प्रधानमन्त्रीको चीन भ्रमणले ल्याएका अबसरहरु ! –अश्विनकुमार पुडासैनी

हाम्रो देशका बामपन्थीहरु फरक पृष्ठभूमि र सोच भएका छन् । उनले जति दुखः कष्ट, जेल, नेल, संसारका अन्य देशका बामपन्थीहरुले झेल्नु परेको छैन । यीनीहरु ईतिहासबाट सिक्छन् । उनीहरुले आफ्नो विगतको दुख विर्सदैनन् । छलफलमा उनले नेपालका बामपन्थीहरको चरित्रलाई अन्यत्रका बामपन्थीहरुको चरित्रसँग नदाजौ ।
प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेक चीनको छ दिने भ्रमण सकेर आईतबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्रीको स्वदेश फिर्ती सँगै प्रधानमन्त्रीले नेपाल चीन संबन्ध विस्तारमा यो भ्रमणको क्रममा भएको १४ बुँदे संयुक्त विज्ञप्ति “असाधारण र अभुतपूर्व उपलब्धी रहेको” बताएसँगै यो भ्रमणको उपलब्धीको ’boutमा विभिन्न खाले प्रतिक्रियाहरु आई रहेका छन् ।
आफ्नो संविधान आफैं जारी गर्दै संघिय गणतन्त्रको संस्थागत गर्ने क्रममा सम्पन्न तीनै तहको निर्वाचन पश्चात प्रधानमन्त्री ओलीले गरेको भारत भ्रमण, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण पश्चात प्रधानमन्त्री ओलीबाट भएको चीन भ्रमणको उपलब्धी बाट श्रृजित अबसरहरुका विविध आयामहरुको ’boutमा आजको आलेखमा चर्चा गरिएको छ ।
नेपाल–चीन मित्रता नयाँ उचाईमा
प्रधानन्त्री ओलीको चीनीयाँ सरकारले बेईजिङ्गमा गरेको भव्य स्वागत सत्कारका साथ साथै राष्ट्रपति सि चिनफिङ्ग, प्रधानमन्त्री लि खछ्याङ्ग र कम्युनिष्ट पार्टिका अन्य नेताहरु सँग भएको भेट वार्ता पश्चात प्रधानमन्त्री ओली र चीनीयाँ नेतृत्वले मिडियामार्फत सार्वजनिक गरेका अभिव्यक्तिहरुको विश्लेषण गर्दा नेपाल चीन सम्बन्ध नयाँ उचाईमा पुगेको चित्रण गर्न सकिन्छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रपति सि सँगको ३५ मिनेट र प्रधानमन्त्री लि सँगको १घण्टाको वान–टु–वान वार्ताले पनि दुई देश बीचको शिखर वार्ता र औपचारीक कार्यक्रमहरुलाई नयाँ गति दिएको आभाष गर्न सकिन्छ । भ्रमणले दूई देश बीचको मित्रताले नयाँ उचाई हासिल गरेको छ ।
ओली डक्ट्रिनको अभ्यास
प्रधानमन्त्री ओलीले आफ्नो पहिलो प्रधानमन्त्रीत्व कालमा एक स्वतन्त्र, सार्वभौम एवं अखण्ड राष्ट्रको रुपमा अबलम्बन गरेको परराष्ट्रनीति कै कारण पहिलो चीन भ्रमणमा दूई देशबीचको यातायात पारवाहन लगाएतका सम्झौता गरि ओली डक्ट्रिनको नयाँ अबधारणा आएको थियो ।
ओलीको यो अबधारणा नै राजनीतिक रुपमा मदन भण्डारीले व्याख्या गरेको नेपालको राजनीतिक अभियान जनताको बहुदलीय जनबादको (जबज) दर्शनमा आधारीत सैद्धान्तिक बैचारीक अभियानको एक अन्तर्य हो । मदन भण्डारीले गरेको राजनीतिक दर्शनको नविन परिमार्जन र व्याख्या लाई मदनको अभावमा व्यावहारिक रुपमा संगठनात्मक आधारमा अगाडि बढाउने काम माधव नेपालले गरेका थिए ।
