विश्वकपः स्पेनमाथि बाजी थाप्ने मालमाल-पोर्चुगलले स्पेनलाई सम्यायो-स्वोरेजले कान टोकेनन, गोल पनि ठोकेनन् -बेदप्रसाद भुर्तेल

बेदप्रसाद भुर्तेल
चिया पसलमा विश्व कपः स्पेनमाथि बाजी थाप्ने मालमाल हुन्छन्
विश्व कप शुरु भएको भोली पल्ट युवा तथा फुटबलप्रेमीको आसय बुझ्न म चिया पसल छिरे । उसो त चिया पसलमा बसेर चिया चुस्कि लिएर गफिन्न म । त्यति चिया पसल नचाह्रे पनि चिया पसलको गफमा देश र समसायिक विषयमा जोडदार तर्कवितर्क हुन्छ भन्ने राम्रोसँग थाहा छ । तर्कले नजिते कुतर्कले विपक्षी हराउँन खप्पिस चिया गफाडीहरु यो विश्व कपमा के धारणा राख्छन् भन्ने जान्नैका लागि रु २० खर्चन तयार थिएँ । उसै त बुढो मान्छे त्यो माथि पोलियोको रोगी भन्ने सानो छँदाको विज्ञापन जस्तो म, चिया पसलमा पनि नयाँ ग्राहक र हाँसको बथानमा बकुल्लो बने । डेरापति मान्छे चन्द्रग्रहणमा चिया पसल झुल्किएको न चिया पसलेको नजरमा परे न साथीभाईका साथमा नै थिएँ । मिशन क्लियर, स्थान सही र प्रसंग चिया गफका लागि उपयुक्त । मेरो रणनीतिले काम गर्यो । विश्व कपको चिया गफमा मेरो सहभागिता दुई पक्ष भिडाउँने जस्तो थियो । हिजोको खेलको आधा घण्टा छलफल पछि भरेका खेलका भविष्यबाणी शुरु भएँ ।
क्रिस्टियानो रोनाल्डोले २ गोल गर्दै विजय हुन्छ भन्नेलाई धुलो चटाउँदै स्पेनको पक्षमा बहुमत देखियो । दुवै पक्षमा बाजीको कुरो पनि भयो । स्पेनको पक्षकाले ३ गुणा दिने तय भयो । गल्ली र बजारमा गरिएको बाजी कुनै सट्टेबाजी भन्दा कम थिएन । मैले भने हैन बाजी त ठुलो भएन । छेउको पहिले अंकल भन्ने करिब २५ वर्षका भाईले मलाई घटुवा गर्दै भने “दाई, पाँच हजारलाई ठुलो भन्नु हुन्छ पछि पछि २५ देखि ३० हजार हाल्नेहरु हुन्छन् ।” उनले प्रोजेक्टर राखेर युवाहरु समुहमा विश्वकप हेर्ने भन्दा बाजी राख्नका लागि प्रोजेक्टर प्रयोग गरिएको जिकिर गरे । यदि युवाहरुले भनेको दाबी सही हुने हो भने नेपालभरी विश्व कपमा कति कारोबार हुन्छ ? र यो अवैध धन्दाले आर्थिक तथा सामाजिक अपराधलाई बल दिँदैन? बाजी राख्ने मेरो पेशे होईन तर कोही कंगल नहोस्, मन मनै भन्दै चिया पसलबाट निस्किदै रातिको खेलको प्रतिक्षामा भएँ ।
रोनाल्डो प्रेरित पोर्चुगलले स्पेनलाई सम्यायो
