समाजको विकास, इतिहासको पाठ र वर्तमान नेतृत्व

 

 

सचेतहरु अरुको अनुभव र इतिहासबाट सिक्दछन् । समाजको सचेत वर्ग नै इतिहासको निर्माता र पाठक दुवै बन्छ । त्यसमध्येको अगुवा समाजको अग्रज र वाहक बन्छ । इतिहासबाट सिक्नेहरु प्रायः इतिहास रच्न सक्षम हुन्छन् र इतिहासबाट नसिकी समाजको वागडोर हाँक्न खोज्ने इतिहासबाटै दण्डित हुनुपर्दछ । इतिहासले आफैले कसैलाई न्याय दिँदैन । इतिहासको यो नियम नै हो ।

 

 

हिन्दु धर्मशास्त्रअनुसार भगवानका दश अवतार छन् । पृथ्वीको उत्पत्तिदेखी बर्तमानसम्मको समयको यात्रा काट्दा नवाँै अवतार भगवानको रुपको अन्त भइसकेको छ । धर्मशास्त्रको मान्यताअनुसार अव आउने भगवानको रुप देख्न स्वयं भगवानवाहेक अरु कोही सामथ्र्य छैन ।

 

 

भगवानको छैटाँै अवतारसम्म सभ्य मानव समाजको स्थापना भइसकेको देखिँदैन । छैटौँ अवतार पर्शुरामले जाती नासको अभियान नै चलाए । उनको अभियानको अन्त्य गर्न सो अवतारको अन्त्य नहुँदै सातौँ अवतार मर्यादा पुरुषोत्तम् रामचन्द्रले अवतार लिए । रामचन्द्रको कालबाट समाजको आधार जनआवाज स्थापित भयो । व्यक्तिभन्दा समाजको आवाज उच्च ठानियो । व्यक्ति जतिसुकै नैतिक र धर्माधिकारी भए पनि समाजको आवाज सुनिएन भने समाजमा सामाजिक मर्यादा स्थापित हुन सक्तैन भनेर नै हो स्वयं भगवान रामचन्द्रले आफैँले आगोमा हालेर सत्यको आगोबाट नडढेकी सीतालाई धोवीको आवाजसँगै वनवास पठाए । सीता सत्यवती थिइन्, रामचन्द्रले सीतालाई त्यागेर नकाम गरे, त्यसैले रामचन्द्रलाई पापी करार गर्नुपर्दछ भनेर आजसम्म कुनै हिन्दुले रामचन्द्रलाई नकारेको छैन । भगवानको स्थानबाट उनलाई कसैले पनि उतारेको छैन । उनलाई गालीगलौज कसैले गरेको सुनिँदैन । सीतालाई अन्याय भएको कुराको अनुभुत गर्नेहरुले पनि त्यसबाट पाठ सिक्दै यस्तो अनुभुति एक वा केही व्यक्तिले मात्र नगरि त्यो कुराको बोध समाजले नै गर्नुपर्ने रहेछ भन्ने पाठ सिकेको पाइन्छ ।

 

 

धर्मशास्त्र पुरातन र आग्रहका पन्थहरुको पुलिन्दा मात्र नहुन सक्छ । यो कुरा धर्मशास्त्रलाई हेर्ने आँखामा पनि भर पर्दछ । धर्मशास्त्र समाज विकासको कथा र समयमापनको छडी पनि हुनसक्छ । त्यस्ता कथाले तत्कालिन समाजको सोचाइको स्वरुपलाई प्रस्तुत गर्दछ ।

 

 

प्राचिन नगर राज्य एथेन्समा सोक्राटस जनआवाजबाट मारिएका हुन् । तत्कालिन अवस्थामा त्यो जनआवाज बहुमतको आवाज थियो । त्यसैले त्यो लागु भयो । साक्राटसको दण्डलाई तत्कालिन समयमा कसैले चुनौती दिएन । बरु समयक्रममा त्यो कार्य र प्रकृया’boutमा मतमतान्तर भएका हुन । समाजको निर्णय मात्र सधैँ सही हुन नसक्दो रहेछ भन्ने यी र यस्ता अरु पनि उदाहरण धर्मशास्त्रका साथै इतिहासका विभिन्न कालखण्डमा पाइन्छन्।

 

 

