निन्द्राभन्दा लामो सपना र सपनाविहिन नेतृत्व दुवै उस्तै

 

 

पार्टी र सरकारको नेतृत्वको कमजोरीको आलोचना गर्न नहुने ? स्वस्थ, बस्तुनिष्ठ र युक्तिसंगत आलोचनाले त कमिकमजोरी सच्याउँने मौका र अन्धाको लागि प्रकाश हो । आफै आत्माआलोचना भन्ने कम्युनिष्टले सरकारको आलोचना गर्नेमाथि दमन गर्न खोज्नु बुँझिनसक्नु छ ।

 

 

 

 

सरकारका मन्त्रीको कार्य क्षमता, कार्य दक्षता, कामको प्रभाव, र परिणामको आधारमा मुल्यांकन गरिन्छ । यस्तोमा कुनैकुनै मन्त्रालयका कार्यक्षेत्र यस्ता हुन्छ्न, जसको परिणामको लागि कैयन वर्ष कुर्नु पर्ने पनि हुन्छ । तर, कुनै कुनै मन्त्रालय यस्ता हुन्छन् जसमा असल नेतृत्व पाएको केही दिन र हप्तामा परिवर्तन देख्न सकिन्छ ।

 

व्यवस्थापनका तौरतरिका र शैली ब्यक्ति पिच्छे फरक फरक हुन्छ । तर जसरी व्यवस्थापन गरेपनि नेतृत्वको कामको परिणाम जहिल्यै पनि सकारात्मक नै अपेक्षित हुन्छ ।

 

हामी कहाँ भने नेतृत्वले सस्तो लोकप्रियताको लागि क्षणिक भुलभुलैयाको लागि केही फन्डा प्रयोग गरेको देखिन्छ । तर, दीर्घकालिन सोच र दुरगामी हित सोचेर प्रायः काम गर्ने गरेको देखिन्न । आजै र तातै खाउँ जलि मरुँ भन्ने प्रवृतिभन्दा विल्कुल पर गएर सोच्ने र सोअनुसार काम गर्ने मान्छेको अभाव छ ।

 

सबैलाई सस्तो लोकप्रियता चाहिएको छ । प्रचारवाजी चाहिएको छ । सान र मानको हतारो छ । देश बनाउँने ‘क्लियर भिजन’ र सपनाको खाँचो छ । प्रचारको भोकले मस्त छन । अनि सधैं कुर्सीमा टासीइ रहने रोगले ग्रस्त छन ।

 

उदाहरणको लागि नै भनौ, सार्वजनिक खपतको लागि जे पनि बोल्ने र भन्ने हाम्रो प्रधानमन्त्रीको वानी छ । प्रधानमन्त्री स्वयं सपनाको खेति गर्न त सिकाउँछ्न । तर, यथार्थको धरातलभन्दा पर गएर ।

 

भन्नको लागि त प्रधानमन्त्रीका समर्थकहरु नै भन्छन, प्रधानमन्त्रीले निराशाको बादल हटाएर आशावादी हुन र बन्न सिकाएका हुन, समाजमा उर्जा भर्न भरमग्दुर प्रयास गरेका हुन । निराशाको घुम्टो खोलेर आशाको किरण छरेका हुन, समाजको पुनर्जागरण, पुनर्निर्माण र पुनर्ताजगीको लागि आशाको सञ्चार पनि गरेका हुन । सुतेको चेतनालाई जागृत गराउँने प्रयास हो ।

 

प्रधानमन्त्रीका सर्मथकको यो दावीमा आंशिक सत्यता भए पनि जथाभावी बोलेर र जे पायो त्यहि भन्दै हिडेर प्रधानमन्त्री आफै जोकर बन्दैछन । जे प्रश्न सोधे पनि जस्तो जिज्ञासा राखे पनि प्रधानमन्त्रीले नजानेको, नसुनेको, र नबुझेको केही हँुदैन । सबैको उत्तर दिन्छ्न ।

 

उदाहरणको लागि, मौरीपालक कृषकले मौरी सम्बन्धि जिज्ञासा राखेर, आधा दर्जन पटक मौरीको नाम लिएर सोधेको प्रश्नमा प्रधानमन्त्रीले मौरी किरा जातिको जनावर जान्दाजान्दै कुनै प्रजातिको विरुवा भनेर जबाफ दिने गम्भिरताहिन गैरलाभकारी कुरा गरेर समय खेर फाल्छ्न ।

 