सुकुले सट्टेबाज त गत राति डेढ बजे मालमाल भए, भएनन् । तर स्पेनको तीन अंक सहित विश्व कपको शुरुवात गर्ने सपना चै चकनाचुर भयो । जब स्पेनलाई पोर्चुगलले ३–३ को अवस्थामा अंक बाढ्न बाध्य पारो । पोर्चुगलका १० खेलाडीलाई स्पनेले नियन्त्रण लिन सकेपनि रोनाल्डो बुढो बाघ झै गर्जिए । निकै रोमाञ्चक र गोलको बर्षा भएको खेल धेरै हिसाबले पोर्चुगलले बाजी मार्यो भन्दा अतिसयोउक्ति नहोला । स्पेनले प्रतिस्पर्धात्मक खेलमा सजिलै आफ्नो पक्षमा पार्ने भविष्यबाणीका विरुद्ध रोनाल्डोले हाट्रिक गर्दा पोर्चुगलले राम्रो शुरुवात गरेको छ । आजको खेलका नायक घोषित रोनाल्डोले आफ्नो हाट्रिक ८८ मिनेटमा पुरा गरे ।
खेल प्रारभ्म भएको ४ मिनेटमा रोनाल्डोलाई फल गरेपछि केही बिवादित पेनाल्टीको उपयोग गर्दै रोनाल्डोको गोलमा अग्रता बनाए । पोर्चुगलले स्पेनमाथि पहिलो हाफमा २–१ को अग्रता बनायो । पेनाल्टीमा होस् वा खेलको ४४ औं मिनेटमा प्रहार गरेको अति शक्तिशाली प्रहार पोर्चुगलका लागि एक्लो सिपाही रोनाल्डोले प्रभावशाली खेल खेले । स्पेनको डिफेन्सको दह्रो साथका बाबजुद गोलरक्षक डि जियाको सामान्य प्रशर्दन देखियो ।
दोश्रो हाफको ५५ औं मिनेटमा टिमका लागि दोश्रो गोल गरेका डि. कोष्टाले स्पेनलाई खेलमा फर्काए । कोष्टाले गोल गरेको तीन मिनेटमै स्पेनका नाचोले टिमलाई अग्रता दिलाए । अग्रताका बाबजुद आक्रमक खेल खेलेको स्पेनले प्लेमेकर ईनेष्तालाई ७० मिनेटमा मैदानबाट निकाल्यो । जब गोल स्क्रोरर कोष्टा ७७ औं मिनेटमा मैदानबाट निस्किए तब स्पेनको आक्रमण केही सुस्तायो । कोष्टालाई प्रतिस्पर्धात्मक खेलमा बेञ्चमा बोलाउँनु नयाँ प्रशिक्षकको कमजोरी हो । बढी प्रत्याक्रमणमा रहेको पोर्चुगल आक्रमक बन्यो । परिणाम स्वरुप डिबक्स बाहिर फ्रिकिकको मौका पायो जसलाई ८८ औं मिनेटमा रोनाल्डोले सुन्दर गोलमा परिणत गरे । खेल बराबरीमा रह्यो । दुवै टिमको खेल हेर्दा परिणाम पोर्चुगल बाजी मार्यो ’cause फुटबलका सबै सुचकमा स्पेन राम्रो देखिन्छ । यसका अलावा स्पेनलाई अंक बाँडन बाध्य बनाउँन सक्नु पोर्चुगलको विजय समान हो ।
दुवै टोली एकै ४–२–३–१ को रणनीतिमा मैदान छिरेका थिए । तर स्पेनको खेल ६२ प्रतिशल बलमाथि नियन्त्रण ९२ प्रतिशत सफल पास सहित उत्कृष्ट खेल पस्कियो । पोर्चुगलले ३३८ वटा लामा तथा छोटा पास खेलेको थियो भने स्पेनले पुरा खेले नियन्त्रण राख्न ७२० वटा पासका चाल बनाएको थियो । खेल अबधीभर स्पेनले १२ वटा आक्रमण पोर्चुगोलको गोलपोष्ट तिर प्रहार गर्दा पोर्चुगलले ८ वटा आक्रमक प्रहार स्पेनमाथि गरेको थियो । जसमध्ये स्पेनले ५ लक्ष्यमा प्रहार गर्यो भने, पहिलो हाफमा १ गोल क्रसबारमा