निश्चित हारजीतको चरणमा विश्व कप प्रवेश- वेदप्रसाद भुर्तेल

दुवै टिमको खेलमा उल्लेख्य फरक नभए पनि बेल्जियमले राम्रो खेल खेल्न सक्यो । खेलमा बेल्जियमले कुल १५ प्रहार गर्दा ईङ्गल्याण्डले १३ वटा प्रहार गोलका लागि गरेको थियो । तर बेल्जियम लक्ष्यमा गोललाई राख्नमा अघि भयो र एक गोल गर्न पनि सफल भयो । खेलमा ५२ प्रतिशत समय बेल्जियमले बलमाथि नियन्त्रण राख्न ८८ प्रतिशत सटिक पास खेल्यो । बेल्जियमले ४ प्रहार लक्ष्यमा हान्दा ईङ्गल्याण्डले १ वटा प्रहार गरेको थियो । बेल्जियमका ७ वटा ईङ्गल्याण्डका रक्षकले छेके भने बेल्जियमका रक्षकले ५ वटा ईङ्गल्याण्डको प्रयास विफल बनाए ।
गए रातिको खेलसँगै समुह चरणका सबै ४८ वटा खेल समाप्त भएका छन् । अब विश्व कपमा १६ वटा खेलहरु बाँकी छन् । आज आराम पछि भोलीबाट जीत हारको निश्चित हुने खेलहरु हुने छन् । समुह चरणबाट आएको शीर्ष दुई टोलीले एक आपसमा भिडन्त गर्ने छन् । समुहको शीर्ष टोलीले अर्को समुहको दोश्रो स्थानमा भएको राष्ट्रसँग खेल्ने छन् । जुन ३० देखि शुरु हुने अन्तिम १६ को खेलले क्वाटरफाइनलमा प्रवेश गर्ने राष्ट्रहरुको निधो गर्ने छ । अबको खेल निर्धारित ९० मिनेटमा बराबरी भए दुई हाफ भएको थप ३० मिनेटको खेल हुने छ । यदी ३० मिनेटभित्र पनि बराबरी भए सडेन डेथबाट विजयता छनौट हुने छ । यो प्रिक्वाटर फाईनलको पहिलो खेल जुन ३० मा दाबेदार युवाहरुको टोली फ्रान्सले कमजोर देखिएको मेसीको टोलीको सामना गर्ने छ । त्यस्तै जुन ३० मै रोनाल्डोको पोर्चुगलले स्वारेजको उरुग्वेको सामना गर्ने छ । जुलाई १ मा दाबेदार स्पेनले आयोजक रसियासँग आमनेसामने गर्ने छ । जुलाई १ मा नै क्रोएसियाले डेनमार्कलाई पाखा लगाउँन खेल्ने छ । जुलाई २ मा दाबेदार ब्राजिल र मेक्सिको तथा दाबेदार बेल्जियम र जापानविच खेल हुने छ । जुलाई ३ मा अद्भुत खेल खेलेको स्वीडेनले स्वीटजरल्याण्डको सामना गर्ने छ । सोही दिन दाबेदार ईङ्गल्याण्डले कोलम्बियाको चुनौतिलाई जवाफ दिने छ ।
फ्रान्स, उरुग्वे, क्रोएसिया, स्पेन, ब्राजिल, ईङ्गल्याण्ड, स्वीडेन र बेल्जियमले क्वाटरफाईनलको यात्रा तय गर्ने सम्भावना बढी भनिए पनि अर्जेन्टिना, पोर्चुगल, आयोजक रसिया, सन्तुलित खेल खेलेको मेक्सिको, स्वीटजरल्याण्ड, जापान र कोलम्बियाले असार १५ मनाएर बस्ने छैन । अघिल्लो विश्व कप विजयता घर फर्किसके पछि फ्रान्सको फूर्ति, ब्राजिलको दम्भ, ईङ्गल्याण्डको हल्ला, क्रोएसियाको रंग र बेल्जियमको जिजिविषा बाँकी नै रहेकोले बाँकी टिमले यी सबै भ्रम मात्र हुन भन्ने बनाउँन कोशिस गर्ने छन् । र, केहीले सफलता पनि हासिल गर्ने छन् ।
सेनेगल घर गयो, जापान र कोलम्बिया समुह १६ मा
