साबधान ! के गर्यो भने कानूनले पाता फर्काउछ ?

 

न्यायपालिकामा जरो गाढेर बसेका विकृति विसंगति नयाँ परिवर्तनपछि उखेलिन्छन् ? राजनीतिमा जस्तै क्रान्तिकारी परिवर्तन अव न्यायपालिकामा पनि देखिने छ ? धनिमानी र पहुँचवालको मात्र होइन, सुदुर गाउमा रहेका सिमान्तकृत नागरिकहरुको पहुँचमा अब न्याय पुग्ला ? साँच्चै अब सानालाई ऐन र ठूलाठालुलाई चैन हुने छैन ?

 

 

मुलुकी ऐन, २०२० संशोधन भइ, मुलुकी संहिता बनेको छ । यसअन्तर्गत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन बनेका छन् ।

 

 

मुलुकी देवानी र फौजदारी कानून निर्माण गर्दा ६० प्रतिशत मुलुकी ऐन, २० प्रतिशत अदालतले प्रतिपादन गरेका नजीर र २० प्रतिशत अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाइएको दावी गरिएको छ ।

 

 

नयाँ मुलुकी संहिता भदौ १ गतेदेखि लागू भएको छ । चार खण्ड रहेको नयाँ मुलुकी संहिता’bout जानिन कसैले भन्न पाउने छैन । शुरुमा मुलुकी ऐन, बिसं १९१० मा बनेको थियो । त्यतीखेर जंगबहादुर शासनसत्तामा थिए । उनको बेलायत र फ्रान्सको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिथितिका आधारमा मुलुकी ऐन बनाइएको थियो ।

 

 

मुलुकी ऐनलाई १६५ वर्षअघि जंगबहादुर राणाले शुरुवात गरे पनि त्यसपछि राजा महेन्द्रको पालामा संशोधन गरी नयाँ मुलुकी ऐन, २०२० ल्याएर सुधार गरियो । अहिले त्यसको पनि ५५ वर्षपछि २०७५ सालमा मुलुकी ऐनमा व्यापक सुधार गरी अहिलेको राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय परिस्थितिलाई मध्यनजरमा राखेर कानूनका सिद्धान्त, दण्ड र सजायमा आएका तीब्र परिवर्तनहरुलाई समेत समेटेर नयाँ मुलुकी संहिता तयार पारिएको दावी गरिएको छ ।

 

 

पहिला कस्ता मुद्धामा के कस्तो दण्ड, जरिवाना र कैद हुन्थ्यो ? हेरौं, विसं १९१० सालको मुलुकी ऐनको गाली गरागरको व्यवस्था –

 

१. कसैले अर्कासित कुराकाहानि भनाभन हुदा तेरा वठमाथिका जुघा हुन्भन्या फलानु कुरो गर. जुघा होइनन् जाठा हुन्भन्या गर्न सकोइनस् भंन्यालाइ २।। रुपैया दंड गर्नु.

 

 

२. लोग्न्या मानिसले लोग्न्यै मानिसलाइ झै झगरामा धोति फुकालि देषाइ दिन्यालाइ २।। रुपैया दंड गर्नु.

 

 

३. लोग्न्या मानिसले सधवा विधवा कंन्यालाइ झै झगरामा धोति फुकालि देषाइ दिन्यालाइ २० रुपैया दंड गर्नु. ज्ञद्दट

 

 

४. लोग्न्या मानिसले वेस्या स्वास्निलाइ र कमारिलाइ झै झगरामा धोति फुकालि देषाइ दिया २ रुपैया दंड गर्नु.

 

 

५. स्वास्निमानिसले स्वास्निमानिसलाई झै झगरामा गुन्यू फुकालि देषाइदिया २।। रुपैया दंड गर्नु.

 

 

६. स्वास्नि मानिसले लोग्न्या मानिसलाइ झै झगरामा गुन्यू फुकालि देषाइदिया २।। रुपैया दंड गर्नु.

