बेल्जियम उक्लियो, जर्मनी र मेक्सिको दाबेदारी- वेदप्रसाद भुर्तेल 

आज समुह एचको दुई खेल हुने छन  । पहिलो, राति ८ः४५ मा जापानले सेनेगलको सामना गर्ने छ । सेनेगलले पोल्याण्डलाई झै जापानलाई धुलो सुघाउँने अनुमान छ । कम्तिमा पनि स्पष्ट जित निकाल्ने सम्भावना रहेको खेलमा जापान विजय भए अनौठो परिणाम मानिने छ ।

 

 

समुह एफको अंक तालिका र दोश्रो चरणमा जाने टिमको टुङ्गो लाग्न सकेको छैन । जर्मनीले अदम्य साहस र धैर्यको प्रदर्शन गर्दै स्वीडेनमाथि सनसनीपूर्ण जित निकालेपछि दुई खेल जिते पनि मेक्सिकोको अर्को चरणको यात्रा निश्चित हुन सकेन । यदि अन्तिम खेलमा स्वीडेनले मेक्सिकोलाई पराजित गर्ने र जर्मनीले दक्षिण कोरियालाई धरासायी  बनाउँने हो भने मेक्सिको अर्को चरणमा जाँदैन । समान तीन तीन अंक जोडेका स्वीडेन र जर्मनीले जितसँगै गोल अन्तर कायम गर्नुपर्ने छ । उता समुह जीको खेलमा भने दुई जीतसँगै बेल्जियमले नकआउट चरणमा आफ्नो नाम दर्ता गरेको छ ।

 

 

अविश्वनीय खेल खेलेको जर्मनीले निद्रा विर्गाने गरि परिणाम आफ्नो पक्षमा पारयो । स्वीडेनलाई हराउँनै पर्ने दबाबमा आएको जर्मनीले सोही दबाबकै कारण आक्रमणमा जोड दिँदा पहिलो गोल खायो । दोश्रो हाफको प्रारम्भमै गोल बराबरी गरेको जर्मनीले गोल त फर्काउन सकिरहेको थिएन, तर उसका खेलाडीले भने रातो कार्ड खाँदै मैदान छोडे । दबाबै दबाबमा गोलको अभावले निरास समर्थकलाई खेलपछिको अतिरिक्त समयमा गोल गर्दै क्रुसले अपार खुशी दिए । यो सनसनीपूर्ण खेलसँगै जर्मनीले अर्र्को चरण प्रवेशको जग बसाएको छ । अर्को खेलमा कोरियालाई २–१ ले हराउँदै मेक्सिकोले दोश्रो चरणको दह्रो आधार तयार गरेको छ । मेक्सिको कोरियामाथि हाबी बने पनि कोरियाले गोल फर्काउने पुरा कोशिस गरेको थियो । त्यस्तै हल्का पानी परेको मस्कोमा बेल्जियमले ट्युनिसियामाथि गोलको बर्षा नै गरयो । बेल्जियमले ५–२ गोल अन्तरले ट्युनिसियालाई हरायो । यो उपद्रो गर्न हजार्ड र लुकाकुले दुई दुई गोल गरेका थिए ।

 

विश्व विजयी जर्मनको चमत्कारी खेल

 

भनिन्छ, जर्मनी फुटबलको शेर । र, शेर हार पनि मान्दैन र घाँस पनि खाँदैन । गए राति डेढ बजिसकेको थियो । जर्मन समर्थक निरास थिए । प्रशिक्षक लोको अनुहारमा तनाव थियो तर अन्तिम मिनेटसम्म खेलाडीलाई हौसाई रहेका थिए । ८२ औं मिनेटमा जर्मन खेलाडी बोटेङ्गले रातो कार्ड खाएर मैदान छोडेका थिए । जर्मनसँग जितको विकल्प थिए । जर्मन बहादुरहरुको देश हो र कठिन चुनौतिमा लक्ष्य विर्सदैन । ईतिहास हेर्ने हो भने पनि जर्मन डराउँने गोर्खाली (नेपाली)सँग मात्र हो । विपक्षी नेपाली नभएर स्वीडेन थियो । खेल अतिरिक्त समयको चार मिनेटमा थियो । जर्मनले अलिक कठिन कोणबाट फ्रिकिकको मौका । स्वीडिस रक्षकले वार बनाए । क्रुसले फ्रिकिक साथीलाई एङ्गल मिलाउँन दिए । एङ्गग सहि र त्यसपछि प्रहार सटिक ।

