कहिले बुझ्लान नेता हुनुको मर्म

 

धुलिेखेलदेखि टुँडिखेलसम्म योगको तहल्का मच्चाएका रामदेवले सर्वसाधारणदेखि प्रचण्डसम्मलाई भुँडि हल्लाउँन सिकाएर चर्चित रामदेव जस्तै अहिले रामवीरलाई राजीनामा दिन लगाएर बामदेब चर्चित भए ।

 

 

राजीव भण्डारी

 

 

राम बीरंबाम देव . राम देव । मिसमास गरेर बनाउँदा यो नाम अति नै राम्रो सुनिन्छ । यो नाम विगत निक्कै वर्षदेखि भारतीय माझ मात्र होइन नेपालीमाझ पनि लोकप्रीय छ । जसले धुलिेखेलदेखि टुँडिखेलसम्म योगको तहल्का मच्चाए । सर्वसाधारणदेखि प्रचण्डसम्मलाई भुँडि हल्लाउँन सिकाए । गाऊँगाऊँमा आफ्नो घरमा पालेको गाईको घिउको सट्टा रामदेवको घिउ खान सिकाए । तर, अहिले यो लेख ती रामदेव’bout होइन । हाम्रै नेपाली राम देव’bout हो । भारतीय रामदेव एकबचन नाम हो हो भने हाम्रो नेपाली राम देव बहुबचन नाम हो । दुई जना मिलेर बनेको ।

 

प्युठानदेखि डोल्पासम्म ताक्दा पनि कतै कसैले नछोडेपछि आखिरमा राजधानी जस्तो सुविधासम्पन्न ठाउँमा माननीयले ठाउँ छाड्नु भनेको रामबीर र बामदेवबीचको रसायनशास्त्रलाई मान्नै पर्छ । रामबीरको नझरमा बामदेव यस्ता महान व्यक्तित्व हुन जसको संसद प्रवेशले एउटा यस्तो गाँठो फूक्नेछ जसले देशमा रोकिएका सम्पूर्ण कामहरु फटाफट हुनेछन् । बामदेवको नजरमा चाहिं आफू संसद भित्र जसरी पनि छिर्नै पर्दछ ’cause नेकपाको सुत्रधार नै मै हुँ, दुई तिहाई बहुमत आउँदा पनि म चाहिँ बाहिर अनि मैले सरकारी लाभको एउटा पद पनि प्राप्त नगर्नु ?

 

आखिर किन मानिसहरु यसरी मरिहत्ते गर्दछन पद र प्रतिष्ठाको लागि । किन नेताहरुले यो कुरा बुझ्न सकिरका छैनन् कि अहिलेका जनताले आफूमाथी अकै ढंगले सोचिरहेका छन् । नेता हुनु भनेको जनताको मनमा बस्नु हो नकी अग्लो कुर्सीमा । तर, हाम्रा नेताहरु यस्ता कुरामा ध्यानै दिंदैनन् । एउटा बामदेवल गर्दा नेकपाप्रतिको दृष्टिकोणमा ओरालो लाग्नमा ठूलै मलजल प्राप्त भयो ।

 

पार्टीको जति ठूलो नेता उसको उति ठूलो हात हुन्छ, उक्त पार्टीको शिर उँचो बनाउँन । सबैले भने माओवादी र एमाले मिलेर नेकपा बन्नमा बामदेवको प्रमुख हात छ । अनि त्यस्तो हात भएको मान्छेलाई समय आएपछि त सबैले हृदयदेखि नै श्रद्धाले हेर्छन नै ।

 

तर, उनी कति छिटो स्खलीत हुन पुगे । हुनत उनले अब चुनाव नलड्ने भनेर पछाडी हटी सके, तर पनि यो त सब जनताले बिरोध गरेपछि मात्र भएको हो । नत्र उनले आँटी सकेका थिए । बिजयोत्सव मनाइरहेको सपना देखि सकेका कमरेडलाई सायद जनताले उल्टो बाटो देखाइदिन्थे होलान ? जनता सधैं एकै जना तथा एउटै पार्टीलाई भोट दिन्छन् भन्ने छैन । यसका उदाहरण त कति छन् कति ।

