फ्रान्स नकआउटमा प्रवेश, अर्जेन्टिनाको सम्भावना छिण र डेनमार्कको प्रयास- वेदप्रसाद भुर्तेल

पहिलो खेलमा पेनाल्टीको अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेलेको अर्जेन्टिनाले सशक्त प्रतिद्वन्द्धी क्रोएसियालाई गोल गर्न पास उपलब्ध गराउँदै नतिजा ३–० मा सुम्पिएको छ । खेलको स्तर, अनुशासन, उर्जा, रणनीति र मनोविज्ञान हरेक कोणबाट पराजित अर्जेन्टिना गणितीय सम्भावना बोकेर अर्को खेलको नतिजा हेर्ने छ ।

 

डेनमार्कले अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा अस्ट्रेलियालाई बराबरीमा रोक्दै दोश्रो चरण प्रवेशको आधार तयार गरेको छ । अष्टे«लियाले कम्तिमा बराबरी गर्ने भविष्यवाणी गरिएको खेल बराबरी मै टुङ्गिएको छ । यो बराबरीसँगै डेनमार्कको तालिकामा ४ अंक भएको छ । उता फ्रान्सले लगातार दोश्रो खेलमा विजय हासिल गर्दै नकआउट चरणमा प्रवेश गरेको छ । नकआउटमा प्रवेश गर्ने फ्रान्स तेश्रो टोली हो । यस अघि नै आयोजक रसिया र उरुग्वे नक आउटमा परिसकेका छन् । संकटमा पारेकोअस्ट्रेलियाले अन्तिम खेल पेरुलाई हराएर मात्र पुग्दैन । फ्रान्सले डेनमार्कलाई पराजित गर्नुपर्ने छ । हिजै मध्य राति भएको अर्को खेलमा अर्जेन्टिनामाथि ३–० गोलको प्रभावशाली नतिजा निकाल्दै क्रोएसिया नकआउट चरणमा पुगेको छ । अनुशासनहिन खेलमा मेसी पनि तनावमा देखिन्थे तर अरु अर्जेन्टिनाका खेलाडी झै तल चै ओर्लिएनन् । अर्जेन्टिनामा अनुशासन र नैतिकताको पाठ नै पठाईदैन झै गरी ओटामोन्डीले लडिरहेका क्रोएसियन खेलाडीको टाउकोमा बल तथा बुटले हाने । यो अर्जेन्टिनाका हार मात्र नभएर उसले खेलभावना विहिनताको पराकष्ठा नै प्रदर्शन गरयो । गणितीय सम्भावना मात्र रहेको अर्जेन्टिनाले घर फर्कने तयारीमा शुरु गरेको छ । र, अन्तिम खेलमा खेलभावना कायम गरोस् भन्ने शुभेच्छुकको चाहाना छ ।

 

१९ बर्षे ठिटो एमबाप्पे चम्कदा फ्रान्स दोश्रो चरणमा

विश्व कप २० बर्ष पछि फ्रान्स लिएर जान अनुभवी र युवा खेलाडी बोकेर रसिया पुगेको फ्रान्स, दुवै खेलमा लगातार विजय हासिल गर्दै नक आउट चरणमा पुगेको छ । म्यान अफ द म्याच १९ बर्षीया एमबाप्पेले राम्रो खेल पस्कदै निर्णायक गोल ठोके । खेलमा बल नियन्त्रण बढी पेरुले गरेको थियो भने गोलका लागि प्रयास फ्रान्सको । फ्रान्सको गोल प्रयास ३४ औं मिनेटमा सफल हुँदा फ्रान्सले नकआउटको मार्गप्रशस्त गरयो । उता लगातार दुई हारपछि पेरु समुह चरणबाट घर फर्कने भएको छ ।

 