 

 

बलले स्वीडिस गोलपोष्टको जालीमा चुम्यो । जर्मन समर्थकको आवाजले सोची रंगशाला गुञ्यमान बन्यो । जर्मनीले खेल २–१ ले बाजी मारयो । पहिलो खेल मेक्सिकोसँग हारेको जर्मनीलाई जीतको विकल्प नै थिएन, ’cause शीर्षमा रहेका दुई टिमले अन्तिम खेल हार जीतका लागि खेलेर आफ्नो जोखिम बढाउँदैनन् । त्यसैले यो जीतले जर्मनको दोश्रो चरणको यात्राको आधार तयार गरेको छ ।

 

 

पहिलो हाफमा १–० गोललेपछि परेको जर्मनीले दोश्रो हाफको सुरुमै आक्रमण गरयो । खेलको ४८ औं मिनेटमा वेर्नरले दायाँपट्टि डिबक्सभित्रबाट दिएको बललाई रुईसले गोल गर्दै जर्मनीलाई खेलमा फर्काए । उत्कृष्ट रक्षात्मक खेल खेलेको स्वीडेन अतिरिक्त समय समयमा समालिन नसक्दा विर्सनलायक पराजय व्याहोरेको छ । जर्मनीले १६ वटा प्रहार गोललाईनमा गरयो तथा ७ वटा रक्षकले छेके । जर्मनीका पाँच प्रहार गोलपोष्टको दिशामा थियो । आधा नै कम आक्रमण गरेको स्वीडेनले पहिलो हाफमा राम्रो खेलेपनि गोल गरेपछि खेलमा प्रभावशाली खेल्न सकेन । ८ वटा जम्मा प्रहार मध्य ६ वटा लक्ष्यमा र एक जर्मन रक्षकले रोकेका थिए । जर्मनीले अनुपम बल नियन्त्रण र सटिक पास खेलेको थियो । ९१ प्रतिशत सटिक पास खेल्दै ७१ प्रतिशत समय बलमाथि नियन्त्रण कायम गरयो । तर, हिजो ब्राजिलको भन्दा सनसनी मागेको खेलेमा पटक पटकको प्रयास विफल भयो ।

 

 

मैदान ४–४–२ को आक्रमक रणनीतिमा ओर्लिएको स्वीडेनले प्रारम्भ पनि सोही अनुसार गरयो । उता ४–२–३–१ को रणनीतिमा ओर्लिएको जर्मनीले सोही अनुसार बलमाथि नियन्त्रण गर्दै आक्रमण गरयो । तर सफल पाउँन अन्तिम समयसम्म कुर्नु परयो ।

 

 

पहिलो हाफ जर्मनीले ५ तथा स्वीडेनले ४ गोलका लागि प्रयास गर्दा स्वीडेन सफल भयो । स्वीडेनका टोइभोनेनले गोल गरे । स्वीडेनका बेर्गले ३ प्रयास गरे । खेलको आठौं मिनेटमा जर्मनीले ड्राक्सलरले गरेको प्रहार बाहिरियो । ड्राक्सलरले अर्को मौका पनि पाएका थिए सो पनि गोल हुन सकेन । खेलको १२ औं मिनेटमा गोलकिपरसँग वान भर्सेस वान हुँदा स्वीडेनका बेर्गले गोल गर्न सकेनन् । खेलको ३२ औं मिनेटमा स्वीडेनका टोइभोनेनले उत्कृष्ट गोल गरे । खेलको ४२ औं मिनेटमा जर्मनीले अर्को सुन्दर मौका गुमायो । दोश्रो हाफको ४८ औं मिनेटमा रेयुसले गोल गर्दालाई जर्मनीलाई बराबरीमा ल्याए । त्यसपछि निरन्तर आक्रमण गरेको जर्मनीले ८२ औं मिनेटमा काउन्टर एट्याकमा गोल खोस्न खोज्दा बोटेङ्गले रातो कार्ड खाएर । दश खेलाडीमा सिमित भएपनि जर्मनीले आक्रमण गर्न छोडेन र विजय हासिल ग¥यो । यो चमत्कारी विजयपछि अंक तालिकामा उसको ३ अंक भएको छ ।

