साध्य समृद्घि : साधन विज्ञान र प्रविधी

 

 

विज्ञानको एक विधाको सफलताले अर्को अर्कोको विकाससमेतमा सघाउ पुर्याउँछ ।विज्ञानको विकासले ल्याएको हरित क्रान्ति, औषधी प्रविधी, सुविधायुक्त बासस्थानले मानव जीवन सहज बन्दै गयो । अहिलेको मानव सभ्यताको श्रेय विज्ञान र प्रविधीलाई नै जान्छ ।

 

 

तत्व तिम्सिना

 

 

विज्ञान र प्रविधी विनाको भविष्य अन्धकारमय हुन्छ । डेढ दुई सय वर्ष अघिको समयलाई फर्केर हेर्दा यो स्पष्ट हुन्छ । त्यस बेलाका मानिसको जीवन कस्तो थियो होला ? अहिलेका विकसित देशसमेतमा त्यसबेलाको विजुली, इन्टरनेट र टेलिफोन थिएन । हुन त् कतिपय हाम्रा दुर्गम क्षेत्रको अवस्था अझै पनि यस्तै छ । यस्तो समयमा जीवन निकै कठोर हुन्छ ।

 

समयको अन्तरालमा भएका नयाँ आविष्कारले हाम्रो जीवनलाई सरल बनाउँंदै गए । हिजोका दिनमा घरमा टेलिफोन जडान गर्न मन्त्रीको सिफारिस चाहिन्थ्यो । आज हामी सबैको हातमा मोबाइल छ । अहिले तारयुक्त टेलिफोन प्रयोग गर्दा हामी धेरैलाई अनौठो पनि लाग्न सक्छ ।

 

मोवाइल इन्टरनेटसंग जोडिएको छ, जसले सबैलाई संसारसँग जोड्छ । अहिलेको विश्व यो अवस्थामा एकाध विचार वा परिकल्पनाका कारणले मात्र आइपुगेको होइन, यसको निम्ति हजारौंले बलिदानीपूर्ण संधर्ष गरे, धेरैले अकालमै ज्यानसमेत गुमाए । विशेष गरी दार्शनिक, वैज्ञानिक, अन्वेषक आदिले विश्वलाई अहिलेको रुपमा ल्याई पुर्याउँन ठूलो योगदान दिएका छन्।

 

विज्ञान र प्रविधीको विकासमा विभिन्न काल खण्डमा फरक फरक वैज्ञानिकले फरक फरक विषयमा योगदान दिएका छन् । तर, एक विषयको सफलताले अर्को विषयको विकाससमेतमा उल्लेख्य सघाउ पुर्याएको पाइन्छ । विज्ञानकै कारण आएको हरित क्रान्ति, वातावरण सुधार, प्रभावकारी औषधी, सुविधायुक्त बासस्थान आदिले जीवनलाई सहज गर्छ । मानव सभ्यतालाई अहिलेको अवस्थामा ल्याउँने पहिलोे श्रेय नै विज्ञान तथा प्रविधीलाई जान्छ ।

 

सन् २०१७ यता पनि विज्ञान तथा प्रविधी सम्वन्धी प्रशस्त आशालाग्दा आविष्कार भएका छन् । विज्ञान कथाले धेरै वर्षअघि अनुमान गरेका कतिपय घटना अहिले वास्तविकतामा परिणत हुन सके आनुबंश (जिन)लाई आफू अनुकूल बनाउँन सकिने उपायको खोजी अमेरिकी वैज्ञानिकले सन् २०१७ मा गरे । भविश्यमा खराब गर्न सक्ने जिनलाई भ्रूणकै अवस्थाबाट बाहिर निकाल्न सके मानव जीवनलाई ठूलो राहत मिल्न सक्छ । बैज्ञानिकले यसै वर्ष छेपारा र माउसुलीको जस्तो शरीरको कुनै भाग छुट्टिन गएमा त्यसलाई प्राकृतिक रुपमै बृद्धि गर्न सकिने उपायसमेत खोजेका थिए ।

 

नेपाल सरकारले २०१८ को अगस्टदेखि क्याबिनेट मिटिङ्गमा भएका निर्णयलाई कागजरहित बनाउँने कामको सुरुआत गर्यो । तर, नेपालको सन्दर्भमा विज्ञान र प्रविधी गफ र भाषणमा मात्र सिमित हुन पुगेको छ । ठूल–ठूला परिकल्पना त आए, तर त्यसपछिको विज्ञान र प्रविधीमा हामी छिर्न सकेनौ । परम्परागत रुपमै गर्दै आएका केही कामलाई सामान्य लेप लगाएर त्यसैलाई विज्ञान र प्रविधीको पगरी गुथाउँन हामी पुग्यौं ।

