नयाँ युगमा समृद्धि कुटनीति ! –अश्विनकुमार पुडासैनी

 

नेपाली जनताले आफ्नो संविधान आफैं जारी गरि स्थानीय, प्रदेश र संघीयगरी तीनै तहको निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री ओली नेतृत्वको पार्टीलाई तीनै तहमा दुई तिहाईको हाराहारीमा प्राप्त भएको बहुमतले र दुई ठूला बामपन्थी पार्टीहरुको एकिकरणले अब नेपालमा राजनीतिक स्थीरताको सुनिश्चितता गरेको छ । उनको इमान्दारीता र नेतृत्वलाई अहिले जनताले अगाध विश्वास र भरोषा गरेका छन् । नयाँ ईतिहास बनेको छ । नेपाल नयाँ युगमा प्रवेश गरेको छ ।

 

केहि समय पहिले प्रधानमन्त्री ओलीको भारत भ्रमण र गत जुनमा सम्पन्न चीन भ्रमणपश्चात नेपालको दुई निकट छिमेकीहरु भारत र चीनसँगको सम्बन्धले नयाँ उचाई लिएको पुष्टि भएको छ ।

 

भ्रमणका उपलब्धीहरुको सुनिश्चितता आगामी दिनमा ओली सरकारले लिने कुटनीतिक गतिशिलताले निर्धारण गर्ने छ । प्रधानमन्त्रीको भ्रमणको क्रममा नेपालले आफ्ना निकटका छिमेकीहरुसँग गरेका सन्धि, सम्झौता, समदारी र प्रतिवद्धताहरुको कार्यान्वयन गर्नु आफैंमा एक चुनौती हो ।

 

कतिपय विश्लेषकहरुले अहिले देखिएका प्रतिवद्धताहरु कार्यान्वयनमा आउँछन् आउँदैनन् भनि संशयका रुपमा हेरिरहेका छन् । यी भ्रमणमा भएका उपलब्धीहरुको कार्यान्वयनको सुनिश्चिता गर्ने भनेको नेपालले आफ्ना कुटनीतिक संयन्त्र एवं संरचनाहरुमार्फत नै हो । प्रधानमन्त्रीको सपना “समृद्ध नेपाल सुखी नेपाली” महाअभियानलाई सार्थक बनाउने भने कै अबको कुटनीतिक अभ्यासले हो । आजको आलेखमा कुटनीतिक आयामहरुका ’boutमा केहि कुराहरु उठान गरिएको छ । आगामी अंकहरुमा थप चर्चा गरिने छ ।

 

एक्काईसौं शताब्दीको कुटनीति

 

एक्काईसौं शताब्दीको कुटनीति भनेको “इमानदारीता, पारदर्शिता र पारस्परीक लाभमा आधारित कुटनीति हो । अबको कुटनीतिक अभ्यास भनेको मानवीयताको सम्बन्ध विस्तारको लागि हो । समन्यायको सम्बन्धको सुनिश्चितताका लागि हो । भातृत्व एवं सह–अस्तित्वको सुनिश्चितताको लागि हो । मानवीय सीप एवं उद्यमशिलताको विकास र प्रवद्धनको लागि हो । पौरखीहरुको हातेमालोको लागि गरिने सहजिकरण हो । विभिन्न सभ्यता संस्कृति बुझ्ने, निरन्तरता दिने र सोहि अनुरुपको व्यवहार र आचरण गर्दै आपसी लाभको लागि क्रियाशिल रहने हो । सुचना प्रविधिको विकास । मानवीय चेतनाको विकास । आपसी स्वार्थहरुको सजिलै पहिचानका कारण अहिलेको कुटनीतिको परिभाषा नै बदलिंदो छ । संसार ग्लोबल भिलेजको अबधारणाअनुसार चलिरहेको छ । त्यसैले अबको कुटनीतिक बदलिँदो समय सँगसँगै बदलिनु पर्छ ।

 

कुटनीतिको पुरानो परिभाषा

 