 

गोलको बर्षा गर्दै बेल्जियम विजयी

 

विश्व फुटबलमा नवशक्ति राष्ट्रको रुपमा उदाउँन प्रयासरत बेल्जियमले ट्युनिसियालाई पाँच गोल गर्दै तीन अंक थपेर नकआउट चरणमा प्रवेश गरयो। खेलमा जम्मा सात गोल हुँदा ट्युनिसियाले केवल दुई गोल गरेको थियो । म्यान अफ द म्याच इडेन हर्जाड र लुकाकुले दुई दुई गोल बेल्जियमका लागि गर्दा थप एक गोल बाट्शुएइले गरेका थिए । ट्युनिसियाका लागि ब्रोन्न र खाज्रीले एक एक गोल गरे । पहिलो हाफ मै ३–१ गोल भएको खेलको दोश्रो हाफमा बेल्जियमले २ गोल गर्दा टयुनिसियाले १ गोल फर्काएको थियो । बल नियन्त्रण र सफल पासको दृष्टिमा खासै फरक नदेखिएपनि खतरनाक मुभ, बलका लागि गरिएको प्रहार संख्या र बल प्रहार धेरै लक्ष्यमा राख्न सक्नु बेल्जियमको ठुलो जीतको आधार रहेको थियो ।

 

 

बेल्जियमले ३–४–३ को रणनीतिमा खेल खेलेको थियो भने ४–३–३ को रणनीतिका साथ ट्युनिसिया मैदानमा ओर्लिएको थियो । खेलमा ५२ प्रतिशत समय बलमाथि नियन्त्रण बनाएको बेल्जिमयले ८४ प्रतिशत सटिक पास खेलको थियो । कुल २३ वटा प्रहार बेल्जियमले ट्युनिसियाको गोललाईनको क्षेत्रमा गर्दा १२ वटा लक्ष्य अर्थात गोलपोष्टको दिशामा राखेको थियो । तीन बेल्जियमको प्रहार विपक्षी रक्षकले छेकेका थिए भने एउटा प्रहार गोलपोष्टमा लागेको थियो । उता ट्युनिसियाका १५ गोल लाईनमा गरेको प्रहार मध्ये  बेल्जियमका रक्षकले ४ वटा छेकेका थिए भने ५ वटा प्रहार गोलपोष्ट दिशामा प्रहार गरेका थिए । पाँच मध्ये  दुई गोलमा परिणत हुँदा तीन कौर्टोईसले बचाएका थिए । बेल्जियमका परिवर्तनमा आएका माईकी बाट्शुएइले २२ मिनेट खेलेर ६ प्रहार गरेका थिए । जसमध्ये १ गोल भएको थियो भने अर्को पोष्टमा लागेको थियो । बेल्जियमका हर्जाड र कार्रास्कोले चार चार वटा प्रहार गर्दा तीन तीन प्रहार लक्ष्यमा थियो । त्यस्तै बाटसेलले ३ प्रहार गर्दा लुकाकुले २ वटा प्रहार ट्युनिसियामा गोलपोष्टमा गरेका थिए । लुकाकुको दुवै प्रहारमा गोल गरे । उता दुई सान्त्वना गोल गरेको ट्युनिसियाका खाज्रीले ४ प्रहार गरी एक गोल तथा अर्को गोलका लागि मौका सिर्जना गरेका थिए । त्यस्तै बद्रीले ३ प्रहार गर्दा वेन युस्सेफ, सास्सी र खौयीले दुई दुई वटा प्रहार गरेका थिए ।