 

विज्ञान अचम्मको विषय हो । यसले हामीलाई ब्रम्हाण्डको असिमित क्षेत्रमा मात्र होइन, संसारकै सबैभन्दा सानो बस्तुको केन्द्रमै पुर्याउंछ । विश्व’bout आफ्नो धारणा बनाउँन र यसको अपार सम्भावनालाई प्रयोग गर्न विज्ञानले सहयोग गर्दछ । प्राचिन ग्रिक दार्शनिकदेखि आइन्स्टाइन र वाट्सन र व्रिmक अनि अहिलेका कम्प्यूटर सुसज्जित बैज्ञानिक र सामान्य मानिससम्मलाई यसले जोड्छ । विश्व र अबका सम्भावनाबाट अचम्मित हँुंदै यस’boutको खोजी गर्ने, परीक्षण गर्ने, गणना गर्ने तथा आविष्कार गर्ने कार्यमा संलग्न भएका छन् ।

 

विज्ञान र प्रविधीको अहिलेको विकास एकाध दिनमा भएको होइन । मानव जीवनको विकास भएयता अर्थात् करिब ६० लाख वर्षदेखिका प्रयासको यो समग्र रुप हो । २६ लाख वर्ष अघिका मानव पूर्खाले बनाएको ढुङ्गे हतियारलाई पहिलो आविष्कार मान्न सकिन्छ । त्यसको करिब १२ लाख वर्षपछि मात्र आगोको आविष्कार भयो । १० हजार वर्षअघि मानिस जङ्गली जीवनबाट कृषिमा लाग्न थाल्यो, त्यसपछि त् मानिस आफ्नो सुख समृद्धिका लागि एकपछि अर्को आविष्कार गर्दै गयो । भनाइ नै छ, आवश्यकता नै आविष्कारको जननी हो । विजुली स्पेस प्रविधी, जैविक प्रविधी, आणविक विज्ञान, सञ्चार, स्वास्थ्य आदिमा भएको विकासका कारण मानव जीवनले समृद्धि हासिल गर्दै गयो । तर, विकासका यी आयामसँगसगै विनासका धरै घटना पनि देखिन थाले ।

 

जोन्सन (२०१४) भन्छन, “हामीलाई अहिलेको हाम्रो अवस्थामा पुर्याउँने सन्दर्भमा छ प्रमुख आविष्कारको हात छ । विजुलि बत्ति, ध्वनिको रेकर्ड, एयर कण्डिसनिङ्ग वा चिसो पार्ने प्रविधी, पिउन योग्य पानीको विकास, हाते घडी र चश्मा वा लेन्स । यी उपकरण वा प्रक्रियाका कारण हामी आधुनिकतामा प्रवेश गर्न सक्यौं ।” आधुनिक विज्ञानको विकासमा वैज्ञानिक उपकरणको ठूलो भूमिका छ । सूक्षमदर्शक यन्त्र वा दूरविनले मानिसको हेराई र सोचाईको दायरामा परिवर्तन ल्यायो । छपाई मेशिनको आविष्कार होस वा नयाँ विश्वको खोजी, यी सबैले मानिसको ज्ञान तथा सोचाइको दायरा फराकिलो पार्यो ।

 

अरिस्टोटल (इशापूर्व ३८४–३२२) र उनी अगाडिको समयमा ग्रिसबाट विज्ञान तथा प्रविधीको विकासको थालनी भएको हो । त्यसपछि लामो समय अर्थात् कोपर्नीकसको समयसम्म पश्चिमी देशमा विज्ञानको क्षेत्रमा त्यति विकास भएन । सातौंदेखि तेह्रौं शताव्दी बीच केही अरब राष्ट्रले विज्ञान तथा प्रविधीको विकासमा अग्रता लिए । त्यसको केन्द्र इराकको बगदाद रहेको थियो ।

 

विज्ञानका इतिहासविद्अनुसार बैज्ञानिक व्रmान्ति हुनुको मुख्य कारणमा ‘प्रकृतिलाई गणितीय रुपमा प्रस्तुत गर्न सक्नु थियो । टोलेमी र अरिस्टोटलले स्वर्गलाई गणीतीय रुपमा बुझ्न सकिने बताए । टोलेमीले त गणीतीय रुपमा त्यस्को अध्ययन गर्ने प्रक्रियाकै विकास गरे ।

 

