सुन लगाउदा लाज लाग्ने देश ! –कृष्णमुरारी भण्डारी 

सुन तस्करीमा संलग्नहरुलाई यसपाली छोप्न सकियो भने त्यो साउने संक्रान्तिमा लुतो भगाउन नांग्लो ठटाएर बालिएको उन्यू, कुकुर डाइनो र धुस्नु मात्र हुने छैन । त्यो त लामखुट्टे कमजोर पार्ने त्यस्तो तयारी हुने छ जो साउने संक्रान्तिपछि आउने गँठेमंगल, १५गते पकाइने खिर, नागपंचमीमा लामखुट्टेले जसरी शरीरका एकएक अंग गुमाउदै जान्छ र अन्त्यमा घाइते लामखुट्टे जनैपूर्णीमामा पकाइएको क्वाँटीको झोलमा चुर्लुम्मै डुबेर मर्छ ।  हो त्यसैगरी सुन तस्कर, भ्रष्टाचारी, घुषखोरीको पनि अन्त्यहुने वास्तविक शुरुवात हुनसक्छ ।

 

‘पहिलो व्यक्ति : ए हजुर के काम गर्नुहुन्छ ?

 

दोस्रो व्यक्ति : ए हजुर, म त सुनको काम गर्छु !

 

पहिलो व्यक्ति : ए पुलिस पो हुनुहुँदो रहेछ ?

 

दोस्रो व्यक्ति : होइन हजुर, तेस्तो चोर होइन म,

म त सुनार हु !’

……

–‘पुलिस कहाँ मात्र सुन छ, कान मेरो बुच्चै !

…..

–‘सुनको जुत्ताले हानेको किक !

…..

–‘पहिले चोर पुलिस खेलिन्थ्यो, अब पुलिस चोर खेल्नु पर्ने भयो !

…..

–‘लोकसेवाको प्रश्न : सुन लाउदा लाज लाग्ने देश कुन हो ?

………

–‘अब त सुनको समाचार पढ्दा–पढ्दा सपनामा पनि सुन मात्रै देखिन थाल्यो !

 

सामाजिक संजालमा पुस्तौंदेखि चलनचल्तीमा रहेको लोकोक्तिलाई नै माथ गर्ने पोष्ट हुन् यी । ‘पुलिससंग सुन छ, कान मेरो बुच्चै !’ यो नित्तान्त नयाँ उखान हो । यो उखानले विगतसंग छुट्याउनै नसकिने गरी जोडिएको भनाईको मर्मलाई काण्ड पुग्नेगरी समेटेको छ । सबैलाई थाहा छ, कसैले सुन लगाएको छैन भने भनिन्छ, के गर्नु ल्हासामा सुन छ, कान मेरो बुच्चै !

 

अहिले सुन तस्करहरु’bout हरेक दिन मात्र होइन कि हरेक क्षण नयाँ नयाँ नामहरु जोडिइन पुग्दैछन् । तर सुन तस्करहरुको मियो भने तस्करहरु समात्ने पुलिसकै्र हेडक्वाटर देखिंदैछ । जो रक्षक उही भक्षक भन्ने भनाईले जिम्मेवारहरु कसरी अपराधिक गतिविधिमा संलग्न रहेछन् भन्ने पर्दा च्यातिन पुगेको छ । यो सिलसिला जारी नै रहे लहरो तान्दा पहरो अझै गर्जने निश्चित छ, अपराधीहरुले राज्ययन्त्रलाई नै कब्जा गर्नेछन् । सबैकुरा पर्दाफास हुन धेरै समय कुरिरहनै पर्दैन !

 

माओवादी द्वन्दकालमा रुकुम रोल्पामा भेटिएका सूर्य नेपाल जर्मन संस्था जीटिजेडका तर्फबाट पूर्वी रोल्पाको सुलिचौरदेखि उवासम्म सडक बनाउने र रुकुम सदरमुकामबाट पुरानो सदरमुकाम रुकुमकोट मूनिसम्म बाटो बनाउने काममा फिल्डमा बसेर नेतृत्व लिने प्रमुख नेपाली हुन् । उनको नाम ’cause, अहिले पुलिसको जुन नाटक भण्डाफोर भएकोछ, त्यसलाई मिल्दोजुल्दो उदाहरण बाह्र–तेह्र वर्ष अघि नै उनले सुनाएका थिए, जो यसप्रकार छ : गाउले किसानले आफूले रोपेको बाली गाईवस्तुले खाइदिए भनेर वरिपरि बार लगाएछ । तर पनि किसानको बाली जोगीएन ।