समयले सिकाउँछ । तर, इतिहासबाट सबैले सधैँ सिक्दैनन् । इतिहासबाट नसिक्नेलाई इतिहासले नै दण्ड दिन्छ । त्यसैले समय समयमा मान्छेले त्यहि गल्ति दोहोर्याउँछ र समस्यामा उल्झिरहन्छ । कमजोरले आफ्नै अनुभवबाट पनि सिक्दैन । सचेतहरु अरुकै अनुभव हेरेर पनि सिक्दछन् । समाजको सचेत वर्ग नै इतिहासको विद्यार्थी र पाठक बन्छ । त्यसमध्येको पनि अगुवा समाजको अग्रज र वाहक बन्छ । इतिहासबाट सिक्नेहरु प्रायः इतिहास रच्न सक्षम हुन्छन् । इतिहासबाट नसिकि समाजको वागडोर तान्नेहरु इतिहासबाट नै दण्डित हुनुपर्दछ । इतिहासले न्याय दिँदैन । इतिहासको यो नियम नै हो ।

 

 

समाजलाई समग्रमा बाध्नका लागि राज्यको सुरुवात भएको हुनुपर्दछ । तर, कालान्तरमा त्यो राज्यको स्वरुप शासकको लहडसँगै गुज्रेको पाइन्छ । राज्यलाई शासन गर्ने “एक”को चयनको रुप वंशाणु भएपछि त्यो राजतन्त्र भयो । शक्तिले व्यक्तिलाई मजबुत बनाउँछ तर, बढी शक्तिले व्यक्तिको मजवुतिमा खिया लाग्न थाल्दछ । राजा बढी शक्तिशाली भएपछि निरंकुश भए । निरंकुश राजतन्त्र खिया लागेको शासन होे । समाजको समग्रको चरित्रमा आफ्नो कुरा बोकाउन उद्दत भएपछि राजाको मत निर्विवादित रहेन । राजालाई समाजका अगुवाका विचारले लल्कार्न थाल्यो । समाजको अनेकताभित्रको एकतालाई नस्विकारेका राजाहरु समयसँगै नासिए ।

 

 

समाजलाई यो वा त्यो रुपबाट विकास गर्न सकिन्छ भनि तर्क पेश गर्दै समाजका आवाजलाई एकाकार गर्न बनाइएका नियममा लयवद्घ भएकाहरुबाट सिद्दान्त बने । आफ्नो आफनो आस्थाको सिद्दान्तको डोरीमा बाँधिएकाहरुबाट राजनीतिक दल निर्माण भए । राजनीतिक दलको नेतृत्वमा शासनको अधिकार प्राप्त गरेको मान्यतासँगै आधुनिक समाजको सुरुवात भएको देखिन्छ ।

 

 

नेपालमा आधुनिकताको सुरुवात निकै पछिबाट भएको हो । राजनीति समाजको बागडोर हो । त्यसैले राजनीतिमा स्पष्टता र शुद्घता नआइ अरु क्षेत्रमा आधुनिकता सम्भव छैन । नेपाल पनि यसको अपवाद रहेन । लामो समयसम्म यो देश अस्थिरताको भूँमरीमा घुमिरह्यो । राजनीतिक अस्थिरता नै यसको कारण हो । वि.सं. २०७२ को संविधानले राजनीतिक अस्थिरता नरहेको दावागर्छ । यसको कार्यान्वयनको चरण सुरु भइसकेको छ । त्यसैले नेपालीजनको आशाको क्षितिज खुलेको छ ।

 

 

संविधानको कार्यान्वयनसँगै भएको निर्वाचनको खेलमा दुई तिहाइको बाजी मारेकाले अहिलेको सरकार बनेको छ । सरकार बनाएका दलले प्राप्त गरेको मत जनताको आशा विश्वासको अभिमत हो । यसको ठिक र होसयूक्त प्रयोग यसका अग्रजको अनिवार्य सर्त हुनुपर्दछ, तवमात्र संविधानले दावा गरेअनुसारको अस्थिरताको अन्त्य हुनेछ । आधुनिक राजनीतिले दिनुपर्ने सेवा सुविधा यसले दिनेछ ।

 

 

