गरिवीमा शरद उत्सव जारी

 

 

हुनेखाने बर्गले हुँदा खाने बर्गको मस्तिष्कमा संस्कृति भित्र विकृति भित्राइदिएका छन । शक्तिको प्रतिक देवीबाट शक्ति प्राप्त गर्न हिंस्रक होइन खसीवोका जस्ता सोझा जनावरको बलि दिने संस्कृति रहि आएको छ । त्यसैले शासक बलिया र शासित निर्धा भएको हुनुपर्छ ।

 

 

“आयु द्रोण सुते, श्रीयं दशरथे

शत्रुक्षयं राघवे ऐश्वर्य नहुषे

गतिस्च पवने, मानंच दुर्योधने

सौर्य सान्तनवे, वलंहरधरे

सत्यंच कुन्तिसुते, विज्ञाने विदुरे

भवन्तु भवतां किर्तिस्च नारायणे ।”

 

ऋषि द्रोणचार्यका पुत्र अस्वस्थामाको जस्तो आयु होस, राजा दशरथको जस्तो कृति होस, रामको जस्तो शत्रुहरण क्षमता होस, नहुषको जस्तो ऐश्वर्य होस, पवनको जस्तो गति होस, दुर्योधनको जस्तो सान र मान होस, सूर्य पुत्र कर्ण झै दानी स्वभाव होस, भीमसेनको जस्तो बल होस, युधिष्ठिरको जस्तो सत्यवादिता होस, विदुरको जस्तो ज्ञान र नारायणको जस्तो कृति छाओस” भनेर मान्यजनले पुरुषलाई आशिर्वचन दिइन्छ ।

 

अर्कोतर्फ

“जयन्ति मंगलकाली

भद्रकाली कपालिनी,

दुर्गा क्षमा शिवाधात्री

स्वाहा स्वधा नमस्तुते”

स्त्रीलाई “देवी स्वरुप”को बन्नु भनेर आशिर्वाद दिइन्छ ।

 

यस बर्षको विजयादशमी हर्षउल्लासका साथ घर घरमा नेपाली जनले मनाएर अब विदा लिने तरखरमा छ ।

 

दक्षिण एसियामा शरद ऋतुमा परम्परादेखि विभिन्न सामाजिक चाडपर्व मनाउँने गरिन्छ । अब यही कात्तिकमा तिहार मानेपछि “शरद उत्सव” समापन हुन्छ ।

 

ठुलाले अप्नाएको चालचलन संस्कृतिलाई अनुशरण गर्ने नेपाली संस्कार भएको हुँदा “ऋणं कृत्वा घृत्तम पिवेत” अर्थात ऋण गरेर भएपनि घिउ पिउँने कुसंस्कार पनि भएको हुँदा मधेसतिर एउटा व्यंग्य गर्छन “दशैमे दश आना, तिजमे तीन आना, तिहारमे तीन आना, गेलौ पहाडिया सोह्र आना” ।

 

विश्लेषक टिप्पणी गर्छन राजनितिले फुटाउँछ, सामाजिक चाडपर्वले जुटाउँछ । तदनुरुप परदेश गएका रोजगारीमा गएका प्रायः सबै आआफनो घरमा शरद महोत्सवका वेला घरमा फर्कन्छन ।

 

राजधानीबाट मात्रै करिब ४० लाख मानिस दशैमा घरघरमा पुगेर फर्कने क्रममा छन् । असत्यमाथि सत्यले विजय पाएको खुसियालीमा दशै मनाउँने परम्परा सनातन संस्कृति हो ।

 

सुसंस्कृति भित्रै विकृति भित्राएका छन, हुनेखानेले हुँदा खानेको मनमस्तिष्कमा । यस्तो विकृतिका विरुद्ध जुझ्ने प्रेरणा शक्तिको प्रतिक देवीले प्रदान गरुन भनेर आश्तिकहरुले स्तुति, स्तोत्र, ध्यान, पाठपुजाका अतिरिक्त बलि दिएका हुन ।

 

