माधव नेपालको अभियानः विदेशीको शक्तिको प्रायोजन

 

नर्वेको राजधानी ओस्लोमा बलात्कार विरोधी अभियानकर्तालाई २०१८ को नोबेल पुरस्कारले सम्मानित गर्ने घोषणा भै रहदा नेपालमा भने बलात्कृत र तिनका परिजन आर्फै अझै प्रताडित गरिएको छ । र, बलात्कारीहरु उल्टै पुरस्कृत भैरहेको प्रतित हुन्छ ।

 

प्रायोजित रुपमा नेपथ्यबाट सञ्चालित केही मानिसहरुको उक्साहटमा नेकपा सदस्य माधव नेपालको बदनियतको चर्चाले यो हप्ताको राजनीतिक बजार ततायो । सूर्यास्त हुने बेलामा अन्धकार भएझै पतन हुने बेलामा “विनाशकाले विपरित बुद्धि” भन्ने आख्यान नेपालमा लागु हुन्छ । जो जुन पंक्तिको हुन्छ उस्ले त्यसै पंक्तिको नेतृत्व गरेको हुन्छ भन्छन । सरकारका विरुद्ध सत्ताले गुप्तचर सन्जाल परिचालित गरिरहेछ भन्ने बुझिन्छ, यसैलाई सघाउ पुग्ने ढंगबाट माधव समूह प्रयुक्त छ भन्ने पर्यवेक्षकको टिप्पणी छ ।

 

माधव समूहले पार्टी एकतामा आलटाल गरेको हस्ताक्षर नगरेको घटनाले पार्टी पंक्तिभित्र आशंका जन्मिएको छ । नेपथ्यबाट दवाव आएमा अर्थात लगानी भएमा पार्टीलाई कमजोर बनाउन छेस्को भएर पनि उछिट्टिएर जाने नत्र “किन चाउरिस मरिच आफ्नै रागले” भनेझै निचोरिएर एकलिने गतिविधि देखिदै छ । संसदमा माधवको गीतिभजन सुनेर मुख्य प्रतिपक्षिसमेतले हाम्रो काम हाम्रै खेतालाले गरिदिए भनेर मुक्तकण्ठले प्रसंशा गरेको सबैले सुनेकै हुन ।

 

पराईलाई रिझाउने कविता पाठले नपुगेर आफना मतियारलाई भेला पारेर गुलियो खुवाए, अब देशव्यापी जागरण विरोध प्रदर्शन गर्ने कामकुरा छन् । विरोध प्रदर्शनका जन्ति विपक्षीहरु र गुप्तचर सन्जालका कार्यकर्ता रहलान भन्ने पर्यवेक्षकको विश्लेषण छ ।

 

विहानीपख जसको छाया पनि भीमकाय देखिन्छ । तर, जब १२ बज्छ, त्यतिबेला आफ्नो छाया आफैले कुल्चिन्छ । जब पुनरमुसिको भवःको श्राप लाग्छ, त्यतिबेला दुलामा मात्र वास हुन्छ । पञ्चायती व्यवस्था अन्त्य भैसकेपछि पञ्चले समेत जुन व्यवस्थाले हामीलाई उच्च बनायो त्यसैको विरोधमा जानु आत्महत्या हो भनेर छेउ लागेर कुना पसेको दृष्य झल्झली छ ।

 

त्यस्तै मामुली मानिसलाई पार्टीले उचालेर अग्ल्यायो, सम्पन्न बनायो त्यही पार्टीको विरुद्धमा लाग्नु भनेको आफनै आत्महत्या हो । यो समूहको विरोधको लय चिया कपमा आएको आँधी जस्तै हो !

 

कमिटिले निर्णय लिन सकेन त्यसैले अध्यक्षद्वयले सहमति गर्दा मात्र टुगिंन्छ भनेर निर्णय गर्नेहरु मध्येको एकपात्रले आम मतदातावीच भ्रम फिजाउँनुमा बदनियत देखिन्छ । अध्यक्ष ओलीले कविजी भनेर माधवलाई नयाँ दर्जा एयरपोर्टमै दिए अर्का अध्यक्ष प्रचण्डले पनि माधवजीले संसदमा पार्टी नेतृत्वको सरकारको कार्यशैली’bout असन्तुष्टि पोखेर ठीक गरेनन् । हतारमा प्रदेश नेतृत्वको निर्णय गरि हालौं भन्ने उद्देश्यले सचिवालय बैठक बसेका थिएनौं ।

 