 

 

पहिलो हाफ ३–१ मा  सकिएको थियो । बेल्जियमले ७ वटा प्रहार सहित १० वटा प्रयास पहिलो हाफमै गरेको थियो । तीनमा सफल हासिल गरेको बेल्जियमले पहिलो गोल ५ औं मिनेटमा पेनाल्टीबाट खेलको ५ औं मिनेट गरेको थियो । बेल्जियमका ईडेन हर्जाडलाई वेन युस्सेफले डिबक्सको ठिक भित्र फल गरेपछि पाएको पेनाल्टीको अवसरलाई हर्जाडले कुनै गल्ती गरेनन् । खेलको पहिलो आक्रमण बेल्जियमले नै खेलको तेश्रो मिनेटमा गरेको थियो । बेल्जियमका मेऔनियरले डिबक्स ठिक बाहिरबाट गरेको प्रहार ट््युनिसियाका मुस्तफाले डाईभ गरि बचाएका थिए । खेलको १० औं मिनेटमा ट्युनिसियाले राम्रा मुभ बनाए पनि बेल्जियमका गोलकिपरले सजिलै विफल पारिदिए । खेलको १२ औं मिनेटमा लुकाकुको पासमा हर्जाडले गरेको प्रहार सशक्त हुन नसक्दा ट्युनिसियाका गोलकिपरले बचाए । १५ औं मिनेटमा बेल्जियमका कार्रास्कोले

 

डिबक्सबाहिरबाट गरेको प्रहार पनि ट्युनिसियाका गोलकिपरले नियन्त्रणमा लिएका थिए । खेलको १६ औं मिनेटमा बेल्जियमले राम्रो मुभ बनायो र लुकाकुले गोल गरे । त्यसको १ मिनेटपछि नै ट्युनिसियाले फ्रिकिकको मौका पायो । सो फ्रिकिकमा ब्रोन्नले हेडरबाट गोल गरे । खेलको १९ औं मिनेटमा बेल्जियमले फेरी आक्रमण गरयो। क्रसबाट प्राप्त गोललाई कार्रास्कोले राम्रो प्रहार गरेका थिए तर ट्युनिसियाका गोलकिपर मुस्तफाले बचाए । एक गोलले अग्रता बनाएको बेल्जियमले आक्रमणलाई निरन्तरता दियो । खेलको ३३ औं मिनेटमा ट्युनिसियाका खाज्रीले सशक्त प्रहार गरेका थिए । सो प्रहारलाई बेल्जियमका गोलरक्षकले बचाए । पहिलो हाफमा अतिरिक्त समयको दोश्रो मिनेटमा सानो डिबक्स भित्र प्राप्त क्रस बललाई दिशा प्रदान गर्न सकेनन् । त्यसको लगतै अतिरिक्त समयको ३ मिनेटमा भेर्टोङ्गघेनको आक्रर्षक पासमा लुकाकुले गोलको अग्रता ३–१ मा पुरयाए ।

 

 

