‘कुलमानलाई सुली, विद्युत चोरलाई चौतारो !’

 

रामेछापको बेथानमा जन्मेर हुर्केका र जन्मस्थानमा बिजुली नदेखेका कुलमान काठमाडौं पुगेपछि मात्र बिजुली देख्ने मनुवा हुन । तर उनै मनुवाले देशभर बिजुली आपुर्ति गरेर आफ्नो क्षमता देखाउँन सफल बने ।

 

 

 

 

परम्परागत हिरोको अर्थ नायक र नायकत्व ग्रहण गर्ने पात्र हो । यद्यपि समाजमा अनुकरणीय काम गर्ने व्यक्ति हिरो हो ।

 

सामान्य र जनस्तरको बुझाईमा राम्रो काम गर्ने, उदाहरण योग्य काम गर्ने, अरुले गर्न नसकेको काम गर्ने गर्न सक्ने व्यक्ति हिरो हो ।

 

समाजको नायक हो, समाजको आदर्श हो । समाजको आशाको पुन्ज र विश्वासको धरोहर हो ।

 

आज म त्यस्तै नायकको नायकत्व, हिरोगिरीको चर्चा गरेर अनुगृहित भएको जनताको भाव लेख्छु ।

 

हामी नेपाली आलोचना मात्रै होइन काम गर्नेको प्रसंशा पनि गर्छौ । असल काम गर्नेलाई आदर गर्ने, सम्मति दिने, सम्मान गर्ने र प्रोत्साहन गर्ने हाम्रो हाम्रो संस्कार हो ।

 

मन परेपछि खुल्ला दिलले प्रशंसा गर्ने हाम्रो बानी छ । राष्ट्र उज्यालो पार्ने नेपाली कुलका दिप, कुलमान घिसिङ’bout चर्चा परिचर्चा गर्नु सान्दर्भिक देखेको छु ।

 

जनसाधारणको नजरमा कुलमान देशमा व्याप्त अध्यारो अन्त्य गर्ने उज्याला नक्षत्र हुन ।

 

तर, केही तलबजिवी कलमले यिनको देशभक्तिमा प्रश्न गरेका छन । उनीमाथि अर्नगल आक्षेप लगाएका छन । लाञ्छनाको बर्षा गरेका छन ।

 

आफ्नो विवेक अरु कसैको लागि बन्धकी राखेर केही कमाउँन यिनको ईमानमा धावा बोल्ने कुचेस्टा गरिएको छ, जसको जनता सालिन प्रतिवाद चाहन्छन ।

 

कुलमानको पक्षमा लेखेर म आज अंध्यारोका बाहकलाई जनताको प्रतिरोध सुनाउँन चाहन्छु ।

 

उज्यालोका नायकको हुर्मत काढेर तिमीहरूले पाउँने के हो ? अरुको टाटनाको हरियो घाँसमा लोभिएर कतिन्जेल अघाइन्छ, मान्यवर ?

 

अध्यारोमा बस्न चाहानेहरु उज्यालो मन पराउँदैनन किनकी अध्यारोमा राखेर अनि अध्यारोमा बसेर नै कालो द्रव्यको खेति फस्टाउँन सजिलो हुन्छ ।

 

देश बिर्सेर द्रव्यको मोहमा रमाउनेलाई देश उज्यालो भएको मन पर्दैन । जनताको बस्ति हाँसेको ठिक लाग्दैन । उज्यालो भएको राम्रो लाग्दैन । जनताको बस्तिमा बलेको उज्यालोले पोल्छ भतभति । असल कर्मको डाह र ईष्र्याले भित्र भित्रै जलाउँछ । तसर्थ सुकर्मकर्ता विरुद्ध बिषवमन हुन थाल्छ ।

 

अरुको विजयलाई स्विकार गर्दा आफू हारिन्छ वा तल परिन्छ भन्ने गलत र कब्जियतले ग्रस्त भएको मानशिकता र चिन्तनले डेरा जमाएकोे कारण पनि अरुको सफलता र अरुले गरेको सुकर्मको जस दिन हिच्किचाउँने मात्रै होइन बदनाम गर्ने, चरित्र हत्या गर्ने र निरुत्साहित गर्ने मन मस्तिष्क हावी भएको छ ।

 

कुलमान जति चर्चामा छन् त्यति नै विबादस्पद बनाउँने अभियानमा अध्यारोका बाहकहरु लागिपरेका छन । हुन्छन, अरुले जितेको सजिलै हेर्ने, पचाउँने र आफू पनि प्रगतिशिल जितको लागि तयार हुने मानशिकता र भावनाको विकास भएको छैन ।

 

