क्राइम र कुलतमा बढदो ‘महिला सशक्तिकरण र समावेसीकरण’- भीम भुर्तेल

क्राइम र कुलतमा महिला समावेसीकरण र सशक्तिकरण बढ्नु चाँही सवैको लागि चिन्ताको बिषय हो । पुरुष र्दुव्यसनमा फस्नुभन्दा महिला कुलत र क्राइममा फस्दा दिर्घकालमा समाज, देश र पारिवारिकस्तरसमेतमा आर्थिक र सामाजिक लागत धेरै हुन्छ ।

 

 

महिला सशक्तिकरणमा नेपालले निकै ठुलो फड्को मारेको छ । समावेसी विकासमा नेपाल दक्षिण एसियाली देश मात्र होइन चीनभन्दा पनि ५ स्थानमाथि रहेको छ । त्यस्तै लैङ्गिक विकास सुचकाङ्कमा पनि नेपालको स्थान दक्षिण एसियामा अरुको तुलनामा माथि नै रहेको छ । आर्थिक विकासको सुचकमा दक्षिण एसियामा पछि परे पनि नेपाल समावेसीकरणमा नेपालको स्थान दक्षिण एसियाका अरु देशभन्दा अगाडि नै छं । त्यसमा पनि बहमलवाला राष्ट्राध्यक्ष महिला, केहि समय अगाडि कार्यपालिका, न्यायपालिका र व्यवस्थापाकिाका प्रमुख सवै महिला नै रहेका थिए । सामाजिक जीवन तथा श्रम शक्तिमा महिलाको सहभागिता बढ्दो छ । एसइइ र कक्षा १२ को परिक्षामा पनि महिलाको प्रर्दशन पुरुषकोभन्दा कम छैन ।

 

 

सवै प्रतिनिधिमुलक संस्थामा महिलाको प्रतिनिधित्व उल्लेख्य रहेको छ । गुणस्तरीयताको बिषयलाई अहिलेलाई केहि पर छाड्ने हो भने संख्यात्मक रुपमा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा, स्थानीय निकायमा महिलाको उल्लेख्य सहभागिता रहेको छ । यसले महिलाको समावेसीकरण बढेको पक्कै हो । यो सहभागिता पुरुषको समान नभए पनि महिलाको सहभागितालाई प्रगतिको रुपमा लिनुपर्दछ ।

 

 

महिला सशक्तिकरणको यो सकारात्मक पाटोको उल्लेख गर्नुको पछाडि आज यहाँ चर्चा गर्न खोजेको बिषय भने महिला सशक्तिकरण र समावेसीकरणमा आएको आवन्छित पक्ष हो । अर्थात नकारात्मक महिला सशक्तिकरण र समावेसीकरणको पक्ष हो ।

 

 

अहिले महिला सशक्तिकरण र समावेसीकरण बढ्दै गरेको समाचार राजनीति, प्रशासन, सार्वजनिक नियुक्ति, सामाजिक जीवन, आम सञ्चारका साधन, नीजि क्षेत्रसंगै अर्को दुई क्षेत्रमा पनि भएको संकेत गएको हप्तामा रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा अनलाइन पोर्टलमा आएका समाचारले दिन्छन् ।

 

 

अहिले नेपालमा दुई क्षेत्रमा महिला सशक्तिकरण र समावेसीकरणको नकारात्मक उत्पादन देखिएको छ । पहिलो हो, क्राइम अर्थात अपराधमा महिलाको बढदो सहभागिता । दोस्रो हो, कुलत अर्थात लागु औसतको दुव्र्यसनको शिकार हुने महिलाको बढ्दो संख्या ।

 

 

केहि समय अगाडि मैले पढेको विधालयको केहि महिनापछि अवकास पाउन लागेका प्रध्यानाध्यापकलाई एक जना महिलाले बाटोमा मोटरसाइकलमा ‘लिफ्ट’ मागिछन् । उनले पनि ति महिलालाई लिफ्ट दिएछन् । केहि किलोमिटरको दुरी यात्रा गरेपछि महिलाले आफुले लगाएको लुगा आफै च्यातेर मलाई यसले यौन शोषण गर्न खोज्यो भनेर कराई छन् । त्यो काण्ड प्रहरीसमक्ष पनि पुग्यो । प्रहरी उजुरी गरेपछि गैर जमानति वारेन्टमा पिडकलाई गिरफ्तार गर्नपर्छ छोड्न मिल्दैन भन्यो ।

 

 

अब के गर्ने त भनेर गम खाइरहेका ति प्रधानाध्यपकसंग महिलाले मलाई २ लाख दिनुस म केस फिर्ता लिन्छु भनिछन् । उनले ऋणपान गरेर २ लाख तिरेर केस फिर्ता लिन लगाएछन् । पछि बुझ्दै जादाँ त शहरउन्मुख गाउँमा धेरै महिला प्रहरी कै मिलेमतोमा यसरी मुर्गा फसाउँने कार्य त व्यवसायको रुपमा विकास भएको पाइयो । केहि दिनअगाडि क्याम्पस पठाउने एक जना मित्रलाई पनि यस्तै केसमा अनाहकमा १ लाख तिर्नु परेको दुखेसो गरेका थिए । पुर्वी नेपालमा यस्ता घटना त सयौको संख्यामा भै सकेका रहेछन् । अब त आपत परेका दुर्घटनामा परेका र सवारी साधनले ठक्कर दिएर लडेका महिलालाई सहयोग गर्न पनि आमरुपमा पुरुषपछि हट्ने अवस्था सिर्जना भएको छ । अहिले धेरै पुरुष यस्तो अवस्थामा परेको महिला देखे सहयोग गर्नुको सट्टा भाग्छन् । यो समाजकै नैतिक क्षमतामाथि प्रश्नको रुपमा उभिदै छ ।