लागेको थियो । टेलिभिजन रिप्लेमा गोल नभएको देखायो । कमजोर बलमाथि नियन्त्रण र ८५ प्रतिशत मात्र सफल पास भएको पोर्चुगल, अघिल्लो बर्षका फिफा बर्ष खेलाडी रहदा हार बेहोर्नु परेन । खेलमा बललाई नियन्त्रणमा राख्दै डिबक्स भित्र वा छेउबाट सशक्त प्रहारका माध्यमबाट गोल गर्न प्रयास भएका थिए । गति र गोललको चर्चा अनुसारको प्रतिस्पर्धा देखियो ।
स्वोरेजले कान टोकेनन, गोल पनि ठोकेनन्
समुह चरणको पहिलो खेलमा सलहविना उत्रिएको ईजिप्टलाई उरुग्वेले संघर्षपूर्ण १–० गोलले पाखा लगायो । खेलमा म्यान अफ द म्याच ईजिप्टका गोलरक्षक मोहमद एलसेनावी बने जसले उरुग्वेको आक्रमणलाई विफल बनाए । उरुग्वेले तीन अंक हासिल गर्दा काभानी र परिवर्तित खेलाडी कार्लोस साञ्चेजले केही प्रभावशाली खेल खेलेका थिए, भने साञ्चेजको कर्नर हेडमार्फत डिफेन्स जोसे गिमेनेजले ८९ औं मिनेटमा गरे । मध्यान्नपछि ५८ औं मिनेटसम्म फिक्का देखिएको उरुग्वेले खेलाडी परिवर्तन गरि साञ्चेज र रोड्रिगेजलाई मैदान छिराएपछि बढी सन्तुलित र चुस्त देखियो । दिनको पहिलो खेलको रुपमा साँझ ५ः४५ मा एकाटेरिनबर्ग एरिनामा भएको सो खेलमा अपेक्षित परिणाम त आयो । तर जुन गोल अन्तरको अपेक्षा गरिएको थियो सो अनुसारको गोललाईनमा पाएको अवसरलाई उरुग्वेले सदुपयोग गर्न सकेन । उता सशक्त रक्षापंति र प्रशंसनीय गोलरक्षा गरेको इजिप्टलाई मोहम्मद सलह अभाव प्रष्टै देखिन्थ्यो । कप्तान तथा यो प्रतियोगिताकै सबैभन्दा जेठो खेलाडीलाई बेन्चमा राखेर गोल पोष्ट समालेका मोहमद एलसेनावीले लोभलाग्दो खेल खेले । तर एकल स्ट्राकिङ्गको जिम्मेवारीमा रहेका मार्वनले कुनै गोल गर्न सकेनन् ।
रणनैतिक हिसाबले ४–४–२ को आक्रामण खेल शैलीमा उत्रिएको उरुग्वेलाई दुई डिफेन्सिप मिडफिल्डरसहित ४–२–३–१ मा बललाई मध्य भाग बललाई राखेर रोक्ने प्रयासमा रहेको इजिप्टले रक्षापंतिमा उत्कृष्ट प्रदर्शन गर्यो । तर ४३ प्रतिशत मात्र बलमा नियन्त्रण कायम गर्न सकेको ईजिप्टले केही काउन्टर अट्याक गरेपनि उरुग्वेलाई दबाब दिन सकेन । कलात्मक खेल खेल्दै पहिलो हाफमा ८३ प्रतिशत पास सटिक खेले पनि उरुग्वेले दोश्रो हाफमा अझ सुधार गर्दै ८६ प्रतिशत सहि पास खेलेको थियो । तर फिनिसिङ्ग सटिक नहुँदा ८९ औं मिनेटसम्म बलले विपक्षी ईजिप्टको गोलपोष्टको जाली चुम्न सकेन ।