सर्वजन हितायको मुल मर्म बिर्सेर केहिजन हितायको पक्षमा लाग्नेले कुलमानको सुकर्मलाई कुकर्मको रूपमा चित्रित गरेर समाजमा भ्रम फैलाउँने गरेका छन् ।

 

जुन भ्रम चिर्दै जान सकिएन भने झुठले आफ्नो साम्राज्य खडा गरेर सत्यको मर्ममाथि प्रहार गर्ने छ । उत्साही मन निरुत्साहित हुनेछ । केही गरौ केही देखाउँ भन्ने भावनामा चोट पुग्ने छ, जसको परिणाम देश गलत मान्छे, गलत प्रवृति र गलत पात्रले चलाउँने छ ।

 

निष्ठा इमान र जमानले आफुलाइ टीकाउँन जोगाउँन गार्हो पर्ने छ ।

 

राम्रो कामको लागि, हौसला, प्रेरणा, प्रोत्साहन, धाप, होस्टे हैसे, प्रसंशा र स्याबासी मानवीय स्वभाव हो ।

 

हाम्रो सामाजिकिकरणको क्रममा प्राप्त स्कुलिङ हो । त्यसैले सुकर्म गर्ने पात्रको मनोबल सधै उच्च पार्नुपर्छ । हौस्याउँनु पर्छ । उसको ‘पोटन्सियालिटि’लाई थप उर्जा भर्नुपर्छ । अझै तीखो बनाउँनु पर्छ । यसको कारण उसले आफ्नो सम्पुर्ण क्षमता देखाएर समाजप्रति समर्पित बनोस् ।

 

अरु केहि गरौ, नयाँ गरौ, सुकृति स्थापनार्थ सकेको गरौ भन्ने भाव उदवोदन होस । १८ घन्टासम्म लामो लोडसेडिङले आक्रान्त जनतालाई त्यो हटाएर उज्यालो दिने कुलमान साच्चिकै जनताको नायक हुन ।

 

बिडम्बना सार्वजनिक मिडियामा केही गिने चुनेका लेखकले यस्तो लेखेको पाइयो । “भारतको स्वार्थको चपेटामा परेर उसका लागि काम गरेर, उसको स्वार्थको कारण कुलमान हिरो बनाइएका हुन वास्तविक हिरो होइनन, उनी हल्लाको हिरो हुन । नेपाललाई मेगा प्रोजेक्ट बन्न नदिने पछिल्लो कडिको रूपमा कुलमानको वा गरिएको हो ।

 

भारतको विजुली पानीको रणनीतिक स्वार्थको उहापोहमा कुलमान हिरो बनेका हुन यी सब फजुल हुन । जलश्रोतको धनी देशले भारतको उपयोगबाट बचेखुचेको बिजुली किनेर त्यसैको उज्यालोमा रमाउनु नकचरोपन हो ।”

 

यहाँ स्मरणीय के छ भने अरुसँग किनेको बिजुलीसमेत समुचित वितरण गरेर जनताको दैलो उज्यालो पारिदिने क्षमता किन अरु कुलमान पुर्वका महाशयको भएन रहेन ? जनताले घर आँगन उज्यालो पार्न, उधोग धन्दा चलाउँन सोलार, ब्याट्री, जेनेरेटर, इन्भर्रट किन्न र महँगो उज्यालो किन्न किन बाध्य हुनुपर्यो ?

 

परनिर्भरता मात्रै बिजुलीमा छ, आज । तर, हिजो बिजुली बाल्न उज्यालो पाउँन अरु कति झन्झटिलो प्रोसेस गर्नुपर्यो । सोलार, ब्याट्री, जेनेरेटर, इन्भर्टर अनि त्यसमा हाल्ने डिजेल पेट्रोललगायतका लगानी र बाहिरिएको पैसाको हिसाब खै ?

 

परनिर्भरता होइन आत्मनिर्भरता हाम्रो चाहना हो, तर आत्मनिर्भर हुने चाहना काम गर्ने मान्छेलाई हतोत्साहित गरेर, निरुत्साहित पारेर वाइहात आरोप लगाएर खुट्टा तानेर पूरा गर्न सकिन्छ कि काम गर्नेको मानमर्दन गरेर ?

 

काम नगर्नेले स्वाधिनताको गीत गाएको सुहाउन्न, केहि प्रभाव र छाप छोडेर काम गर्नेलाई लान्छित गरेर आत्मनिर्भरताको राग साच्चै बिराग र बैराग मात्रै हो ।

 

कुलमानले हिउँदमा पनि लोड सेडिङ हटाए भने त्यो क्षमता देखाए भने कान काटछु भनेर सार्वजनिक रूपमा उद्धघोस गर्ने काफ्ले थरका विद्द्युत प्राधिकरणका पुर्व मुखियाले कान चै काटे काटेनन, तर तिनको नाक चै जनताको नजरमा काटियो पक्कै पनि ।

 

आज भारतबाट बिजुली किनेर बालियो भन्दैमा सधैं उसैको बिजुली किन्नु पर्छ आफ्नो बनाउँन पाइदैन सकिँदन भन्ने हुन्छ र ?

