विश्वकप पाँचपटकको विजेताले जोगाउला त साख ! -वेदप्रसाद भुर्तेल


 

 

यो विश्वकपमा एक १९ बर्षीय ठिटोले सबैलाई प्रभावित पारेका छन् । यो दशकका महान फुटबलर मेसीले हारेपछि अंगालो मार्दै बधाई दिएको फोटोलाई अन्तर्राष्ट्रिय मिडियाले फुटबलमा शक्ति हस्तान्तरणको रुपमा पनि चित्राए । फ्रान्सका एमबाप्पे विश्वकपका उनै नयाँ सितारा हुन ।
 

“ईतिहास मेटिन बन्ने हो । शक्ति र सामथ्र्य सधै एक्कै रहँदैन् । शक्तिशालीहरु कमजोर र विलय भएका छन् । शक्ति एकै ठाँउ, एकै व्यक्ति र एकै राष्ट्रसँग सधै रहदै । उदय र पतन भन्नु वा जीवन र मृत्यु भन्नु एक्कै जस्तो हो । ब्राजिलको पनि हार हुनसक्छ । मलाई यो विश्वकप कतै ब्राजिलले त जित्दैनभन्दा पनि कता कता ब्राजिल फाईनल नै पुग्दैन भन्ने त्रासले सताउँछ ।”

 

 

यो वाक्य मेरा मित्रसँग मैले क्वाटरफाईनलको खाँका तयार भएपछि गरेको वार्तालाभको एक हिस्सा हो । फुटबलको मुख्य प्रतिस्पर्धा विशेषगरी युरोपको क्लब फुटबलको प्रतिस्पर्धा र विश्वकपका विषयमा म र त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विभागका उपप्राध्यापक डा. मनकुमार धमलाले विगत १२ बर्ष भयो यस्तो मन्थन र छलफल गर्ने गरेको । हामी खेलअघि र पछि खेलेको अनुमान र खेलको समीक्षा गर्छौ । जब मेरा मित्रले मसँग कारणसहित ४ सेमी फाईनलिष्टको नाम मागे । मैले जवाफमा उरुग्वे, बेल्जियम, क्रोएसिया र ईङ्गल्याण्डको नाम लिए थिए । उरुग्वेले फ्रान्ससँग निश्चित जित निकाल्ने संसय रहेको पनि मैले बताए । हामी दुईले जारी विश्वकपको क्वाटरफाईनलमा हुने जितहार र सोको कारणका विषयमा लामो कचहरी ग¥यौं । हाम्रो छलफलले विश्वकपको परिणामलाई फरक पार्दैन । तर, हाम्रो बुझाई यो विश्वकपको कति नजिक वा टाढा छ भन्ने कुराले विश्वकप हेर्दाको आनन्दलाई बढाउँछ ।

 

 

विश्वकपको जारी प्रतियोगितामा चार विश्वकपका पूर्वविजयताहरु हाल विश्वकपको रेसमा छन् । सेमीफाईनलमा ४ मध्य तीन विश्व विजयी टिम मात्र हुने निश्चित छ । यस्तोमा दुईले मात्र सेमीफाईनल खेल्छन् भन्नेमा हामी साथीभाईका बिचमा भद्र सहमति छ । सेमीफाईनलको तेश्रो टिम पनि विश्वकपको पूर्वविजयता नै हुने भन्नेमा मत बाजियो । त्यसो हो भने को हुन सक्छ त विश्वकपको सेमीफाईनल नखेल्ने विश्व विजयी राष्ट्र? मित्रले बनाएको सुचीमा फ्रान्स, ब्राजिल, ईङ्गल्याण्ड र क्रोएसिया सेमीफाईनलका टिम हुन । मैले बनाएको लिष्टमा फ्रान्स र उरुग्वे दुवै विश्वकपका पूर्व विजयता भएकाले विवाद गर्न मनासिब नमानि मैले अरु ३ देशको नाम दिए ईङ्गल्याण्ड, क्रोएसिया र बेल्जियम । मित्रले ब्राजिलले सेमीफाईनलमात्र होईन विश्वकप नै जित्नेमा अड्डी कसे । मैले सेमीफाईनल नै ब्राजिलले नखेल्ने राय सुनाए ।

 

 

 

आज दुई सेमीफाईनल हुने छन् । निझ्नी नोभ्गोरोड रंगशालामा उरुग्वेले फ्रान्सको सामना साँझ ७ः४५ बजे गर्दा कजानमा ब्राजिलले बेल्जियमसँग राति ११ः४५ प्रतिस्पर्धा गर्ने छ । पहिला हामीले ब्राजिल तथा बेल्जियम वीच हुने हाई भोल्टेज मुक्काबुलाको विषय मै कुरा शुरु ग¥यौं । यो खेलमा विजयी हुने टिमका विषयमा हाम्रा तर्कहरु यस्ता दिए ।

 

 

बेल्जियमले ब्राजिल रोक्ने हौसियत राख्दैन त ?