नेपाली बृहद शब्दकोषको परिभाषामा “कुटनीति भनेको राष्ट्रराष्ट्रबीचका राजनीतिक सम्बन्ध वा त्यस्तो संबन्ध दक्षता पुर्वक सञ्चालनगर्ने नीति । व्यक्ति व्यक्ति वा राष्ट्रराष्ट्रबीच पारस्परिक व्यवहारमा दाउपेच गर्ने नीति । रहस्य बुभm्न गाह्रो पर्ने र अरुलाई अलमल्याउने तथा आफुसँधै, ओभानो रहन सक्ने राजनीतिको बाठोचाल । जसरी पनि आफ्नो अनुकुल अथ्र्याउन सक्ने बचन वा शैली ।” भनिएको छ । यसलाई विभिन्न विद्धानहरुले पनि विभिन्न किसिमले परिभाषित गरेका छन् । त्यसको शाब्दीक अर्थमा जानुले प्राज्ञिक बहसलाई फाईदा पु¥याउँछ तर, व्यावहारमा खासै लाभ लिन सकिन्न । अबको कुटनीति कुटिलतामा चल्दैन । हिजोको जस्तो छलछाम आडम्बरी र कृतिमताले चल्दैन । ईमान्दारीता, सरल र स्पष्टतामा चल्छ । बठ्याई, धुत्र्याई, चतु¥याईमा र झुक्याँईमा पनि चल्दैन । सरलता । सहजता र पारस्परिक लाभमा मात्र चल्छ । यो बुझाईमा नै परिवर्तन जरुरी छ ।

 

गतिशिल संयन्त्र र सक्रिय कुटनीति

 

अबको समय भनेको चुस्त, दुरुस्त र समयसापेक्ष रुपमा क्रियाशिल रहने कुटनीतिक संरचना र संयन्त्रहरु रहने हो । कुटनीतिज्ञहरुको क्रियाशिलता र संरचनाहरुको चुस्तताले नै हो, परिणाम हासिल गर्ने भनेको । हाम्रा कतिपय कुटनीतिक संरचना र संयन्त्रहरु केहि आफ्ना मान्छेलाई जागिर दिनका लागि खोलिएका थिए । केहि व्यक्तिहरुको लागि लाभ दिनको लागि । कोही नेतृत्वका आफन्तीहरुलाई व्यवस्थापन गर्नका लागि तयार गरिएका हुन् । हिजो दरबारले आफ्ना खास खास व्यक्तिहरुलाई नियुक्ति गर्ने परम्पराले जुन रुपमा व्यवसायीक रुपमा कुटनीतिक क्यारियर र कुटनीतिमा व्यवसायीकता हासिल गर्न नसकिएको हो । सधै केहिसिमित व्यक्तिहरुमात्रै यी लाभका लागि प्रयोग हुने संस्कृतिले समयको माग बमोजिमको परिवर्तन भएन । त्यसैले हाम्रा नियोगहरु, संयन्त्र र संरचनाहरुमा हाम्रो देशको बर्तमान र भविष्यको आबश्यकतासँग सम्बन्धित मुलुकसँग सहकार्य गर्न सक्ने क्षमता र हैसियत भएका व्यक्तिहरुबाट मात्र कुटनीतिक संयन्त्रहरु गतिशिल बन्न सक्छन् र कुटनीति क्रियाशिल हुन सक्छ । कुटनीतिक नेतृत्वको क्रियाशिलताको लागि नेतृत्व सधैं संवेदनशिल हुनु प¥यो । तब मात्र हामी हाम्रो लक्ष्य हासिल गर्न सक्छौं ।

 

राष्ट्रिय हित र स्वार्थ प्रतिको संवेदनशिलता

 

नेपालको संविधानको धारा ५ मा गरिएको व्याख्याअनुसार “नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधिनता, स्वाभिमान, नेपालीको हकहितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितको आधारभुत विषय” हुन् । एक पटकको जिम्मेवारी सधैंको कर्तव्य संझन र व्यवहार गर्न सक्नेहरुले मात्र देशको प्रतिनिधित्व गर्न पाउँछन् । उनीहरुको आचरण र व्यावहार सधैं संवेदनशिल हुन्छ । तर, हिजोका केहि उदाहरण र प्रतिनिधि पात्रहरु हेर्ने हो भने मिसन प्रमुख भएकाहरु नै अन्य देशमा शरणार्थीको हैसियतमा बसेका लाजमर्दो उदाहरणहरु छन् । हामीले देखेको मिसन प्रमुख भएकाहरु मिसनमा रहँदै आफ्नो लागि जागिर खोज्छन् ।

 

 

जागिर सकिन्छ अनि हामी टेक्नोक्राट भन्दै फेरी शक्ति र सत्ताको वरिपरि घुम्छन् । नेताहरुको विषयप्रतिको अनविज्ञताको लाभ उनीहरु नै लिन्छन् । काविलहरु बाहिरको बाहिरै पर्छन् । औपचारीकतामा मिठाकुरा “लिप सर्भिस” मै सकिन्छ । कोही केहि व्यक्तिमार्फत राजदुत जस्तो पद नै किन्न सक्छन् । नेताहरु बेचिन्छन् । दलाल, विचौलिया व्यापारीले त्यसको लाभ लिन्छन् । पदीय गरिमाको संवेदनशिलताको न्युनतम् मुल्य मान्यता नै मासिन्छ । यसैले राष्ट्रहित र स्वार्थप्रतिको संवेदनशिलताविना हाम्रो कुटनीति प्रभावकारी बन्न सक्दैनन् । ईतिहासका यी कुराप्रति अहिल्यै संवेदनशिलन नबन्ने हो भने हामी जहिको तहिँ रहने छौं । अहिले हामी नयाँ युगमा छौं । नयाँ युगमा नयाँ ढङ्गले चल्न सकेनौ भने हामीले समृद्धि हासिल गर्न कुटनीतिक संरचनाको लाभ लिन सक्दैनौं ।

