड्ढन

 

 

सरकारको नीति तथा कार्यक्रम सार्वजानीक भए पश्चात विभिन्न क्षेत्रका व्यक्तिहरुसँग समेत कुराकानी र छलफल गरियो । सबैको एकै किसिमको जवाफ थियो । नीति तथा कार्यक्रम हेरेर मात्र हुन्न । त्यो त सधै राम्रै देखिन्छन् ।

 

 

विगतका सरकारका नीति तथा कार्यक्रम हेर्ने हो भने पनि खासै नराम्रो भन्नुपर्ने हुँदैनन् । यो सरकार नयाँ युगको नयाँ सरकार भएकोले केहि नयाँ कुराको अपेक्षा गरिनु भने स्वाभाविक पनि हो । आगामी जेठ १५गते मंगलबार अर्थमन्त्रीले प्रस्तुतगर्ने कार्यक्रम तथा बजेटबाट मात्रै यो नीति तथा कार्यक्रमको प्रतिको वास्तविक र स्वभाविक प्रतिक्रिया अवगत हुनसक्छ ।

 

 

नीति तथा कार्यक्रमले उठान गरेका विषयहरुलाई बजेटमा समावेश भई त्यसको कार्यान्वयन प्रक्रियामा जाँदा मात्र समग्र सरकारको कामको मूल्यांड्ढन गर्न सकिन्छ ।

 

 

१५गतेको आशा, के आओस्–नआओस्

 

 

संविधानमा नै गरिएको व्यवस्थाले गर्दा पर्सि जेठ १५गते मंगलबार सरकारको नीति तथा कार्यक्रम अनुरुपको बजेट सार्वजनिक हुँदैछ । यो बजेटमा के कुराहरु आउन् ? के के कुराहरु नआउन् भनि केहि अर्थविद्हरु, समाजशास्त्री र राजनीतिक विश्लेषकहरुसँग पनि छलफल गरियो । उनीहरुको धारणा यस प्रकारको रहेको पाईयो ।

 

 

बजेटले उत्पादनमा जोड दिनुप¥यो । उत्पादनमा कसरी प्रतिफल बृद्धिगर्ने भन्दा सरकारी ६ करोड लगानीको १ करोड मात्र प्रतिफल प्राप्त भैरहेको छ । जबकी चार करोड लगानीमा १ाकरोड प्रतिफल प्राप्तगर्नु सामान्य मानिन्छ । बाह्य लगानी र नीजि क्षेत्रको लगानी उत्पादशील क्षेत्रमा बढाउनु पर्छ ।

 

 

सडक, सुशासन र धुलोरहित काठमाण्डौ

 

सडकहरु अलसिजन रोडको रुपमा बाह्रै महिना, साताका सातै दिन, दिनका चौविसै घण्टा चल्ने गरि विस्तार गर्नु प¥यो । पूर्वाधारको पहिलो आधार नै सडक भएकोले सडक निर्माणमा हुने ढिलासुस्ती र भ्रष्टाचारलाई निषेध गर्न सक्नु प¥यो । धुलो रहित काठमाण्डौ बनाउनु प¥यो । अमुल डायरी जस्ता ख्यातिप्राप्त कम्पनीको प्रविधि ल्याएर डेरिको विकास र विस्तार गर्नु प¥यो ।

 

 

प्रविधिको विकासमा निषेध गरेर हामी विकास गर्न सक्दैनौं । सरकारले यात्रुबसहरुमा सिण्डीकेट त तोडेजस्तो भएको छ । तर ढुवानीमा रहेको सिण्डिकेट तोड्नु अनिवार्य छ ।

 

 

सुशासनको लागि सांसद विकास कोष जस्ता विषयमा बजेट निषेध गरिनु पर्छ । विगतमा निर्बाचित निकाय नभएको विशेष परिस्थीतिमा आएको संसदीय क्षेत्र विकास कोषको अबधारणाको औचित्य समाप्त भैसकेको छ । विभिन्न नेताहरुको नाममा सञ्चालित प्रतिष्ठानहरुलाई पैसा वितरण गर्नु पनि सुशासनको बर्खिलाप छ । त्यस्ता व्यक्तिहरुको नाममा राष्ट्रिय महत्वका  आयोजना निर्माण गर्न सकिन्छ । समावेशीताको नाममा आरक्षण होईन । क्षमता र प्रतिस्पर्धाको आधारमा अबसरहरु प्रदान गर्ने संस्कृति विकास नगरे सुशासन सम्भब छैन ।