 

 

७. आफ्ना जहान परियार इष्टमित्र सधवा विधवा कंन्या छोरि वुहारि आमा वज्यूहरू वस्याका विचमा लोग्न्यामानिसलाइ झै झगरामा गुन्यू फर्काइ देषाइ दिन्या स्वास्नीलाइ १० रुपैया दंड गर्नु.

 

 

८. ढाक्र्या महाजन रैयत गैî मद षान्याले मद षाइ अर्कालाइ मुषले गालि गुफ्ता गन्र्या र हातले लफ्लिे ढुँगाले हांन्या गल्लिमा लोटिरहन्या हिड्दा ढनमनाउन्या लाइ ५ रुपैया दंड गर्नु. रुपैया नति¥या १ मैन्हा कैद गरि छोडिदिनु.

 

 

९. जोगि जंगम संन्यासि ओघर कानफट्टाहरूले मद रक्सि षाइ गल्लिामा लोटि रहन्या हिडदा ढनमनान्यउया अर्कालाई गाली गुफ्ता गन्र्या हातले ढुंगा लठ्ठिले हांन्यालाइ पक्रि आफ्ना नगीचका सिवानाकाषोलो कटाइ धपाइदिनु.

 

 

१०. कसैले कसैलाइ वेनिसाफ वेक्सिरमा वाध्यो भनिकराउन आयो भन्या निरोपण गर्दा वेनीसाफी वेतक्सिरमा वाध्याको ठह¥यो भन्या त्यो वाधन्यालाई ४ मैन्हा नेल ठोकि कैद गर्नु रुपैया डवल दिया लि छोडिदिनु.

 

 

११. कसैले लोग्न्या मानिस कसैलाइ दाह्रि जुघा र कपालका रौं वेहक्मा कत्रि दियो भन्या ५ रुपैया दंड गर्नु.

 

 

१२. कंन्या र सधवा विधवा स्वास्निलाइ वेहम्मा कपालका रौ कत्रि दिन्यालाइ ४० रुपैया दंड गर्नु. वेस्या जात र चाकर जातका स्वास्निका कपालका रौं कत्रि दिन्यालाइ २० रुपैया दंड गर्नु. भगुइ नसुइ काम नगन्र्या चोन्र्या कमारि र वधेत्यानिको मालिकले कपाल कत्रि दियामा षत लाग्दैन.

 

 

१३. लोग्न्या लोग्न्या हवस्. स्वास्नि स्वास्निले हवस् स्वास्निमानिसले लोग्न्या मानिसलाइ हवस्. कसैले अर्काका कपाल का रौ समाइ जगट्याउन्यालाइ ५ रुपैया दंड गर्नु. लोग्न्यामानिसले अर्काका स्वास्निमानिसलाइ जगट्याया भन्या १० रुपैंया दंड गर्नु. रुपैया नति¥या अ‍ैन वमोजिम कैद गर्नु.

 

 

१४. अर्कालाइ वेहक्मा गर्धनिलाउन्या र. लछार पछार गन्र्यालाइ ३ रुपैया जरिवाना गर्नु. रुपैया नति¥या अ‍ैन वमोजिम कैद गर्नु.

 

 

१५. अर्काका सधवा विधवा कंन्यालाइ उनले हात नछाडि विना कसुरमा गलहत्ता लाउन्या लोग्न्या मानिसलाइ २० रुपैया दंड गर्नु. रुपैया नति¥या अ‍ैन वमोजिम कैद गर्नु.

 

 

१६. आफ्ना षसमका सत्यमा नरहेका वेस्या भयाकालाइ वेहक्मा गलहत्ता लाउन्यालाइ २।। रुपैया दंड गर्नु. रुपैया नति¥या दिन १५ कैद गरि छाडि दिनु.

 

 

१७. कसैले कसैलाइ १ चोट हवस् २ चोट हवस् गाला ठोक्यो र मलाइ गाला ठोक्यो भनि फि¥याद गर्न आयो र वुझदाठह¥यो भन्या गाला ठोकन्यालाइ ४ रुपैया दंड गर्नु. रुपैया नति¥या अ‍ैन वमोजिम कैद गर्नु.