माधव नेपालको मध्यमार्गी व्यावहारिक नीतिका कारण एमालेको संगठन अडिएको थियो । एमाले चोईटिएर माले बन्दै गर्दा माधब नेपालको व्यावहारीक नीतिले गर्दा एमालेको संगठन बलियो बन्दै आयो । यसलाई उनले खासै नयाँ दृष्टिकोण भने दिन सकेका थिएनन् । मदन भण्डारीको अभावमा पार्टिलाई जोगाउने र यो उचाईसम्म ल्याउने काम माधव नेपालले गरेका हुन । वैचारीक रुपमा नभए पनि व्यावहारीक रुपमा यसको श्रेय माधव नेपाललाई जान्छ ।
तर जब पार्टिको महाधिवेशनबाट केपी ओलीले नेतृत्व गर्ने अबसर पाए र सरकारको समेत नेतृत्व गर्न पाए तब मदनभण्डारीको जबजको बैचारीक आधारलाई आफ्नो सृजनशिल सोचका साथ विदेश नीतिमार्फत ओलीले एक स्वतन्त्र, सार्वभौम अखण्ड राष्ट्रको विदेश नीति तय गरे उनको यो यात्रा पहिलो चीन भ्रमणमा गरिएको संझौताबाट शुरुवात भएको थियो । ओली नेतृत्वले गरेको यो नविन अभ्यासबाट नेपालका दुई बामपन्थी पार्टिहरु एमाले र एनेकपा बीच एकता भई शक्तिशाली बामपन्थी पार्टि नेकपा बन्यो । त्यस पछि भएको नेकपाको अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा चीनीयाँ नेतृत्वले गरेका अभिव्यक्ति, प्रतिवद्धता र सम्झौताहरुको कार्यान्वयमा भएको तत्परताले नेपालको विदेश नीतिमा ओलीले प्रयोग गर्दै आएको नविन अबधारणा ओली डक्ट्रिनको दुबै छिमेकीहरुबाट भएको इन्डोर्समेन्ट हो । नेपालको आर्थिक विकास र समृद्धिमा ओलीले अबलम्बन गर्ने विदेश नीतिको प्रभाव आगामी दिनमा देखिदै जाने छ । यसको सफल कार्यान्वयन प्रधानमन्त्री ओलीको लागि अबसर र चुनौती दुबै हो ।
दुबै छिमेकको साथ र सहयोग
प्रधानमन्त्री ओलीले जसरी दक्षिणी छिमेकी भारतका प्रधानमन्त्रीसँग नेपालको आफ्नो भिजन “समृद्ध नेपाल सुखी नेपाली”मा नजिकका छिमेकीहरुले सहयोग गर्न सहमत गराएका थिए त्यसै गरि प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण बाट उत्तरी छिमेक चीनको नेतृत्वलाई पनि आफ्नो भिजनमा साथ सहयोगको लागि सहमत गराएका छन् । अब नेपालले दुबै छिमेकको साथ र सहयोगका साथ विकास र समृद्धिको लागि अघि बढ्ने अबसर मिलेको छ । भारतमा मोदीले चलाएको अभियान सबका साथ सबका विकास र चीनका रास्ट्रपतिले शुरु गरेको नयाँ युगमा चीनको विकास अबधारणा सँग सगै नेपालले पनि समृद्ध नेपाल सुखी नेपाली अभियानलाई अगाडि बढाउने अबसर मिलेको छ ।
स्थीरता र सुशासनको आधार तयार