 

अब भारतबाट किनेर बिजुली बालेको कारण अब मेगा प्रोजेक्ट बन्न हाम्रो हातखुट्टा बाधियो र ? खलनायकले हँंकेको प्राधिकरणमा कुलमान नायक भएर निस्के, नायकको नायकीले देश उज्यालो भयो त कुलमानको वाहवाह किन नगर्ने ?

 

सधैं करोडौं घाटा देखाउँने विद्द्युत प्राधिकरण करोडौं नाफामा जानू कुलमानको इमानदार र कुशल ब्यबस्थापनको करामत हो । ‘टेक्निकल्ली साउन्ड’ भएका मात्रै होइन ‘म्यानेजेरियल स्किल’ पनि बुलन्द भएका पात्र हुन ।

 

निस्संदेह सबैले बुझेको थाह पाएको, खुलेर न देखिएको भारतको स्वार्थ हाम्रो पानीमा छ । तर, यसो भन्दैमा उसको आवश्यकता हुँदैमा हामीलाई हाम्रो पानीको बन्दोबस्ति गर्ने ठूलठूला बिजुली बत्ति बाल्ने प्रोजेक्ट बनाउँन छेक्ने बाधा ब्यबधान हाल्ने कुनै आधार छ र ?

 

मेगा प्रोजेक्ट बनाउँने हाम्रो नेतृत्वको सपनामा पक्कै कुलमानले भोट ताल्चा ठोकेका छैनन तसर्थ भारतीय स्वार्थको कारण कुलमानलाइ गाली गर्नु दोष दिनुको औचित्य छैन । बरु नेताहरू कै स्वार्थ भारतसँग मिलेको कारण चै आजसम्म मेगा प्रोजेक्ट बनेन बन्न सकेन भन्दाखेरी अनर्थ नहोला ।

 

शत्रुको घरबाट नै भए पनि औसधि पानी ल्याएर, खुवाएर कसैको ज्यान बचाउँन खोज्नेलाई स्याबासी दिइन्छ कि सरापिन्छ महोदय ?

 

कर्तव्यपरायण र कर्मचारी परिचालनमा अब्बल देखिएका कुलमानमा अरु उर्जा थपेर उनको क्षमताको सदुपयोग गर्ने कि बद्नाम गरेर निराश बनाउँने ?

 

भारतबाट किनेर ल्याएको बिजुली अरुले बाँड्न सकेनन् या चाहेनन ? किन त्यस भित्रको कारण खोज्नु मनासिब छैन र ?

 

‘यल इ डि बल्ब’ बेचेर धनी हुन खोजे कुलमान भन्नेले बिर्सन नहुने कुरा के हो भने उनले चाहेको भए पुर्व पदाधिकारी झै जनतालाई अध्यारोमा राखेर नै कुस्त कमाउँन सक्थे हैन र ?

 

अयोग्य कर्मचारीको भिडमा योग्य कर्मचारी हुन कुलमान त्यसैले उनको जय जय आवश्यक छ ताकी अयोग्यले योग्य बन्ने चेष्टा गरून् ।

 

रामेछापको बेथानमा बिजुली नदेखेका कुलमान काठमाडौं पुगेपछि बिजुली देख्ने मनुवा हुन, तर देशभर बिजुली दिन आफ्नो क्षमताले भ्याएसम्म लागे र जनताको मनमा बस्न सफल बने ।

 

अचम्म त यो छ आफ्नो करेसा बारीमा सजिलै फल्ने, फलाउँन सकिने लसुन, प्याज, टमाटर, खुर्सानी भारतबाट किनेर खादा परनिर्भरता लागेन, परर्निर्भरता देखिएन, करेसाबारीमा कोदालो चलाउँने जाँगर पलाएन ।

 

तर, बिजुली भारतबाट किनेर बाल्दा चै चौपट्टै परनिर्भर भएको कथा सुनिन्छ । परनिर्भरता घटाउँन पहिले जे सकिन्छ जति सकिन्छ त्यो पहिले प्राथमिकिकरण गर्ने र कार्यन्वयन गर्ने अनि अरुको लागि आधार तयार गर्ने होइन र ?