जम्मा १४ वटा आक्रामण गरेको उरुग्वेका तर्फबाट स्वेरेजले गोलकिपर निक्कै नजिकबाट २४ औं मिनेटमा गरेको प्रहार बाहिरेको थियो । त्यस्तै, मध्यान्तरको लगतै ४७ औं मिनेटमा स्वेरेजले गोलरक्षकसँग वान भर्सेस वानको स्थितिमा सानो डिबक्सबाट गरेको प्रहार गोलकिपर एलसेनावीको दाहिने खुट्टामा लागेर गोल हुन सकेन । स्वेरेजले ७३ औं मिनेटमा प्राप्त अर्को अवसर पनि सदुपयोग गर्न सकेनन् । प्रभावशाली प्रहार गरेका काभानीका बल पनि गोलमा परिणत हुनसकेनन् । उरुग्वेका ४ वटा प्रहारमात्र सही दिशामा थियो । उरुग्वेका काभानीले ८ औं मिनेट, २३ औं मिनेट, ८३ औं र ८८ औं मिनेटमा राम्रो प्रहार गरे । काभानीको ८३ औं मिनेटको शक्तिशाली प्रहारलाई ईजिप्टका गोलकिपर एलसेनावीले उत्कृष्ट बचाबट नै एलसेनावीलाई म्यान अफ द म्याचको हकदार बनाउँन सक्षम भयो । ८८ औं मिनेटमा प्राप्त फ्रिकिकलाई काभानीले उत्कृष्ट प्रहार त गरे तर गोलको बाँया बारमा लागेर फर्कियो । अन्ततः ८९ औं मिनेटमा कर्नर छेउमा प्राप्त फ्रिकिकलाई साञ्चेजले प्रहार गरे र गिमेनेजले टाउकोले गोल गर्दै ईजिप्टलाई निरास पारे । उरुग्वेका भेसिनोले २९ औं मिनेटमा लामो प्रहार गरेका थिए, जुन पोष्टको दाँया केही मिटर टाढाबाट बाहिरिएको थियो । त्यस्तै ६ वटा लक्ष्यविहिन प्रहार र ४ वटा प्रहार ईजिप्टका खेलाडीले रोकेका थिए ।
रणनीति अनुसार नै खेलेको ईजिप्टले ८ वटा आक्रमण गरियो, तर ३ वटामात्र गोलपोष्टको दिशामा प्रहार गर्न सफल भएको थियो । खेलको २६ औं मिनेटमा ईजिप्टका वार्दाको पासमा मार्वनले फिलतो गोलपोष्टमा प्रहार गरेका थिए । मध्यान्तर पछि ७२ औं मिनेटमा डिबक्स भन्दा करिब १० मिटरबाहिरबाट ईजिप्टका डिफेन्सले गरेको दह्रो प्रहार उरुग्वेका गोल किपरले सजिलै नियन्त्रणमा लिएका थिए । ८१ औं मिनेटमा परिवर्तनमा आएका कह्राबाले डिबक्सबाट गरेको प्रहार गोलपोष्टमाथि बाट बाहिरियो । सानो स्कोरको खेलमा ईजिप्टका खेलाडी सटिक देखिएनन् भने उरुग्वेका स्टार स्ट्राईकर लुईस स्वारेज सुस्त देखिन्थे । धन्य गोल त गर्न सकेनन् तर कसैलाई पनि टोकेनन् । उनी गोल ठोक्न र विपक्षी खेलाडीको कान र काँध टोक्न माहिर छन् ।
ईजिप्टले अपेक्षा अनुसार निक्कै राम्रो खेल खेल्यो । तर उरुग्वे र ईजिप्टको खास फरक नै बलको सही पास प्रतिशतले गर्यो । डिफेन्स अघि बढेर गोल गर्ने केही प्रयास गरेपनि बललाई सशक्त रुपमा उरुग्वेको पोष्टमा प्रहार गर्न ईजिप्टको अग्रपंति असफल भयो । तर उरुग्वेले प्रमाणित गर्यो कि भाग्य कर्मयोगीको दास हो भनेर । निरन्तर तथा बिना हतोत्साही आक्रमणले संघर्षपूर्ण जित दिलायो ।
