समाजवादको उल्टो यात्रा र नयाँ युग

हाम्रा दुई छिमेकी राष्ट्रमा पनि अहिले व्यक्ति पूजनको लहर छ । भारतको हरेक प्रगति नरेन्द्र मोदीको उत्पादन मानिन्छ । त्यहाँ पनि हाम्रो पोलपोलका ओली र खोलखोलका ओली जस्तै मोदी भएका छन । मानौँ सम्राट अशोक र हर्षबर्द्धनपछिका सम्राट यिनै हुन । चीनमा पनि माओपछि सि जिनपिङ्ग आएका छन । राष्ट्रिय मिडिया र ब्यापारीले गुणगान गाऊँने मात्रै होइन उनको थ्योरी नै पढाऊँन थालेका छन केही विश्वविद्यालयले ।  सिन्ह्वा समाचार एजेन्सीले त   ‘अनराइभल्ड  हेलम्स्मन’ भनेर सिलाई आफ्नो पहिलो कार्यकालमा ६ करोड चिनियाँलाई गरिवीबाट मुक्त पारेको भन्दै ठूलो विज्ञापन  नै प्रशारण गरिरहेको छ ।

 

 

 

 

सोमबार राती ९/१० बजे तिर भटाभट यति धेरै फेसबुक सन्देश आए, नहेरी मन मानेन । अधिकाँश  सन्देशको सार व्यङ्गात्मक थियो,  भोलीदेखि कलियुग सकिने ।  साथमा थिए हरेक बिजुलीको पोलमा प्रधानमन्त्रीको अर्धकदको फोटो र एउटा गोलाकार भित्र “एउटा नयाँ युगको शुरुवात”लेखिएका पोस्टरहरू ।

 

सामाजिक सुरक्षाको उदाहरणीय काम । समाजवादोन्मुख अर्थतन्त्रमा प्रवेश गरेको तीन वर्ष पूरा भैसक्यो, मेरो बुझाईमा राज्य कर र घुस चुस्ने जुकाबाट माथि उठेको महसूस  पहिलो पल्ट हुँदै थियो । गर्व लाग्यो । तयारी’bout अनभिज्ञ मलाई लाग्यो कतै औपचारिक कार्यक्रम होला प्रधानमन्त्रीको भाषणभुषणसहितको ।

 

नभन्दै बिहान मैले नियमित लिने अखबार नयाँ युगको सुरुवात भएको सन्देश बोकेका ज्याकेट लगाएका  देखा परे । पत्रिका पसल गएर हेरेको त अधिकाँस राजधानीका ठूला अखबारले सङ्गै जाडो मनाएका रहेछन, लाखौँ रुपैयाँका ज्याकेट लगाएर । र, सङ्गसङ्गै थिए एनसेलको लोगो मुन्तिर ‘टुडे, टुमोरो, टोगेदर’सहित सामाजिक सुरक्षा कार्यक्रमको शुभकामना ।

 

पत्रिका लिएर घर पस्दा नपस्दै मोबाइलफोनले वाइफाई टिप्यो, टिङ्रिङ्ग मेसेज आयो मैले क्युवाका कम्युनिष्ट नेता फिडेल क्यास्ट्रोको ’boutमा गत वर्ष राखेको पोस्ट । संयोगले ‘पोलपोलमा ओली, खोखोलमा ओली’ आएकै दिन दुई वर्षअघि अर्थात २७ नोभेम्बर २०१६ मा क्याष्ट्रो मरेका रहेछन र मैले लेखेको रहेछु “उनी लेनिनभन्दा उल्टा थिए, आफ्नो एउटै सालिक बनाउन दिएनन, व्यक्ति पूजा बर्जित गरे।”

 

 

अनि मेरो उत्साह तत्काल मर्यो । मैले आफैँ  अघिल्लो हप्ता लेखेको लेखप्रति आफैँ धिक्कार लागेर आयो । मैले त्यो लेखमा लेखेको थिएँ  ‘काम गर, प्रचारलाई केन्द्रविन्दुमा नराख, काम गरे आफैँ देखिई हाल्छ प्रचार चाहिन्न’। मैले स्टालीनले देखाऊँन लगाएको अमेरिकी फिल्म ‘ग्रेप्स अफ राथ’,  क्यास्ट्रोले बनाएको ‘सोई क्युवा’ र उत्तरी भियतनामले प्रोपागाण्डामा हिरो बनाएको  नुएन भान बेको उदाहरण दिएर कामबिनाको प्रचारले कसरी ब्याक फायर गर्छ भनेर लेखेको थिएँ ।

 

नेपाली जनतामा पूर्वीय मान्यताको अमिट छाप छ । युग परिवर्तन ‘बिकासक्रम’ होइन ‘क्रान्ति’ हो । त्यसैले हाम्रा घटना ‘युगान्तकारी’ भएका हुन । सरकारको युग फेर्ने तयारी’bout मैले पढ्न पाएको रहेन छु । ‘नेपाली जनताको एउटै बोली, पोल पोलमा हाम्रा ओली, अखबार अखबारमा हाम्रा ओली’’bout त थाहा हुने कुनै कुरै भएन ।