नेपाल लामो समयसम्म राजनीतिक संक्रमणकालको समयबाट गुज्रनु प¥यो । सन् १९८९को परिवर्तन पछि पनि लामो कालखण्डसम्म सरकारहरुले स्थीरता पाउन सकेनन् । देश दश बर्षे सषश्त्र विद्रोहबाट छटपटाई रह्यो । अन्तत देशमा २५० बर्ष लामो राजतन्त्रको अन्त्य भई देश संघिय गणतन्त्रात्मक राष्ट्र बन्यो । गणतन्त्रात्मक संविधान जारी गर्न अबरोध समेत आयो । देशले कठोर भारतीय नाकाबन्दी व्यहोरो ।
अन्तत आफ्नो संविधान आफैं जारीगरि स्थानिय तह, प्रदेश र संघिय गरि तीनै तहको निर्वाचन सम्पन्न भई देशमा राजनीतिक अस्थीरताको अन्त्य भयो । देशमा स्थीरता, सुशासन र आर्थिक उन्नतीहासिल गर्ने पहिलो वाह्य आधार भनेकै निकटका छिमेकीहरुसँगको शुसम्बन्ध अत्यन्तै महत्वपूर्ण हुन्छ । भ्रमणको पहिलो उपलब्धी भनेको निकटका छिमेकीहरुको विश्वास हासिल गर्नु हो । प्रधानमन्त्री ओलीको चीन भ्रमण बाट चीनीयाँ नेतृत्वको विश्वास हासिल भएको छ । भ्रमणको महत्वपूर्ण उपलब्धी हो ।
शक्तिशाली नेतृत्व समृद्धिको आधार
नेपाल–भारत–चीन तीन वटै देशका सरकारहरु शक्तिशाली रहेका छन् । मुलुकलाई गतिशिल बनाउँन । राष्ट्रियताको जागरण ल्याउन । आर्थिक विकासको भिजन अगाडि बढाउँन । शक्तिशाली नेतृत्वबाट मात्रै सम्भव हुन्छ । भारतीय प्रधानमन्त्री मोदीको सबका साथ सबका विकास अभियान, चीनीयाँ राष्ट्रपति सि को नयाँ युगमा चीन भन्ने विकास अबधारणा र प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली महाअभियान तीनै देशमा समृद्धिको आधार बनेको छ । विगतमा नेपालको माईक्रो म्यानेजमेन्टमा समेत भारतीय हस्तक्षेपका कारण चीनले नेपाल प्रति खासै चासो नराख्ने गरेको केहि विष्लेषकहरुल अनुभव गरिरहेको सन्दर्भमा पछिल्लो समयमा भारतको धारणा र व्यावहारमा आएको परिवर्तनले समेत चीनको व्यावहारमा सकारात्मक परिवर्तन आएको हो । नेपालमा सरकारमात्रै होईन कम्युनिष्ट पार्टिहरुको समेत एकिकरण भई शक्तिशाली पार्टि बनेकोले पनि चीनले भरपर्दो छिमेक र आशलाग्दो राजनीतिक नेतृत्वको अनुाभव गरेको छ । अब नेपालले राजनीतिक स्थीरताका साथ आर्थिक विकासमा गति लिनेछ भन्ने विश्वास चीनले व्यक्त गरेको छ । सहयोग र साथ रहेको प्रत्याभुति दिई रहेको छ ।
रेल–रेल–रेल आउने निश्चितता
प्रधानमन्त्री ओलीले दुईबर्ष अघि चीन भ्रमण गर्दा गरेका सन्धी संझौताहरुको कार्यान्वयन गर्ने चीनको प्रतिवद्धता र चीनका राष्ट्रपति सि ले चीनीयाँ रेल काठमाण्डौ आउँछ भन्ने अभिव्यक्तिले पनि नेपालमा केरुङ्ग रसुवागढि हुँदै आगामी छ बर्ष भित्रमा चीनीयाँ रेल आउँछ भन्ने आधार बनेको छ । यो नेपालको विकासमा ठूलो उपलब्धी हो । अब कतिपय विपक्षीहरुले नेपालमा चीनीयाँ रेल आउन नदिन गर्ने, किचलो, भाँजो र विग्रहलाई पनि चीनीयाँ राष्ट्रपतिको प्रतिवद्धताले शुन्य बनाई दिएको छ । प्रधानमन्त्री ओलीको भ्रमणले नेपालमा चीनीयाँ रेल आउने निश्चितता प्रदान