 

कीर्तिपुरमा प्रचण्डलाई कसरी जनताले जिताएका थिए । पछि के भयो सबैले देखेकै हो । झन चुनाव पनि हार्नु अनि अर्कै ठाऊँबाट आउनेलाई त जनताले लोप्पा ख्वाएकै हुन्छन् । कृष्णगोपाल श्रेष्ठले दोश्रो संविधानसभाको चुनाव हारे । पछि माधव नेपालले अत्यधिक बहुमत साथ जितेको क्षेत्रमा गए तर जनताले लोप्पा ख्वाएर पठाए । त्यसैले जनता भनेको पार्टीका बफादार कार्यकर्ता होइनन् । जनतालाई नेताको आज्ञा पालन गर्नु पर्दैन । उनीहरुले यस्ता गतिबिधी नियालिरहेका हुन्छन् र मौका आएपछि त्यसको जवाफ पनि दिन्छन् ।

 

नेताले चुनाव हारे पछि किन हारियो भनेर समिक्षा गर्नु वेश हुन्छ । अझ राम्रो काम गरेर जनताको मन जित्नु पर्ने हुन्छ । पार्टी भित्रबाटै अन्तरघात भएको छ भने त्यसलाई केलाउन सक्नु पर्दछ । पहिलो संविधानसभामा माधव नेपालले पराजित भएपछि पनि सभासद बनेर घुमाउरो तरिकाबाट संविधानसभा भवन छिरे ।

 

उनले ठूलै जिम्मेवारी पनि पाए, संवैधानिक समितिको सभापति । उक्त पद भनेको संविधान बनाउँने सबैभन्दा उच्च तहको पद थियो । तर, उनले त्यो सबलाई तिलाञ्जली दिए र गिरिजाप्रसाद कोइरालाको सहयोगमा प्रधानमन्त्रीको कुर्सिमा बिराजमान भए । जो उनको जिन्दगीको सवैभन्दा महत्वाकांक्षा थियो, ’cause तत्कालिन राजा ज्ञानेन्द्र शाहले आवेदन माग गर्दा राजदरवारको पश्चिम ढोकामा निवेदन दर्ता गराए कै हो । उक्त संविधानसभाबाट संविधान पनि बनेन ।

 

सायद उनै सभापति भएको भए बन्थ्यो कि ? उनले आफ्ना सम्पूर्ण ध्यान त्यता पट्टि लगाएको भए सम्भव हुन पनि सक्थ्यो । तर, पदको अगाडी उनी नतमस्तक भइ दिए । आफू पराजय भएता पनि संसदमा छिरेर आफ्नै नेतृत्वमा संविधान निर्माण गर्न भूमिका खेलन सकेको भए आज साराले नेता भनेको उनी जस्तो हुनुपर्छ भन्थे होलान् । जसले प्रधानमन्त्री जस्तो पद पाएर पनि तिलाञ्जली दिएर संविधान बनाउनमै अर्जुन दृष्टि लगायो भनिन्थ्यो पनि।

 

हिजो आज मिडियाजिवीहरुले समाजका बिभिन्न तह र तप्काका व्यक्तिहरुलाई तपाईंलाई नेपालमा मन पर्ने नेता को हो भनेर जनमत सर्वेक्षण गरेको देखिन्छ र उनीहरु एकछिन अनकनाउँछन् अनि जिउँदोमा त छैन मरिसकेका मध्ये बिपि कोइराला, पुष्पलाल, गणेशमान, मदन भण्डारी भनेर त्यो देख्दै नदेखेको र ती नेताको ’boutमा इतिहास पनि थाहा नभए पनि नाम चाहिं लिन्छन् । हुनत यि नेताहरु अवश्य पनि आदरणीय र सम्झिरहने नाम हो । तर, किन मरिसकेका नेताको नाम लिएको भनेर सोध्यो भने पचास प्रतिशतलाई पनि ती नेताहरुको इतिहास, त्याग, तपस्या, समर्पण आदि’bout थाहा नभएको पाइन्छ ।

