उपाधी रक्षार्थ रसिया पुगेको जर्मनी कजानमा दुर्घटनाग्रस्त

ईङ्गल्डाण्ड र बेल्जियमबिचको खेलले समुहको शीर्ष टोली तथा यी दाबेदारको फाईनलसम्म- को  मार्गचित्र देखिने छ । साथैसमुह एचमा रहेका उपाधीका दुई दाबेदार ईङ्गल्याण्ड र बेल्जियमले एक अर्कोलाई परीक्षण गर्ने छन् । हालसम्म दह्रो टोलीको सामना नगरेको ईङ्गल्याण्डले बेल्जियमसँग कस्तो खेल्छ ? त्यसले ईङ्गल्याण्डको दौड कति लामो हुने छनक दिने छ ।

 

आज फाईनलसम्मको प्रतिद्वन्दीको मार्गचित्र कोरिने

 

आज समुह चरणका अन्तिम खेलहरु हुनेछन् । समुह एच का दुवै खेल साँझ ७ः४५ मा हुने छ भने समुह जीको खेल राती ११ः४५ मा हुने छ । यी खेलपछि फाईनलसम्मका सम्भावित टिमको खाँका आउँने छ । जापान, कोलम्बिया र सेनेगल बिचको खेलले समुह एचको नकआउट यात्राको भाग्य फैसला गर्ने छ । खेलमध्य कोलम्बिया र सेनेगल बिचको खेलले बहुप्रतिक्षारत छ ’cause यो खेलले नै समुहको छनौट हुने टोली तथा समुहको शीर्ष टोलीको निर्णय गर्ने छ ।

 

उता समुह एचको खेल अघिल्लो चरण प्रवेशको हिसाबले औपचारिकताका लागि मात्र हुने छ । तर, ईङ्गल्डाण्ड र बेल्जियमबिचको खेलले समुहको शीर्ष टोली तथा यी दाबेदारको फाईनलसम्मको मार्गचित्र देखिने छ । साथैसमुह एचमा रहेका उपाधीका दुई दाबेदार ईङ्गल्याण्ड र बेल्जियमले एक अर्कोलाई परीक्षण गर्ने छन् । हालसम्म दह्रो टोलीको सामना नगरेको ईङ्गल्याण्डले बेल्जियमसँग कस्तो खेल्छ ? त्यसले ईङ्गल्याण्डको दौड कति लामो हुने छनक दिने छ ।

जापानले पोल्याण्डसँग भोल्गोगार्ड एरिनामा खेल्ने छ । उत्कृष्ट खेल खेलिरहेको जापानले दुवै खेल हारेको पोल्याण्डसँग बराबरी खेल्ने सम्भावना छ । हारजीत कै परिणाम निक्लिए पोल्याण्डले जित्ने अनुमान गरिएको छ । तर, जापानले हारे तथा कोलम्बियाले सेनेगलसँग बराबरी खेले जापानको नकआउट यात्रामा पूर्ण विराम लाग्ने हुँदा जापानले जीतकै लागि खेल्ने छ । कोलम्बियाले सेनेगललाई हराए तथा पोल्याण्डले जापानलाई हराए । यी दुवैले कति गोल अन्तरले हार्छन्? सो परिणामले सेनेगल तथा जापानको फैसला हुने छ । पोल्याण्डका लेवनडोव्स्की, ग्रोसिकी तथा क्रायोचोविकको खेलले जापानको परिणामलाई प्रभावित गर्ने छ । उता, राम्रो खेल खेलेर पनि गोल गर्न नसकिरहेका ओसाको, रेक्यु लिजेण्ड होण्डा, प्रेसरम्यान ईनुई र कागावा संगठित भएर खेल्ने रणनैतिक हिसाबले उत्कृष्ट जापानलाई जित दिलाउँन कुनै कसर छोड्ने छैनन् ।

 

उता सेनेगलले गर या मरको स्थितिमा रहेको कोलम्बियालाई रोक्न कोशिस गर्ने छ । निश्चित कोलम्बियाले जीत निकाल्ने अनुमान गरिएको खेलमा बराबरी तथा सेनेगलको विजय सम्भावना अत्यन्तै कम रहेको धेरै विश्लेषकको अनुमान छ । फल्काओको साथमा जेम्स रोड्रिगेज, कार्लोस साञ्चेज, जुएन कुवड्राडोले सेनेगललाई दबाब दिई परिणाम हत्याउने दाउँमा छ । माने, नियङ्ग, साने र कौयटको खेलले कोलम्बियालाई प्रभावित गर्ने छ ।