 

 

मेक्सिकोसँग सशक्त खेल खेलेर समुह १६ बाट आएको ब्राजिल र सोही चरणमा जापानसँग संघर्षपूर्ण जित निकालेको बेल्जियमबिच हुने खेलमा सहजै ब्राजिल वा बेल्जियम विजयी हुन्छ भनेर ठोकुवा गर्न नमिले पनि हामी दुई मित्रले आफ्नो पक्षमा दलिल राख्यौं ।

 

 

“ए गुरु, ब्राजिलले जीत्ने र बेल्जियमले हार्न आधार के? ब्राजिलले चमत्कार गर्ने बेल्जियम चै चित्कार गर्ने भन्ने कुनै तर्क होला ।” मैले शान्त स्वाभावका मित्रलाई उकासे ।

 

 

मित्रले उसै त उक्सिदैनन् तर प्रश्नले उनी विरुद्ध खनिएपछि चुप लाग्ने कुरो भएन । र, पुरानो हिन्दी फिल्म “दिवार” मा अमिताब बच्चन र शशी कपुर बिचको “मा” वाला डाइलग सम्झाउँने गरि भने “ब्राजिलको साथ नेईमार छ, कौटिन्हो छ, पौलिन्हो छ, विलियन छ, कास्मिरो छ, जेसस छ, मार्सेलो छ, फर्नानडिन्हो छ, फर्मिनो छ, हुँदा हुँदा प्रशिक्षक टिटे छ, त्यो वेल्जियमसँग को छ ?”

 

 

 

 

 

मलाई मित्रको प्रश्नमा यस्तो लाग्यो । ब्राजिलका खेलाडीले मात्र फुटबल खेल्न जानेका छन् । बेल्जियमका खेलाडी त असार १५ मा दही चिउरा खान जस्तो गोल खान कजान ओर्लिदै छन् । यसमा कुनै शंखा छैन ब्राजिलमा स्टार खेलाडीको कुनै कमी छैन । तर, स्टार हुँदैमा सर्वशक्तिमान हुन्छन् भन्नु कहाँको सही कुरो हो ? कास्मिरोले लगातार खेलमा पहेलो कार्ड खाएर यो खेल गुमाउँनेबाहेक सबै खेलाडी ठिक तथा फिट छन् भन्ने डा. धमलाको तर्क थियो । जारी विश्वकपमा मिडफिल्डर कास्मिरो राम्रो लयमा भएका खेलाडी हुन । विलियनले मेक्सिकोको विरुद्ध त चमत्कारी खेल नै खेले । उनको खेलपछि प्रशिक्षक टिटेले उनलाई “लिटल रकेट” भन्ने उपनाम नै दिए । रोबर्टो कार्लोसको खेलको झझल्को नै आयो ।

 

 

 

मैले मित्रका कुरामा केही सहमति र केही भद्र असहमति राख्ने निर्णय गरे । उनको तर्कमा आंसिक सहमत भएपछि मैले पनि मित्रलाई तर्कले नै मेरो कुरामा सहमत गराउनु थियो । अर्को कुरा, कजानमा बेल्जियमका खेलाडीले ब्राजिललाई ठिक लगाएपछि मैले तर्क गर्दा मरेको बाघको जुँगा उखेले जस्तो हुने भएकोले मैले भने, “बेल्जियममा पनि २३ खेलाडी छन् । जसमध्य ११ जनाले कजानमा खेल्ने छन् । सात जनाले गोल गर्न सक्छन् र ४ जना खेलाडीले ब्राजिलका स्टारहरुको फुली विश्व कपमा फुकाल्न सक्छन् । र, गुरु ! नभुलौं खेल कजानमा हुँदै छ ।”

 

 

 

मित्रलाई खेल हुने स्थान भनेपछि झस्का पसेछ । उनले “वास्तवमै कजान त रहस्यमही नै छ नी है ?” भन्दै स्वर मसिनो बनाए । बेल्जियमका पनि खेलाडीको कमी छैन । हजार्डको लय र लुकाकुको भय त बेल्जियमको तागत नै हो । डि ब्रुनो, चाड्ली, विट्सेल, भेर्टोन्घेन, मेउनियरले ब्राजिललाई सजिलै खेल सुम्पिने छैन ।
 

 

 