 

 

१८. पैल्हे योटाले गाला ठोक्यो गर्धनी लायो. गाला ठोकाइ माग्न्या र गर्धनि लाइ माग्न्याले पछिवाट आमा चकारि गालि ग¥यो भन्या गालि गन्र्यालाइ षतवात लाग्दैन. गाला ठोकन्यालाइ ४ गर्धनि लाइउन्यालाइ ३ रुपैया दंड गर्नु.

 

 

१९. कोहि मानिसले उसै वेहक्मा गालि ग¥यो भनि फि¥याद गर्न आयो भन्या लोग्न्या मानिसलाइ आमाचकारि गालि गन्र्या र. स्वास्नि मानिसलाइ तेरा वावु कि जोइ भंन्यालाइ २।। रुपैया अरु थोक गालि गन्र्यालाइ १ रुपैया दंड गर्नु. रुपैया नति¥या अ‍ैन वमोजिम कैद गर्नु.

 

 

२०. लोग्न्या मानिस कसैले अर्का लोग्न्यामास्किा गुला लिंग जाठा र वेस्या स्वास्निका जाठा समाइ तांन्यालाइ २५ रुपैया दंड गर्नु. आफ्ना जात धर्ममा रहेका कंन्या सधवा विधवा स्वास्निमानिस्का जाठा तान्या लोग्न्या मानिसलाई ५० स्वास्निमानिसलाइ २५रुपैया दंड गर्नु. रुपैया नति¥या अ‍ैन वमोजिम कैद गर्नु.

 

 

२१. कुला पधेरा कोलवन घास पात गैî सानातिना कुराका झगरामा अदातल ठाना अमालमा कुरा परि कायेलनामा भयो भन्या. अ‍ैन लेषियाकामा अ‍ैन वमोजिम दंड गर्नु. अ‍ैन नलेषियाका कुरामा १ रुपैया दंड गरि छाडि दिनु. ज्ञद्दठ

 

 

२२. भना भन गालि गरा गरको झगरा हुदा पैल्हे यौटाले आमा चकारि गालि गरेछ र पछिवाट उसलाइ हातले हतियार नझिकि मुठिले पनि नसमाति मुषले मात्र काटियेलास् भन्या को रहेछ भन्या तेस्तालाइ वात लाग्दैन.
(स्रोत : बिसं १९१०को मुलुकी ऐन)

 

 

पहिले एउटै मुलुकी ऐनमा रहेको देवानी र फौजदारी अपराधलाई नयाँ संहितामा बर्गीकरण गरिएको छ । व्यक्ति, परिवार र समाज, राज्यविरुद्धका अपराध समेत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय रुपमा अपराध मानिने कुराहरुलाई यसमा व्यापक रुपमा समावेश गरिएकोले अब यो ऐन यति ब्यापक हुन पुगेको छ कि हिजोसम्म हलुका रुपमा लिएर जे भन्ने र गर्ने कुरा सहजै गरिन्थ्यो अब दण्डनीय भएको छ । सावधान, हलुका नसोचौं है । कसैले पनि कानूनले वर्जीत गरेका गतिविधि नसुधारे, कानूनले अब पाता फर्काउछ ! मुलुकी ऐन सुधारिएर व्यापक बनेको थाहा छ कि छैन ? छैन भने सबैजनाले थाहा पाइराखौं ।

 

नयाँ संहिताले अपराधको स्पष्ट परिभाषा गरेको छ । राज्यको चौथो अंग, राज्य तथा अन्तर्राष्ट्रिय र क्षेत्रीय सन्धि महासन्धिहरुविरुद्धका अपराधहरु–आतंकवाददेखि हवाई जहाज अपहरणसम्म, अन्तर राज्य अपराधदेखि अपराधका अत्याधुनिक प्रवृक्तिहरुलाई समेत समेटेको छ ।

 

 