खेलमा राम्रा चाल र गोलका प्रयास दुवै टोलीबाट भएका थिए । फ्रान्सले कुल १२ प्रयास गरयो भने पेरुले १० वटा । पेरुको दुई प्रहार लक्ष्यमा थियो जसलाई गोल किपर र बाँकी दुई रक्षकले बिफल बनाएको थिए । उता फ्रान्सले ४ प्रहार लक्ष्यमा राख्दा एकमा गोल गरेको थियो । २ वटा फ्रान्सको प्रहार पेरुका रक्षकले छेकेका थिए । ५६ प्रतिशत बलमाथि नियन्त्रण राखेको पेरुले ८६ प्रतिशल सटिक पास खेल्दै राम्रा मुभ बनाएको थियो । तर अन्तिम गोललाईन शसक्त, लक्ष्यउन्मुख र सफल नहुँदा महत्वपूर्ण खेलमा पराजय भोगेको छ । फ्रान्सका एमबाप्पे, ग्रिजमेन, गिरौड र हेर्नान्डेजले दुई दुई प्रहार गरका थिए । एमबाप्पेको दुवै, ग्रिजमेन र हेर्नान्डेजको एक एक प्रहार लक्ष्यमा थियो । त्यस्तै पेरुमा कप्तान गुईर्रेरो र फ्लोरेजले दुई दुई प्रहार गरेका थिए । अन्य ५ खेलाडीले एक एक पटक गोलका लागि प्रयास गरेपनि गुईर्रेरोले मात्र सटिक प्रहार गरेका थिए । दुवै टोली विस्तारै मध्यक्रममा बल राखेर आक्रमण गर्ने रणनीति ४–२–३–१ को साथमा उत्रिएको थिए । सोही रणनीति अनुसार फ्रान्सले २० प्रतिशत तथा पेरुले २२ प्रतिशत बल विपक्षीको गोल क्षेत्रमा खेलाएको थियो ।

 

खेलको १२ औं मिनेटमा फ्रान्सका पोग्बाले डिबक्स बाहिरबाट गरेको प्रयास पोष्टको दायाँबाट बाहिरिएको थियो । त्यसको २ मिनेट पछि नै फ्रान्सले कर्नर प्रहार गरेको थियो । सो प्रहारलाई रक्षापंतिका भरानले हेड गरेका थिए । तर दिशा सही हुन सकेन । खेलको १६ औं मिनेटमा फ्रान्सका ग्रिजमेनले डिबक्स बाहिरबाट गरेको कडा प्रहार पेरुका गोलरक्षक गल्लेसेको घुँडामा लागेर फर्किएको थियो । खेलको ३१ औं मिनेटमा पेरुका गुईर्रेरोले डिबक्सको निक्कैबाट गरेको कडा प्रहार फ्रान्सका गोलरक्षक लोरिसले बचाएका थिए । ३३ औं मिनेटमा एमबाप्पेले लामो पासमा पाएको कठिन मौकालाई पछाडि खुट्टाले प्रहार गरे तर निक्कै नजिकै भएर पनि गोलकिपरले बचाउँन सफल भएका थिए । खेलको ३४ औ मिनेटमा पेरुको गोल क्षेत्रमा पोग्बाले बल खोसेर दिएको पासलाई फ्रान्सका जिरौडले प्रहार गरेका थिए । पेरुका रक्षकको खुट्टामा लागेर आएको बललाई गोलकिपर अगाडि बढेको अवस्थामा एमबाप्पेले गोलको अवसर पाए । र, फ्रान्सलाई अग्रता दिलाए । त्यही गोल निर्णायक भयो । खेलको ४३ औं मिनेटमा हेर्नान्डेजले प्रहार तथा फर्किएर आएको गोललाई पुनप्रहार गरेका थिए र अन्ततः गोल बाहिरियो । दोश्रो हाफमा ५० औ मिनेटमा पेरुले कडा उत्कृष्ट प्रहार गरेको थियो । एकुक्नोको सो प्रयास गोलपोष्टमा लागेर फर्किएको थियो । त्यसपछि केही राम्रा मुभ भए पनि शसक्त प्रहार दुवै तर्फबाट हुन सकेन र खेल १–० समाप्त भयो ।

 

अष्ट्रेलिया संकटमा

 

जित्नै पर्ने खेलमा कम्तिमा बराबरी गर्ने अपेक्षा गरिएकोअस्ट्रेलियाले डेनमार्कसँग १–१ गोलको बराबरी खेलेको छ । एक पटक फेरी दबावमा उत्कृष्ट खेलेको अस्ट्रेलियाले निश्चित जित हासिल गर्न नसक्दा अन्तिम खेलमा पेरुलाई जितेर मात्र नपुग्ने भएको छ । संकटमा परेको अस्ट्रेलिया फ्रान्सको प्रदर्शनमा निर्भर हुने छ । यता गए रातिको खेल बराबरी गरेको डेनमार्कले फ्रान्ससँग बराबरी गरे पनि दोश्रो चरणको यात्रा पक्का हुने छ । सातौं मिनेटमा डेनमार्कका हिरो ईरेक्सेनले जोर्गेन्सेनको पासमा शक्तिशाली प्रहार गर्दै आकर्षक गोल गरे । उनी सो खेलको म्यान अफ द म्याच पनि बने । प्रतिउत्तरमा डेनमार्कका खेलाडी युरारीले आफ्नै डिबक्स भित्र ह्याण्ड गरेपछि प्राप्त पेनाल्टीलाई जेडीनाकले गोल गर्दै अष्टेलियालाई बराबरीमा ल्याए ।