कुनै प्रश्न बुझिएन भने नबुझेको प्रश्नको जथाभावी जबाफ दिएर हल्का हुनुपर्ने थिएन, प्रश्न बुझिन भन्ने इमानदारीता देखाउँन सकिन्थ्यो । तर, म जे पनि जान्द्छु र सबै सूचनामा मेरो पहुँच छ भन्ने भ्रमको कारण नै लज्जित हुनुपर्ने स्थिति बन्दैछ, प्रत्येक दिन । प्रधानमन्त्रीको सौख र रुचि भनेको मान्छे हँसाउँने हो । उनी मान्छे हसाउँने मामलामा खप्पिस छन ।

 

 

भारतले लगाएको नाकाबन्दीको समयमा पनि केही अडान त देखाए, तर हँसाउँने भाषण गरेर विपरित लागेको बेला दुःख र पिरमर्काले आक्रान्त पारेको बेला पनि नेपालीहरु हाँस्न सक्छ्न भन्ने उदाहरण प्रस्तुत गरे ।

 

प्रधानमन्त्रीका यारीहरु र समर्थकहरु त यिनले नेपालको ढुङ्गामाटो विभिन्न ग्रहमा सप्लाइ गरेर नेपाली धनी हुने समृद्धिको सपना देखाउँदा पनि जनताले पत्याउँनु पर्छ, र ताली ठोक्नुपर्छ भन्ने हदसम्म अन्धता प्रकट गरेर उनी भक्त बने, तर आज सञ्चार र सुचनाको यति छिटो पहुँच छ । अनि जनता कति सचेत छन भनेर बुझ्न, जनताको पहुँच सुचना हरेक घटनासम्म छ भनेर बुझ्न चै प्रधानमन्त्री ओली समर्थकलाई हम्मेहम्मे परेको अनि ओलीले जे भने पनि जनताले पत्याउँनु पर्ने र उनले जनताकै लागि बोलेको जिकिर गरि रहन्छन ।

 

आलोचनात्मक बनेर सोच्दैनन यो बिडम्बना हो । अन्धताले अन्ततः विवेकहिन बनाउँछ, दास मनस्थितिमा पुर्याउँछ । आफ्नो र निजत्व सिध्याउँछ र केवल यन्त्र मानव बनाउँछ । यो कुराको हेक्का बुद्धिजिवी र पढेलेखेका मान्छेले पनि नराखेको देख्दा चाँही ताज्जुब नै लाग्छ ।

 

किन आफ्ना नेताको आलोचना मन पराउँदैन तत् तत् पार्टीका नेता र कार्यकर्ताहरु ? के नेताहरु उच्चासिन मान्छेहरु धर्माधिकारीहरु हुन जसको आलोचना गर्न नहुने ? निन्दा र सास्ति पो गर्न हुन्न । आलोचना अझ स्वस्थ आलोचना बस्तुनिष्ठ र युक्तिसंगत आलोचनाले त कमिकमजोरी सच्याउँने मौका मिल्छ । त्यो फाइदा नखोजेर किन प्रशंसा मात्र खोज्छन् ? आलोचना त अन्धताको लागि प्रकाश हो, गन्तव्य भुल्दा झस्काउँने याद हो । गल्ती सच्याउँनको लागि पाएको अवसर र सुझाव हो ।

 

आलोचना के हो ? किन गरिन्छ, अनि आलोचना कसको गरिन्छ, यसको महत्व, र स्थान ’boutमा पार्टी र नेता कार्यकर्ता प्रशिक्षित हुनु जरुरी छ । आलोचनाबाट भाग्ने, छलिने होइन, सामना गरेर अरु पाठ लिने हो । आगामी दिनमा आलोचनाको मात्रा घटाउँन लाग्ने हो । आलोचनाको अस्त्रले प्रहार कसैले गर्यो भने उत्त अंगको छिटोभन्दा छिटो मलमपट्टि लगाएर उपचार गर्न ध्यान दिनुपर्छ नकि वेवास्ता गरेर क्यान्सर बनाउँन मरीहत्ते ।

 