 

साग भारतबाट किनेर खाने अनि बिजुली बत्ति आफ्नो बनेन भनेर चिन्ता गर्ने कुरा कति वास्तविक हो ।

 

आफ्नो खेतबारीमा साग रोप्ने र बिजुली बनाउँने कुराको तुलना गरौ त ? हामीले सक्ने कुरा किन गरेनौ ? परनिर्भरता अझ भनौ भारतनिर्भरता घटाउँन किन हाम्रा खेतवारी हराभरा पार्न सकिएन ?

 

हाम्रो दूध दही घ्युभन्दा किन रामदेवको घ्यु प्रिय बन्यो ? बिनाआग्रह, बिना पुर्वाग्रह सोचौ हामी कहाँ र कुन धरातलमा टेकेर बसेका छौ । मागेर हात थापेर खानुभन्दा किनेर खानु उत्तम हो ।

 

अझ आफ्नै बल बुताले बिजुली बत्ति बाल्नु र अरुलाइ वेच्नु महाउत्तम हो । हामीले हामीसँग भएको क्षमताको इमान्दार कार्यन्वयन गर्यौ र दिगो नीति बनाएर लाग्यौ, योग्य ब्यक्तिलाई योग्य ठाँउमा राख्न सक्यौ भने, राजनीति नेतृत्वमा देशको हित हेर्ने भिजन भयो भने समृद्धि नारामा होइन हाम्रो घर, आगन, गाउँ, बस्ति, सहर र बजारमा हाम्रै पालामा सम्भव छ ।

 

एउटा सत्य र सापेक्षित कुरा के हो भने हामी सक्दैनौं भने अरुको शर्त मान्न बाध्य हुनुपर्छ । सकिन्छ आफैले गर्ने सकिन्न खेर गैरहेको पानीको सदुपयोग गर्न अधिकतम फाइदा लिने गरि अरलाइ बनाउँन दिने ।

 

लगानी गर्नेले नाफा खोज्छ, हाम्रो नदीमा लगानी गर्दा हाम्रो अपन्त्व नमासिने गरि, मुलुकको बृहत् हितको लागि बगेर त्यसै खेर जाने पानीमा अनावश्यक राजनीति र सस्तो राष्ट्रवाद नघुसाउँने हो भने लगानीकर्ता आउछन् र हाम्रो लागि पनि काम र मामको बाताबरण यहि बन्छ , देश उज्यालो हुन्छ , खेतबारी हराभरा हुन्छ ।

 

एउटा बिरोधाभाषपूर्ण स्थितिमा कुलमानको प्रसंशा गर्दैछु । यसको कारण बिजुलीको हाकिमले बिजुली दिदैमा प्रसंशा किन ? उनको काम नै बिजुली दिने हो ।

 

यसर्थ कुलमानको प्रसंशा गरिएको हो अरु हाकिमले बिजुली दिन सकेनन, भएको बिजुली पनि लुकाए, त्यतिमात्र होइन बेचेरसमेत खाए । कुलमानले दिए, त्यसैले प्रसंशाको हकदार बने ।

 

पुलिसले चोर समात्दा पनि प्रसंशा गर्नुपर्ने स्थिति छ । किनकी चोर हत्यारा बलात्कारी पुलिसले हत्तपत्त समात्दैन । निराशा नै निराशा बिच कसैले आशलाग्दो काम गर्दा स्याबास भन्न मन लागेको हो अन्यथा कुलमानको पनि आफ्नो दायित्व र कर्तव्य नै हो, बिजुलीे दिनु ।

 

योग्य मान्छे मात्रै भएर पुग्दैन उक्त योग्यताको कदर गर्ने, योग्यता चिन्ने ल्याकत भएको राजनीतिक नेतृत्व पनि चाहिन्छ । भलै कुलमान कसरी आए कसले ल्यायो त्यो तपशिलको कुरा भयो ।

 

तर, कमरेड प्रचण्डलाई कुलमानको योग्यता क्षमता’bout र्बिफिङ रामशरण महतले गरेको कुरा प्रचण्डले एक टेलिभिजन अन्तर्वार्तामा बताएका थिए । अरु कुरा अरु स्वभाव रामशरणको मन परे पनि नपरे पनि कुलमान चिन्ने क्षमता भने मनपर्यो ।

 

सबै पदासिन मर्यादालायक हँुदैनन् पद होइन मान्छेको कार्यकुशलता ठुलो हो, कार्य सम्पादन महत्वपूर्ण हो । सोच र शैली ठुलो हो । पद मात्रै ठुलो हुदो हो त महामहिम राष्ट्रपति यति चरम विवादमा पर्नु हुन्नथ्यो । मान्छे कर्मले ठुलो हुन्छ असल बन्छ भन्ने उदाहरण हुन कुलमान घिसिङ ।