समुह विभाजनमा सबैभन्दा कमजोर मानिएको समुह एच को निर्णायक खेलमा सेनेगल कोलम्बियासँग १–० ले पराजित भई घर फर्किएको छ । कोलम्बिया समुह विजयता हुँदा फेयर प्लेको आधारमा जापानले समुह एच मा सेनेगललाई पछि पा¥यो । समुह चरणका तीन खेलमा सेनेगल र जापानको समान चार अंक तथा समान ऋणात्मक एक गोलअन्तर र आफ्नो पक्षमा समान ४ गोल गरेका थिए । विश्व कप २०१८ को नियमअनुसार यदि यी तीन आधार बराबर भए अनुशासनलाई आधार बनाएर निर्णय गरिने भन्ने छ । सो आधारमा कुनै रातो कार्ड नपाएका यी दुईको छिनोफानो तीन खेलमा पाएका पहेलो कार्ड संख्याले निर्धारण ग¥यो । जापानका खेलाडीले समुह चरणको तीन खेलमा केवल ४ वटा पहेलो कार्ड गरेका थिए भने सेनेगलले ६ वटा पहेलो कार्ड पाएको थियो । त्यसैले जापानको खेल सेनेगलको खेलभन्दा स्वच्छ खेल देखिएकोले सेनेगल समान अंक, गोल अन्तर र आफ्नो पक्षमा गोलका बाबजुद घर फर्किने भयो । खेल भावनाले जापानको भाग्य खुल्यो । यसले खेलमा सकारात्मक सन्देश पनि दिएको छ । असल खेलले पनि खेलमा विजयको निर्कियोल गर्न सकिन्छ भनेर ।
कोलम्बियाको स्थान शीर्ष, सेनेगल निरास
कोलम्बियालाई जीत वा बराबरीले दोश्रो चरण पु¥याउने सम्भावना थियो, भने जीतले अन्तिम १६ को यात्रा पुरै सुनिश्चित थियो । त्यसैले कोलम्बियाले सेनेगलसँग जीत बाहेक अर्को परिणामको विकल्प सोचेन । कोलम्बियाको त्यो सोचलाई रणनीतिमा लेखियो र रणनीति अनुसारको खेल मैदानमा उता¥यो । परिणाम संघर्षपूर्ण विजय हासिल ग¥यो र विजयपछि कोलम्बिया शीर्ष स्थानमा पुग्यो । सन् २००२ को जस्तो प्रवेश त ग¥यो सेनेगलले, तर यो विश्व कपमा त्यो लयलाई त्यसपछि निरन्तरता दिन सकेन साथै खेल अनुशासनलाई पनि कायम गर्न नसक्दा घर फर्किन बाध्य भयो ।
कोलम्बिया बल नियन्त्रणमा लिन, सटिक पास खेल्न र गोल गर्न सेनेगल भन्दा अघि रह्यो । बढी पटक आक्रमण गरेपनि गोल गर्न चुकेको सेनेगलले केवल ८ प्रहार गरेर तीन लक्ष्यमा राखेको थियो । उता कोलम्बियाले पनि केवल ४ वटा प्रहार गरी दुई लक्ष्यमा राख्दा एक गोल गर्न सफल भयो । सुस्त तथा रोचकता कम भएको खेल हेर्दा दुवै बराबरीका लागि खेलिरहेको हो कि भन्ने भान हुन्थ्यो । तर खेलको ७४ औं मिनेटमा कोलम्बियाले अवसर बनायो र मिनाले गोल गरे । उनले कोलम्बियालाई चाहिएको जीतका लागि आधार तयार गरे । त्यसपछि बराबरीका लागि खेलिरहेको सेनेगल केही ताते पनि हार टार्न सकेन । सेनेगल राम्रो खेलका बाबजुद महत्वपूर्ण खेल गुमाउँदै घर फर्कियो ।