त्रुटि, कमी कमजोरी सच्याउँने काइदा भनेको विपक्षको आलोचना जति सक्दो, हेर्ने सुन्ने र मनन गर्ने हो । आलोचना सुन्नाले गलत कार्य गर्न रोक्छ र अपराध कर्म गर्नबाट बचाउँछ । कुनै पनि उच्चासिन पदाधिकारीका सल्लाहकार समुहले आफुले पनि आलोचना खुब पढ्ने अनि सार्बजनिक रूपमा गरिएका आलोचना खोजीखोजी सुनाउँने गर्नुपर्छ । तर, यहाँ त आफ्ना धुपौरेमार्फत आफ्नो प्रशंसा लेख्न लगाउँने र त्यही प्रशंसा लगेर सुनाउँने दास मनोवृत्ति छ । जुन ब्यक्ति, समाज र देशको लागि घातक छ । चाकरी नगरी आफ्नो क्षमता र विज्ञताले बाँचिन्न भन्ने अबौद्धिक सोचाइ हो, बौद्धिकताको बिल्ला पाएका कथित बुद्धिजिविको ।

 

बुद्धिजीवीले सत्य तथ्य र सामाजिक यथार्थ बोल्नुपछर्, तर हामी कहा ख्वामित रिसाउँछ्न र पार्टीको जुठो पुरो खाएर सत्ताको चास्नीमा डुबुल्की मार्न पाइन्न सेवा, सुबिधा र पद लिन बाधा र ब्यवधान उत्पन्न हुने भयले डर र त्राशको कारण पनि आलोचना गर्न डराउँछन, सुनाउँन डराउँछन् पार्टी भक्त कथित बुद्धिजीवी । प्रशंसाको पुल बाधेर बस्छन्, प्रायः आलोचनाको तिर ताक्न हच्कनछन ।

 

अनि कसरी राम्रो रिजल्ट दिन्छ्न त उच्च पदस्त कर्मचारी, मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिले । विवेकहिनको अविवेकी सल्लाहले कसरी बन्छ देश ? दुई बर्ष भित्र हामी पेट्रोलियम पदार्थ देश भित्र नै उत्पादन गर्छौ । दक्षिणको मात्रै होइन अब उत्तरको पनि भर पर्नु पर्दैन भनेर प्रधानमन्त्री बोले, हामीले पनि नाकाबन्दी ताका पत्यायौ । तर, प्रधानमन्त्रीले किन र कसरी बोले हामीसँग पेट्रोलियम पदार्थको संग्रह कति छ, यसको सम्भाव्य अध्ययन बिश्लेषण र अनुसन्धान भएको छ कि छैन, यो हाम्रो अहिलेको जनशक्तिको क्षमताले उत्खनन गर्न सकिने हो की होइन, अनि हाम्रो बुताले भ्याउँछ कि भ्याउँदैन यस’boutमा ओलीलाई किन सम्झाउँन बुझाउँन सक्दैनन्, सल्लाहकार विज्ञको टोलीले ? खै बिज्ञको बिज्ञता ?

 

हुनत नेतृत्वले सपना देखाउँन सक्नुपर्छ । आशा जगाउँन र रहर उमार्न सक्नुपर्छ । तर, अधिक सपना, निन्द्राभन्दा लामो सपना र सपनाविहिन नेतृत्व कदापि ठिक होइनन् ।

 

धरातलीय यथार्थभन्दा परका कुरा सबै ब्यर्थ हो । सपना देखाउँने नेताभन्दा सपना साकार पार्ने नेता आजको आवश्यकता हो । समृद्धि सुनाउँने नेतृत्व हैन समृद्धि देखाउने कुशल कार्यकारी र उसको टिम देश र जनताको अपेक्षा हो । जनताले रोजेको कम्युनिस्ट पार्टीलाई चुनावमार्फत पनि यसै कारण जिताएको हो । तर, बिडम्बना सरकार हाँक्ने प्रधानमन्त्रीदेखि उनका अधिकांश मन्त्री ‘ग्रेस मार्क’ पाएर पनि पास हुने हैसियतका छैनन्, देखिएनन । सरकारको प्रारम्भिक ‘पर्फर्मेन्स’ले यस्तै देखाउँछ । अब मार्किङ र ग्रेडिङ कुन औचित्यको आधार र तर्कमा आधारित भएर गर्ने ? केहि आशा जगाएका र विगतमा चर्चामा रहेका मन्त्रीहरू जनार्दन शर्मा, गोकर्ण विष्ट, लालबाबु पण्डित र सबैले उत्साही भएर हेरेका रविन्द्र अधिकारीको कार्य सम्पादन मुल्यांकन फारममा नम्बर राख्नसमेत लजाउँनु पर्ने स्थिति छ भने अरुको हालत कति दयनीय छ स्वयं प्रधानमन्त्री जानकार छन् ।

 