 

 

ईङ्गल्डाण्डको खास परीक्षा हुने आजको खेलमा ईङ्गल्डाण्डकै पल्लाभारी देखिएको छ । भाग्यको सहाराले यो प्रतिस्पर्धाको गोल्डेन बुटको शीर्ष स्थानमा रहेका ह्यारी केन, काहिल, योङ्ग, स्टोन, लिङगार्ड र स्टर्लिङ्गको खेलले बेल्जियमको चुनौति समाप्त गर्ने अनुमान छ । तर, यो प्रतिस्पर्धामा उपाधी लिएर जाने होडको लिष्टमा हाल सम्म विश्व कप नजितेको सबैभन्दा शक्तिशाली टिम बेल्जियमले ईङ्गल्डाण्डलाई स्तब्ध पार्न सक्छ । उत्कृष्ट फर्ममा रहेका ईडेन हजार्ड, लुकाकु, डेम्बेले र कारास्कोले ईङ्गल्डाण्ड रक्षा ध्वस्त पार्ने छन् । उता यही समुहको एउटा औपचरिकमा सिमित खेल पनामा र ट्युनिसियाले खेल्ने छन् । ट्युनिसियाले जित्ने अनुमान गरिएको खेलमा गुमाउँन बाँकी नरहेको पनामाले परिणाम उल्ट्याउने सम्भावना पनि रहेको छ ।

 

 

गए रातिको खेल

 

 

ब्राजिलले नकआउटको प्रतिद्वन्दी छान्यो मेक्सिको, स्वीडेनले स्वीटजरल्याण्डको सामना गर्ने

 

निश्चित समयको अनिश्चित खेल नै फुटबल हो । त्रिपक्षीय सम्भावनामा उत्रिएका जर्मनी, मोक्सिको र स्वीडेन मध्य स्वीडेनले आफ्नो बुतामा नकआउट चरण पुग्दा मेक्सिको भने भाग्यशाली भयो । उता खराब प्रदर्शन गरेको जर्मनी कर्महारा बन्यो । पछिल्ला ५ विश्वकप श्रृंखलामा उपाधी रक्षाका लागि आउँने टिमहरुको दुर्दशा जस्तो हुने गरेको थियो । त्यही बाटोमा जर्मनी हिड्यो । जर्मन स्तब्ध भयो भन्नेभन्दा पनि विश्वकपको पछिल्लो परम्परा जस्तो बनेका पहिलो चरणबाटै विश्व विजयी घर फर्कने क्रमको निरन्तरता मात्र हो भन्न सकिन्छ । स्वीडेनले गर वा मरको खेलमा मेक्सिको रक्षालाई धुलो बनायो र ३–० को नतिजा आफ्नो पक्षमा निकाल्यो । उता ब्राजिलले उपाधी दाबेदारीलाई कसिलो बनाउन थप संगठित र आक्रमक बन्दै सर्बियालाई २–० ले हरायो । स्वीटजरल्याण्डले भने बराबरी नै काफी भएको खेलमा दुर्भाग्यशाली बन्दै कोष्टारिकासँग बराबरी खेल्यो । ९० मिनेटपछिको अतिक्ति समयमा पाएको पेनाल्टिलाई कोष्टारिकन खेलाडीले पोष्टमा हान्दा स्वीस गोलकिपर सोम्मरको पछाडि ठोकिदै गोल भई खेल बराबरीमा टुङ्गियो ।

 

 

अब नकआउटमा ब्राजिलले उत्तर अमेरिकी राष्ट्र मेक्सिको सामना समरा एरिनामा जुलाई २ मा गर्ने छ । उता जुलाई ३ मा सेन्ट पिटरवर्गमा स्वीडेनले स्वीटजरल्याण्डसँग समुह १६ को खेलमा प्रतिस्पर्धा गर्ने छ ।

 

 

उपाधी रक्षार्थ रसिया पुगेको जर्मनी कजानमा दुर्घटनाग्रस्त

 