यो सरकार बनेको ६ महिना पुरा भएको छ । पाँच वर्षको लागि जनादेशमा बनेको यो सरकारको ६ महिना दश भागको एक भाग हो । “बिहानीले दिनको झल्को दिन्छ” । सरकार बनेको केही दिनमा यसले केही उज्यालोको आशा देखाएको थियो । कार्टेलिङ्गको अन्त्य, सेण्डिकेडको अन्त्य, भ्रष्टाचारको अन्त्य, कुशासनको अन्त्य, ढिलासुस्तिको अन्त्य, जनतालाई विदेश पठाउँदा वा अन्य कुराको प्रायोजन गरि ठग्नेको अन्त्य, आदि इत्यादि । लामै फेहरिस्तसहित सरकारले पेश गरेको लिष्टमा जनता निकै आशावादी भएका हुन । कार्य प्रकृयामा माथिका मध्ये धेरै कामको थालनी पनि भयो हो । तर, काम फत्ते भएको पाइएन । कामभन्दा भाषण बढी गरेकाले हो कि जनता अव सरकारका कुरा सुन्न तयार देखिँदैनन् । सरकार विस्तारै आफ्नै भाषणको गलपासोमा पर्दैछ ।

 

 

कथाले भन्छ महाभारत यूद्घका एक चमत्कारी पात्र अभिमन्यूकी आमा सबै शस्त्रकला सुनि नसक्दै निदाएकोले यूद्घमा अभिमन्यू चक्रब्युह भित्र परे तर, त्यसलाई पार गरेर बाहिर निस्कन सकेनन् । अन्ततः सूरबीर उनी शत्रु सेनाबाट मारिए । त्यो कथा द्वापर यूगको हो । आशा गरौँ यो कथा कलियूगमा, त्यो पनि नेपालमा पुनः घटित हुँदैन ।

 

 

सरकारले कामको थालनी गर्नु अगावै कामका लागि अत्यावश्यक गृहकार्य नगर्नु, त्यसबाट आउन सक्ने सम्भाव्य समस्याको समाधानार्थ विकल्पको सोच बनाउन नसक्नु, कामगर्ने क्रममा योजना बनाउनु तर त्यसको कार्यान्वयनको लागि आवश्यक कर्मचारीतन्त्र वा अन्य आवश्यक साधन श्रोतको उचित व्यवस्थापन विनानै कामको थालनी गर्नु, र धेरैजसो अवस्थामा सरकारको आन्तरिक संयन्त्र, विभागीय मन्त्री र सरकारको नेतृत्व बीचमा नै समन्वयको अभाव आदि जस्ता कुराको कारण यस्तो भएको होला भनि सरकारलाई शंकाको सुविधा दिन सकिन्छ । कतिपय विषयमा सरकारका कामहरु ठिकै चलिरहेतापनि सरकारका कामबाट अत्तालिएका र यो सरकारबन्दादेखि नै यस्को विरोधमा हात धोएर लागेकाहरुको अनर्गल प्रचारको मात्रा बढदै जाँदा जनताले भिडको भाषामा हो मा हो मिलाउन सक्ने सम्भावनाको शिकार पनि यो सरकार भएको देखिन्छ ।

 

 

नेपालमा संघीयता ब्यक्तिको घाँटीमा निस्किएको गलगाँड झैँ होलाजस्तो छ । गाँड निस्किसकेको छ । काटेमा घाँटीको घाउ कस्तो होला भन्ने डर छ । राखेमा सधैँ अपठ्यारो । न देख्न राम्रो न बोक्न सजिलो र राम्रो । कसैले बोकाइ दिएको भारी संघियताको बोझले नेपाली जनताका साथै यो सरकारलाई पनि थिचिरहेको देख्न सकिन्छ । तर, तत्कालै यसको ’boutमा सरकार न बोल्न सक्छ न सोच्न सक्छ । त्यसैले यसलाई थाम्न जनतालाई केही करको बोझ थप्नैपर्ने भएको छ । एक उखान छ व्यक्तिले बाबुको मृतुलाई विर्सिन सक्छ रे तर, बाबुको सम्पत्तिको नासलाई उसले कहिल्यै भुल्दैन । भनिन्छ “सम्पत्तिमा महादेवको तीन नेत्र बल्छ” । त्यहि सम्पत्ति संघियता धान्न जनताले सरकारलाई दिनु परेको छ । त्यसमा पनि प्रदेश सरकार केन्द्रीय सरकारको लगातारको आलोचक रहँदै आएको देखिन्छ । सात मध्ये छ वटा प्रदेशमा वाम सरकार भएपनि केन्द्रीय सरकारले प्रदेश र केन्द्र बीच समन्वय कायम गर्न सकेको देखिँदैन । यसले पनि वर्तमान सरकारको कामको स्पिरिट बढन सकेको छैन । सरकारले सरकारी संरचनाको गजुल्टाको गाँठो पनि फुकाउनु पर्ने भएको छ । ।