दोश्रो हाफमा अझ बढी आक्रमण गरयोबेल्जियमले । ट्युनिसियाले ४९ औ मिनेटमा एक राम्रो मुभ बनाए पनि गोल भने आकासतिर प्रहार गरयो । सो मिनेटमा ट्युनिसियाले अर्को राम्रा अवसरलाई गोलमा रुपान्तरण गर्न सकेन । खेलको ५० औं मिनेटमा पनि ट्युनिसियाका बद्रीले डिबक्सबाहिरबाट गोलको प्रयास गरेका थिए। तर, गोलकिपरले सजिलै नियन्त्रण लिए । खेलको ५१ औं मिनेटमा हजार्डले गोलकिपर मुस्तफालाई छलाउँदै गोल गरे । ट्युनिसियाले खेलको ६१ औं मिनेट बनाएको सुन्दर मौकालाई फिनिङ्ग गर्न सकेन । त्यस्तै खेलको ६७ औं मिनेटमा ट्युनिसियाका बद्रीले अर्को एक प्रहार गरेका थिए, जसलाई बेल्जियमका गोलरक्षक कौर्टोईसले नियन्त्रणमा लिए । खेलको ६८ औं मिनेटमा बेल्जियमका मेसिन जस्ता खेलाडी बाट्शुएइले मैदान टोके । त्यसपछि उनी एक्लैले ६ वटा प्रहार ट्युनिसियाको गोललाईनमा गरेका थिए । बाट्शुएइले ७६ औं मिनेटमा गोलकिपर विट गरेर गरेको प्रहार ट्युनिसियाका रक्षकले गोललाईनबाट बचाए । त्यसको लगत्तै बेल्जियमका कार्रास्कोले गरेको कडा प्रहार ट्युनिसियाका गोलकिपर मुस्तफाले बचाए । बाट्शुएइले ८१ औं मिनेटमा गरेको कडा प्रहार गोलकिपरले फर्काए । निरन्तरको प्रयासपछि बाट्शुएइले ९० औं मिनेटमा गोल गरे । खेलको अरिरिक्त समयको पाँचौ मिनेटमा ट्युनिसियाका खाज्रीले गोल गरेपनि त्यो हार टार्न प्रयाप्त थिएन ।

 

मोक्सिकोको दोहोरयायो जीत, तर नक आउट अन्यौलै

 

जर्मनीलाई हराएर आत्माविश्वासी बनेको मेक्सिकोले तुलनात्मक कमजोर दक्षिण कोरियालाई २–१ ले हराउँदै अंक तालिकामा ६ अंक बनाएको छ । मेक्सिको गणितीय सम्भावनाले मात्र नककाउटमा पुगि सकेको  छैन । मेक्सिकोको जीतमा ज्याभियर हर्नान्डेज नायक भए । खेलको २६ औं मिनेटमा पेनाल्टीबाट कार्लोसले र ६६ औं मिनेटमा हर्नान्डेजले गोल गर्दै जीतको आधार बनाए । खेल सकिन केही सेकेण्ड बाँकी हुँदा कोरियाका सनले सान्त्वना गोल गरेका थिए ।

 

 

खेल कोरिया र मेक्सिको दुवैले आक्रमक रणनीतिका साथ शुरु गरेका थिए । मेक्सिको ४–३–३ को रणनीतिमा ओर्लिएको थियो भने ४–४–२ को रणनीतिमा कोरिया उत्रिएको थियो । कोरियाले खेलमा कुल १७ प्रहार ६ वटा लक्ष्यमा राखे पनि एक गोल मात्र गर्न सक्यो । उता मेक्सिकोले ५ लक्ष्यमा सहित कुल १३ प्रहार गर्दा २ गोल गरयो । बलमा ५९ प्रतिशत समय नियन्त्रणमा राखेको मेक्सिकोले ८९ प्रतिशत सटिक पास खेलेको थियो । उसका आक्रमणहरु विपक्षी कोरियाको टाउको दुखाई नै भएको थियो । कोरियाले धेरै प्रहारहरु डिबक्स बाहिरैबाट प्रहार गरेको थियो । उसको ९ वटा प्रहार मेक्सिकोका रक्षकले छेकेका थिए । मेक्सिकोका हेर्नान्डेज तथा लोजानोले तीन तीन प्रहार गरेको थियो भने भेला र गौरदादोले दुई दुई प्रहार गरेका थिए । उता कोरियाका सन एक्लैले एक गोलसहित ९ प्रहार गरेका थिए । त्यस्तै कीले ३, मुन र लीले दुई दुई गोलका प्रयास गरेका थिए ।

 

 

