आयोजक रसिया पछारिने सम्भावना, क्रोएसियाको अर्जुनदृष्टि

 

 

महाभारतको एउटा किस्सामा गुरु दोर्णले शिष्यहरुलाई लक्ष्य राख्न भन्छन् र लक्ष्य सोध छन् । अरु शिष्यले अन्ठसन्ठ लक्ष्य भन्छन् भने अर्जुनले चराको टाउको । फेरी गुरु दोर्ण अर्जुनलाई सोध छन् । अबको लक्ष्य के ? चराको आँखा अर्जुनको जवाफ थियो । धर्मलाई मानव रगत संचार बनाउँन धार्मिक ग्रन्थमा यस्ता प्रशस्त तर्कहरु र शिक्षाहरु जोडिएको छन् । अहिलेको विश्व कपमा यो महाभारतकालिन तर्क र शिक्षालाई क्रोएशियाले अक्षरस पालना गरे जस्तो भान भएको छ । विश्व कपको प्रारम्भमा लक्ष्य के हो ? भन्दा नकआउट चरण पार गर्ने । अनि अहिले के देखेको छौ ? अर्जेन्टिनाको पराजय । र, अर्जेन्टिनालाई पराजित पनि ग¥यो । नकआउटमा प्रवेश गरे पछि फेरी क्रोएसियालाई दोर्णचार्य सवाल आयो । क्रोएसिया जवाफमा विश्व कप भन्छन् । आज के देखि रहेको छौ ? भन्दा क्रोएसियाको जवाफ “डेनमार्कको गोलपोष्ट” भन्ने छ । आज राती ११ः४५ मा निझ्नी नोभगोरोडमा डेनमार्कलाई पराजित गर्ने लक्ष्य र उद्धेश्य राखेको क्रोएसियाको यो पुरा हुने सम्भावना छ ।

 

 

 

 

समुह चरणको तीनै खेल जितेको र हालसम्म विश्व कप नजितेको क्रोएसियाले डेनमार्कको सामना गर्दा क्रोएसियाले जित्ने सम्भावना देखिन्छ । यो खेलमा क्रोएसिया विजयी हुने सम्भावना ५० प्रतिशत र बराबरी हुने सम्भाबना ३२ प्रतिशत देखाएको छ । पल्लाभारी क्रोएसियाको भए पनि ईतिहासमा यी दुई बराबरका टिम हुन । यी दुवैले हालसम्म ५ खेल खेलेका छन् भने विश्व कपकै प्रतियोगितामा खेलेका छैन् । विश्व कप छनौटका दौरान भएको खेलमा एकमा बराबरी र अर्कोमा डेनमार्क बाजी मारेको छ । विश्व कपमा डेनमार्क १६ खेल खेलेर ८ विजय हासिल गर्दा क्वाटरफाईनलसम्मको यात्रा तय गरेको छ ।

 

 

उता क्रोएसियाले १९ खेल खेलेर १० वटामा विजय हासिल गरेको छ । क्रोएसियाको विश्वकपमा तेश्रो स्थान सन् १९९८ मा हासिल गरेको थियो । समग्रमा दुई दुई वटा खेल जितेर एक वटामा बराबरी खेलेका छन् । यी दुईको पछिल्लो भेट २००४ को जुनमा मैत्रीपूर्ण खेलमा भएको थियो सो खेल क्रोएसियाले जितेको थियो । यही विश्व कपको समुह चरणमा क्रममा क्रोएसियाले सबै खेल जितेको छ, भने डेनमार्कले फ्रान्स र अष्ट्रेलियासँग बराबरी र पेरुलाई हराएको छ । सन् २०१८ को हालसम्मको प्रदर्शनमा दुवैले सात सात वटा खेल खेलेका छन् । सात मध्ये डेनमार्कले ३ मा विजय र बाँकी बराबरी खेलेको छ भने क्रोएसियाले ब्राजिल र पेरुसँग हारेपनि अरु ५ खेलमा विजय हासिल गरेको छ । यसरी पछिल्ला प्रदर्शन हेर्दा पनि क्रोएसियाको जीत्ने सम्भावना बढी छ ।

 

 

 

 