 

जिल्लाका हाकिम कहाँ पुगेर किसानले गुनासो गर्यो । हाकिमले दिक्क बनेर भनेछन्, बार लगाएपछि गाइवस्तुले बाली कसरी खान्छ ? फटाहा कुरा नगर ।

 

किसानले हाकिमको हप्काइ सुनिसकेपछि पनि आफ्नो समस्या भनिरह्यो, हैन हजुर मेरो बाली खाइ दियो ।

 

हाकिमले हत्तु बनेर सोधे, भन बारले घेरिसकेपछि तिम्रो बाली केले खाइदियो ?

 

किसानले दिक्क बनेर भन्यो, हजुर बाली जोगाउन जुन बार मैले लगाएको थिएँ, मेरो बाली त्यही बारले खाइदियो ! बारमाथि कारवाही गरिपाऊँ !

 

सूर्य नेपालले त्यतीबेला सुनाएको किसानको कुरालाई व्यंग संझिएर खुब हाँसिएको थियो तर अहिले भ्रष्टाचार, तस्करी, अपराध रोक्न खटाइएको पुलिसले नै किसानको बार भित्रको बाली खाएजस्तै तस्करी र भ्रष्टाचारमा पुलिस नै संलग्न भएपछि रोल्पाको किसानको मर्म यतिखेर बल्ल किड्नीभित्र घुसेको छ । किसानको कुरोको चुरो अहिले पो थाहा पाइयो !

 

सुन प्रकरणमा मुख्य अभियुक्त भनिएको चुडामणि उप्रेती ‘गोरे’को बयान जेठ १३ गते सकिएको छ ।

गत मंगलवार काठमाडौंको गौरीघाटबाट पक्राउ परेको गोरेले बयानमा सुन तस्करीमा आफू संलग्न भएको सत्य हो तर आफू भरिया मात्र भएको स्वीकारेको खबर थाहा पाइएको छ । प्रहरीको पूरै सहयोगमा सुन तस्करी गरिरहेको रहस्य उसले खोलेको छ । गोरेको भनाई नै छ, पुलिसको सहयोग नभएको भए सुन तस्करी संभव नै थिएन ।

 

सुन प्रकरणमा प्रहरी र सरकारी वकीलले सनम शाक्यको हत्या र सुन तस्करीको मुख्य अभियुक्त गोरे भएको दावी मोरंग जिल्ला अदालत समक्ष गरेका छन् । सुन प्रकरण र हत्याको अभियोगमा जिल्ला अदालत मोरङले एसएसपी सहित २८ जनालाई पूर्पक्षका लागि थुनामा पठाइसकेको छ ।

 

३३ किलो सुन हराएपछिको प्रकरणमा जोडिएका तीन व्यक्तिको हत्या भैसकेको छ । सुन हराएपछि चुडामणि उप्रेती अर्थात ‘गोरे’ ले चरम यातना दिएर सनम शाक्यको हत्या गरेको बताइएको छ । यही हत्याले सुनकाण्डका नयाँ अध्यायहरुको सृंखला शुरु गर्यो ।

 

तेत्तिस किलो सुन कसले लुट्यो ? सबैको ध्यान यतातिर भन्दा अहिले सुन प्रकरणमा एकपछि अर्को गर्दै तानिएकाहरुले तानिरहेका छन् । लगातार पक्राउ परेकाहरुको बयानले ‘अण्डरवल्र्ड’ मात्र होइन, ‘सर्फेस वल्र्ड’ रुपी समाज पनि चकराई रहेको छ । ठूला राजनीतिक नेता, उनका सन्तान र पदाधिकारीहरुको लामै नामावली चर्चा परिचर्चामा चढिरहेका छन् । नेताका सन्तानहरुको संलग्नताले सुनको व्यापकता बढ्दो छ । अनभवीहरु अब सुनकाण्ड फासफुस हुने शंका गर्न थालेका छन् । सानामाछाको ठाउ ठूला माछाले जो लिइरहेका छन् !