मोरोक्को ईरानसँग रोकियो
हिजोको दोश्रो खेल एशियाको फुटबल शक्ति राष्ट्र ईरानले मोराक्कोलाई १–० ले स्तब्ध पार्यो । अरिरिक्त समयको पाँचौ मिनेटमा ईरानले प्राप्त फ्रिकिक क्लियर गर्दा मोरोक्कोको बौहाददौजको आत्माघाती गोल गरे ईरानलाई ३ अंकको उपहार दिए । अधिकांश युरोपमा जन्मेका, हुर्किएका, फुटबल सिका र बुबा बाजेको देशका लागि भन्दै मोरोक्कोबाट विश्व कप खेलेका खेलाडीलाई ईरानले बाँधि नै रह्यो । सेन्ट पिटरबर्ग रंगशालामा भएको खेलमा दुवै देशको रक्षा पंति चुस्त देखिन्थ्यो भने मोरोक्कोले धेरै आक्रमण तथा बलमाथि नियन्त्रण गरेको थियो । तर म्यान अफ द म्याच अमिन हारितले खेलमा मोरोक्कोलाई बचाउँन सकेनन् । ६४ प्रतिशत गोलमाथि नियन्त्रण १३ वटा गोलका लागि प्रयास र ८५ प्रतिशत बल पासमा सटिकता बिच अन्तिम मिनेट दुर्भाग्यपूर्ण हुँदा अफ्रिकी देश मोरोक्को अंक विहिन भयो ।
दुवै देशले लक्ष्यविहिन आक्रमण गरेका थिए । तर ३–४–३ को आक्रमक रणनीतिका साथ उत्रिएका थिए । समग्र १३ वटा आक्रमण गरेको मोराक्कोले ३ वटा मात्र गोलपोष्टमा गरेको थियो भने ४ वटा सटहरुलाई ईरानका खेलाडीले रक्षा गरेका थिए । मोरोक्कोले दोश्रो मिनेटमा हारितले चौथो मिनेटमा बेलहन्दाले, १८ औं मिनेटमा बेलहन्दा र बेनसियाले, २६ औं मिनेटमा बेलहन्दा, ३० औं मिनेटमा हारित र ८० औं मिनेटमा काबील खतरनाक आक्रमण गरेको थियो । ईरानले २ वटा लक्ष्यमा सहित ८ वटा प्रहार गर्यो । ईरानले मोरोक्कोको गोलपोष्टमा ३५ औं मिनेटमा फ्रिकिकबाट जहनबख्सले, ४२ औं मिनेटमा करिमले, पहिलो हाफ अतिरिक्त समयमा फ्रिकिक र खेल सकिन ठिक अघि प्राप्त फ्रिकिकबाट आक्रमण गरेको थियो । ३६ प्रतिशतमात्र बलमाथि नियन्त्रण र कमजोर पास एकुरेसीका बाबजुद रक्षापंति ईरानको सशक्त देखियो ।
आजको खेल
विश्व कप, २०१८ अन्तर्गत आज पनि ४ वटा खेल हुने छ । पहिलो खेल नेपाल समय अनुसार ३ः४५ बजे उपाधी दाबेदार प्र्रmान्स विरुद्ध अष्ट्रेलिया कजान एरिनामा हुने छ । दोश्रो खेल स्पार्टक रंगशालामा नेपाली समयअनुसार ६ः४५ बजे अर्जेन्टिना विरुद्ध आईसल्याण्ड बिच.शुरु हुने छ । त्यस्तै पेरुको सामना डेनमार्कले राति ९ः४५ बजे मोर्दोभिया एरिनामा गर्ने छ । त्यस्तै अन्तिम खेल मध्य रात १२ बजेर ४५ मिनेटमा क्रोएसियाले नाईजेरियाको सामना गर्ने छ । आजको खेलमा मेसीको अर्जेन्टिना विरुद्ध नवप्रवेशी आईसल्याण्डको खेललाई बढी महत्वका साथ हेरिएको छ ।