सन् २०१० को विश्व कप विजयी स्पेनले रसियालाई पिडा दिने सम्भावना छ । खेलमा स्पेनले जित्ने ५० प्रतिशत सम्भावना देखिदै आएको छ भने रसियाले १७ प्रतिशत जित हासिल गर्ने सम्भावना देखिएको छ । तर आयोजक गृह मैदानमा सदैव प्रतिस्पर्धात्मक खेल खेल्न सक्ने हुन्छ । यस्तोमा रसियाको शुरुवात आक्रमक थियो । दोश्रो खेलमा केही सुस्ताए पनि इजिप्टसँग प्रभावशाली खेल खोल्यो र समुह चरणको अन्तिम खेलमा उरुग्वेसँग नराम्रोसँग तीन निलले हारेको थियो । स्पेन र रसियाले सन् २०१८ मा जम्मा सात सात वटा खेल खेलेका छन् । सात मध्य रसियाले दुई जित र एकमा मात्र बराबरी खेलेको छ भने ४ वटा खेल हारेको छ । उता स्पेनले ३ वटामा जित र ४ वटा खेल बराबरी खेलेको छ । यी दुवैको हालसम्म विश्व कपको दौरान भेट भएको छैन, भने हाल सम्म ६ पटक भेट हुँदा ४ पटक स्पेन विययी भएको छ । बाँकी दुई खेल बराबरी भएको थियो । यी दुईको सन् २०१७ नोभेम्बरमा मैत्रीपूर्ण खेलमा तीन तीन गोल गर्दै बराबरी खेलेका छन् । दुवै देशमा एक खेलमा धेरै गोल गर्न सक्ने क्षमता भएका खेलाडी छन् । यसरी हेर्दा गोल गरेपनि स्पेनले रसियालाई गृहमैदानमै रुवाउने छ र ९० मिनेटभित्रै परिणाम निक्लिने छ ।

 

 

विश्व फुटवलका महान दुई खेलाडी मेसी र रोनाल्डोको विश्व कप यात्रा एकै दिन टुङ्गियो 

 

 

 

 

यो विश्व कप पछि विश्व फुटबलमा मेसी र रोनाल्डोको ताज खोसिने छ । हिजो राति यी दुवैको विश्व कप यात्राको दुखद अवसान भयो । अर्जेन्टिनाले फ्रान्ससँग ३–४ हार्दा पोर्चुगलले उरुग्वेलाई १–२ ले नतिजा सुम्पियो । यी खेलका नायक क्रमशः एमबाप्पे र काभानीले विश्व कपबाट मेसी र रोनाल्डोको देशको टिकटमात्रै कटाएनन् कि अब मेसी र रोनाल्डोको विश्व फुटबलको राज तोड्ने शंखनाद गरे । अब विश्व फुटबलमा मेसी मेटिदै जानेछन् र रोनाल्डोको रौनक क्षय हुँदै जाने छ । अबको केही बर्ष क्लब फुटबलमा यी अस्ताउँदा सुर्यहरु भने देखिने छन् । महान खेलाडी मेसी र रोनाल्डो फुटबलको ईतिहासमा अमिट छाप छोड्दै ईतिहास नै बन्ने छन् । र, यो जित्नेहरुको घोडामा अरु नै खेलाडीले राज गर्नेछन् । विश्व कपबाट अल विदा भद्र तथा जादुगरी मेसी, अलबिदा अद्भुत कौशलका धनी रोनाल्डो ।

 

मेसीले विश्व कपको अन्तिम खेल फ्रान्ससँग खेले

 

धर्मराउँदै दोश्रो चरणमा पुगेको अर्जेन्टिनाले फ्रान्ससँग निक्कै प्रतिस्पर्धात्मक खेलमा हार्दा यो दशकका सबैभन्दा सफल फुटबल खेलाडी मेसीको विश्व कपको यात्रा अन्त्य भएको छ । क्लब फुटबलमा उनले हासिल गर्ने उपाधी बाँकी नहुँदा विश्व कप भने उनको सपना मात्र बन्यो । यथार्थ बनेन । विश्व कपमा मेसीले २००६ देखि २०१८ सम्ममा १९ वटा खेल खेले ६ गोल गरेर ५ वटा गोलका लागि सहयोग गरे । तर विश्व कप जित्न सकेनन् । अर्जेन्टिनाले खेलमा अग्रता बनाए पनि अधिक गतिका फ्रेन्च खेलाडीलाई रोक्न सकेनन् र प्रतिस्पर्धा ४–३ ले गुमायो । यो खेलसँगै मेसीको विश्व कप फुटबल जीवन अस्ताएको छ । मेसीले अन्तिम खेलमा गोल गर्न सकेनन्, जादुगरी मुुभ तथा खेल पनि देखाउँन सकेनन् । तर उनले अर्जेन्टिनाले गरेको ३ गोलमध्य २ गोलको वातावरण सिर्जना गरे । विश्व कप जितेर मेसीको विश्व कप समापन होस् भन्ने शुभेच्छुक र अर्जेन्टिनाबासीको चाहना मृगतृष्णा मात्र बन्यो ।