 

खेलमा अष्टे«लियाले भरमजदुर प्रयास गरयो । लगभग बराबरी बल नियन्त्रण भएको खेलमा अष्टे«लियाले १४ वटा गोलको प्रयास गरेको थियो भने डेनमार्कले १० वटा मात्र गोलका लागि प्रहार गरेको थियो । दुवै टोलीले बराबरी ५ वटा प्रहार लक्ष्यमा हानेका थिए, भने अष्टेलियाका ४ प्रहार डेनमार्क रक्षकले छेकेका थिए । बराबरीले पनि डेनमार्कलाई अर्को चरण पुरयाउँने सम्भावनालाई राम्रो बुझेका खेलाडीले धेरै समय विपक्षीको गोल क्षेत्रमा बल खेलाउँने रणनीति ४–३–३ अनुसारै २२ प्रतिशत बलअस्ट्रेलियाको गोल क्षेत्रमा राखेको थियो । विस्तारै दबाव बनाउँने रणनीतिअनुसार ४–२–३–१ मा मैदान ओर्लिएको अस्ट्रेलियाले मध्यभाग ४८ प्रतिशत बल राख्दै २० प्रतिशत बल विपक्षी डेनमार्कको गोल क्षेत्रमा राखेको थियो ।

 

पहिलो हाफमा ८ वटा अस्ट्रेलियाले र पाँच वटा डेनमार्कले आक्रमण गरेका थिए ।अस्ट्रेलियाका लेक्काईले ३ र रोजिकले २ प्रहार गरेका थिए । त्यस्तै अष्टेलियाका क्रुसे, मुय र जेडीनाक तथा डेनमार्कका लार्सन, डेलाने, जोर्गेसेन, ईरिक्सेन र सिस्टोले एक एक प्रहार गरेका थिए । खेलको सातौं मिनेटमा जोर्गेन्सेनले उत्कृष्ट बलमाथि नियन्त्रण राख्दै ईरेक्सनलाई सुन्दर मौका उपलब्ध गराएका थिए । सो मौकालाई ईरेक्सनले कुनै गल्ती गरेनन् र अस्ट्रेलियाको जालीमा बललाई चुमाए । खेलको २४ औं मिनेटमा क्रसबाट प्राप्त बललाई डेनमार्कमा जोर्गेन्सेनले हेडर गरेका थिए । जुन अस्ट्रेलियाको गोलपोष्टभन्दा धेरै नै बाँयाबाट गएको थियो । ३६ औं मिनेटमा अस्ट्रेलियाले कर्नर प्रहार गर्दा डेनमार्कका खेलाडीले ह्याण्ड गरे । भारको सहायतामा रेफ्रीले पेनाल्टीको अवसर अस्ट्रेलियालाई दिए । सो अवसरलाई सदुपयोग गर्दै जेडीनाकले आरामसाथ पेनाल्टी प्रहार गरि गोल गरे ।

 

दोश्रो हाफमा भने अस्ट्रेलियाले कम आक्रमणको प्रयास गरे पनि बढी सटिक प्रहार गरेको थियो ।अस्ट्रेलियाले ६ पटक र डेनमार्कले ५ पटक गोलको प्रयास गरेका थिए । अस्ट्रेलियाको ४ प्रहार लक्ष्यमा थियो । उता डेनमार्कको २ प्रहार मात्र गोललाईन क्षेत्रमा परेको थियो । खेलको ७२ औं मिनेटमा अस्ट्रेलियाका रोजिकले देबे्र खुट्टाले हानेको प्रहार डेनमार्कका गोलरक्षक स्कमाईकेलले डाईभ गरी बचाएँ । सोही मिनेटमा डेनमार्कका सिस्टोले गरेको प्रहार गोललाईन बाहिरिको थियो । राम्रा मुभ बनाए पनि अन्तिम समयमा रक्षापंत्ति छिचोल्न नसकेपछि अस्ट्रेलियार डेनमार्कले एक एक गोलमा चित्त बुझाए । झिनो सम्भावना रहेको अस्ट्रेलियाका प्रशिक्षक बेर्ट भान मार्विज्कले भने “मलाई लाग्छ हामीले जित्नुपर्ने थिया । म निरास छु र खेलप्रति गर्व गर्छु । मैले नढाँटी सोच्दा हामीले यी दुई खेलबाट चार अंक पाउँने हौसियत राख्छौ ।” त्यस्तै डेनमार्कका प्रशिक्षक एज हराइडे भने “अस्ट्रेलियालाई एउटा राम्रा टोली हो, निक्कै संगठित छ र फ्रान्स भाग्यशाली भई २–१ ले उनीहरुलाई हरायो । त्यसैले हामीलाई यो गह्रो हुने छ भन्ने थाहाथियो । हाम्रो खेलाडीहरु थकित देखिन्छन् ।”