विश्वकपमा उपाधी रक्षा दुर्लभ उपलब्धी हो । इटली र ब्राजिल बाहेकले यो दुर्लभ कार्य गर्न सकेका छैनन् । तर, उपाधी रक्षाभन्दा पनि विश्वकप विजयीहरु उपाधी होडबाट पहिलो चरणमै बाहिरिने श्रृंगला चलिरहेको छ । पहिलो चरणमै पछिल्लो विश्वकपको विजयीले घरको टिकट काट्ने सूचीमा जर्मनीले पनि आफ्नो नाम दर्ता गरेको छ । पहिलो खेलमै धर्मराएको जर्मनी दोश्रो खेलमा स्वास थाप्न सके पनि अन्तिम खेलमा कोरियासँग घुँडा टेक्यो । विश्वकप विजयीको विश्व कपमा विर्सनलायक खेल खेल्दै जर्मनीले फ्रान्स, ईटली र स्पेनसँगै दौतेरी सम्बन्ध बनाएको छ । यो विश्वकपमा जर्मन पहिलो चरणबाटै बाहिरिए जस्तै पछिल्ला पाँच विश्व कपमा फ्रान्स, इटली र स्पेनको पनि समान कथा छ । सन् २००२ मा फ्रान्सले उपाधी रक्षाका लागि आएर समुह चरण नै पार गरेको थिएन । सन् २०१४ मा स्पेनले नेदरल्याण्डसँग लज्जास्पद ५–१ को हारसहित पहिलो चरणबाट घर फर्किएको थियो । त्यस्तै इटलीले सन् २०१० मा दक्षिण अफ्रिकामा पहिलो चरणबाटै घरका लागि टिकट काट्को थियो ।

 

जर्मनी विश्वकप आफ्नै देशमा राख्ने अभियान सहित रसिया त उत्रियो तर, पहिलो खेलमै मेक्सिकोले उसको सातो लियो । दोश्रो खेलमा सातो राम्रो नफर्किए जस्तो ढलमलाएको जर्मनीले कजान एरिनामा कोरियालाई २–० ले नतिजा सुम्पियो । यो जर्मनी टिमका लागि ठूलो दुर्घटना हो । सन् २०१० को विश्वकपमा आशा देखाएर सन् २०१४ मा विश्वकप जितेका अधिकांश खेलाडी रहेको जर्मनीले युवा खेलाडी राम्रो उत्पादन गर्न नसक्नु वा प्राप्त प्रतिभाहरु २०१४ को विश्वकप जित्ने खेलाडीको छाँयामुनी पर्नु नै पहिलो चरणबाट जर्मनको उपाधी रक्षा अभियानको अवसानको कारण हो ।

 

 

अन्तिम जित्नै पर्ने खेलमा कोरियाले रक्षात्मक खेलको नमुना पेश गरेर जर्मनीलाई गल्ती गर्न बाध्य बनायो । जर्मन गोल गर्न उद्त त भयो तर आफ्नो सुरक्षा विर्सियो । बाढीमा पौडी खेल्ने रहर गरे मात्र हुँदैन प्राप्त सुरक्षा अप्नाउँनु पर्छ । नत्र दुर्घटना हुन्छ भन्ने सामान्य सुरक्षा रणनीतिलाई विर्षदा टोलीले सहजै जित छ भनेको टिम कोरियाबाट २–० हार व्यहोर्न पुग्यो । स्वीडेनले फराकिलो विजयको झण्डा गाँडेर जर्मनीलाई सजिलो बाटो त बनाई थियो । तर, भीरको बाटोमा बाटो देखेरै भीरबाट हाम्फालेर जर्मनीले खेलको विद्यमान औकात र अवस्थालाई छङ्र्गगै पारेको छ ।

 

 