विश्व फुटबलका पण्डितले के भन्छन् ? यसो विचार गर्न मित्रले आग्रह गरे । मैले पनि केही वेभसाईट हेरे । द गार्जियनको पूर्वानुमानमा ब्राजिल २–१ गोलले विजय हुने र द ईडिपेन्डेसको ओपियनय पोलमा ब्राजिलले जित्ने उल्लेख गरेको छ । यसै पनि पश्चिमा मिडियाको अट्कलले यो विश्वकपमा हावा खाईरहे पनि अर्को आधार न मित्रसँग छ, न मसँग नै छ । हामी दुईले यो खेल अत्यन्तै प्रतिस्पर्धी हुनेमा शंका नगरेको र एक मत पहिले नै बनाएको थियौं । ईतिहासले पनि केही झल्को दिन्छ । एकपटक हेर्दा राम्रै हुन्छ ।

 

 

हामीले ईतिहासको पन्ना गुगलको पेजहरुमा खेज्यौं र कसले जित्छ ? भन्ने अनुमानमा ईतिहासको तथ्य हेरियो । सन् १९६३ मा बेल्जियमले ५–१ ले ब्राजिललाई हराउँदा ब्राजिलले १९६५ मा ५–० बेल्जियमलाई हराएको रहेछ । जम्मा ४ भेटमा बेल्जियमले १ मा जित्दा ब्राजिलले ३ मा जित हासिल गरेको रहेछ । ब्राजिलले यस अघिको एक मात्र विश्वकप प्रतियोगिता पनि जितेको र । सन् २००२ को समुह चरणमा ब्राजिलले बेल्जियमलाई २–० ले हराएको रहेछ । ईतिहासको आधारमा मित्रको ब्राजिल अब्बल देखायो ।

 

 

मैले जारी विश्वकपकै तथ्यमा केन्द्रित हुन आग्रह गरे । जारी विश्वकपमा यी दुवैले चार खेल खेलेका छन् । ब्राजिलले यी ४ खेलमा ७७ पटक गोलका लागि प्रहार गर्दा २९ वटा प्रहार लक्ष्यमा छ । र, ब्राजिलले जम्मा ७ वटा मात्र गोल गरेका सकेको छ । समान चार खेलमा बेल्जियमले पनि ७७ प्रहार गर्दा ३० लक्ष्यमा र १२ गोल गरेको छ । यो तथ्यले ब्राजिलका प्रहारहरु बेल्जियमका आक्रमण र प्रहारभन्दा फितला छन्  । यो तथ्यले के पनि देखाउँछ भने दुवै आक्रमणमा जोड् दिने टिम हुन । बल पोसेसन यी दुवैको खेलमा बढी माईन राख्दैन । मैले दिएको यो तथ्यले मित्र पनि कजानमा अर्को विश्व कप पूर्व विजयी खाली हात फर्कन सक्ने सम्भावनालाई नकारी हाल्न सकेनन् । तर, म यो पनि नकार्न सक्दिन की बेल्जियमले १२ गोल गर्दा ४ गोल खाएको छ, भने ब्राजिलले ७ गोल गर्दा केवल १ गोल मात्र खाएको छ । ब्राजिल उरुग्वेपछिको सबैभन्दा चुस्त रक्षापंत्ति रहेको टिमको रुपमा जारी विश्वकपमा देखिएको छ । रक्षामा रहेको यो फरकले ब्राजिलले जित्न सक्नेमा म मित्रको तर्कलाई अस्वीकार गर्दिन ।

 

 

एमबाप्पेले विश्व फुटबलको यो दशक राज गर्नु छ

 


 

जारी विश्वकपमा एक १९ बर्षीय ठिटोले सबैलाई प्रभावित पारेका छन् । यो दशकका महान फुटबल खेलाडी मेसीले हार खाएपछि अंगालो मार्दै बधाई दिएको फोटोलाई त अन्तर्राष्ट्रिय मिडियाले फुटबलमा शक्ति हस्तान्तरणको रुपमा पनि चित्राए । फ्रान्सका एमबाप्पे विश्वकपका उनै नयाँ सितारा हुन । जो आगामी दशक विश्व फुटबलको चर्चाको शीर्ष स्थानमा हुनसक्ने छन् । उनको गति र सटिक प्रहारले कति समय काम गर्न सक्छ उनले त्यत्ति नै विश्व फुटबलमा राज गर्ने छन् ।

 

 

 

