उत्तमको ‘खत्तम’ पारा

 अग्नी साक्षीको कुरा गर्ने हो भने, आगन्तुक वरिष्ठ पाहुनाहरु सबै ‘अग्नी समान तेज ’ हुन् । मह जोडी आफैमा चम्कीला ताराहरु हुन् । प्रतिक प्रधानजी र गुणराज लुइटेल आफैमा पत्रकारिताका ज्योती हुन् । मनोज गजुरेल हास्य विधाका अग्नीपुञ्ज हुन् । अनि गुहेश्वरी माता आफैमा शक्तिकी विराट प्रतिक हुन् । वास्तवमा गुहेश्वरी क्षेत्र आफैमा पवित्र मण्डप हो, जहाँ अर्को कुनै कर्मकाण्डको खाँचै पर्दैनथ्यो । यी सबैलाई साक्षी मानेर बरले बधुलाई माला लगाइदिएपछि विवाह फत्ते भइसकेकै थियो ।

 

 

 

 

केही दिनअघिको कुरा हो । सदा झैं विहान उठनासाथ इन्टरनेटमा विभिन्न न्यूज पोर्टलहरु नियाल्दै थिएँ, एउटा समाचारले पंक्तिकारको ध्यान तान्यो, ‘तीन सय रुपैयाँमा विवाह सम्पन्न ।’

 

अहो, कसले यति कम खर्चमा विवाह गरेछ भनेर समाचारमा घोत्लिएको, उही हाम्रा समता स्कुलका संचालक उत्तम सञ्जेलजीको विवाहको चर्चा रहेछ । विवाह कार्यक्रमको सानो भिडियो क्लीप हेर्दा पँक्तिकार छक्कै पर्यो ।

 

कति राम्रो विवाह अनुष्ठान । वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, केही पत्रिका र अनलाइनका सम्पादक, व्यवसायी उपेन्द्र महतोलगायतको सहभागीतामा बेहुलाले बेहुलीलाई सिन्दुर हालेर माला पहिर्याइदिएपछि विवाह सम्पन्न । पत्रकार र त्यत्रा दिग्गज गन्यमान्य व्यक्तिलाई डाकेर संजेलजीले भने, ‘हाम्रो विवाह सकियो ।’

 

हास्य कलाकार मनोज गजुरेलले सामाजिक संजालमा संजेलजीको विवाह खर्च तीन सय रुपैयाँ मात्र भएको घोषणा गरिदिए, जुन स्वयं संजेलको दावी थियो ।

 

जे होस्, न त दाइजो, न भोज, न गहना, न बनारसी सारी  र अन्य तामझाम । पाइन्ट र टिसर्ट लगाएका बेहुला अनि कुर्ता सलवाल लगाएकी बेहुलीवीच उठी उठी एकले अर्कालाई सिन्दुर र माला लगाइदिनासाथ ‘बिबाह सकियो’ भन्ने बेहुलाको कथन आफैमा ऐतिहासिक, प्रसंसालायक र अद्वितीय थियो । त्यस्तो सादगीपूर्ण विवाह गरेकोमा बरबधुलाई बधाई दिदै मह जोडीले पनि आशिर्वाद दिए, स्यावासी दिए । मिडियाले पनि प्रशँसाको पुल बाँध्दै त्यो समाचारलाई विशेष महत्व दियो । बाह्रखरी डटकमका सम्पादक प्रतिक प्रधानजी र नागरिकका सम्पादक गुणराज लुइटेलजीले त आफ्नै बाइलाइनमा त्यो खबरलाई स्थान दिए । अर्थात सम्पादकको लेभलबाटै समाचारलाई विशेष महत्व दिइयो, जुन स्वाभाविक थियो ।

 

यो पँक्तिकारले पनि फेसबुकमार्फत संजेललाई बधाई दिदै लेख्यो, ‘रियल सोसलीस्ट संजेल ।’

 

 

 

 

उत्तमले सँचालन गरेका स्कुल र अस्पतालको आम्दानी र खर्च’bout कसैले प्रश्न उठाएका छैनन् । एक सय रुपैयाँमा स्कुल र अस्पताल संचालन गर्नु सजिलो छैन । पक्कै पनि हुनेखाने दानीहरुले सहयोग गरेरै उनी आफ्नो अभियान चलाइरहेका हुनसक्छन् तर , असल काम गरेकाले समता स्कुल र अस्पतालको आर्थिक पारदर्शीताको प्रश्न कसैले उठाइरहेका छैनन् । यो देशमा एक से एक भ्रष्टहरु छन्, जसले भ्रष्टाचारबाट कमाएको अकूत रकम मोजमस्ति , सुर, सुरा र सुन्दरीमा खर्च गरिरहेका छन् । उत्तमले त गरीब छोराछोरीलाई पढाएका छन्, विपन्न रोगीको सेवा गरेका छन्, त्यसैले उनको संस्थाको आर्थिक पारदर्शीताको प्रश्न गौण हो भनेर नै कसैले त्यतातर्फ कोटयाउने काम नगरेका हुन् ।