 

 

रसियाका लागि हिड्ने बेलामा अर्जेन्टिनाका मिडियालाई मेसीले भनेका थिए । “यो विश्व कपको अर्जेन्टिना दाबेदार होईन । तर प्रतिभा र खेल कौशल भएको खेलाडी चै अर्जेन्टिनामा छन् ।” उनले भने झै पछिल्ला दुई खेलमा केही कौशल र प्रतिभा त देखियो तर विश्व कप नै जित्ने गरी खेल खेल्न सकेनन् । यो विश्व कप खेल त प्रशिक्षक जोर्गे साम्पोअलीले हार्नका लागि रणनीति नै तयार गरे झै देखिन्थ्यो । चार खेलमा चार रणनीति बनाएका प्रशिक्षकले सफल भएको रणनीतिलाई नखेलाएर नयाँ अभ्यास गर्नु नै गलत थियो ।

 

 

 

हिजो अर्जेन्टिना ४–३–३ को रणनीतिमा उत्रिएको थियो भने फ्रान्सको पछिल्लो खेलकै रणनीतिका साथ मैदान प्रवेश गरेको थियो । अघिल्लो खेलमा आराम दिएका युवा खेलाडीको टोलीको गतिले अर्जेन्टिनालाई पछि छोडेको देखिन्थ्यो । म्यान अफ द म्याच एमबाप्पेले वास्तवमै लोभलाग्दो र आशालाग्दो खेल खेले । खेलको पहिलो गोल नै एमबाप्पेलाई ११ औं मिनेटमा लडाए पछि पाएको पेनाल्टीमा १३ औं मिनेटमा ग्रिजमेनले गोल गरे । एमबाप्पेले लामो दुरीबाट बल अगाडि बढाएका थिए । उनलाई गतिले जित्न नसक्दा पछि दौडिएर क्रस गर्न मात्र नदिएको भए, एमबाप्पेलाई प्रयाप्त कोण नहुने र गोल लाग्ने थिएन । तर गतिमा हारेका अर्जेन्टिनाका रोजोले गल्ती गरेर पेनाल्टी उपहार फ्रान्सलाई दिए ।

 

 

 

 

 

एक गोलपछि परेको अवस्थामा अर्जेन्टिनाका डि मारियाले खेलको ४१ औं मिनेटमा आक्रर्षक गोल गर्दै खेलमा अर्जेन्टिनालाई फर्काए । त्यसपछि मध्यान्नपछि को ४८ औं मिनेटमा अर्जेन्टिनाका डिफेन्डरले मेसीको प्रहारमा बलको दिशा परिवर्तन गरी गोल गर्दै अग्रता बनायो । त्यसपछि पनि अर्जेन्टिनाले आक्रमण निरन्तरता दियो, तर आफ्नो डिफेन्सलाई नजरअन्दाज ग¥यो । खेलको ५७ औं मिनेटमा लामो पासलाई अर्जेन्टिनाले क्लियर गर्ने सकेन र सो बललाई क्रस पास फ्रान्सले गर्दा खाली अवस्थामा रहेका पाभार्डले लो स्पिन भलीमा गर्दै आक्रर्षक गोल गरे । यो खेलको ट्रिनिङ्ग प्वाईन्ट नै सोही गोल बन्न पुग्यो । त्यही गोलको १२ मिनेटभित्र फ्रान्सले अर्जेन्टिनालाई खेलमा पछारो ।

 

 