 

सुन काण्डमा संलग्न भनेर पक्राउ पर्नेहरुको नाम सुनेपछि आश्चर्य मान्नुको सट्टा फलानो किन परेन भनेर छक्क पर्नेहरुको संख्या बढ्दो छ । पक्राउ परेकाहरुको नाम, थर र वतनले जति आँखिभुई उचालिएको छ, त्यो भन्दा बढी चर्चामा आइरहेका नामले पूरै समाजलाई चकलीभूत पारिरहेको छ ।

 

आमसंचारका माध्यममा गोटा परेको व्यक्तिले निकाले झैं टुक्रा समाचार, लेख टिप्पणी गरेर झारा टारिरहेका देखिन्छन् । पात हल्लिएको घटनालाई बढिबढाउ गरेर हाउगुजी मच्चाउनेहरु सुनको समाचारमा मरिच झैं चाउरिनुलाई आश्चर्य नमानेर के मान्नु ? महान, बीग सट र क्राइम रिपोर्टिङ्गका महारथीहरुको सिथिलताले समाजमा समाचार शून्यता ठाडै छाएको छ ।

 

त्रिफला खाएको व्यक्तिको मल निस्किएजसरी सुन तस्कर र तस्करीका मतियारहरुको नाम ल्याउन किन मिडियाले सकिरहेका छैनन् ? यो आफैंमा ठूलो खोजीको विषय बन्न पुगेको छ । सुनको लहरोले पत्रकार र मिडिया हाउसहरुलाई  डसेको शंकाले घर बनाउदै गरेको देखिदैछ ! कतै सुन डसाइले पत्रकारलाई अलपत्रकार बनाइरहेको त छैन ?

 

किन सुनले सबैलाई शान्त रहन अभिप्रेरित गरिरहेको होला ? सुनको मूल्यमा गिरावट आएर त होइन ? बजार मूल्य हेर्दा सुनको बजार भाउ घटेको पनि छैन तर पत्रकारहरुको चिरफारमा सुन पर्न छाडेको हो ? विषयमा केन्द्रित हुन मूर्धन्य पत्रकारहरुलाई किन गाह्रो भैरहेको होला ?

 

आलु’bout लेखेर समाजको चियाको कपमा आँधि उफाल्न सक्ने स्वनामधन्य पत्रकार, लेखक, विश्लेषकहरु किन दुलोमा पसेका होलान् ? एक अपराधशास्त्रीले भने, जबकि मनसुन शुरु हुने समयमा दुला पसेका भ्यागुताहरु प्रिमनसुनमै टर्टराउन थालिसकेका छन् । तर सुन तस्करीमा के त्यस्तो चमत्कार छ र बाहिरै देखिने लेखक, पत्रकारहरु पनि दुलो खोज्दै भूमिगत भैरहेका हुन् ? सुन तस्करी के हो, के होइन भनेर समाचार, लेख, विश्लेषण र चिरफार गर्न बिख्यात पत्रकार-लेखकहरुको मौनताको कारण के होला ?

 

तर पनि केही लुखुरे लेखक, कवि, व्यंगकार सुनको ’boutमा जनभावना सिर्जना गर्न लागि परिरहेका छन्, खास समाजमा तहल्का मच्चाउनेहरु भने किन मौन ? जबकि हिजोआज यहाँ जे हुँदैछ, सुनकै वारेमा हुँदैछ । जे हुनेवाला छ, सुनकै ’boutमा हुँदैछ । जे भयो, सुनकै ’boutमा भयो । जे कुराको प्रतिक्षा छ, सुनकै ’boutमा प्रतीक्षा गरिंदैछ ।

 

सुन तस्करीको सेटिंग जुन व्यापक रुपमा भएको देखिएको छ, अपराधशास्त्रहरु यसमा कारण देख्छन् । यसका लहरा वर्षाका फर्सीका लहरा जसरी फैलिएको हुन्छ । तर जुन लहरो समात्यो त्यही नै अन्त्य हो भन्ने प्रयत्न एकातिर भैरहेको छ भने यसमार्फत फर्सीको फेदसम्म पुग्न नदिन अनेक हतकण्डा प्रयोग भैरहेको सहजै देख्न सकिन्छ । महान लेखकहरुको मौनता पछाडिको कारण पनि त्यसैमध्ये हुनसक्छ, उनले भने । होइन भने यसको कारण के हो ?