जर्मनीले गोमेज, ड्राक्सलर तथा मुलरलाई ब्रेन्चमा राखेर अघिल्ला २ खेलमा खराब प्रर्दशन गरेका वार्नर तथा औषत प्रदर्शन गरेका ओजिललाई मैदानमा उतारो । फेरी खेलाडी परिवर्तन गर्दा खादिरा जस्ता खेलाडीलाई निकाल्यो । रणनीतिअनुसार नै ७० प्रतिशत बल नियन्त्रण र सटिक पास ८८ प्रतिशत राखेर पनि डिबक्स पु¥याएको बललाई लक्ष्यमा हान्ने सकेन । जसरी अर्जेन्टिनाले पहिलो खेलमा आईसल्याण्डलाई पेलेर धेरै आक्रमण गरे पनि गोल गर्न सकेन । त्यसरी नै जर्मनीले खेल नियन्त्रण लिएर पनि गोल गर्न चुक्यो । कारण उसको प्रहार लक्ष्यमा दिएन वा रक्षा चिर्ने थिएन । कोरियाले उत्कृष्ट रक्षात्मक खेल खेल्यो । रक्षा पंतिले ९ वटा प्रहार छेक्दा म्यान अफ द म्याच गोलकिपर जो हेउनवुले दर्शनीय खेल खेले । दक्षिण कोरियाले फाट्टफुट्ट गोलका आक्रमण गरेको थियो । कोरियाले जम्मा ११ वटा प्रहार गर्दा ५ वटा प्रहार लक्ष्यमा थियो । उसले दुईवटै गोल निर्धारित ९० मिनेटपछि गरेको थियो । ९३ औै मिनेटमा कर्नरमा आएको बललाई किमले आरामले गोलकिपरलाई कुनै मौका नदिई गोल गरे । सहायक रेफ्रीले अफ साईड दिए पनि भारको प्रयोग गरी रेफ्रीले गोल घोषणा गरे । त्यस्तै निर्धारित समयपछिको छैठौं मिनेटमा गोलकिपर आफ्नो गोल क्षेत्र छोडि कोरियाको क्षेत्रमा गएको मौकामा काउन्टर एट्याकबाट प्राप्त लामो पासलाई सोनले जाली चुमाए । जर्मनी विश्वकपको यात्रामा दुर्घटनामा प¥यो र उपचारका लागि घर फर्किदैछ ।

 

 

स्वीडेनको मेक्सिकोमाथि सनसनी

 

अनुमान वा भविष्यवाणीले होईन आवश्यकत, रणनीति र खेल कौशलले फुटबल जितिन्छ भन्ने आत्मा बिश्वासका साथ मैदानमा ओर्लिएको स्वीडेनले विजयविना दोश्रो चरण सम्भाव देखेको थिएन । र, असम्भव फुटबलमा हुँदैन । स्वीडेन उच्च मनोबलमा उत्कृष्ट खेल खेल्दै समुह विजयता बन्दै नकआउटमा प्रवेश ग¥यो ।

मेक्सिकोको सम्भावनालाई नै चुनौति दिने गरी खेलेको स्वीडेनलाई भाग्यले पनि साथ दियो । अल्भारेजले आत्माघाति गोलको उपहार दिँदा पेनाल्टीको अवसर पनि पाएको थियो । स्वीडेनका लागि म्यान अफ द म्याच अगस्टिनसन र ग्राण्कभिष्टले एक एक गोल गरे । गोल खाएपछि केही सुधार देखिए पनि मेक्सिको फिनिसिङ्ग राम्रो हुन सकेको थिएन । कुल १९ वटा प्रहार गरेको मेक्सिको ३ वटा प्रहार मात्र लक्ष्यमा थियो भने ८ वटा प्रहार रक्षापंत्ति चिर्न नसकि फर्किएको थियो । उता १३ वटा मात्र प्रहार गरेको स्वीडेनको ५ वटा लक्ष्यमा हुँदा २ वटामा गोल भएको थियो भने एक वटा मेक्सिकन रक्षकले छेकेका थिए । थप एक गोल भने आत्माघाती भएको थियो । खेलेको ५० औं मिनेटमा अगस्टिनसनले गोल गरे भने, ग्राण्कभिष्टले पेनाल्टीमा ६२ औं मिनेटमा गोल गरेका थिए । त्यस्तै ७४ औं मिनेटमा आत्माघाति गोल अल्भारेजले गरेका थिए । खेल प्रदर्शनका हिसाबले मेक्सिको खेल अब्बल थियो ६४ प्रतिशत समय बल खेलाएको मेक्सिकोको ८३ प्रतिशत सफल बल पास थियो । मेक्सिकोका भेलाले ६ प्रहार, लोजानो र साल्सेडोले दुई दुई प्रहार गरेको थिए । उता स्वीडेनका फर्सवर्गले ६ वटा र बर्गले ४ वटा प्रहार गरेपनि गोल नहुँदा दुई गोल रक्षकपंत्तिका खेलाडीको प्रहारमा भएको थियो । मेक्सिको चुकेकै स्वीडिस रक्षा चिर्न नसक्नु र लक्ष्यमा प्रहार नगर्नु हो ।

 

 