गरेको छ । साथसाथै नेपालका सरसामानहरु तीब्बती बाटो तथा राजमार्गहरु भएर नेपालका हिमाली जिल्लाहरुमा ढुवानीगर्ने सम्बन्धमा भएको नयाँ सम्झौताले हाललाई यातायात तथा पारवाहन सम्झौता अनुसारको प्रोटोकलमा हुन नसकेको हस्ताक्षरलाई पनि केहि हदसम्म मत्थर गरेको छ । यो भ्रमणको अर्को उपलब्धी हो । अब आउने रेलमा नेपालका उत्पादनहरु भरेर पठाउन देशव्यापी रुपमा कृषि उत्पादनहरु, जडिबुटि, तरकारी, फलफुल एवं अर्गानिक उत्पादनहरुको व्यापकता ल्याउनु पर्दछ । तब मात्र हो हामीले चीनको बजारबाट लाभ लिने । पूर्वाधार विकासले मात्रै हामीले विकास गर्न सक्दैनौं । समयमा नै सोचेनौ भने हामी चीन र भारतका थोत्रा पुराना र ड्यामेज सामाग्रीहरुको डम्पिङ्ग साईट बन्न सक्छौ । संसारका दुई आर्थिक विकासका लक्ष हासिल गर्दै गरेका मुलुकहरुको बीचमा रहेको मुलुकले सोच्नु पर्ने विषय हो यो ।
राष्ट्रपति सि को नेपाल भ्रमण
नेपाल चीन समझदारी सम्झौताहरुका कतिपय विषयहरु अहिले मौन जत्तिकै रहेका छन् । जुन लेभलको डेलिभरीहुने अनुमान गरिएका थिए ती विषयहरु त्यसरुपमा आएनन् भन्ने विश्लेषकहरु पनि भेटिए । विल्ट इन रोड इनिसियटिभका परियोजनाहरु आएनन् । केहि पनि भएनन् भन्ने खालका टिप्पणी पनि भए । यसको अन्तर्य निकट भविष्यमा हुने भनिएको चीनका राष्ट्रपति सि को नेपाल भ्रमणका समयका लागि थाँती राखिएको अनुमान गर्न सकिन्छ । सन् २०१८ भित्रै राष्ट्रपतिको भ्रमण भयो भने शिखर भ्रमणले उत्पन्न हुने दुई देशको लाभका क्षेत्रहरु बढ्ने छन् । उपयुक्त समय भनिए पनि आगामी केहि महिना भित्रै राष्ट्रपतिको भ्रमण गराउन सफल भयो भने हाम्रो कुटनीतिक संरचनाले पनि भ्रमणको जस पाउँने छ ।
आन्तरिक जागरण अभियान
दुबै छिमेकको भ्रमण सकि अब प्रधानमन्त्री ओली आन्तरिक रुपममा देशभर “समृद्ध नेपाल, सुखी नेपाली” जागरण अभियानमा लाग्ने समय आएको छ । हाम्रो विकास र समृद्धि हामीले नै ल्याउने हो । यो न त भारतले ल्याई दिने हो न त चीनले नै ल्याई दिने हो । हाम्रो आन्तरिक व्यवस्थापन र श्रोत साधनहरुको उचीत परिचालनबाट मात्रै हो समृद्धि हासिल हुने । त्यसका लागि प्रधानमन्त्री एवं नेकपा पार्टिका अध्यक्ष ओलीले देशभर जागरण अभियान शुरुगर्नु पर्छ । पहिलो उनले सरकारी संयन्त्रहरुको व्यापक रुपमा परिचालन गर्नु पर्छ । केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारमा यो जागरण अभियानको रुपमा देखिनु पर्छ । जनताले अनुभुति गर्ने किसिमले राष्ट्रका संरचना र संयन्त्रहरु परिचालित हुनु पर्छ । त्यस पछि ओलीले आफ्नो पार्टि संगठन र कार्यकर्ताहरु परिचालन गर्न सक्नु पर्छ । स्थानिय सरकार गठन भएका एक बर्ष वितिसक्दा पनि यो परिचालन हुन सकेको छैन । डोजर चलाएर, बाटो बनाएर मात्रै देशमा समृद्धि आउँदैन ।