पहिलो हाफको सबैभन्दा राम्रो अवसर कोलम्बियाले १२ औं मिनेटमा प्राप्त गरेको फ्रिकिक थियो । सो फ्रिकिक जेम्स रोड्रिगेलले दोश्रो गोलपोष्टको दिशामा सुन्दर प्रहार गरेपनि सेनेगलका गोलकिपरले बचाए । खेलको १६ औं मिनेटमा डी. साञ्चेजले डिबक्स भित्र सेनेगलका मानेलाई लडाए । भारको सहायताले रेफ्रीले फल दिएनन् । साञ्चेजले बललाई पहिले छोएको देखियो र पेनाल्टीको अवसर सेनेगललाई रेफ्रीले दिएनन् । त्यस्तै दोश्रो हाफमा ६५ औं मिनेटमा कोलम्बियाले कडा प्रहार गरेको थियो । सो प्रहार सेनेगलका रक्षकले छेकेर कर्नर बनाए । खेलको ७४ औं मिनेटमा कर्नरबाट प्राप्त बललाई मिनाले आकर्षक हेडरबाट गोल गरी कोलम्बियालाई अग्रता दिलाए । त्यसको लगतै सेनेगलले ७६ औं मिनेटमा राम्रो मुभ सहित गोलका लागि प्रहार गरेपनि कोलम्बियन गोलकिपरले बचाए । केही मुभ र प्रहार भए पनि गोल नभए पछि कोलम्बियाले ३ अंक छोड्दै शीर्ष स्थान हासिल ग¥यो ।
जापानको हार प्रकोप मात्र विपद् भएन
जापान जीत वा बराबरीमा सुरक्षित हुने थियो तर पोल्याण्डले जापानलाई बक्सिएन । जापानले खेलको ५९ औं मिनेटमा गोल रुपी भूकम्पको धक्का महशुस ग¥यो । जापानले खेल हा¥यो । तर पूर्वतयारीको रुपमा जापानले सेनेगलसँग बराबरी गोल अन्तर बनाएको, पक्षमा बराबरी गोल गरेको तथा कम कार्ड खाएको थियो । जापानले पूर्वतयारीमा सेनेगललाई पछि छोडेपछि प्रतिकार्यमा उत्रिएको थियो । एक गोल खाएको जापानले गोल फर्कन कोशिस त जारी राख्यो तर गल्ती गरेर थप गोल खाने जोखिम बढाएन । यता जापानले धक्का महशुस गर्दा उता सेनेगलको खेलमा पनि कोलम्बियो धक्का दियो । सेनेगलको पूर्वतयारी अर्थात खेल अनुशासन कमजोर हुँदा उसलाई विपद् आयो, भने जापान सुरक्षित रह्यो । तीन खेलमा अरु सबै सुचक समान भए पनि खेल भावनाको मापकको रुपमा रहेको कार्डको संख्यामा सेनेगल कमजोर देखियो । यही कारणले जापानले सेनेगलसँग प्रदर्शनमा बराबरी गरी अनुशासनमा अब्बल भई नक आउटमा प्रवेश ग¥यो ।
जापान र पोल्याण्डको खेल निकै प्रतिस्पर्धात्मक थियो । पोल्याण्डले गोलका लागि ११ प्रयास गर्दा जापानले गोलका लागि १० प्रहार गरेको थियो । पोल्याण्डले १ गोल गर्दै २ प्रहार लक्ष्यमा राखेको थियो भने ३ गोलको प्रयास लक्ष्यमा राखेर पनि जापान गोल गर्न चुक्यो । जापानको ३ प्रहार पोलिस रक्षाले छेके भने जापानले पोल्याण्डका ४ गोलका प्रयासलाई रक्षापंतिले गोल हुन दिएनन् । खेलको प्रदर्शनको हिसाबले जापानको खेल राम्रो रह्यो । जापानले ५४ प्रतिशत समय बलमाथि नियन्त्रण राख्दै ८४ प्रतिशत सटिक पास खेलेको थियो ।
जापानका मुतोले डिबक्स बाहिरबाट खेलको १३ औं मिनेटमा कडा प्रहार गरेका थिए । सो प्रहारलाई पोल्याण्डका गोलकिपर फाविएस्कीले बचाए । खेलको ३२ औं मिनेटमा पोल्याण्डका ग्रोसिक्कीले आक्रर्षक हेडर गरे । जसलाई जापानका गोल किपरले मुश्किलले बचाएका थिए । दोश्रो हाफमा ५९ औं मिनेटमा पोल्याण्डले फ्रिकिक पायो । सो फ्रिकिकमा प्राप्त बललाई बेडनारेकले गोलपोष्ट दिशा देखाई पोल्याण्डलाई अग्रता दिलाए । खेलको ८१ औं मिनेटमा ग्रोसिक्कीले गरेको प्रहार जापानको रक्षकले आफ्नै गोलपोष्टको दिशा दिए पनि गोलकिपरले बचाए । थप गोल नखाएको जापान नकआउटमा प्रवेश ग¥यो । युरोप र दक्षिणी अमेरिका बिचको प्रतिस्पर्धा बनेको यो विश्व कपमा जापान गैर युरोपियन तथा गैर ल्याटिन अमेरिकी टिमका रुपमा मेक्सिकोसँगै दोश्रो टिम रहेको छ ।