बलि दिदाखेरी हिंस्रक जन्तुको दिइन्न, सोझासिधा जनावरको दिने परम्परागत संस्कृति छ । त्यसैले होला शाकाहारीहरु बलि प्रथा बन्द गरौं भनेर सामुहिक अभियान चलाउँदै आएका छन् ।

 

हिमाली भेगबाट उत्पन्न भएको ठण्डि ठाउँको उपजको रुप्मा चलेको बलि प्रथा अर्थात मांसाहारी प्रथा परम्परागत हो । कुकुर बाघको जस्तो मांसाहारी दात मानिसको हँुदैन गाई र बाख्राको जस्तो शाकाहारी दात हुन्छन । यसप्रकार प्रकृति प्रदत्त मानिसहरु मांसाहारी होइनन, सभ्यता विकासको क्रममा धेरैपछि मांसाहारी भएको होलान ।

 

सोहीक्रममा हुनेखानेहरुले सँधै दशै मनाईरहेका हुन्छन । हुँदा खाने हरुको सामाजमा दशै आएपछि मिठो मसिनो खाउँला नयाँ लुगा लगाउँला भनेर प्रतिक्षारत रहने नेपाली परम्परा हो ।

 

त्यसैले दशै जस्तो चाडवाडको बेला बजारमा किनमेल गर्नेको घुइँचो लाग्छ । नेपालमा मासिक चार लाख ३० हजार खसीबोका खपत हुन्छन । यसबाट ९४ लाख केजी मासु तयार हुन्छ । औसतमा नौसयका दरले ८ अर्ब ४६ करोडको मासु नेपालीले मासिक उपभोग गर्छन ।

 

राजधानीमा मात्रै चारपाँच सय राँगा काटिन्छन, प्रत्येक महिना । दशैको बेलामा चाँहि बाह्रसय जति पुग्छन् ।

 

कुखुरा तीन लाख केजी मासिक खपत हुँदा दशैको बेला दशलाख केजी खपत हुने गरेको छ ।

 

मासुमा पनि नेपाल परनिर्भर हुँदै गएर इण्डियाबाट आयात गर्ने गरिएको छ । दशैमा मात्रै ९ अर्बको मासु खपत भएको बुझिन्छ ।

 

यता अन्तर्राष्ट्रिय गरिवी निवारण बर्ष २०१८ को उपलक्ष्यमा गतहप्ता प्रधानमन्त्रीले नेपाललाई गरिविको दुष्चक्रबाट मुक्त गर्ने प्रेरणा मिलोस भनी शुभकामना दिएका छन् ।

 

गरिवीले गाजेको देशलाई पछिल्लो समयसालमा वैदेशिक रोजगारीमा गएका वैदेशिक रोजगारले प्रेषण गरेको रेमिटयान्सले देशको अर्थतन्त्र धानिरहेको मौजुदा स्थिति छ । गरिविलाई बुझने विभिन्न आयाम छन मानवीय सामथ्र्य विकासका पाँच आयाम बताइएको छ ।

 

यसमा आर्थिक सामथ्र्य, मानव पूँजी विकास, राजनीतिक क्षमता, सामाजिक सांस्कृतिक सामथ्र्य, संरक्षणातमक सामथ्र्य । सामथ्र्य विकास नै गरिवी निवारण र सामाजिक न्यायको मार्ग हो । नेपाल जस्तो अल्पविकसित मुलुकमा गरिवी विरुद्धको आन्दोलन धर्मयुद्ध जस्तै हुने गर्छ ।

 

गरिवी विरुद्ध लडिरहेका मुलुकहरु र अन्तर्राष्ट्रिय सहकार्यका आधारमा गरिवी निवारणका लागि मूलतः आर्थिक गरिवमुखी आर्थिक वृद्धि, अवसर विस्तार सशक्तिकरण र क्षमता विस्तार, लैगिंक समानता र समावेशिता, विस्तृत सहायता र संरक्षण प्रणाली, लक्षित कार्यक्रम सञ्चालन जस्ता रणनीति अपनाइएका छन् ।

 