अठार घण्टा खट्ने प्रधानमन्त्रीको सन्देश
अब देशमा समृद्धिको लागि जागरण अभियान कसरी ल्याउने भन्ने जिज्ञासामा एक सिर्जनशील पर्यटन व्यापसायीले भने “ समृद्ध नेपालको सपना देख्ने प्रधानमन्त्री चौबीस घण्टामा १८घण्टा खट्छन् भन्ने समाचारहरु बाहिर आएका छन् । तर उनका मन्त्रीहरु कति समय खट्छन् ? उनका पार्टिका कार्यकर्ताहरु कति समय के काममा बिताउँछन् ? त्यसको लेखा जोखा हुनु प¥यो । उनका पार्टिबाट निर्वाचन जितेका जनप्रतिनिधिहरु कति समय के कामका खट्छन् ? त्यसको लेखा जोखा खै ? जनावरहरुलाई घाँस चाहियो । अल्छिहरुलाई काम चाहियो । सिँचाई नपुगेको ठाउँहरुमा सिचाई पु¥याउनु प¥यो । काम गर्ने संस्कृतिको विकास गर्नु प¥यो । अल्छि, गफाडि, ठगहरुको अखाडा मास्नु प¥यो । अब गफ गर्ने, तास जुवा खेल्ने, भोज भतेर गर्ने समय भनेको चाडपर्वमा मात्रै हो भन्ने संस्कृतिको शुरुवाट गर्नु प¥यो ।”
ज्योति बशु मोडेल बन्ला कि भन्ने चिन्ता
प्रधानमन्त्री ओली चीन भ्रमणबाट फर्किए पछि आईतबार साँझ भ्रमणको उपलब्धीको समिक्षा गर्न केहि बामपन्थी बुद्धिजीबीहरुसँग छलफल गरियो । उनीहरु अधिकांशको चिन्ता भनेको दक्षिणी छिमेक भारतको पश्चिम बंगालमा लामो समयसमम मुख्य मन्त्री ज्योति बशुले गरेको शासनको स्मरणमा बित्यो । लामो समयसम्म बामपन्थीको सरकार थियो । केहि उपलब्धी भएनन् । सरकार फेरीयो । सबै सकियो । केहि सिमित व्यक्तिहरुको लाभको लागि मात्रै सत्ता बनि रह्यो ।
चीन भ्रमणको चर्चामा बामपन्थी चरित्रको विश्लेषण
छलफलमा सहभागि एक राजनीतिशास्त्रका प्राध्यापकले फरक तर्क राखे र भने पश्चिम बंगालको चिन्ता नलिनुहोस् । हाम्रो देशका बामपन्थीहरु फरक पृष्ठभूमि र सोच भएका छन् । उनले जति दुखः कष्ट, जेल, नेल, संसारका अन्य देशका बामपन्थीहरुले झेल्नु परेको छैन । यीनीहरु ईतिहासबाट सिक्छन् । उनीहरुले आफ्नो विगतको दुख विर्सदैनन् । छलफलमा उनले नेपालका बामपन्थीहरको चरित्रलाई अन्यत्रका बामपन्थीहरुको चरित्रसँग नदाँज्न भन्दै दश चरित्रको व्याख्या समेत गरे । उनले गरेको व्याख्या पाठकहरुलाई जस्ताको जस्तै प्रस्तुत गरेको छु ।
उनी अगाडि भन्दै गए पहिलो ः नेपालका बामपन्थीहरु भनेका एउटा कुरा भन्ने काम अर्को गर्ने आवारा छट्टुहरुको ग्याँङ्ग जस्ता होईनन् । यीनीहरु इमान्दार एव. प्रतिवद्धहरुको जमात हो ।
दोश्रो ः नेपालका बामपन्थीहरु भनेका घरानीया, सम्भ्रान्त, दलाल, विचौलीया र व्यापारीहरुसँग सौदाबाजी गरेर आफु बेचीने खालका होइनन् । यीनीहरु स्वाभीमानी एवं आफ्नो कर्तन्वमा कहिल्यै चुक्दैनन् । संगत गर्छन् । उनीहरुको प्रभावमा पर्दैनन् ।