 

खेलभावनाविहिन अर्जेन्टिनाको लज्जास्पद हार

 

पहिलो खेल पेनाल्टीको अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेलेको अर्जेन्टिनाले सशक्त प्रतिद्वन्द्धी क्रोएसियालाई गोल गर्न पास उपलब्ध गराउँदै नतिजा ३–० मा सुम्पिएको छ । खेलको स्तर, अनुशासन, उर्जा, रणनीति र मनोविज्ञान हरेक कोणबाट पराजित अर्जेन्टिना गणितीय सम्भावना बोकेर अर्को खेलको नतिजा हेर्ने छ । भोली आईसल्याण्डले जीत निकाले अर्जेन्टिनाको अन्तिम खेलको औचिन्यै उसका लागि समाप्त हुने छ । तीन खेलाडी र ४–२–३–१ को रणनीतिलाई परिवर्नन गर्दै ३–४–३ को आक्रमक रणनीतिमा ओर्लिएको अर्जेन्टिनाले आफ्नो खेल नै बुझेन । खेलभन्दा क्रोएसियाका खेलाडीमाथि क्रोध देखाएका अर्जेन्टिनाका खेलाडीले अर्जेन्टिनाको मात्र नभई फुलबलकै बदनाम गरेका छन् । तर, संयोग नै भन्नुपर्छ सहनशील रेफ्रीले रातो कार्ड कसैलाई देखाएनन् ।

 

पहिलो हाफ दुवै टोलीले निक्कै निराशाजनक खेल खेले । पहिलो खेलमा सबैभन्दा बढी आक्रमण गरेको अर्जेन्टिना दोश्रो खेलको पहिलो आधा समयमा २ वटा मात्र प्रहार गर्न सफल भयो । तर उसको दुवै प्रहार लक्ष्यविहिन थिए । उता ४ वटा आक्रमण गरेको क्रोएसियाले १वटा मात्र बल लक्ष्यमा राखेर प्रहार गरको थियो । कमजोर खेल पस्किएको अर्जेन्टिनाले पहिलो हाफमा ५५ प्रतिशत समय बल खेलाए पनि सफल पास प्रतिशत केवल ७८ प्रतिशत थियो । परिवर्रित खेलाडी र रणनीतिको पुरा प्रभाव अर्जेन्टिनाको खेलमा देख्न सकिन्थ्यो । पहिलो हाफमा क्रोएसियाका पेरीसिक, रेविक, ब्रोजोविक र मान्डजुकिकले गोलका लागि प्रयास गरेका थिए । अर्जेन्टिनाका तर्फबाट मेजा र परेजले गोलका लागि लक्ष्यविहिन प्रयत्न गरेका थिए । रणनीति जे भएपनि दुवै टिमले विपक्षीको गोल क्षेत्रमा कम गोल खेलाए । अर्जेन्टिनाल १५ प्रतिशतमात्र क्रोएसियाको गोल क्षेत्रमा बल खेलाएको थियो, भने क्रोएसियाले १२ प्रतिशत बलमात्र अर्जेन्टिनाको क्षेत्रमा पुरयाएको थियो ।

 

कमजोर खेलमा आफ्नै गल्तीले अर्जेन्टिनाको संकट थप बढाएको थियो । ५३ औ मिनेटमा अर्जेन्टिनाका गोलकिपर काभालेरोले अत्यन्तै सामान्य अवस्थामा साथीलाई दिनुपर्ने बल क्रोएसियाका स्ट्राईकर रेविकलाई दिए । रेविकले गोलकिपरमात्र भएको ठाउँमा आकर्षक गोल गरे । त्यसपछि अर्जेन्टिनाको मनोविज्ञान तथा आन्त्माविश्वास गुम्यो । कौशलले खेल्ने फुटबल बलले र अनुशासित हुन खेल्ने खेलमै उडण्ढता देखियो । खेलको ८० र्औ मिनेटमा मोड्रिकले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरे । त्यस्तै खेलको अतिरिक्त समयको पहिलो मिनेटमा राकिटिकले अर्को आकर्षक गोल गरे । अर्जेन्टिना हारले मात्र होईन गोलअन्तरले पनि पछि प¥यो । १५ प्रयासमा ३ गोलले विजयी क्रोएसियाका प्रशिक्षकले आफ्नो टिमको कौशल, संयोजन र अनुशासनले खेल जितेको र अर्जेन्टिनालाई यो भ्रम हुनु हुँदैन कि हामी नै सर्बोश्रेष्ठ थियौं । गोलरक्षक कमजोर, रक्षक कम र विपक्षी गोल पोष्टमा आक्रमण कम गरेको अर्जेन्टिनाले लज्जास्पद हार व्याहोरेको हो ।