तर, सचिवालयकै साथीहरुले एकतामा धेरै ढिलाई भैसक्यो, तपाईहरुले अहिल्यै प्रस्ताव ल्याउनुपर्छ, दुईजना अध्यक्ष छुट्टै बसेर सल्लाह गर्नुस भन्दै नामावली ल्याउन धेरै प्रेशर गर्नुभयो । त्यसपछि हामी करिब दुईघण्टा गृहकार्य गरेर नाम प्रस्ताव गरयौं । सबैले सहमति जनाएका कारण बैठकबाट निर्णय भएको हो । हामी दुईजना अध्यक्षले मात्र गरौं भनेर त्यो निर्णय भएकै होइन । तर, संयोगबश माधव नभएको समय परेकाले त्यस्ता केही परयो नियोजित रुपमै गरिएको हो कि भन्ने उहाँलाई परेको हुन सक्छ भनेका छन् । पार्टी एकता विरोधीलाई परास्त गरिछाडने प्रण प्रचण्डले गरेका छन् ।

 

मित्रसँगबाट बाचियो भने बैरिसँग लडौंला भन्ने उक्ति छ । नेकपा भित्रको गुट उपगुटहरु दर्जनौ आफनै मित्रपंक्तिवीच निर्ममतापूर्वक द्वन्द चलिरहदा संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा सहभागितापछि कोस्टारिका भ्रमण गरेर स्वदेश फर्कने क्रममा एयरपोर्टमै प्रधनमन्त्री ओलीले स्मरणीय उदघोष गरे ।

 

उनले यो सरकार ५ वर्ष चल्छ, पाँच वर्षमा चुनाव गराउँछ । यतिबेला कतियले विषय र मुद्दा नभएको हल्ला फिजाएर राजनीति त्यतै कुदाउँन खोजेका छन् । अस्थायी कुरा गरेर एउटा पात हावाले हल्लायो भनेर त्यसकै पछाडि कुदने राजनीति राजनीति नै होइन । बजेटपछि दुईमहिना मात्र काम भएको बजेट निकाशा भएर कामसमेत गर्न नपाईसकेको अवस्थामा सरकारले काम गरेन भन्नु कसैलाई गाली गरेर सन्तुष्ट भएर बस्ने प्रवृत्तिमात्र भएको टिप्पणी गरे ।

 

प्रधानमन्त्रीले भने नेपाल गरिव यो ७ महिनामा मात्र भएको हो । देशैभरि पिचैपिच थिए, यो ७ महिनामा के बन्दै बनेनन् ? भ्रष्टाचारले देश कहालीलाग्दो भैरहेको परिप्रेक्ष्यमा प्रधानमन्त्री कार्यालयले “कर्मचारीले भ्रष्टाचार गर्दिन गर्न दिन्न” भनेर दैनिक सपथ लिनुपर्ने नयाँ व्यवस्था गरेको छ । सपथका साथै यही व्यहोराको साइनबोर्ड प्रत्यक सरकारी कार्यालयमा अनिवार्य टास्नुपर्ने छ । प्रत्यक्ष अप्रत्यक्ष भ्रष्टाचारले सताब्दियौदेखि मुलुकलाई गाजिँरहेको अवस्था छ । सरकारले भ्रष्टाचारी तस्कर हत्यारालाई कानुनको दायरामा ल्याउछ । तर, सत्ता (अदालत लगाएतका संगठन) ले प्रमाण पुगेन भनेर घुस खाएर भ्रष्टाचार गरेर फुलमाला लगाएर रिहा गरिदिन्छ, यस्तो अवस्थाले देशलाई घेराबन्दि गरेको छ ।

 

प्रचण्डले आफ्नो राजनीतिक जीवनमा मुख्यतः तीन गल्ति गरे, जसमा गिरिजालाई राष्ट्रपति बन्न दिइन, सेनापति र पशुपतिलाई विच्काए । यि कारणले मैले हुनुपर्ने हैसियत गुमाए । अब अर्को गल्ति गर्दिन त्यसमा पनि ओलीलाई चिढयाएर म खरानी बन्न चाहन्न भनेर प्रण गरेको अवस्था छ ।

 

नेकपामा साविकको एमाले र माओवादी भन्नेमा सीमित छैन तर दर्जनौ गुट उपगुटमा विभाजित छन् । एकले अर्कालाई पतन गराउने चलखेलमा अभ्यासरत छन् । माओवादी पतनको मुख्य कारण गुटवन्दी नै थियो । पतन भैरहेको माओवादी एमालेको वुई चढेर नेकपामा समाहित भैसकेपछि पहिली देखि गुटवन्दिमा निपूर्ण भैसकेका तत्कालिन एमालेका स्वनामधन्यसँगै गाउँहरुमासमेत सतदया देखिदै गरेको गुटवन्दिका कारण कुनै प्रतिकुल स्थितिमा पार्टी विघटन नगर्लान भन्न सकिएन ।

 