खेलको ६४ औं मिनेटमा एमबाप्पेलाई राम्रोसँग मार्क गर्न नसक्दा सानो डिबक्स नजिकैबाट गोल गरे । ६८ औं मिनेटमा काउन्टर एट्याकमा माटिउडीले जिरौडलाई र जिरौडले एमबाप्पेलाई पास गर्दा एमबाप्पे आकर्षक गोल गरे । सामान्यता खेलको ५० देखि ८० मिनेटमा खासै गोल लाग्दैन, तर अर्जेन्टिनाले तीन गोल खायो । यही बिचको १२ मिनेटमा खाएको गोलले फ्रान्सले अर्जेन्टिनालाई पछि पा¥यो । खेलको अतिरिक्त समयको तेश्रो मिनेटमा मेसीको पासमा हेडरबाट कुन एगुईरोले एक गोल फर्काए तर बराबरी गर्न त्यो गोल प्रयाप्त थिएन । त्यो १२ मिनेटले मेसीलाई विश्व कपबाट घर फर्काई दियो ।

 

 

खेलमा आक्रमणको हिसाबले फ्रान्स अघि थियो । समान ९ गोलका लागि प्रयास गरेको फ्रान्स र अर्जेन्टिनाले क्रमशः ४ र ३ गोल गरे भने फ्रान्सको १ गोल गोलपोष्टको बारमा लागेर फर्कियो । उता अर्जेन्टिनाको ४ प्रहार फ्रान्सका रक्षकले रोके भने अर्जेन्टिनाका रक्षकले फ्रान्सको १ मात्र प्रहार छेके । त्यस्तै बल क्लियरेन्स फ्रान्सले २० वटा गर्दा अर्जेन्टिनाले केवल १० वटा मात्र गर्न सकेको थियो । अर्जेन्टिनाले प्रहार कम मात्र छेकेनन्, एक पटक गोलकिपर र डिफेन्डरको तालमेलको कमीमा झण्डै गोल पनि खान पुगेको थियो । फ्रान्सले अर्जेन्टिनासँग हार्ने खास कारण नै यी दुई टोलीको रक्षापंत्तिको फरक रह्यो । प्रदर्शनका हिसाबले अर्जेन्टिनाको प्रदर्शन अब्बल देखियो । अर्जेन्टिनाले ८६ प्रतिशत सफल बल पास सहित ५९ प्रतिशत समय बलमाथिको नियन्त्रण लिएका थिए । खेल अनुशासनका हिसाबले अर्जेन्टिनाले ५ पहेलो कार्ड पायो भने फ्रान्सले ३ वटा पहेलो कार्ड पाएको थियो । त्यस्तै फ्रान्सले २१ वटा फल खेल्दा अर्जेन्टिनाले १५ वटा फल खेलको थियो ।

 

 

एउटा प्रतिस्पर्धात्मक खेलमा एक जना खेलाडीले महत्वपूर्ण प्रभाव पार्न सक्छन् । मेसीलाई विश्व कपबाट विधाई गर्न एक फ्रान्सका किशोर नै काफी भए । एमबाप्पे फ्रान्सका १९ बर्षीय खेलाडी जसले किशोर अवस्थामै विश्व कपको एकै खेलमा २ गोल गर्ने पेलेको खेलसँग बराबरी गोल गरे । खेललाई हेर्दा यो निक्कै प्रतिस्पर्धात्मक र विश्व विजयीको खेल थियो । दुवैले मौकालाई उपयोग गरे । फरक प¥यो त यी दुई टिममा भएको रक्षा पंत्ति र गोलकिपरको प्रदर्शनले । अर्जेन्टिनाको पराजयसँगै स्टार खेलाडी मेसीको विश्व कपमा दुखद अन्त्य भएको छ ।

 

 

पहिलो खेलमा ह्याट्रिक गरेका रोनाल्डो उरुग्वेसँग निरिह

 

जादुगरी खेलले नाम, दाम, यश र कृति सबै हासिल गरेका रोनाल्डोसँग विश्व कप विजयको मेडल दिवास्वप्न मात्र हुने भयो । ३३ बसन्तका उनी अबको विश्व कपमा खेल्न आएर विश्व कप जित्छन् भन्ने सम्भावना नै छैन । हिजो उनको सपनाले पानी फेर्यो जब यो विश्व कपको सबैभन्दा चुस्त रक्षापंत्ति र सर्बोकृष्ट गोलकिपरको सामना गर्नु पर्यो । धारिला काभानीले रोनाल्डोको विश्व कप जित्न झुण्डिने डोरीलाई नराम्रोसँग छिनाए । खेलको अग्रता र परिणाम उरुग्वेले हासिल गर्यो । खेलमा फर्किन पेपेले ५५ औंमा गोल गर्दै काभानीले ७ औं मिनेटमा बनाएको अग्रता त बराबरी गरे तर उनै काभानीले ६२ औं मिनेटमा अग्रतालाई पुन बनाए । पोर्चुगलको केही लागेन र रोनाल्डोलाई केही गर्न उरुग्वेका रक्षकले बाटै दिएनन् । काभानी म्यान अफ द म्याच भए । रोनाल्डो विश्व कपबाट निरास र निरिह भई घर फिर्ता भए ।