यी रणनीतिको एकल उपयोग होइन कि एकसाथ व्यापक उपयोगबाट मात्र गरिवी निर्मुल पार्न सकिन्छ भन्ने निश्कर्ष छ । गरिवी बहुआयामिक विषय हो र कतिपय सन्दर्भमा स्थान वैदेशिक पनि हुन्छ । कसरी गरिवी निवारण गर्न सकिन्छ भन्ने विषयमा गरिवीको प्रकृति, सघनता र स्थानीयताले पनि प्रभाव पार्छ । तर, गरिवीका आधारभूत विशेषता प्रायः समान रहने भएकाले गरिवी विरुद्धका रणनीतिमा पनि साझा चरित्र पाउँन सकिन्छ ।

 

आफनो जीवनको आवश्यकता पूरा गर्न मानिस आफै सबैभन्दा भरपर्दो र क्रियाशिल पात्र हो । गरिवसँग भएको श्रम, सीप र सम्भावना उपयोगविना वितरणमुखी कार्यक्रमबाट मात्र गरिवी घटाउँन (हटाउँन) सकिदैन ।

 

गरिवको सामथ्र्य विकास गरेर उसको जीवनस्तर उकास्न र राष्ट्रिय विकासमा उसलाई उन्नयन गर्न सकिन्छ । यो नै सामाजिक न्यायको मार्ग र गरिवी निवारणको सही रणनीति हो । नेपाल लगायत विकासशिल मुलुकमा गरिवको पहिचान र गरिवीको कारण पहिचान बेगर नै गरिवी निवारणका कार्यक्रम संचालन गरिएकाले पनि गरिवी निवारण हुन नसकेको तथ्य एकातिर छ भने अर्कोतिर गरिव लक्षित कार्यक्रम संचालन स्वरुपमा एक रुपता छैन ।

 

कार्यक्रमहरु छरिएका छन, कार्यक्रमहरु सीप र क्षमतामुखी भन्दा पनि वितरणमुखी देखिएका छन् । गरिवी निवारणका कार्यक्रममा गरिवी पहिचान एकीकृत कार्यक्रम खाका, समन्वय, प्रतिवेदन र तथ्यांकीय प्रणाली व्यवस्थित छैन ।

 

विभिन्न तहका सरकारको काममा समन्वय र उनीहरुको क्षमता विकासको कार्यहरु गर्नुपर्ने देखिएको छ । अन्तराष्ट्रिय गरिवी निवारण दिवसको अवसर पारेर गत वर्ष सेप्टेम्वर १७ मा २५ जिल्लाको गरिव घरपरिवार पहिचानको नतिजा सार्वजनिक गरेको थियो ।

 

जसअनुसार सर्वेक्षणमा समेटिएका १२ लाख ४० हजार ३२५ घरपरिवारमा ३ लाख ९१ हजार ८३१ गरिव देखिएका छन् । सरकारी तवरबाट हाल सञ्चालनमा आएका आयआर्जन, छात्रवृत्ति, खाद्यसुरक्षा, सीप विकास, जनता आवास, स्वास्थ्य वीमा र सञ्चालनमा आउने अन्य कार्यक्रमको आधार पहिचान भएका गरिवी हुनुपर्दछ ।

 

साथै भविष्यमा संचालनमा आउन सक्ने सामाजिक सुरक्षा सहायता र संरक्षण एवं अन्य लक्ष्यित कार्यक्रमका लागि पहिचान भएका गरिवीको वर्गीकरणलाई आधार मानिनुपर्छ । यसबाट हाल खर्च भैरहेको अवौं रु. गरिवी घरपरिवार समक्ष सीप, शिक्षा, अनुदान, उपचार, संरक्षण, सेवा जस्ता माध्यमबाट पुग्नेछन । कार्यक्रमको दोहोरापना पनि हटने छ, जसले गरिवलाई सधै गरिवी रहिरहने छैन । आ.व. २०७५÷०७६ को बजेट नितिले आगामी दुईवर्ष भित्र गरिवी पहिचान गर्न बाँकी ५१ जिल्लाको घरपरिवार सर्वेक्षण गरी गरिवी पहिचान गरीसक्ने प्रतिबध्ता गरेको छ ।