बेल्जियम र ईङ्गल्याण्डको प्रयोगः विश्व कपमा २५०० गोल
पहिलो रोजाईका ८ र ९ खेलाडीलाई आराम दिएर क्रमशः ईङ्गल्याण्ड र बेल्जियमका खेलाडीहरु मैदानमा उत्रिए । दुवै टिमले खासै प्रतिस्पर्धा नगरेको जस्तो देखिने खेल खेले । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एक मात्र गोल बेल्जियमका जानुजाजले गरे । उनले खेलको ५१ औ मिनेटमा गोल गरेका थिए । खेलमा खासै रोमाञ्चकता नभए पनि नयाँ खेलाडीहरुले खेल्ने मौका पाए । यो परिणाम सँगै नकआउट चरणको पहिलो खेलमा बेल्जियमले जापानलाई प्रतिद्वन्दीको रुपमा पाएको छ भने ईङ्गल्याण्डले कोलम्बियाको सामना गर्नुपर्ने छ ।
दुवै टिमको खेलमा उल्लेख्य फरक नभए पनि बेल्जियमले राम्रो खेल खेल्न सक्यो । खेलमा बेल्जियमले कुल १५ प्रहार गर्दा ईङ्गल्याण्डले १३ वटा प्रहार गोलका लागि गरेको थियो । तर बेल्जियम लक्ष्यमा गोललाई राख्नमा अघि भयो र एक गोल गर्न पनि सफल भयो । खेलमा ५२ प्रतिशत समय बेल्जियमले बलमाथि नियन्त्रण राख्न ८८ प्रतिशत सटिक पास खेल्यो । बेल्जियमले ४ प्रहार लक्ष्यमा हान्दा ईङ्गल्याण्डले १ वटा प्रहार गरेको थियो । बेल्जियमका ७ वटा ईङ्गल्याण्डका रक्षकले छेके भने बेल्जियमका रक्षकले ५ वटा ईङ्गल्याण्डको प्रयास विफल बनाए ।
उता औपचारिकतामा सिमित भएको ट्युनिसिया र पनामा बिचको खेल २–१ गोलको ट्युनिसियाले विजय हासिल ग¥यो । तीनै गोल ट्युनिसियाका खेलाडीले गरेका थिए । ट्युनिसियाले खेलको ३३ औं मिनेटमा विपक्षी पनामाका रोड्रिगेजको कडा प्रहारमा मेरिहले छुदै आत्माघाति गोल गरे । ट्युनिसियाले गोललाई बराबरी गर्दा विश्व कप ईतिहासको २५०० औं गोलको आँकडा भेटायो । विश्व कपको २५०० गोल ट्युनिसियाका बेन युसुफले ५१ औं मिनेटमा गोल गरे । त्यस्तै खेलको ६६ औं मिनेटमा खाज्रीले ट्युनिसियालाई अग्रता दिलाए । ट्युनिसियाले हरेक हिसाबले उत्कृष्ट खेल खेलेको थियो । उसले जम्मा १५ प्रहार गोलका लागि गर्दा २ मा सफल भयो भने ७ वटा प्रहार लक्ष्यमा थियो । ट्युनिसियाले ६४ प्रतिशत समय बलमा नियन्त्रण राख्दै ८७ प्रतिशत सफल पास खेल्यो । उता पनामाले जम्मा ९ वटा प्रहार ग¥यो । जसमध्ये ४ वटा लक्ष्यमा हुँदा १ गोल उपहारको रुपमा प्राप्त ग¥यो । यो खेलले विश्व कप, २०१८ को अगाडिको चरणमा प्रवेश गर्ने टिमको छनौटका लागि कुनै निष्कर्ष नदिए पनि ट्युनिसियाले आफ्नो लागि पहिलो जित निकाल्यो ।