 

 

कन्जुस अर्थमन्त्री

 

संसारमा जति पनि सफल अर्थ मन्त्रीहरु सफल कहलिएका छन्, उनीहरुले “कन्जुस अर्थमन्त्री” को विशेषण पाउछन् । कन्जुस भनेर नै चिनिन्छन् । अर्थ मन्त्री प्राविधिक रुपमा सक्षम र मुलुकको अर्थतन्त्रको ढुकुटिको व्यवस्थापन गर्ने व्यक्ति भएकोले पपुलिष्ट हुने कार्यक्रमहरुमा वितरणमुखी बजेट बनाउनु हुँदैन । उत्पादन मुखी क्षेत्रमा हो, राज्यको ढुकुटि खर्च गर्ने ।

 

 

दशबर्षमा देशको मुहार फेरेर भूस्वर्ग बनाउने प्रधानमन्त्री वलीको सपनालाई उनको टिमका कुबेर भनिने अर्थमन्त्रीले कसरी प्रस्तुत गर्ने हुन् ? त्यो हेर्न बाँकी छ । सबैको ध्यान मंगलबारको बजेट बक्तव्यमा केन्द्रित छ । अर्थशास्त्रीहरु बजेट बक्तव्यमा प्रतिक्रिया दिन आतुर छन् । कर्मचारीहरु भने कति प्रतिशत तलब भत्ता बृद्धि हुने हो भनेर औंला भाँच्दै बसेका देखिन्छन् ।

 

 

सरकारको १०० दिन पुरा

 

२०७४ फाल्गुन ३ गते गठन भएको सरकारले १०० दिन पुरा गरेको छ । सरकारको सय दिनलाई निराशाजनक भन्न मिल्दैन । सबै क्षेत्रबाट सय दिनको मुल्याड्ढन गर्दै भारतसँगको सम्बन्ध सुधारलाई ठूलो उपलब्धीको रुपमा लिईएको छ । यात्रुबाहक बसको सिण्डिकेट तोड्नु । सुन तस्करहरु समातिनु । प्रधानमन्त्रीले सुशासनलाई पहिलो एजेण्डाको रुपमा अभियान चलाउनु । सरकारका मन्त्रीहरुले सय दिनको कार्यक्रम बनाई काम अगाडि बढाउनु ।

 

 

 

प्रधानमन्त्रीले एमाले र एमाओवादी पार्टी एकिकरण गर्न सफल भई सरकारको स्थायित्वको सुनिश्चितता गर्नु । शान्ति सुव्यवस्था कायम हुनु । मुलुकको आर्थिक अबस्थाको स्वेतपत्र मार्फत जानकारीहुनु । यी र यस्ता कार्यहरुलाई सफलताको रुपमा चित्रण गरिएको छ । तर उपलब्धीहरु अहिल्यै प्राप्त गरिहाल्न यो समय पर्याप्त होइन । त्यस्तो भन्ने अबस्था पनि छैन ।

 

 

स्थानीय तहको परिचालन हुन नसक्नु । सत्तारुढ पार्टिका संगठनहरु परिचालन नहुनु । स्थानीय र प्रदेशको विकास अभियान नहुनु जस्ता विषयहरु निसन्देह सरकारको आलोचनाका विषय हुन् । क्षेत्रगतरुपमा विकासका खाकाहरु प्रस्तुत हुन नसक्नु । सारमा भन्दा सरकारको भाषण चर्को तुलनात्मक रुपमा डेलिभरीमा सुस्तता नै सय दिनको मूल्याड्ढनका अध्यारा पाटा हुन् । यो सय दिनको उपलब्धी पनि आगामी बजेट बक्तव्य मार्फत मापन गर्न आँखा उघारेर, कान खोलेर र मुख उध्याएर बसेकाछन् विज्ञ र विश्लेषकहरु ।

 

 

थ्योरी अफ चेन्ज के हो ?