तेश्रो ः नेपालका बामपन्थीहरु भनेका आधुनिकताका नाममा आडम्बरी, फेसन र गरगहनममा लिप्त रहने सेलिब्रेटि जस्ता होईनन् । भोज भते मोज मस्तीमा मनपराउँ दैनन् । यीनीहरु सादा जीवन उच्च विचार भएका विद्धत समुह हो । राम्रो सफा बन्ने यीनको संस्कार हो ।
चौथो ः नेपालका बामपन्थी भनेका आफ्नो परिवार, आफन्त र आसेपासेहरुको व्यवस्थापनको मात्रै चिन्तागर्ने समुह होइनन् । यीनीहरु त प्रणालीमा विश्वास गर्छन । हाम्रो होईन राम्रो रोजौं भन्ने संस्कृतिक अभियानबाट आएका हुन् । अरुलाई खुवाएर आफु पछि खाने संस्कार भएका हुन् ।
पाँचौ ः नेपालका बामपन्थी भनेका थर, जात, धर्म सम्प्रदाय, लिङ्ग, भौगोलीकता, क्षेत्रीयताका संकृण घेराबाट जकडिएका होइनन् । यीनीहरु यी कुरा बाट मुक्त छन् । सबै लाई समान व्यावहार गर्दछन् ।
छैटौ ः नेपालका बामपन्थी भनेका शहर र सुविधामा रमेर जिउने सुविधा भोगी झुण्ड पनि होईनन् । यीनीहरु गाम बेसी, उकाली ओराली, गाउँले जीवनमा रमाउने समुह हुन् । यीनीहरु अघोरात्र, झरीबादल, घामपानी जस्तो कठिनमा पनि खट्न सक्छन् ।
सातौ ः नेपालका बामपन्थी भनेका सत्ता लिप्सा पनि होईनन् । यीनीहरु जनताको सेवामा खट्ने सेवक हुन् । यीनीहरु आदर्श मुल्य र मान्यताम विश्वास राख्ने समुह हरुको प्रतिनिधि पात्रहुन् ।
आठौ ः नेपालका बामपन्थीहरु भनेका घुस्याहा, भ्रष्ट र चाकरबाज पनि होइनन् । यीनीहरु त सुशासन, पारदर्शिता र कार्यक्षमता र कार्यदक्षतामा विश्वास गर्ने व्यावसायीक सोचका संगठकहरु हुन् ।
नऔं ः नेपालका बामपन्थी भनेका अरुको प्रगतिको इष्र्या गर्ने खालका होइनन् । यीनीहरु त आफ्नै मिहेनतबाट मात्रै सफलता हासिल गर्नु पर्छ भन्ने स्वभावका हुन्छन् ।
दशौं ः नेपालका वामपन्थी भनेका भाग्मा विश्वास गर्दैनन् । यीनीहरु कर्ममा विश्वास गर्छन् । त्यसैले श्रममा विश्वास गर्छन् । श्रम संस्कृति यीनीहरुको विकासको मुल आचरण हो ।
ती प्राध्यापकले दावी गरे अब नेपालको विकासको ढोका खुलेको छ । नेपालमा वामपन्थीहरुको नेतृत्वमा समृद्ध नेपाल सुखी नेपाली अभियानले सार्थकता पाउने छ । नेपाल र नेपालीको जीवनमा परिवर्तन ल्याउनमा नेपालका बामपन्थीहरु सफल हुनेछन् भन्ने उनले दावी गरे ।
छलफलमा सहभागि बुद्धिजिविहरुको निश्कर्ष छ “प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएका सम्झौता, समझदारी र चीनीयाँ नेतृत्वको प्रतिवद्धताले नेपालमा विकासको लागी थुप्रै अबसरहरु खुलेका छन् । अब आफ्नो समृद्धि आफैंले भन्ने अभियानको शुरुवातिको लागि प्रधानमन्त्री ओली, उनको सरकार, उनको पार्टि, समर्थक र आम नागरिकहरुको क्रियाशिलता र “श्रम संस्कृतिक” जागरणको आबश्यकता छ ।