 

 

आफुलाई क्रान्तिकारी सर्वहारा बर्गका नेता भन्ने नबिना लामाले आर्मी अफीसर्स क्लबमा ज्यानभरी गहना झल्काएर विवाह गरेको हामीले देखेकै थियौं । डा. बाबुराम भट्टराईका पिए विश्वदिप पाण्डेले तिन करोड खर्च गरेर विवाह गरेको खबर सुनेकै थियौं । कम्युनिष्ट नेताका छोरा छोरीको विवाहमा पाँचतारे होटलमा भव्य पार्टी दिएको देखेकै हौं । कम्युनिष्ट नभए पनि संजेलले सादगीपूर्ण विवाह गरेको पाउँदा सबैले उनको वाहवाही नै गरे, उनी यूटयूबदेखि सामाजिक संजालमा भाइरल नै भए ।

 

यहाँसम्म त ठिकै थियो, तर साँझपख अर्को एउटा तस्विर  सामाजिक सँजालमा भाइरल भयो, जसमा उत्तम संजेलको ‘खत्तम’ चाला झल्काउँथ्यो । मह जोडीका अगाडी बर बधुले एक अर्कालाई माला लगाइदिएर विवाह सकियो भनेका उत्तमजीले अतिथिहरु गइसकेपछि बकाइदा जग्गेमा बसेर उही परम्परागत ढर्रामा विवाह गरेछन् । त्यो फोटो देखेपछि सबैलाई महसुस भयो, ‘यो उत्तमले हामी सबैलाई बेवकुफ बनाएछन्, बहुतै खत्तम काम गरेछन् ।’

 

 

 

 

हाम्रो समाज बिग्रिएको यस्तै दोहोरो मापदण्डका कारण हो । कसैले पनि उत्तमजीलाई तीन  सय रुपैयाँमै विवाह गर्न भनेको थिएन । उनले पैसाको गणिततर्फ नलागी दाइजो नलिने, भोज भतेर नगर्ने, गहना पोशाक साटासाट नगर्ने र विवाहलाई भडकिलो नबनाउने खालको विवाहका रुपमा प्रचार गरेको भए कुरै अर्कै हुन्थ्यो । मण्डपमै बसेर बकाइदा बाजै बजाएर उनी यी सबै असल सुधारका काम गर्न सक्थे र त्यस क्रममा एक डेढ लाख रुपैयाँ खर्च भएको भए पनि फरक पर्र्दैनथ्यो । दाइजो, गहना र पार्टी प्यालेसको भोजलाई मात्र तिलाञ्जली दिनु भनेको पनि ठूलै सामाजिक सुधार हो, किनकी आजको आडम्बरी र पाखण्डी समाज यस्तै फजुल खर्चमा पैसा बर्बाद गरिरहेको छ । उत्तमले यही कुरालाई फोकस गरेर आफ्ना सिमित साथीभाइलाई जलपानमा सरिक गराएको भए पनि फरक पर्दैनथ्यो, उनको त्यो सोचको सर्वत्र वाहवाही हुन्थ्यो ।

 

तर, उत्तम लागे, ‘तीन  सयमा विहे फत्ते’को अति पपुलीस्ट फर्मुलातर्फ, जुन पत्याउने कुरै थिएन । विवाह मण्डपमा आधा किलो घिउको डिब्बा देखिन्छ, जसको मुल्य पाँच सय रुपैयाँ पर्छ । नरीवल, केराका खम्बा, पण्डितलाई दक्षिणा, यज्ञमा बालीएका दाउरा, बौतामा सौ पचास दक्षिणालगायत खुद्रा मसिना अनेक चिजविजहरुको हिसाब गर्दा तिन चार हजार रुपैयाँ त यसै पनि खर्च आउँछ । पछिल्लो तस्विर  देखेपछि आम मानिसले आफुहरुलाई बेवकुफ बनाएको, झूक्याएको, सस्तो लोकप्रियताका लागि उत्तमले दोहोरो चाल चलेको महसुस गरे ।

 

हुन पनि, मह जोडी, उपेन्द्र महतो र वरिष्ठ पत्रकारहरुलाई बोलाएर सादगीपूर्ण विवाह फत्ते गरिसकेपछि उत्तमले विवाहलाई त्यत्तिमै टुँग्याएको भए हुन्थ्यो । अग्नी साक्षीको कुरा गर्ने हो भने, आगन्तुक वरिष्ठ पाहुनाहरु सबै ‘अग्नी समान तेज’ हुन् । मह जोडी आफैमा चम्किला  ताराहरु हुन् । प्रतिक प्रधानजी र गुणराज लुइटेल आफैमा पत्रकारिताका ज्योती हुन् । मनोज गजुरेल हास्य विधाका अग्नीपुञ्ज हुन् । अनि गुहेश्वरी माता आफैमा शक्तिकी विराट प्रतिक हुन् । वास्तवमा गुहेश्वरी क्षेत्र आफैमा पवित्र मण्डप हो, जहाँ अर्को कुनै कर्मकाण्डको खाँचै पर्दैनथ्यो । यी सबैलाई साक्षी मानेर बरले बधुलाई माला लगाइदिएपछि विवाह फत्ते भइसकेकै थियो ।