यो विश्वकपले पाएको सर्वोकृष्ट खेलाडी एमबाप्पेको सामना उरुग्वेसँग हुँदैछ । खेलको परिणाम के हुन सक्छ ? धेरैको पूर्वानुमान फ्रान्सको विजयलाई निश्चित मानिरहेका छन् । कारण एमबाप्पे फ्याक्टरलाई लिने गरेका छन् । तर, द गार्जियनमा ९० मिनेटसम्म १–१ गोलमा सकिने र अतिरिक्त समयमा उरुग्वेले जित्ने भविष्यवाण्ी छ । चाहे फ्रान्सले जितोस् या उरुग्वेले विश्वकपको एक विजयीको घर फिर्ता निश्चित छ । यी दुईको हारजीतको फैसला के हुन्छ हेर्न अब केही घण्टा मात्रै छ । खेल हेर्नु अघिको रोमाञ्चकता खेल अघिको तर्कवितर्कले फरक पार्छ । के प्रभावशाली एमबाप्पेले फ्रान्सलाई जिताउँछन् वा स्वारेज र काभानीले फ्रान्सलाई निरास बनाउँछन् ? यो जान्नुको मजा खेल हेर्दाको मजा जस्तो छ । ज्योतिष देखाउँने हाम्रो समाजमा फुटबलको भविष्यवाणी सान्दर्भिक नै होला । ग्रह तथा नक्षत्रले खेलमा कति फरक पार्छ, त्यो मलाई थाहा भएन । तर, विगतको खेलको प्रदर्शनले सम्भावित परिणामको आँकलन के हुन सक्छ भनेर । केही तथ्य यहाँ राखिएको छ ।
 

 

 

यी दुवैले हालसम्म ७ खेल खेलेका छन् । फ्रान्स र उरुग्वेको खेल ईतिहासदेखि नै बढी गोलरहित बराबरी सकिएको छ । उनीहरु बिचमा ४ वटा खेल गोलरहित बराबरी समाप्त भएको छ भने दुई खेलमा उरुग्वेले जित हासिल गरेको छ । सन् १९८५ मा एक मात्र जित फ्रान्सले निकालेको छ । यस अघिको यी दुई टिमको अन्तिम खेल २०१३ मा भएको थियो । सो खेलमा उरुग्वेले १–० ले जित निकालेको थियो । विश्वकपमा हालसम्म तीन भेटमा दुईमा बराबरी र १ खेलमा उरुग्वेले जित निकालेको छ । ईतिहासले उरुग्वेले जित्ने संकेत गर्छ ।

 

 

 

वर्तमान विश्वकपमा उरुग्वेले सबै खेल जितेको छ । उरुग्वेले ७ गोल गरेको छ भने पोर्चुगलले मात्र १ गोल उरुग्वे विरुद्ध गर्न सकेको छ । फ्रान्सले पनि ७ गोल नै गरेको छ र ४ गोल खाएको छ । फ्रान्सले समुह चरणमा २ जीत र १ बराबरी खेलेको थियो । फ्रान्सले अर्जेन्टिना विरुद्ध एक्कै खेलमा ४ गोल गरेको छ । फ्रान्स र उरुग्वेको खास फरक अग्रपंत्तिमा छैन । कमजोर रक्षापंत्तिको अर्जेन्टिनालाई गोल हानेको फ्रान्सलाई उरुग्वे विरुद्धको खेल सहज हुने छैन । कारण उरुग्वे जारी विश्वकपको सबैभन्दा राम्रो रक्षापंत्ति भएको टोली हो । उरुग्वेपछि ब्राजिलको रक्षापंत्ति अब्बल छ । क्वाटरफाईनलमा आएका टिम मध्य कमजोर रक्षापंत्ति रहेको टिमको रुपमा फ्रान्स मानिन्छ, ’cause उसले ४ गोल खाई सकेको छ ।

 

 

 

यस्तोमा एमबाप्पे, कान्टे, पोग्बा, ग्रिजमेन र गिरौडले कस्तो दबाब उरुग्वेलाई दिनसक्छन् ? भन्ने कुराले फ्रान्सको भाग्य निर्धारण गर्ने छ । फ्रान्सको गोलपोष्टमा काभानी, स्वारेज, लक्सल्ट, गोमेज, बेन्ताकुर र कार्लोस साञ्चेजले व्यस्त बनाउँने छन् । तर काभानीको खेल्ने नखेल्ने निश्चित भएको छैन । उत्कृष्ट रक्षात्मक खेल भएको उरुग्वे र आक्रमणमा पोख्त फ्रान्स कसले खेलमा बाजी मार्छ भन्दा युरोपियन फुटबल पंण्डितले “फ्रान्सले” भनेपनि यो उरुग्वेले फ्रान्सलाई पन्छाउँने सम्भावना बढी देखिन्छ ।