पहिलो हाफमा खेलको १७ औं मिनेटमा मेक्सिकोका कार्लोस भेलाले गरेको प्रहार दाँया गोलपोष्टका नजिकैबाट बाहिरिएको थियो । ३१ औं मिनेटमा स्वीडेनका कर्नरमा लष्टिगले दिएको पासमा सानो डिबक्सभित्रबाट वर्गले गरेको प्रहार गोलकिपर ओचोअले बचाएका थिए । खेलको ५० औं मिनेटमा स्वीडिस क्लाईसनले प्रहार गर्दा गलत दिशामा गए पनि सही समयमा रहेका अगस्टिनसनले राम्रो अवसर पाए र सानो डिबक्स भित्रबाट कडा प्रहार गरे । मेक्सिकोका गोलकिपरले बचाउँने प्रयास गरेपनि सफल भएनन् र स्वीडेनले अग्रता बनायो । खेलको ६० औं मिनेटमा वर्गलाई मेक्सिकोका मोरेनोले डिबक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीलाई कप्तान ग्राण्कभिष्टले कुनै गल्ति गरेनन् र ६२ औं मिनेटमा स्वीडेनले अग्रता दोब्बर बनायो । खेलको ७४ औं मिनेटमा क्रसबाट आएको बललाई थेलिनले हेडर गरे र सो बललाई बचाउँन खोज्दा अल्भारेजले आफ्नै गोलपोष्टको दिशा देखाएर गोल भयो । दुर्भाग्यपुर्ण हारेको मेक्सिकोलाई भाग्यले साथ दियो र कोरियाले उपहार स्वरुप जर्मनीलाई हराईदियो । मेक्सिको ठुलो हारका बाबजुद दोश्रो चरणमा प्रवेश ग¥यो ।

 

 

नेइमार असफल ब्राजिल सफल

 

 

उपाधी होडमा रहेको ब्राजिलले सर्बियालाई आरामले हराई समुह विजयता बन्दै नकआउट प्रवेश गरेको छ । अघिल्लो दुई खेलको तुलनामा केही राम्रो खेल पनि नेईमार यो खेलमा सफल हुन सकेनन् । ब्राजिललाई जित दिलाउँन सिल्वा र पाउलिन्होले एक एक गोल गरे । नेईमारले सिल्वाका लागि कर्नरबाट पास उपलब्ध गराउँनुका साथै केही मुभ र सात प्रहार गरे । सात मध्ये ३ वटा प्रहार लक्ष्यमा भए पनि गोलकिपरले चुस्त खेल खेल्दा नेइमार असफल भएका हुन । तथ्याङ्कका हरेक हिसाबले अब्बल खेल खेलेर ब्राजिलले उपाधीको पुरै योजनामा खरो रहेको सुचना प्रतिद्वन्दी टिमलाई दिएको छ ।

 

ब्राजिलले ८६ प्रतिशत सफल पास खेल्दा ५६ प्रतिशत समय बल खेलाई १३ वटा आक्रमणको प्रयास ग¥यो । उसका लागि आधा प्रहार गरेका नेइमार अर्जेन्टिनाको पहिलो खेलमा मेसी हालतमा थिए । कुनै पनि गोल नहुँदा नेइमार निरास भए । तर सबै खेलाडीमा खेल पल्टाउँने दम भएको टिम ब्राजिलमा पाउलिन्होले टिमका लागि पहिलो गोल ३६ औं मिनेटमा गरे । उनी यो खेलको म्यान अफ द म्याच पनि बने । खेलको अन्तिम तथा निर्णायक गोल हेडरबाट थिएगो सिल्वाले ६८ औं मिनेटमा गरेका थिए । उता सर्बियाले प्रशस्तै राम्रा मुभ बनायो । डिबक्सभित्रै सम्म आक्रमक मुभ बनाए पनि फिनिङ्गलाईनमा गोल गर्न अलमल गर्दा कुनै गोल गर्न सकेन । उसले १० आक्रमण गर्दा केवल १ मात्र लक्ष्यमा राखेको थियो भने अन्तिम समयमा गरेको अलमलका कारण ४ वटा प्रहार ब्राजिलका रक्षकले रोक्न सफल भएका थिए । सर्बिया हार्नुको मुख्य कारण लक्ष्यमा प्रहारको कमी रह्यो । सर्बियाले जम्मा एक मात्र प्रहार लक्ष्यमा गर्दा ब्राजिलले ६ वटा प्रहार लक्ष्यमा गरी २ वटा प्रहारमा सफल भयो ।

 

 