इतिहासकै सर्वशक्तिमान अनि कम्युनिष्ट पार्टीको सरकारलाई राम्रो काम गर्नबाट रोक्ने कुनै त्यस्तो तागत छैन, आफुले राम्रो काम गरेकोले हैन अरुले नराम्रो काम गरेकोले मात्रै यो सरकार यो पोजिसनमा पुगेको हो । जनताको विश्वास काम गर्छ कि भनेर हो यति निकम्मा र नाजुक शासकबाट शासित हुन होइन ।

 

सुशासन र सदाचार रातारात आफै आउँदैन भन्ने थाहा भएको बिषय हो । तथापि जुन गति र लयमा यो सरकार हिंडनु पर्ने हो, जुन विश्वास र भरोसाले जनताले मत खसालेका थिए, त्यो मतको सदुपयोग गरेको पटक्कै देखिदैन ।

 

एउटा कुरा सत्य हो शुरूवाति दिनमा हल्लाखल्ला र तामझाम चै खुबै गर्यो, जनताको नजर खिच्न केही गरेको जस्तो देखियो, तर त्यो फगत नाटक मात्रै रहेछ भन्नेकुरा थाहा पाउँन धेरै समय कुर्नु परेन । यातायात सिन्डिकेट, निर्माण ब्यबसायी पक्राउ, ३३ किलो सुन, गोपाल पराजुली र बिध्यानन्द माझीलाई पदक, दिगम्बर झाको पुनःस्थापन, पप्पु कन्स्ट्रक्सनलाई ठेक्का, निर्मला पन्त बलात्कार र हत्या अनि प्रधानमन्त्रीका सस्ता, हल्का, पातला र जोकर अभिब्यक्ति यी सबै कुरामा सरकार प्रचारप्रसारमा व्यापक जुटेको छ । तर, परिणाम कस्तो आयो के हुदैछ यस’bout अनविज्ञको छ र ?

 

आजसम्म सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले प्रचारप्रसार गरेर दिएका निर्देशन कति पालन भए , कार्यन्वयनमा कति आए त्यसको सामान्य जानकारी राख्दा मात्र पनि सरकारले ग्रेस मार्क दिदा पनि पासाङक ल्याउने ल्याकत देखाउँदैन ।

 

बजार निस्क्यो भने सरकारको नाजुक र निरिहता कति सजिलै देख्न सकिन्छ । कति अराजक छ बजार ? बजार मात्रै ब्यापारीको नाफा घाटाको हिसाबकिताबअनुसार असुल्ने ठाँउ हो कि सरकारको पनि दायित्व हुन्छ बजारप्रति ?

 

खाली मैदानमा एक्लै दौडेर पनि पहिलो हुन नसक्ने सरकार के सरकार ? खाली पोस्टमा गोल ठोक्न नसक्ने मन्त्रीका हुल कतिदिन नेपाली जनताले रगत पसिना, र जिन्दगीसंग साटेको पैसाले कर तिरेर पाल्नु ? सबैभन्दा बलियो सरकार जताततै निरिह, नाजुक र निकम्मा बनेको देखेर अब कस्तो सरकारको परिकल्पना गर्ने ?

 

दुई तिहाई मात्रै भएर केही नहुने रहेछ, दुई तिहाईको सरकार हाक्न दुई औंशको दिमाग शायद कमि भयो कि ? सरकार दुई तिहाईको हैन सरकार चलाउँने भेजा दुई तिहाईको चाहिने रहेछ भनेर बुझ्दा अनुचित नहोला । सबैको खुट्टि समयको कसिमा परिक्षण हुँदैछ । सरकार आफ्नो दुई तिहाईको तिघ्रामा उभिदै छ कि अरुको बैशाखीमा आगामी दिनमा पर्दा खुल्दैजानेछ । ए प्लस मार्क्सको अपेक्षा गरेको सरकारले अर्धवार्शिक परिक्षामा ग्रेस मार्क दिदा पनि पास नहुँदा चित्त कसलाई दुख्दैन र ? समृद्ध नेपाल सुखी नेपाली अब कम्तिमा यो मन्त्री परिषदबाट चाँही असम्भव प्रायः भएको कुरा आफैले खारेज गरेको यातायात ब्याबासायी महासंघसँग मिलेर नेपाली जनताका ठूलठूला र महत्त्वपूर्ण चाड पर्वहरु दशै, तिहार र छठ पर्वको मुखै र आगमन अनि तयारीको पुर्वसन्ध्यामा सार्वजनिक यातायातको भाडा हाल १० प्रतिशत र पछि अरु बढाउँने सहमति गर्नुले सरकार कसको सेवा गर्न चाहन्छ प्रष्ट भएन र ?