फौजदारी अपराध संबन्धी न्याय व्यवस्थालाई संबैधानिक आधार दिइएकोले यसैलाई सामाजिक संविधान भनेर विद्वानहरु व्याख्या गर्छन् । संहिताले मुलुकको दण्ड व्यवस्थालाई समयानुकूल र आधुनिकीकरण मात्र गरेको छैन, अन्तर्राष्ट्रिय स्तरको नै बनाइ दिएको दावी गरिएको छ ।

 

 

हाम्रो न्याय प्रणालीलाई संहिताले अन्तर्राष्ट्रिय मानदण्डको बनाइदिएकोले यो विधिशास्त्रको सिद्धान्त अनुकूल मात्र होइन कि त्यसैको आधारमा दोषिलाई उचित दण्ड–सजाय दिएर अपराध र अपराधीहरुलाई हदैसम्म हतोत्साही गराउन सक्छ ?

 

 

परंपरागत जगमा आधारित हाम्रो न्याय प्रणालीलाई नयाँ, उन्नत, सन्तुलित र वैज्ञानिक दिशातर्फ लैजान खोजिएको त भनिदैछ, तर मुलुकी ऐनमा रहेका जड कुराहरुलाई सहज परिवर्तन गरिए पनि यसको कार्यान्वयन सहज देखिदैन, पहिले भन्दा धेरै चुनौतिपूर्ण छ । न्यायपालिकामा जरो गाडेर बसेका विकृति विसंगति वर्तमान परिवर्तनपछि उखेलिन्छन् ? राजनीतिमा जस्तै क्रान्तिकारी परिवर्तन अव न्यायपालिकामा पनि देखिने छ ? धनिमानी र पहुँचवालको मात्र होइन, सुदुर गाउमा रहेका सिमान्तकृत नागरिकहरुको पहुँचमा न्याय पुग्ला ? अब साँच्चै सानालाई ऐन र ठूलाठालुलाई चैन हुने छैन ? अब पैसावाल करोड–अर्वपति अनि सामान्य नागरिकप्रति उही अनुभूति हुनेछ ? न्यायको आँखा एउटै भयो भने त ठीकै छ, भएन भने यसले न्यायलाई नारायणहरि बनाउने पक्का छ !

 

 

सहिंता भित्र जान्नै पर्ने व्यवस्था के छन् ?

 

 

सामान्य रुपमा निम्न कुराहरु थाहा पाइराखौं । यसले संहिता भित्र समावेश गरिएका व्यवस्थाहरु’bout न्यूनतम जानकारी गराउछ ।

 

 

संहितामा सजायको वर्गीकरण गरी कसूरको प्रकृति र गम्भीरताका आधारमा आजीवन कैद, जन्मकैद, छोटो अवधिको कैद, क्षतिपूर्ति, कैद, जरिवाना वा क्षतिपूर्ति वा दुवै, जरिवाना वा क्षतिपूर्ति नतिरेबापत कैद, कैदको सट्टा सामुदायिक सेवामा लगाउन सकिने व्यवस्था गरिएका छन् ।

 

 

आजीवन कैदका छ अवस्था छन्–

१) क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा ।

 

२) वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मारेमा ।

 

३) अपहरण वा शरीर बन्धक गरी ज्यान मारेमा ।

 

४) पेय पदार्थमा विष हाली मारेमा

५) कुनै पनि जातजाति वा सम्प्रदायको अस्तित्व नै लोप हुने जातिहत्या गर्ने उद्देश्यले कसूर गरेमा ।

 

६) जबर्जस्ती करणी गरेमा ।

संहितामा जन्मकैदलाई २५ वर्ष बनाइएको छ, मुलुकी ऐनमा २० वर्ष थियो । संहितामा नेपालविरुद्ध जासूसी गर्नेलाई २५ वर्षसम्म कैद हुने व्यवस्था छ । राष्ट्रपति वा संसदलाई धम्की दिएमा सात वर्षसम्म कैद वा ७० हजार जरिवाना वा दुवै हुने व्यवस्था छ ।

 

 

खाद्य पदार्थमा मिसावट गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार जरिवानाको सजाय हुन्छ । घर निर्माण गर्दा, भत्काउँदा वा मर्मत गर्दा लापरबाही गर्नेलाई अब एक वर्ष कैद वा दश हजार जरिवाना वा दुवै सजाय हुनेछ ।