निकोलस कोपर्निकस (सन १४७३–१५४३) बाट सुरु भएको वैज्ञानिक क्रान्ति आइजक न्यूटन (सन १६४३–१७२६) को समयमा आईपुग्दा पूर्ण भएको मानिन्छ । पृथ्वी सूर्यको वरिपरि घुम्छ, पदार्थ स–साना कणबाट बनेका हुन्छन आदि यस बेलाका खोज हुन । मूलरुपमा मानवका निम्ति विज्ञानको महत्व अत्यन्तै छ भन्ने कुरा मान्न थाल्नु यस व्रmान्तिको मूख्य उपलव्धि हो । यसअधिका विज्ञानका विचार चर्चको नियन्त्रणमा हुने गथ्र्याे । चर्चबाट अलग भएर बैज्ञानिक आविष्कार गरिन थालिएकोले वैज्ञानिक क्रान्तिले विशेष महत्व राख्छ ।

 

भावी दिशा

विज्ञान र प्रविधीको अबको हाम्रो गन्तव्य कस्तो होला वा समृद्घिमा यसको भूमिका के हुनु पर्छ भन्ने कुराको पुष्टि विज्ञान तथा प्रविधीको विगत् नहेरी निक्र्योल गर्न सकिदैंन । विगत् २५ सय वर्षयता भएका वैज्ञानिक अनवेषण तथा आविष्कारले हाम्रो जीवलाई सहज बनाएको छ । हरेक दिन कुनै न कुनै नयाँ आविष्कार हुनुले हाम्रो भविष्य पनि झन सहज हुन सक्ने अनुमान गर्न सकिन्छ ।

 

विश्वका कुनै पनि देशमा भएका वैज्ञानिक उपलब्धि जुनसुकै देशमा भएका वैज्ञानिक उपलब्धि जुन सुकै देशले पनि प्रयोगमा ल्याउँन सकिने सम्भावनाहरु बढेर गएका छन । विश्वव्यापी सिकाईले इन्नोभेसन अर्थात् नवीन आविष्कारको उपायबाट स्थानीय क्षेत्र सुहाउँदो प्रविधीको रुपमा विकास गर्नुपर्छ विगतमा पनि अधिकांश आविष्कार सून्यबाट सुरु भएका होनन, एकपछि अर्को गर्दै सिकाई र अनुभवलाई जोड्दै नयाँ बस्तु वा प्रविधीको क्षेत्रलाई सुदृढ गर्नु आवश्यक छ ।

 

विज्ञान र प्रविधीका विविध विषयमा भएकाृ प्रगति एकै रात वा एकै वर्षमा भएका होइनन् । विभिन्न काल खण्डमा कुनै बस्तुको आविष्कार एकैजनाले गरे भन्ने हामीलाई लाग्न सक्छ, तर ती आविष्कारक तथा अन्वेषक ती यस्ता व्यक्ति हुन जसले फुटवल खेलमा झैं गोल हान्न सके । रेडियो बनाउँनेको नाम मार्कोनीको आंउछ तर निकोला टेश्लाले यसमा योगदान नदिएको भए त्यो सम्भव थिएन । डिएनए मोडेलमा नोबेल पुरष्कार त फ्रान्सिस र क्रिकले पाए, तर त्यो विषय बस्तुमा रोजालिण्ड फ्रान्कलिनले काम नगरेको भए सायदै उनीका लागि त्यो सम्भव थियो ।

 

हाम्रो देशमा भने प्रतिकूल वातावरणका कारणले विज्ञान तथा प्रविधीमा कमैको ध्यान जाने गथ्र्यो । राणा शासन कालमा प्राविधिक विकासमा लागेकै कारण गेहेन्द्र शम्शेर, अच्यूतानन्द आदिले प्रताडित हुनु पर्यो । विज्ञान तथा प्रविधीमा लागेका मानिसको सोच तथा सामर्थ अन्य क्षेत्रको भन्दा अब्बल मानिन्छ, तर यही विषयमै लागेका कारण उनीहरुको अवस्था त्यति अनुकूल छैन । यस्तो अवस्था रहुन्जेलसम्म नेपालमा विज्ञान तथा प्रविधीको यथोचित विकास हुन सक्ने सम्भावना पनि कम रहन्छ ।

 

विज्ञान तथा प्रविधीमा यथोचित ध्यान नदिने हो भने समृद्घिको हाम्रो सपना पूरा हुन सक्दैन । यसतर्फ हामी सबैले सोच्ने बेला आएको छ ।

 

(तिम्सिना त्रिभुवन विश्वविध्यालयको प्राध्यापक हुन् ।)