खेलको २२ औं मिनेटमा कोरियाका सनले दुई प्रहार छेकेपछि तेश्रो प्रहार बाहिर हानेका थिए । त्यस्तै २३ औं मिनेटमा कोरियाका कीले गरेको हेडर गोलकिपरले पोष्ट माथिबाट बाहिरिएको पठाएका थिए । २४ औं मिनेटमा कोरियाका जाङ्गले डिबक्स भित्र हातले बल छोएपछि मेक्सिकोले पेनाल्टीको मौका पायो र २६ औं मिनेटमा कार्लोसले गोल गरे । खेलको ३९ औं मिनेटमा राम्रो मुभमा कोरियाका खेलाडीले गरेको प्रहार मेक्सिकोका गोलकिपरले बचाए । खेलको ५६ औं मिनेटमा कोरियाका कीले गरेको कडा प्रहार मेक्सिकन गोलकिपरले बचाए । ५९ औ मिनेटमा गौर्दादोले उत्कृष्ट प्रहार गरेका थिए । ६६ औं मिनेटमा हर्नान्डेजले डिबक्सभित्र पाएको पासलाई राम्रो प्रहार गरी गोल गरे । २–० को अग्रता भएको मेक्सिकोले आक्रमण जारी राख्यो भने कोरियाले बढी नै आक्रमण गरेको थियो । खेलको अतिरिक्त समयको तेश्रो मिनेटमा सनले गोल गरेर सान्त्वना गोल गरे । कोरिया यो हारसँग विश्व कपबाट बाहिरिएको छ ।

 

 

आजको खेल

 

सम्भावना र यथार्थको फरक नै विश्व कपको रोमाञ्चकता हो । यही रोमाञ्चकताको १० दिन आज सकिदैन । आजबाट समुह चरणको दुई दुई खेल समाप्त हुने छ । आजपछिका चार दिन एकै समयमा दुई दुई गरी चार खेल हुने छन् । हालसम्म आयोजक रसिया, उरुग्वे, फ्रान्स, क्रोएसिया, र बेल्जियमले दोश्रो चरणको यात्रामा पाईला राखिसकेका छन् भने आजैको खेलबाट जापान, सेनेगल र ईङ्गल्याण्डको फैसला हुनसक्छ ।

 

 

आजको पहिलो खेलमा ईङ्गल्याण्डले पनामाको सामना गर्दैछ । साँझ ५ः४५ बजे हुने सो खेल निझ्नी नोभ्गोरोडमा हुने छ । समुह जी अन्तर्गतको सो खेल युवाहरुको टोली ईङ्गल्याण्ड हाबी हुने सो खेल जित्दै ईङ्गल्याण्डले नकआउटको यात्रा तह गर्ने सम्भावना उच्च छ । पनामाको सम्भावना जीतमा भन्दा पनि बराबरीमा रहेको फुटबल विश्लेषकहरुको भनाई छ ।

 

 

उता समुह एचको दुई खेल हुने छ । राति ८ः४५ मा जापानले सेनेगलको सामना गर्ने छ । सेनेगलले पोल्याण्डलाई झै जापानलाई धुलो सुघाउँने अनुमान छ । कम्तिमा पनि स्पष्ट जित निकाल्ने सम्भावना रहेको खेलमा जापान विजय भए अनौठो परिणाम मानिने छ । उता १० खेलाडीमा सिमित कोलम्बियालाई हराएको जापान हरहालमा खेल नगुमाउँने रणनीतिमा हुने छ । रक्षात्मक खेलेर काउन्टर एट्याक गर्ने रणनीतिका साथ जापान ईकाटेरिङ्गवर्ग एरिनामा उत्रिने छ । त्यस्तै कजानमा कोलम्बियाले पोल्याण्डको सामना गर्ने छ । अर्को चरणमा पुग्न यो खेल गर वा मरको अवस्थामा छ । तर, फुटबल विश्लेषकहरुले खेल बराबरी हुने अनुमान लगाएका छन् ।