 

थोरै मिसन धेरै काम

 

नेपाल नयाँ युगमा भन्ने सन्देश संसारभर फैल्याउन पनि नेपालले आफ्ना मिसनहरुको आवश्यकता र औचित्यताको पुष्टि गर्न सक्नुपर्छ । आफ्ना मान्छेलाई जागिर खुवाउन । ओएन्एम सर्भेको औपचारीता पुरा गरिन्छ । मिसन खोलिन्छ । यो लाभ दिने एक क्षेत्रको रुपमा विकास गरिँदा हामीले जुन रुपमा मिसनबाट उपलब्धीहरु हासिल गर्ने हो त्यो गर्न नसकेको यथार्थ हो । जुन देशमा व्यक्तिको व्यवहारिक, अध्ययन, अनुसन्धान र श्रृजनशिलतामा आधारित कुराहरुलाई हैसियत के भनेर प्रश्न गरिन्छ । त्यस देशले वषौंसम्म उन्नति गर्न सक्दैन । केहि सिमित व्यक्तिले लाभ लिई रहन्छन् । बस् ।

 

 

अब हामी नयाँ युगमा छौ हाम्रो कुटनीतिक संयन्त्रहरु कहाँ कहाँ आबश्यक हुन् । त्यसको लेखाजोखा गर्ने र सोहिअनुरुपको निर्णण गर्दै अघि बढ्नुपर्छ । कतिपय सम्पन्न र विकसित मुलुकहरुले आफ्ना मिसन कटौति गर्दै बन्द गर्दै फरक प्रकृतिबाट कुटनीति सञ्चालन गरिरहेका छन् । हामीले हाम्रो आबश्यकता बुझ्नु जरुरी छ । कतिपय अनौपचारीक छलफलहरुमा विज्ञहरु भन्छन् । “हामीलाई चाहिने भनेको निकटका छिमेकहरु भारत, चीन, सार्कका केहि, जापान, बेलायत, अमेरीका, जर्मनी, दक्षिण अफ्रिका, इयू, जस्ता प्रमुख मुलुकहरु र हाम्रा नेपालीहरुले काम गर्ने दक्षिण कोरिया, मलेशिया, खाडीका मुलुकहरु, संयुक्त राष्ट्र संघको मिसन न्युयोर्क र जेनेभाबाहेक अन्यत्र हामीले के कति लाभ लिन सक्छौं त्यसको घनिभुत लेखाजोखा गरेर मात्र अगाडि बढ्नु पर्छ ।” नेपाल नयाँ युगमा भन्ने संदेश दिन पनि यस किसिमले सोच्नु जरुरी हुने । विज्ञहरुको समेत धारणा हो, यो ।

 

भोलीको माग आजको योजना

 

नेपालका चालिख लाखभन्दा बढि युवा युवतीहरु संसारका विभिन्न देशमा थ्रिडि (डर्टि, ड्यान्जर र डिफिकल्ट) भनिने काम गर्न विवश छन् । नजाउन पनि किन? किनकी यो संस्कृति भै सकेको छ । यसमा राज्यले हेर्ने भनेको उनीहिरुलाई सक्षम जनशक्तिको रुपमा संबन्धित देशको आबश्यकताअनुसारको जनशक्ति तयार गरेर मात्रै पठाउने हो । गरिबी, अशिक्षा, असुरक्षा र अभावको चरम कष्ट व्यहोर्नु पर्ने मुलुकका नागरिकहरुको सर्बत्र यस्तै हालत हुने हो । हाम्रा मिसनहरुले संबन्धित देशमा कुन कुराको माग छ । कस्तो जनशक्तिको आबश्यकता छ । जसले गर्दा आफ्नो सीप र कौशलताको आधारमा धेरै आम्दानी गर्न सकुन् । आफ्ना नागरिकहरुको लागि अबसरहरु खोज्ने हो । बजार हेर्ने हो । लगानीका अबसरहरु हेर्ने हो । अध्ययन, अनुसन्धान गर्ने हो । नियमित अपडेट हुने हो । सोहिअनुसार सरकारलाई योजना तथा कार्यक्रम तयार गर्न सल्लाह दिने हो । तब मात्र हामी नयाँ युगमा छौ भन्ने अनुभुति गर्न सकिन्छ ।