 

 

“अदीत काव्य कोषादी अनादीत न्यायशास्त्र वाल” । सबै शास्त्र पढेपनि न्यायशास्त्र पढिएन भने मानिस बालक नै हुन्छ रे । ऐन, कानुन, नियम, उपनियम आदिका पुस्तकाकारमा पढन पाइन्छ न्यायशास्त्र । तर एकै न्यायशास्त्रको पुस्तक पढेकाबाट दिइएको न्याय नौरंगी हुनसक्छ । त्यसैले भनिएको होला न्यायका नौ सिंङ हुन्छन् भनेर । नेतृत्वको लागि पाठशाला र पुस्तक पाइन्न । नेतृत्व ब्यबहारिक विद्यालयले सिकाउने ज्ञानधारा होे । नेतृत्वको पाठसाला र प्रयोगशाला दुबै समाज हो । समाज स्वार्थ प्रेरितको जमात हुन्छ । त्यहि समाजलाई न्यायदिनु नेतृत्वको काविलीयत हो । नेतृत्वले दिने न्यायमा नौसिँग भए समाजले त्यसलाई स्विकार्देन । खारेज गर्दछ । सबैको स्वार्थलाई सामाञ्जस्य गर्न नसकेमा समाजको सञ्चालनको यन्त्र राजनीति नासिन्छ । त्यसैले समाजलाई उन्नत बनाउने सरकारको नेतृत्वको काम सजिलो छैन बरु जटिल छ । मानव इतिहासमा कोही कोही व्यक्ति र कुनै कुनै समयमात्र यस्तो परीक्षामा खरो उत्रेका छन् । त्यसैले भनिएको पनि छ एक व्यक्तिको जीवनमा एक दिन एकपटक आउँछ । त्यसलाई पारख गर्न जानेमा इतिहास पनि वन्छ । नत्र ….।

 

 

देश बनाउने पाटो प्राविधिकभन्दा पनि अठोट, इमानदारीता र निर्लोभिताको पाटो हो । भौतिक साधन निर्माण गर्ने प्राविधिकलाई अन्य देशबाट ल्याएर काम लगाए झैँ देश निर्माण महाअभियानको नेतृत्व गर्ने नायक विदेशबाट ल्याउन मिल्दैन । त्यसैले यहि समाजबाट जन्मेको नेतृत्वको काँधमा यो देश बसेको हुन्छ । अहिले वेला छ । सबै संयोग मिलेको छ । यो बेला चुकाउनु भनेको फेरि अर्को पुस्ताको एकदिन पर्खनु मात्र हो ।

 

 

जहाँसम्म दूरदृष्टि वा भिजनको कुरा छ । आजको दुनियाँमा त्यसको अभाव छैन । हामीले विश्वभन्दा छुट्टै नेपाल बनाउने हैन । विश्वका विकसित देशभन्दा आज नै अरु विकास गर्ने पनि हैन बरु आजको भन्दा बेहत्तर जीवनको खोजी र त्यसको सुरुवाती गर्ने हो । समयक्रममा त्यो सबै आउँदै जान्छ । आवश्यकता आविष्कारको जननी हो।

 

 

पूर्वी वा पश्चिमी राजनीतिक दर्शनको अध्ययनबाट थाहा लाग्दछ की मानव समाजको प्रतेक पिढीँको लक्ष वेहत्तर जीवनको खोजि हो । त्यहि खोजीका क्रममा विभिन्न राजनीतिक दर्शन, वाद, सिद्घान्त विचार आदिको जन्म भएको पाइन्छ । तीनै दर्शन, वाद र सिद्घान्तको आडमा नेतृत्वले समाज सुधारको दावा गर्दछन् । आजसम्मको राजनीतिक इतिहासले कुनै एक दर्शन, वाद वा सिद्घान्तलाई निर्विकल्प ठान्न सकेन । एक समयमा एक वाद हावी भए हुनन् पनि, तर तिनै अकाट्य भने ठानिएनन् । बरु जुनसुकै वाद वा सिद्घान्त बोके पनि आफ्नो समयको नेतृत्वगर्न सक्नेले समाज फेरेको पाइयो । बहुलबादको आधारमा आधारित राजनीतिक दलबाट शासनको सञ्चालन आजको आधुनिक लोकतन्त्रको मियो भएको छ ।