प्रचण्डले पहिले नै भनेका थिए–“विघटन गर्न म अभ्यस्त भैसकेको छु ।” आगामी दुई वर्षमा नेकपाको महाधिवेशन गर्ने निर्णय भैसकेको छ । महाधिवेशनमा अध्यक्षको आकांक्षी सबै गुटका नाइकेहरु चुनाव लड्ने मनस्थितिमा छन् । मुख्यतः वर्तमान अध्यक्षद्वय केपी. ओली र पुष्पकमल दाहाल निश्चितै उम्मेदवार होलान । त्यसमा पनि ओलीले दोहो¥याउने पक्कै छ । करौति उम्मेदवारका रुपमा झलनाथ खनाल, इश्वर पोखरेल, माधव नेपाल, रामबहादुर थापादेखि युवा पंक्तिका सशक्त उम्मेदवार हुन सक्छन् । यसप्रकार आगामी महाधिवेशनको बेला वार्गेनिङका निम्ति र अरु कार्यको लागि दलालीको काममा देखापर्दैछन् ।

 

विजयादशमी–दिपावलीको सँघारमा नेपाली समाज छ । दशै–तिहार छठ मनाई सकेपछि देशमा अशान्ति मच्चाउने –आन्दोलन गर्ने गृहकार्य भैरहेको बुझिएको छ । सर्वप्रथमतः सरकारलाई घेराबन्दी गर्ने, असफल तुल्याउने र त्यसका लागि पार्टीहरुमा अन्तरसंघर्ष चर्काउने, फुट ल्याउने टुकराउने  कोशिश नेपथ्यबाट भैरहेको बुझिन्छ । तदनुरुपका पात्रहरु सतहमै देखिएका छन् ।

 

पार्टी कमजोर भयो भने लोकतन्त्र पनि कमजोर हुन्छ । पार्टी छताछुल्ल भैरहेकोबेला साम्प्रदायिक (हिन्दू) नारा उराल्ने, सि.के. राउतका विखण्डनकारी मधेसी नारा चर्काउने वाला छन् । जनजातिका मतवाली आन्दोलन पनि गर्नेवाला छन् । पतनोन्मुख राप्रपालाई हिन्दु नाराले कमल थापालाई अलिकति उकास्यो र मन्त्रीको पगरी पनि पटकपटक गुत्थे ।

 

यस्तै घोंधाशंख बन्दै गरेको कांग्रेसलाई पनि हिन्दूराष्ट्रको नारा रणनीतिक अस्त्रका रुपमा प्रयोग हुने अपेक्षा राखेका छन् । कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले भनेका छन्–संविधानको प्रस्तावनामा “नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृति देश मानेको छ । ८० प्रतिशत हिन्दु भएको देश हिन्दु राष्ट्र हुनुपर्छ । धर्मनिरपेक्षतालाई जनमत संग्रहबाट टुङ्याउनुपर्छ । कम्युनिष्टले धर्म सून्तताको कुरा गर्छन तर कांग्रेसले धार्मिक स्वतन्त्रता भन्दै आएको छ भनेका छन् । पश्चिमाहरुले नेकपा फुटाई दिए भने मिलिजुलिबाट सरकारमा पुगिएला भन्ने आशामा कांग्रेस लगायतका छन् ।

 

सत्ताका कारण नेपाली जनताले न्याय पाउन नसकिरहेको परिदृश्यमा बलात्कार हत्या बढिरहेको स्थितिमा राजधानीलगायत विभिन्न क्षेत्रमा सत्ताको खिलापमा विरोध प्रदर्शनहरु भैरहेका छन् । यतिसम्म कि गृहमन्त्री, आइजीपीको राजिनामाको माग गरिरहेका छन् । प्रत्यक्षदर्शिले निर्मला पन्तको हत्याकाण्डका सम्पूर्ण प्रमाणहरु नष्ट गर्ने एसपी विष्टलगायतका प्रहरी अधिकृतहरु शतप्रतिशत अपराधिहरु हुन तिनलाई कानुनको दायरामा नल्याउनेन्जेल देशमा विरोधजन्य हर्कतहरु जारी रहन्छन् भन्ने सबैलाई विश्वास छ ।

 

हत्या गरेको तीन महिना व्यतित भैरहँदासमेत अपराधि पत्ता लागेन भनेर टार्नु पुच्छरले कुकुरको टाउको हल्याए जस्तै भएको छ । नेपालमा अवला एक युवतिको बलात्कार र हत्या देखादेख हुँदा पनि समाजबादन्मुख सरकारले न्याय दिन नसक्नु विडम्वनायुक्त छ ।

 

नर्वेको राजधानी ओस्लोमा बलात्कार विरोधी अभियानकर्तालाई २०१८ को नोबेल पुरस्कारले सम्मानित गर्ने घोषणा भै रहदा नेपालमा भने बलात्कृत र तिनका परिजन आर्फै अझै प्रताडित गरिएको छ । र बलात्कारीहरु उल्टै पुरस्कृत भैरहेको प्रतित हुन्छ । यो देशको विडम्वना हो ।