 

 

सरकारले नीति तथा कार्यक्रममार्फत आप्mनो सरकारको भीजन प्रस्तुत गरेकोछ । ओलीडक्ट्रिनदेखि सुखी नेपाली, समृद्ध नेपालका कुरा नीति तथा कार्यक्रममा देखिएको छ । तर यसको थ्योरी अफ चेन्ज के हो ? कोहि कसैले व्याख्या गरेका छैनन् । कुनै पनि विषयको नीति तथा कार्यक्रमको उपलब्धी मापन गर्ने र उपलब्धीहरुको ’boutमा विस्वस्थ हुने उपलब्धी हासिल गर्ने माध्यमहरु के कसरी, कहिले र कसले भन्ने कुरा स्पष्ट हुनु भनेको थ्योरी अफ चेन्ज हो । त्यस तर्फ भने प्रधानमन्त्री ओली र उनको टिमले ध्यान दिएको पाईदैन ।

 

 

 

प्रधानमन्त्रीले आफु मातहतमा थिंकट्यांक र विभिन्न क्षेत्रगत कामहरुको अनुगमन मुल्यांकन गर्ने भन्ने घोषणा त गरेका छन् । सरकारका सबैजसो कामहरु धिमेगतिमा सञ्चालन भैरहेकोले, अझै अनुगमन मुल्याड्ढन सम्बन्धी अबधारणा संरचना, कार्य प्रणाली, रणनीति, कार्यक्रम र त्यसको लागि सहि जनशक्ति पहिचान हुन नसकेको आभाष भै रहेको छ । अनुगमनको जिम्मा लिने जनशक्तिको चेहराले नै भोलीको सरकारको गतिलाई मापन गर्ने छ ।

 

 

किन लिन खोजिन्छ  स्वर्ग सपनाको हुर्मत ?

 

 

 

देश संक्रमण कालको अन्त्यमा छ । देशमा स्थिर सरकार गठन भएको छ । दुई ठूला पार्टिहरु एकिकृत भएका छन् । देशले स्वप्नदर्शी राजनेतालाई प्रधानमन्त्रीको रुपमा पाएको छ । सरकारको नेतृत्व गर्ने अबसर आएपछि उनले जनतालाई सपना देखाउन थाले । उनी जहाँ पुग्छन् हामी नेपालीको हैसियत माथि उठाउनुपर्छ भन्छन् ।

 

 

तर यसको प्रतिक्रिया स्वरुप उनैलाई उडाईन्छ । उखान टुक्के भनिन्छ । आफ्नै पार्टिका कामरेडहरु पनि मधुरो स्वरमा खिस्याउछ् । सामान्य भन्दा सामान्य स्तरका मान्छेहरु पनि नसोचेको प्रतिक्रिया दिन्छन् ।

 

 

यसबाट के थाहा भयो भने पहिलो पटक २०७२ सालमा प्रधानमन्त्री हुँदा प्रधानमन्त्री ओलीले घरघरमा ग्याँसको पाईप जोड्ने कुरा गरे । नेपाली ध्वजा बाहक पानीजहाज प्रशान्त महासागरमा चलाउने भन्ने सपनालाई जसरी कागजका डुङ्गा बनाएर थाल, कचौरा, बाटा र बाल्टिनको पानीमा राखेर उडाईएको थियो । त्यहि किसिमले अहिले पनि प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई उछित्तो काड्न खोजिदै छ ।

 

 

“हावादारी स्वर्ग” भनेर हुर्मत लिन खोजिँदैछ किनकि हामीहरु अरुले राम्रो सपना देखेको सुन्न सक्दैनौं । राम्रो काम थालनी गरेको पनि हेर्न सक्दैनौं । सामाजिक रुपमा पनि हाम्रो संस्कार संस्कृति परपिडक छ । अरुको दुखमा रमाउने स्वभाव धेरैमा रहेको देखिन्छ ।

 

 

भन्न त हामीलाई पिडा सहने र छिट्टै विर्सने स्वभावका बहादुर नेपाली भन्ने गरेको धेरैतिर सुनेका पनि छौं । देशमा ईमान्दार र दुरदर्शी नेतृत्व पाईएन हामी जति अरु कसैले भन्दैन पनि । जब स्वप्नदर्शी नेता, स्पष्ट मार्ग चित्र दिन सक्ने गरी आउछ र भन्छ, नेपाललाई भूस्वर्ग जस्तै बनाउनु पर्छ । यस्तो भन्ने नेताको अभिव्यक्तिप्रति नै टाठाबाठाहरु असमहत हुनथालिहाल्छन् । जान्ने सुन्नेहरु नै यस्ता भएपछि हामीलाई समृद्ध कसले बनाई दिने हो ? सुख कसले ल्याई दिने ? हामीलाई कसले डोहो¥याई दिन्छ ? हाम्रो गन्तव्य हामीलाई कसले देखाइदिन्छ ?