 

 

प्रत्येक देशमा नेता जन्मिए तर, नेतृत्व कहिँ कहिँ मात्र जन्मियो । जहाँ नेतृत्व जन्मियो त्यो देश विकास भयो । समाजको समग्रता प्राप्त भयो । भनिन्छ ठूलो रणमा शस्त्र विद्याको परीक्षा हुन्छ । विपत्तिको समयमा श्रीमान–श्रीमतिको परीक्षा हुन्छ । त्यस्तै नेतृत्वको परीक्षा देशलाई संकट आइलागेको बेलामा हुन्छ । नेतृत्व त्यो हो जो देशको संकटको परीक्षामा खरो उत्रन्छ । व्यक्तिको एक पटकको पारख त्यसबेलासम्म कायम रहन्छ जवसम्म उसले अरु जघन्य गल्ती दोहा¥याउँदैन ।

 

 

वर्तमानमा सरकारको नेतृत्वलाई यो सुविधा प्राप्त छ । त्यसैले वर्तमान सरकारका सानातिना गल्तीहरु जनताले क्षम्य गर्दैगरेका छन् । यो रुप सधैँ कायम रहन्न नेतृत्वको वाचाल त्यसैमा छ की अव मैले के गर्नु पर्दछ । नेतृत्व सरकारको मियो हो । मियोको अरु टिमसँगको सम्पर्क सुत्र माल्दाम्लो हुन्छ । मियो भाँचिए माल्दाम्लोको सुत्रता काम लाग्दैन । माल्दाम्लो नभए मियोमा गोरु घुम्दैनन् । यो शुत्र जान्नेले धान झार्छ र पराल पनि माँडछ ।

 

 

हिन्दु धर्मशास्त्रको एक पुस्तक महाभारतको ’boutमा ज्ञान राख्ने जो कोहीलाई थाहा हुन्छ की महाभारत एक अद्भुत ग्रन्थ हो । यस ग्रन्थमा बिभिन्न चरित्रहरु छन् जसले भिन्न भिन्न विशेषतालाई बोकेका छन् । प्रत्येक पात्र आफैँमा नौलो छ । प्रत्येक आआफनो विशेषता बोकेको छ । समाजका प्रायः सबैजस्ता चरित्रको उल्लेख भएको यो ग्रन्थका सबै चरित्रले केही न केही सिकाइ रहन्छ । यो सिक्न जान्नेका लागि एक प्रकारको ज्ञानरुपी कल्पवृक्ष नै हो ।

 

 

यस्तै चरित्रहरु मध्येको एक चरित्र हो भिष्म पितामह । भिष्म पितामह एक कुशल योध्दा थिए । आफ्नो कठोर अठोटको पासोबाट जस्तोसुकै अवस्थामा पनि आफूलाई विचलित नबनाउने पितामहलाई महाभारतको यूध्द हुँदैछ भन्ने कुुराको छनक पहिले नै विदुरले दिएका थिए तर, उनले आफूले गरेको प्रतिज्ञाको उल्लंघन नगर्न गरेको वाचाका कारण उनि समयको पदचापसँग चल्न सकेनन् ।

 

 

उनीसँग इच्छा मृत्युको बरदान थियो । तर, पनि उनी समयसँगै वगे । मृत्युशैयाको अन्तिमबेला उनले यो कुरा बताए । उनले समयको पदचाप नचिन्दाको पश्चाताप गरे । उनले भनेका छन् की शासक (राजा) का (नेतृत्वका) लागि देशभन्दा अरु ठूलो केही हुँदैन । न छोरा न छोरी न श्रीमती वा श्रीसम्पत्ति सबै कुरा राज्यका अगाडि साना हुन्छन् । मैले त्यो कुरा नबुझ्दा र आफ्नो प्रतिज्ञालाई ठूलो ठान्दा महाभारत भयो । त्यसैले राजन (नेतृत्व) तिमिले मेरो जस्तो गल्ति नदोहो¥याउनु त्यसैमा तिम्रो, र देशको (हस्तिनापुर) भविश्य छ । यो कुरा आजसम्म पनि त्यत्तिकै यथार्थ छ जति त्यो समयमा उनले अनुभूत गर्दा थियो । वर्तमान नेतृत्वलाई चेतना भया ।