 

उत्तमले सँचालन गरेका स्कुल र अस्पतालको आम्दानी र खर्च’bout कसैले प्रश्न उठाएका छैनन् । एक सय रुपैयाँमा स्कुल र अस्पताल संचालन गर्नु सजिलो छैन । पक्कै पनि हुनेखाने दानीहरुले सहयोग गरेरै उनी आफ्नो अभियान चलाइरहेका हुनसक्छन्, तर असल काम गरेकाले समता स्कुल र अस्पतालको आर्थिक पारदर्शीताको प्रश्न कसैले उठाइरहेका छैनन् । यो देशमा एक से एक भ्रष्टहरु छन्, जसले भ्रष्टाचारबाट कमाएको अकूत रकम मोजमस्ती, सुर, सुरा र सुन्दरीमा खर्च गरिरहेका छन् । उत्तमले त गरीब छोराछोरीलाई पढाएका छन्, विपन्न रोगीको सेवा गरेका छन्, त्यसैले उनको संस्थाको आर्थिक पारदर्शीताको प्रश्न गौण हो भनेर नै कसैले त्यतातर्फ कोटयाउने काम नगरेका हुन् ।

 

 

 

विवाहको यो दोहोरो फण्डाले उत्तमजीको निश्कलँक छवीमा हल्का दाग लागेको छ । उनले त्यसरी आफ्ना शुभचिन्तक, मह जोडी, महतोजी, पत्रकारलाई झुक्याउनु हुँदैनथ्यो । यो त उही कम्युनिष्ट पारा भैहाल्यो नी । सुरुमा नेताहरु सामु प्रगतिशील विवाह भन्दै प्रचार गर्ने, पछि पार्टी प्यालेसमा भव्य पार्टी दिने । कम्युनिष्ट भनाउँदाहरुको यस्तो दोहोरो पाखण्डी पारा उत्तमजस्तो ‘उत्तम’ मानिसले नगरेको भए हुन्थ्यो भन्ने धेरैको सल्लाह रह्यो ।

 

विवाह एउटा पवित्र बन्धन हो । विवाहजस्तो संबेदनशील विषयलाई एक त चर्चा र प्रोपोगाण्डाको विषय बनाउनै हुँदैनथ्यो । तर, असल सन्देश दिनका लागि ‘तीन  सयमा विवाह फत्ते’ भनेर रकम नै तोकिसकेपछि देख्ने र सुन्नेहरुका अगाडी त्यो तिनसयको पुष्टी गरिनुपथ्र्यो । किनकी, गणितमा अँकको हिसाब पक्का हुनैपर्छ । तिन सय रुपैयाँको फन्डा अघि नसारिएको भए कसैले पनि उत्तमले विवाहमा कति खर्च गरेछ भनेर चासो राख्नेवाला थिएनन् । विवाह हरेक व्यक्तिको नैसर्गिक अधिकारको कुरा हो, त्यसको शैली र खर्च उसकै आफ्नो विवेकको पक्ष हो । तर, तिन सयको हौवा चलाइसकेपछि त्यसको पुष्टी  गर्ने गरी विवाह हुनुपथ्र्यो । मह जोडीलाई बोलाएर साक्षी राखेर त्यस खालको प्रचार गरिसकेपछि फेरी मण्डपमा बसेर ति सबैको विश्वासमा ठेस पुर्याउने काम गर्नुहुन्थेन । झुक्याउने काम गर्नुहुन्थेन । उत्तमजी यहाँनेर चुकेकै हुन् ।

 

 

यो पँक्तिकार उत्तमजीको मित्र नै हो । व्यक्तिगत रुपमा मित्रप्रति कुनै आग्रह पूर्वाग्रह छैन । यो पँक्तिकार त बकाइदा बाजै बजाएर सामान्य भोजसमेत दिएर उत्तमजीको विवाह हुनुपथ्र्यो भन्ने पक्षमा छ । तर, उत्तमजीको उत्तम व्यक्तित्वमा यस्ता विवादास्पद घटनाक्रमहरु नदोहोरीउन्, जे भनेको हो त्यही ढँगले कदमहरु अघि बढून्, नेताहरुले झैं दोहोरो भूमिका निर्वाह नहोस् र उत्तमजीको उत्तम अभियान सदा चलिरहोस् भन्ने ध्येयले यति शब्द लेखिएको हो ।

 

नव दाम्पत्य जिवनको हार्दिक शुभकामना, कविताका यी पँक्तिका साथ,

 

‘धेरै वर्ष जिउ उत्तम धेरै वर्ष तिमी जिउ
जन्माउ जिर्ण झुप्राका आँसु पु्छने नयाँ बिउ’
०००