 

उनीहरुले यी नामहरु मात्र अरुको मुख बाट सुनेको आधारमा मात्र लिएको पाइन्छ । र, सायद यी व्यक्तिहरु महान नेता थिए भन्ने लागेर मात्र हुन सक्छ । हो अब नेताहरुले आफूलाई जिउँदो छँदै जनताले सम्झिने काम गर्नु पर्छ । चुनाव जितेर मात्र अरुले सम्झिने होइनन् ।

 

गणेशमानले आफूले प्राप्त गरेको प्रधानमन्त्रीको पद कृष्णप्रसादलाई नदिएको भए सायद आज उनी यतिको महान मानिने थिएनन् । मदन भण्डारी कहिल्यै पनि पदमा पुगेनन् तर सदा आफूलाई जिम्मेवार प्रतिपक्षको भूमिकामा लडिरहे ।

 

यदि पदकै राजनीति गरेर सबैले सम्मान गर्ने र ठूलो मान्छे भनेर सम्झने हो भने त हामी कहाँ दूईचोटीदेखि पाँचौ पटकसम्म प्रधानमन्त्री हुनेको संख्या कति छ कति, तर आदरका साथ नाम लिने प्रधानमन्त्री भने पाइँदैन । अझ उपप्रधानमन्त्री र मन्त्री हुनेहरु त दर्जनौं पटक पनि भैसकेका छन् । तर जनताले उनीहरुलाई कसरी हेरिरहेकाछन्, ध्यान दिएका छैनन् ।

 

कोहि त यस्ता पनि थिए, ती व्यक्ति नभएको मन्त्रिमण्डल नै अपुरो जस्तो लाग्ने, अहिले पनि लागि रहेको छ । पार्टी फुटाएर हुन्छ कि, साम, दाम दण्ड, भेद के प्रयोग गरेर हुन्छ, मन्त्रीमण्डलमा बसेरै छोड्ने । उनीहरुको पद नै सदावहार मन्त्री भन्ने थियो । सायद मिलिजुली सरकार बनेको भए तीनीहरु अहिले पनि कुर्सिमा बिराजमान हुन्थे।

 

हाम्रा नेताहरु आफू मरेर गए पनि जनताका आँखामा आफुलाई राख्न चाहान्छन भने अहिले नै बानी सुधार्नु पर्छ । आसेपासे तथा आफ्ना नेता कार्यकर्ता मात्र जनता ठान्ने र उनीहरुका गुनासोहरु मात्र सुन्ने बानी टाढा राख्नु पर्छ । सम्पूर्ण जनतालाई नै आफ्ना जनता हुन् भन्ने ठानुन ।

 

स्मरण रहोस, हामी कहाँ फेरि पनि चुनाव त हुन्छ होला । त्यतीबेला नामै नसुनिएका दल अर्थात आफूले भुसुना सम्झेका दलले आफूलाई खाइदिएन पनि सक्ला भन्ने हेक्का रहोस् । नेपाल भारत होइन र यहाँको राजनीति केहि हदसम्म त्यहाँको राजनीतिसम्म मिल्ला तर ठ्याक्के मिल्दैन ।

 

नत्र कसरी गणतन्त्र सम्भव भयो, कसरी माओवादीले शान्तिपूर्वक अवतरण गर्ने मौका पायो । यो पनि नभुलौं जनताले कुनै विकल्प पाएनन् भने नानी मैयाँलाई पनि जिताएकै हुन् । एक पटक जनताले अस्विकृत गरेपछि अर्को चुनावसम्मलाई धैर्य धारण गर्ने कष्ट गर्दा कस्तो होला ? फेरि आएको चुनावमा जित्न जनताको भलाई हुने काम गर, जनता साथ भए भने विपक्षीको कडा टक्कर मात्र होइन आफ्नैको अन्तरघातको पनि केहि लाग्दैन ।