 

नेपाल सरकारले आगामी २५ वर्षको दीर्घकालिन योजना बनाई समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्ने संकल्प अनुरुप कार्य गरीरहेको छ । अन्तराष्ट्रिय विकास मार्गचित्रका रुपमा रहेको दीगो विकास लक्ष्यले पनि सबै प्रकारको गरिवी घटाउँने संकल्प र यसका लागि उपराष्ट्रिय, राष्ट्रिय र अन्तराष्ट्रिय तहको साझेदारको खाका बनाएको छ ।

 

सामान्यतः गरिवीले अभाव, आवश्यकता र पीडालाई बुझाउँछ । गरिवीले विपन्नता र वञ्चितिको सिर्जना गर्छ । जसले सबै प्रकारको अवसर उपयोगको तगारो बन्छ । विभिन्न पात्र र परिवेशमा गरिवीलाई पृथकतापूर्वक विश्लेषण गरीएको छ । विश्व बैंकले १.२५ अमेरिकी डलर प्रतिदिन कमाउन नसक्नेलाई गरिव मानेको छ । युएनले आयु साक्षरता, जीवनस्तर र वञ्चितिकारणलाई आधार मानी तयार पारेको मानवीय गरिवी सूचकांकका आधारमा गरिवीको विश्लेषण गर्दछ ।

 

सन् २०१० बाट राष्ट्रसंघीय विकास कार्यक्रमले गरिवी बहुसूचकांक (एमजीआई) पनि प्रयोगमा ल्याउन थालेको छ । तर, अत्यावश्यक उपयोग मूल्य सूचकका आधारमा गरिवीको रेखा निर्धारण गरी निश्चित विन्दुभन्दा तल आय हुनेलाई गरिवी भन्ने प्रचलन नेपालमा रही आएको छ ।

 

तेश्रो जीवनस्तर सर्वेक्षणको नतिजा २०६८ अनुसार तत्कालिन मूल्यमा वार्षिक १९,२६१ रुपैयाभन्दा न्यून आय हुने व्यक्ति गरिव हो । तत्कालिन अवस्थामा २५.२ प्रतिशत नेपालीहरु गरिव थिए भने चौथो योजना तयारीका सन्दर्भमा तथ्यांकीय प्रवृत्ति विश्लेषणबाट २१.६ प्रतिशत जनसंख्या गरिवको रेखामुनी रहेको तथ्यांक प्रक्षेपण गरिएको छ ।

 

गरिवीको रेखा निर्धारणको आधार २२२० क्यालोरी र अन्य गैरखाद्य आवश्यकताको मूल्य हो । आय सुचक (मनी मेट्रिक्स)बाट मात्र गरिवीलाई समग्रतालाई समेटन सक्तैन । गरिवका आर्थिक सामाजिक, र मानवीय आयामहरु हुन्छन् ।

 

दशौं पंचवर्षीय योजना तर्जुमाका आयामबाट हेर्न थालियो र तिनै प्रकृतिका गरिवी हटाउन छुट्टाछुट्टै रणनिति अवलम्वन गर्न आवश्यक मानियो । आय गरिवी मूलतः न्यूनतम आवश्यकतालाई आय सूचकबाट हेरिन्छ । आय सृजनाका लक्षित कार्यक्रममार्फत यस प्रकारको गरिवी घटाउँन सकिन्छ । मानवीय गरिवी , शिक्षा, स्वास्थ्य, सरसफाई जस्ता क्षेत्रमा लगानी गरी मानव क्षमता निर्माणमार्फत घटाउँन सकिन्छ । तर, सामाजिक गरिवी वा वञ्चितिकरण हटाउँन औपचारिक कार्यक्रम मात्र पर्याप्त हुदैन । यसका लागि मूल्य संस्कृति परिवर्तन, समावेशिकरण, सहभागिता विस्तार जस्ता रणनिति चाहिन्छ ।