 

 

 

खेलमा धेरै आक्रमण तथा लक्ष्यमा प्रहार पोर्चुगलले गर्यो । २० वटा गोलका प्रयास मध्य ५ वटा लक्ष्यमा थियो र ८ वटा रक्षकले छेकेका थिए । परिणाम स्वरुप पोर्चुगलले एक गोल मात्र गर्यो । उता धारिला काभानीले ३ प्रहार गरेर २ गोल गरे । उरुग्वेका स्वारेजले ३ असफल प्रहार गरे तर एक गोलको मौका बनाए । रोनाल्डो अन्तिम क्षणसम्म लडिरहे र कुल ६ प्रहार गरे । उनको केवल एक प्रहार मात्र लक्ष्यमा थियो । खेलमा सफल पास ८४ प्रतिशत र बलमाथि नियन्त्रण ६१ प्रतिशतका बाबजुुद पोर्चुगलले हार्नुको दुई कारण रहे । एक चुस्त प्रहारको कमी र अर्को रक्षापंत्तिको फरक । लक्ष्यमा ५ वटा हानेर एक गोल गरेको पोर्चुगल ३ वटा लक्ष्यमा राखेर २ वटा गोल गरेको उरुग्वेसँग हार्न पुग्यो ’cause, उरुग्वेका रक्षकले ८ प्रहार विफल बनाए । उता पोर्चुगलले केवल एक प्रहार मात्र रक्षकले जोगऐ ।

 

 

खेलको पहिलो हाफमा रोनाल्डोले छैठौं मिनेटमा डिबक्स बाहिरबाट कडा प्रहार गरे पनि गोलकिपर मुस्लेराले बचाए । खेलको ८ औं मिनेटमा लुईस स्वारेजको पासमा आक्रर्षक हेडर गरेर काभानीले उरुग्वेलाई अग्रता दिलाए । पोर्चुगलका फेन्टेले ११ औं मिनेटमा गरेको हेडरले गोलको दिशा लिन सकेन र खेलमा बराबरी गर्ने मौका पोर्चुगलले गुमायो । खेलको २१ औं मिनेटमा डिबक्स ठिक अघि स्वारेजलाई फोन्टेले फल गरे । प्राप्त फ्रिकिकलाई स्वारेजले सुन्दर प्रहार गरेपनि पोर्चुगिज गोलकिपर प्याट्रिसियोले उत्कृष्ट बचाव गरे । पहिलो हाफको अतिरिक्त समयको दोश्रो मिनेटमा काभानीले सानो डिबक्स नजिकैबाट बल प्रहार गरेपनि सो बलले दिशा सही लिन सकेन ।

 

 

 

पोर्चुगलले ५४ औं मिनेटमा एक गतिलो मुभ बनायो । रक्षकले छेके तर कर्नर बन्न पुग्यो । सो कर्नरमा ५५ औं मिनेटमा पेपेले हेडरबाट गोल गरे । पेपेले यो विश्व कपमा उरुग्वेको ३२५ मिनेटको गोलरहित खेलको रक्षात्मक खेलको दिबार तोडे । काभानीले ६२ औं मिनेटमा हेर्नान्डेजको पासमा आक्रर्षक गोल गरेर उरुग्वेलाई फेरि अग्रता दिलाए । ७० औं मिनेटमा पोर्चुगलका बेर्नार्डोले गोलकिपर अगाडि भएको मौकामा डिबक्सभित्र स्वतन्त पाएको बललाई गोलपोष्टमाथि बाट प्रहार गरे । खेल सकिने केही सेकेण्ड बाँकी हुँदा रोनाल्डोले गरेको प्रहारले दिशा सहि लिन सकेन । पटक पटकको गोल गर्ने प्रयासका बाबजुद गोल गर्न पोर्चुगल चुक्यो र उरुग्वेले खेल जित्यो । यो खेल गुमाएसँगै विश्व कपमा रोनाल्डोको खेल प्रशर्दनको अवसान भयो ।