 

तस्करी गर्नेलाई पक्रन बसेका प्रहरीहरु नै सुन तस्करीमा संलग्न भएको रहस्य यथार्थ बनिरहेछ । तर भविष्यमा सुन मात्र होइन मानवदेखि सुन तस्करीसम्मका नायक र खलनायकहरुको सामुहिक चिहान खन्न देश र सरकार सफल हुन सक्यो भने तस्करी र भ्रष्टाचारीको महारोगबाट मुलुकले मुक्ति पाउन सक्छ । होइन भने हिन्दी सिनेमाका रक्षक नै भक्षक भएको पात्र भन्दा पनि झुर किसिमले प्रहरी, बेपारी, मन्त्री, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले देशलाई खोक्रो पारेको स्पष्ट हुन अरु कारण खोजीरहनै पर्दैन ।

 

यस्तै कुकर्ममा संलग्नहरुले देशलाई तस्करहरुको नयाँ स्वर्ग बनाइसकेका रहेछन् । यो वर्ग अहिलेको बहुमतको सरकार, बादल नेतृत्वको गृहप्रशासन, सर्वेन्द्र खनाल नेतृत्वको प्रहरी र भ्रष्टाचार मण्डलीमा मतियार नरहेका नेताहरुको सामुहिक अभियानबाट पनि परास्त हुन सकेन भने देश र जनताले तस्करीबाट कहिल्यै मुुक्ति पाउन सक्ने छैनन् ।

 

सुन, तस्करी र भ्रष्टाचारका सनसनीखेजपूर्ण समाचार पछि सुन तस्करीका वास्तविक अनुहारहरु पर्दामा एकपछि अर्को ‘भलाद्मी’ अनुहारहरु आइरहेका छन् । कस्ताकस्ता तौरतरीका अपनाएर प्रहरी, नेता र अख्तियारका पदाधिकारीसंगको साझेदारीमा तस्करीले मुलुकमा समानान्तर अर्थतन्त्र संचालन गरिरहेका रहेछन्, समाचार सुन्दा पनि आंगभर काँडा उम्रिन्छ ।

 

विदेशबाट आउने हवाइजहाज र अन्य अनेक माध्यमबाट सुन, लागु पदार्थ लगायत कसरी राजधानीमा भित्रिइरहेको थियो ? प्लेनको ट्वाइलेटबाट निकालेको सुन भ¥याङको प्वालमा छिराएर वाहिर निकालिने अजब तरीका पुलिस–तस्करले गजबसंग मिलेर बनाएको सुन्नमा आएको थियो । पुलिस नै तस्कर र चोरहरुलाई सिकाउने गुरुजी भएपछि तस्करी रोक्न कस्को बाबुको के लाग्न सक्थ्यो ?

 

एकपछि अर्को यस्ता सनसनीखेज समाचारहरुको बाढी नै लागेको छ वर्तमान नेपालमा । त्यसैले सुन तस्करीका जरा पहिल्याउने र दोषिहरुलाई दण्डित गर्ने अहिलेको अभियान सफल हुनसक्यो भने त्यसपछि हुने र पहिला भएका अनगिन्ती तस्कर, माफिया, डनराज, गुण्डागर्दी, भ्रष्टाचारका जरा पनि नखोतलिने कुरै छैन ।

 

सुन तस्करहरुलाई यसपालीको मलमासमै छोप्न सकियो भने त्यो साउने संक्रान्तिमा लुतो भगाउन नांग्लो ठटाएर बालिएको उन्यू, कुकुर डाइनो र धुस्नु मात्र हुने छैन । त्यो त लामखुट्टे कमजोर पार्ने त्यस्तो तयारी हुने छ जो साउने संक्रान्तिपछि आउने गँठेमंगल, साउन १५को खिर, नागपंचमीमा शरीरका एकएक अंग गुमाउदै जान्छ र अन्त्यमा घाइते लामखुट्टे जनैपूर्णीमामा पकाइएको क्वाँटीको झोलमा चुर्लुम्मै डुबेर मर्छ भनेझैं भ्रष्टाचारी, तस्करी, घुषखोरीको अन्त्यहुने शुरुवात हुनसक्छ ।

 

सुन विमानस्थलसम्म ल्याउने र त्यहाँबाट निकालेर तस्करलाई बुझाउने पुलिस संरक्षित विशेष तरीकाका दुई विशेष पात्रहरु थिए–थाइ एयरलाइन्सका सिनियर प्राविधिक सानु बन र पूण्यप्रसाद लामा । सानुको विमानस्थलमै भएको ‘दुर्घटना’मा हत्या भइसकेको छ । तक्ले भनिने पूण्यको बयानका आधारमा सुन कसरी हराएको थियो भन्ने झलक यात्राले तस्करहरुको धेरै ठूलो तीर्थयात्रा मार्ग ’bout थाहा पाउन सकिन्छ