 

आजको खेल

 

उपाधीको दाबेदारीसहित रसिया पुगेको ब्राजिलले पहिले खेलमा खराब शुरुवात गर्दै बराबरी खेलेपछि आजको खेल जित्नै पर्ने दबाबमा साथ मस्कोको सेन्ट पिटरवर्गमा साँझ ५ः४५ मा समुह चरणको दोश्रो खेल खेल्दै छ । स्टारहरुको टिम ब्राजिल निरासजनक शुरुवात गरेको कोष्टिारिकालाई अंकको बक्सिस दिने छैन । एक मात्र अंक रहेको ब्राजिलका लागि बराबरीको खेल पनि मंहगो पर्नेमा प्रशिक्षक टिटे र खेलाडीलाई राम्रोसँग थाहा छ । समुह ई अन्तर्गतको सो खेलमा घाईते भएका नेईमारले खेल्ने अझै टुङ्गो लागिसकेको छैन । विश्वकपको पछिल्लो २० बर्षमा सबैभन्दा बढी पटक फलका सिकार भएका नेइमारको खेल्ने सम्भावना कायमै रहेको पश्चिमा मिडियाको दबावी छ । अघिल्लो प्रतिस्पर्धामा ब्राजिलियन स्टार नेइमारलाई स्वीस खेलाडीले १० पटक फल हाने थिए । यदि नेईमार अनुपस्थित भए अघिल्लो खेलका रेस्क्यु म्यान कौटिन्हो, जेसस र पाउलिन्होमाथि थप जिम्मेवारी हुने छ । स्वीटजरल्याण्डसँग खेल्दा नै फुर्ति नदेखाएका नेइमारले घाईते भएर उत्रिदा कस्तो खेल्ने छन् ? धेरैको पर्खाईको विषय बनेको छ । तर, अघिल्लो चरणमा जाने भए युरेना, भेनेगास, रुईज र कोलिन्ड्रेसले ब्राजिलको रक्षापंतिलाई निरन्तर दबाव दिनुपर्ने छ ।

 

 

समुह ई कै अर्को खेल मध्य राति ११ः४५ बजे कालिनिन्गार्ड रंगशालामा दर्शनीय खेल देखाएको सर्बिया र ब्राजिललाई रोकेको स्वीटजरल्याण्ड विच हुने छ । बराबरी हुने अनुमान गरिएको सो खेल निकै रोमाञ्चक हुने सम्भावना छ । स्वीस गोलकिपर सोम्मरलाई चिर्न सर्गेज मिलिन्कोभिक, तादिक, मित्रोभिक र लुका जोभिकलाई सजिलो हुने छैन । रक्षक इभानेभिच तथा कोलारोभको साथ पाएका स्टोज्कोभिकले बेह्रेमी, जुबेर, झाका, सेफेरोभिक र गभ्रानोभिकलाई गोल गर्न अवरोध गर्ने छन् । स्वीस टोलीलाई निश्चित जित चाहिएको छ । ब्राजिलसँग एक गोल पछि हुँदा पनि आरामले खेल बनाउँदै विपक्षीलाई दबाव दिएको स्वीटजरल्याण्ड सर्बियाको अर्को चरणको यात्राको अवरोध बन्न सक्छ ।

 

संसारकै सबैभन्दा कम जनसंख्या भएर विश्व कप फुलवल खेलिरहको आईसल्याण्डले नाईजेरियालाई मात दिने सम्भावना छ । भोल्गा नदिको किनारामा रहेको भोल्गोगार्ड एरिनामा राति ८ः४५ मा शुरु हुने खेलमा मेस्सीको पेनाल्टी रोकेका हलदोर्सन प्रेरित आईसल्याण्ड यो विजयसँगै नकआउटको ढोका खेल्न आतुर छ । सुगार्डसन, गुन्नारसन र फिनबोगासनले नाईजेरियाका गोलरक्षक ईजेन्वा र क्षेत्ररक्षक ईकोङ्ग तथा बोलोगानलाई हैरान पर्ने छन् । प्रतिस्पर्धात्मक खेल खेल्ने नाईजेरियाका ईटेबो, दिदि, माईकेल, मुसा, मोसेस र ईघोलोले आईसल्याण्डको पसिना छुटाउँने छन् ।