 

हिंस्रक वा अन्य पशुपक्षी पाल्दा लापरवाही गर्नेलाई एक वर्षसम्म कैद वा दश हजार जरिवाना वा दुवै सजाय हुनेछ । राष्ट्रिय गान, झण्डा वा निशाना छापको अपमान वा क्षति गर्नेलाई तीन वर्षसम्म कैद वा तीस हजार जरिवाना वा दुवै सजाय हुनेछ । राष्ट्रिय विभूतिको अपमान गर्नेलाई ६ महिनासम्म कैद वा पाँच हजार जरिवाना वा दुवै सजाय हुनेछ । यातना दिनेलाई पाँच वर्ष कैद वा ५० हजार जरिवाना वा दुवै सजाय हुनेछ ।

 

छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछूत र अमानवीय व्यवहार गर्नेलाई तीन महिनासम्म कैद वा तीन हजार जरिवाना वा दुवै हुनेछ । विवाहमा लेनदेन गर्नेलाई पाँच वर्षसम्म कैद वा ५० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । आफ्नो संरक्षकत्वमा रहेका नवजात शिशु, बालबालिका, अशक्त रोगी वा वृद्ध व्यक्तिलाई जीउ, ज्यानमा खतरा पुग्ने गरी फाल्ने, परित्याग गर्ने वा बेवास्ता गरी छोड्नेलाई तीन वर्षसम्म कैद र तीस हजार जरिवाना हुने व्यवस्था गरिएको छ ।

 

निर्माणको काम गर्दा निर्धारित मापदण्ड वा गुणस्तरको माल प्रयोग नगर्ने वा मालको परिमाण घटीबढी पार्नेलाई दश वर्षसम्म कैद र एक लाख जरिवाना गर्ने नयाँ व्यवस्था गरिएको छ । आपूर्तिको काम गर्दा कमसल वा घटी परिमाणमा माल, वस्तु वा सेवा आपूर्ति गर्नेलाई पाँच वर्षसम्म कैद र ५० हजार जरिवाना हुनेछ ।

 

अनुमति बिना कसैको तस्वीर खिचेमा वा निजको तस्वीरसँग अरु कसैको तस्वीर जोडेर अर्को तस्वीर बनाएमा एकवर्ष कैद वा दश हजार जरिवाना वा दुवै हुने व्यवस्था छ । एकको तस्वीरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपमा तस्वीर बनाएमा दुई वर्षसम्म कैद वा २० हजार जरिवाना वा दुवै हुने व्यवस्था छ ।

 

मन्जुरी बिना भएको विवाह, हाडनातामा भएको विवाह, बालविवाह, बहुविवाह भए त्यस्तो विवाह बदर हुने छ । सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने, राजद्रोह, नेपालविरुद्ध युद्ध गर्ने वा नेपालसँग युद्धमा संलग्न राज्यका सेनालाई सहायता गर्ने, राष्ट्रहित प्रतिकूल काम गर्ने र जातिहत्यालाई संहिताले कसूर मानेको छ । हालको पारिवारिक कानुनमा विवाह गर्ने उमेर १८ वर्षलाई २० वर्ष पु¥याइएको छ । सम्बन्ध विच्छेदमा महिला र पुरुष दुवैका लागि समान व्यवस्था गरिएको छ । अबदेखि पुरुषले पनि जिल्ला अदालतबाट सम्बन्धविच्छेद प्रक्रिया सुरु गर्नसक्ने छन् ।

 

संहिताले आमा र बाबु दुवैको थर लेख्न पाउने नयाँ व्यवस्था गरेको छ । बालबालिका सम्बन्धी ऐन २०४८ को व्यवस्थालाई संशोधन गर्दै बालबालिकाले आमाको थर राख्ने चाहेमा राख्न पाउने व्यवस्था संहितामा गरिएको छ । पिताको ठेगान नलागेको व्यक्तिले पनि आमाको थर राख्न पाउने छन् ।