 

अर्थ, श्रम र जन कुटनीति

 

समृद्धि हासिल गर्नेे अर्को औजार भनेको अर्थ, श्रम र जनस्तरको कुटनीति हो । संसारभर यहि माहौल छ । उर्जा, उद्योग, व्यापार, व्यवसाय, पर्यटन जस्ता क्षेत्रमा बैदेशिक लगानिका क्षेत्रहरु पहिचान गरि मुलुकको समृद्धि हासिल गर्नमा हाम्रा कुटनीतिक संयन्त्रहरुको पहिचालन गर्नुपर्छ । बृहत योजनासहित चालिने कदमले मात्रै समृद्धि लक्ष हासिल गर्न हाम्रा मित्रहरुसँग सहकार्य गर्न सकिन्छ । उनीहरुको लाभका साथ साथै हाम्रोलागि पनि लाभ लिन सकिन्छ । हामी नयाँ युगमा छौं । विश्व परिस्थीति बदलिंदो अबस्थाका’boutमा नेपालले के कस्तो अबसरहरु लिन सक्छ । विश्व एउटै अर्थतन्त्रको स्वरुपमा बदलिरहेको छ । कुन कुरा हाम्रा लागि गेम चेन्जर हुन सक्छन् ? कुन अबसरबाट अधिकतम लाभ हासिल गर्न सकिन्छ ? यी विषयहरुमा हाम्रा मिसनहरु परिचालन हुनुपर्छ । श्रम बजारमा दक्ष जनशक्ति, अर्धदक्ष र कुन कुन भाषा, कुनकुन पेशामा के कस्तो जनशक्तिको आबश्यकता छ ? त्यसको लेखाजोखा गर्ने । अध्ययन अनुसन्धान गर्ने र भविष्यको मागका सन्दर्भमा फिडव्याक दिने नियमित काम हाम्रा मिसनहरुले गर्नुपर्छ । अबको कुटनीति जनस्तरको कुटनीतिको लहर आएको छ । यसको लागि लिन विभिन्न खालका नीति योजना र कार्यक्रम तयार गरि अगाडि बढाउनु पर्छ । मिसनहरुलाई व्यवसायीक रुपमा चल्ने विजिनेश लाईक बनाउनु पर्छ ।

 

राजनेता प्रतिको विश्वास र भरोसा

 

हामीले बुझ्नु के जरुरी छ भने “राज्य भनेको त्यस्तै निरिह, असहाय, गरिवि, अभावमा भएका धेरै नागरिकहरुको हितमा काम गर्ने र संगठित संयन्त्रमार्फत सबै नागरिकहरुको हितको रक्षा गर्ने हो । धनी र गरिव सम्पन्न र विपन्न बीचको खाडल कम गर्न असमान अबसरहरु कम गर्न हो राज नेताको नेतृत्व चाहिने । राजनीति र दल पनि त्यसैको लागि हो । राजनीतिक दल व्यवस्था र राजनेताप्रति नागरिकहरुको अघाद, आस्था, विश्वास र भरोषा भनेकै त्यसकै लागि हो । सम्पन्न । धनी । व्यापारी । पैसावाला । पद र उच्च पदस्थहरुको लागि त संसार नै राज्य हो । सबै व्यवस्था र नेतृत्व उस्तै हो । सधैंको सबैसँग पहुँच हुन्छ । उनीहरुले राज्यबाट लाभ लिई रहेका हुन्छन् । उनीहरु जहाँ पनि जहिले पनि जान सक्छन् । बस्न सक्छन् । व्यवसाय गर्न सक्छन् । उनीहरुको प्रभाव र लाभका लागि राजनीतिज्ञहरु चल्नु भनेको फेरी पनि ठूलो जमातलाई नागरिकहरुको ठूलो हिस्सालाई पछाडि नै पारिरहनु हो । विद्रोहका दोकान खोलेकाहरुलाई नै मलजल गर्नु हो । फटाहाहरुको झुण्डलाई अप्रत्यक्ष लाभ दिलाई रहनु हो । अहिले हामी नयाँ युगमा छौं । नयाँ युग राजनेताको नेतृत्वमा छ । अब राजनेताले यो सत्यलाई व्यवहारमा नै स्वीकार गर्नुपर्छ र आत्मसाथ गर्नुपर्छ । नयाँ युगमा धरातलीय यथार्थबाट चल्नुपर्छ । नयाँ युगमा समृद्धि कुटनीतिले मात्र हामीले समृद्धि हासिल गर्न सक्ने छौ ।