 

 

राज्यले महिलालाई सुरक्षित गर्न निर्माण गरेको कानुनलाई दुरुपयोग गर्ने र व्यवसायको रुपमा अहिले पुर्वी नेपालमा बढेका घटनाले स्पष्ट रुपमा नेपालमा महिलाको नकारात्मक सशक्तिकरण बढेको देखिन्छ । साथै, नेपाल प्रहरीको क्राइम ब्रान्चको मासिक प्रतिवेदन हेर्दाखेरी ठगि, चोरी, तस्करी, डकैतीदेखी, अपहरण, फिरौती, मानव बेचबिखन, र हत्या जस्ता अपराधमा पनि महिलाको संख्या उल्लेख्य बढेको पाइन्छ, केहि बर्षयता ।

 

 

यसै साता महिलाको बिषयमा अर्को समाचार महत्वपूर्ण रहयो । त्यो के भने प्रहरीले लागु औसतको सेवनमा संलग्न तथा यसको विक्रि वितरणमा पनि महिलाको संलग्नता धेरै तिब्र रुपमा बढेको भन्ने समाचारहरु रहेका छन् । टेलिभिजनमा प्रशारित एक कार्यक्रममा अहिले लागु औषतको कुलतबाट मुक्ति पाउनको लागि पुर्नस्थापना केन्द्रमा अहिले २२÷२३ भन्दा कम उमेरका किशोरीहरुको संख्या अत्यन्तै धेरै बढेको भन्ने समाचार दिएका छन् । अर्थात पुरुष दुव्र्यसनीको वृद्धिदरभन्दा महिला दुव्र्यसनीको वृद्धिदर धेरै रहेको छ ।

 

 

यसरी कुलतमा लाग्ने धेरै आफ्नै साथीसंगीको संगतले फसेको जानकारी दिएका थिए, उक्त कुराकानीहरुमा । किशोरीको पारिवारिक पृष्ठभुमि तथा आर्थिक हैसियत पत्ता लगाउने र शहरी क्षेत्रमा अध्ययनको शिलशिलामा रहेका किशोरीलाई पहिला निःशुल्क लागु औसत खान दिने गरिदो रहेछ । पछि कुलत लागेपछि किशोरीलाई घरबाट पैसा ल्याउन लगाउने गर्ने गरेका रहेछन् । घरबाट पैसा ल्याउन नसक्ने लाई चोरी गर्न लगाउने, पाकेट मार्न लगाउन, विभिन्न सामाजिक सञ्जाल प्रयोग गरेर विभिन्न बहानामा ठगि गर्ने, अपहरण गर्ने र फिरौती असुल्न प्रयोग गर्ने साथै पैसाको लागि आफै ग्राहक खोजेर देहब्यापारसम्म गर्न लगाउने गिरोहहरु रहेको कुलतमा फसेका पिडित किशोरीहरुको भनाईबाट थाहा हुन्छ ।

 

 

समाजशास्त्रमा शहरीकरण बढ्दै जादा समाजमा अपराधका घटना र अपराधको जटिलता पनि बढ्छ अर्थात शहरीकरण र अपराधमा सिधा सकारात्मक सम्बन्ध रहेको पाइन्छ भन्ने सिद्धान्त छ । यो समाजशास्त्रको सिद्धान्त अहिले महिला सशक्तिकरण र समावेसीकरणमा पनि लागु हुन्छ । जति धेरै सामाजिक जीवनमा महिला सशत्तिकरण बढ्दै जादा अपराध र कुलतमा पनि महिलाको समावेसीकरण बढ्दै जान्छ । यसको अर्थ महिला सशक्तिकरण र समावेसीकरण गर्नु हुदैन भन्ने अर्थ चाही किमार्थ होइन ।

 

 

अहिले यस्ता अपराधका घटना  नीति निर्माता, राजनीतिज्ञ, प्रशासक तथा कानुन कार्यन्वयन गर्ने एजेन्सीको लागि आँखा खोल्ने  मात्र हुन । यस प्रकारका घटलाले कालान्तरमा अत्यन्तै जटिल समस्या उत्पन्न गर्न सक्छन् । त्यसकारण महिलाको यो नकारात्मक समावेसीकरण र सशक्तिकरणलाई वेलैमा सम्वोधन गर्नको लागि रहेक नागरिक, परिवार, समुदाय, स्थानीय सरकारहरु, प्रदेश सरकारहरु, संघीय सरकार, नागरिक समाज, आमसञ्चारले आफ्नो आफ्नो क्षेत्रबाट आफ्नो आफ्नो भुमिका खेल्न जरुरी छ ।

 

 

भनिन्छ, नेपालमा विदेशका सकारात्मक भन्दा नकारात्मक बिषयहरुले नेपालमा पहिला पाइला टेक्छन् । महिला सशक्तिकरण र समावेसीकरण आफैमा सकारात्मक र सभ्य समाजको लागि आधा आकाशको प्रतिनिधित्व हो । तर, यस्तो नकारात्मक परिणामको रुपमा क्राइम र कुलतमा महिला समावेसीकरण र सशक्तिकरण बढ्नु चाँही सवैको लागि चिन्ताको बिषय हो । पुरुष र्दुव्यसनमा फस्नुभन्दा महिला कुलत र क्राइममा फस्दा दिर्घकालमा समाज, देश र पारिवारिकस्तरसमेतमा  आर्थिक र सामाजिक लागत धेरै हुन्छ ।