पहिलो हाफको चौथो मिनेटमै खतरनाक मुभ बनाई ब्राजिले आक्रमण गरेको थियो । २५ औं मिनेटमा नेईमारले सानो डिबक्सबाट गरेको प्रहारले सशक्त हुन सकेन र गोलकिपरले गोलको दिशातिर आउँन दिएनन् । खेलको ३६ औं मिनेटमा कौटिन्होमा पासमा पाउलिन्होले छस्क छोएर गोलकिपरलाई मात दिएर बललाई गोलपोष्टको जाली चुमाए । पहिलो हाफको अतिरिक्त समयमा नेईमारले असफल प्रहार गर्दा गोल बाहिरियो । खेलको ५६ औं मिनेटमा सर्बियाको उत्कृष्ट लामो पासलाई डिबक्स भित्र मिरिण्डाले बचाए । खेलको ६१ औं मिनेटमा लामो प्रहारलाई ब्राजिलका गोलकिपर नियन्त्रण लिन नसक्दा मित्रोविचले हेडर गरे । तर, ब्राजिलका रक्षक सिल्वाले बचाए । खेलको ६८ औं मिनेटमा नेइमारको कर्नर प्रहारमा हेडरबाट थिएगो सिल्वाले गोल गरे । नेईमार असफल, मार्सेलो घाईते भए पनि ब्राजिल सफल भएको छ । १० औं मिनेटमा भरासिलो डिफेन्स मार्सेलो घाईते भएका छन् । उनी अर्को खेलसम्ममा तयार हुने हुन कि हैनन? सबैको चासोको विषय बनेको छ ।

 

 

स्वीटजरल्याण्ड अन्तिम खेलमा रोकिएन पनि नकआउट चरणका लागि पार

 

 

अन्तिम १६ को समुहमा पुग्न राते स्वीटजरल्याण्डलाई बराबरी काफी थियो । खेलको परिणाम जित हुने अपेक्षा र खेलले पनि त्यही देखाई रहदा अन्तिम केही सेकेण्ड अघि कोष्टारिकाले पेनाल्टी पाएपछि बराबरी भयो । स्वीस टिमका लागि द्जेमाईलीले खेलको ३१ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । उनी सो खेलको म्यान अफ द म्याच पनि हुन । स्वीटजरल्याण्डको अग्रता ५६ औं मिनेटमा वाट्सनले समाप्त गर्दै कोष्टारिकाले खेललाई १–१ मा ल्याई पु¥याए । खेलको ८८ औ मिनेटमा ड्रमिकले स्वीस टिमलाई फेरी अग्रता दिलाए । निर्धारित समयपछिको तेश्रो मिनेटमा क्याम्पवेलालाई बेह्रामीले डिबक्स भित्र लडाएपछि कोष्टारिकाले पेनाल्टी पायो । पेनाल्टी गोलपोष्टमा लागेर फर्कियो र गोलकिपर सोम्मरलाई लागि गोलपोष्ट भित्र छिर्यो । खेल २–२ गोलको बराबरीमा सकियो ।

 

 

खेलमा नियन्त्रण स्वीटजरल्याण्डको थियो । ६० प्रतिशत समय खेलाएको स्वीट टिमले ८७ प्रतिशत सटिक पास खेले । ८२ प्रतिशत सटिक पास खेलेका कोष्टारिकाका खेलाडीले विपक्षीको गोलपोष्टको दिशामा १४ प्रहार गरे । जबकी स्वीस खेलाडीले १२ प्रहार गरे । निक्कै प्रतिस्पर्धात्मक खेलमा यो विश्व कपकै सबैभन्दा बढी ४ वटा प्रहार गोलपोष्टमा लागेर फर्कियो । जसमा कोष्टारिकाका ३ वटा प्रहार छन् । कोष्टारिकाले प्रहारको हिसाबमा बढी लक्ष्यमा हानेको थियो । उसको ६ प्रहार लक्ष्यमा थिए भने २ वटा प्रहार विपक्षी रक्षकले रोकेका थिए । बल नियन्त्रणमा राख्दै आर्कषक मुभ बनाएको स्वीटजरल्याण्डका ४ वटा प्रहार कोष्टारिकन रक्षकले बचाएका थिए । खेलमा स्वीट टिम हाबी भए पनि अन्तिममा खेल बराबरीमा टुुङ्गियो । कोष्टारिका घर फर्किने भयो भने नक आउटमा स्वीटजरल्याण्डले स्वीडेनका सामना गर्ने भयो ।