 

मलाई लाग्यो कुनै ठूलै तयारी रहेछ क्यारे सरकारको युग परिवर्तन गराऊँने । त्यसै पनि हाम्रो पूर्वीय मान्यतामा युग परिवर्तन एकै दिनमा हुन्छ । यो हल्ला गरेर तयारी साथ आउने कुरै होइन । द्वापर युग भगवान श्रीकृष्णले पृथ्वी छोडेका दिन, अर्थात ई पू ३१०२ फेब्रुअरी १८ का दिन सकिएर कलियुग सुरु भएको मानिन्छ। भगवानलाई थाहा थियो होला, तर महाभारत युद्धमा बचेका मध्ये कतिलाई थाहा थियो मलाई थाहा भएन । फेब्रुअरी १७ सम्म द्वापर युग नै थियो १८मा कली युग आयो।

 

मैले ३/४ बर्ष अघिदेखि नै सामाजिक सुरक्षा कर तिरेको सम्झना छ । अझै तिर्दैछु । कताकता लाग्छ बाबुराम भट्टराईको पालामा शुरु भएको जस्तो लाग्छ । मैले सुनेको या पढेको त्यो कोषमा अर्वौं थुप्रिएको छ रे सेनाको कल्याणकारी कोषको पैसा र वैदेशिक रोजगारीमा जानेको सुरक्षा कोषको पैसा जस्तै ।

 

म चाहन्छु, त्यत्रो रकम जम्मा भएको छ, हामीले किड्नी बिमारीलाई, मुटु बिमारीलाई, क्यान्सर बिमारीलाई भन्दै पैसो सङ्कलन गर्नु नपरोस,छोराछोरीले घर निकाला गरेका बृद्धबृद्धाको कथा, अपाङ्गता भएका छोरा पाल्न नसकेर बावुआमाले गरेको याचनाको समाचार पढ्नु नपरोस र आफैँ त्यस्तो हालतमा पुगिने डरले जसरी हुन्छ पैसा थुपारौँ भन्ने लालचाले भ्रष्ट नबनाओस।

 

यो योजनाको आलोचना गर्न मलाई आफ्नो नैतिकताले दिँदैन । किनकि यि सबै समस्या मैले देखेभोगेको छु  र मान्दछु मैले देखेका नेपाली समाजका अधिकाँश  समस्या सामाजिक सुरक्षाको अभावका उपज हुन ।

 

 

 

तर, मलाई विश्वास नभएको भनेको दुष्प्रचारवाजको नियतमाथि, हामीले गर्नुपर्ने तयारीमाथि र यो पवित्र योजनाको राजनैतिक दुरुपयोगमाथि ।  त्यसैले मैले यो योजनाको पक्षमा वा विपक्षमा लेख्नुअघि एक वर्ष हेर्ने धैर्यता राख्ने निधो गरेको छु । एक वर्षपछि यो योजनाले राम्रो नराम्रो जस्तो फल दिए पनि मलाई फेसबुकले सम्झाउँने छ मैले लेखेको आजको स्टाटस, जसरी क्यास्ट्रोको मूर्तीपूजन विरोधी अवधारणा संयोगले ओलीलाई देवतास्वरूप बनाएर पोलपोलमा र खोलखोलमा राखेका दिन फेसबुकल्ले मलाई सम्झायो ।

 

मलाई मान्न अप्ठ्यारो छैन

१.  सामाजिक सुरक्षा श्रमिकको मौलिक हक भनेर संबिधानमा राख्ने ओली मात्रै थिए

२. एकिकृत सामाजिक सुरक्षा हाम्रो प्राथमिकता भनेर बजेटमा ओलीले नै राखे, र

३. आज पूरा गरे आफ्नो बाचा त्यो सुरक्षा लागू गरेर ।

 

तर, म अझै एउटा व्यक्तिलाई देउता वनाउँने यो कलाको बिरोधी हुँ । वहुल विचार मान्छु, वहुदेवता मान्छु र देश सञ्चालनमा पनि वहुल बुद्धिको काम छ भन्ने ममा विश्वास छ । त्यो विश्वास भ्रम पनि हुन सक्छ ।  यसमा मेरो इश्वर निर्माण सम्बन्धी पूर्वाग्रही अवधारणाले काम गरेको पनि हुन सक्छ ।

 

हिजो पृथ्वीनारायणलाई जसले इश्वर वनाए, महेन्द्रलाई जसले इश्वर वनाए र ज्ञानेन्द्रलाई जसले इश्वर वनाए अहिले ओलीलाई इश्वर वनाउँने पनि तिनै हुन। व्यक्ति एक दुई थप घट भए होलान, तर दिमाग त्यही हो । कुनै चिजलाई जतिमाथि उचालिन्छ, मलाई थाहा छ, त्यो चिज झर्ने वेला त्यत्तिक्कै जोडले पछारिन्छ।  म दुई तिहाईका लोकप्रीय प्रधानमन्त्री त्यति  माथि नपुगून कि झर्दा चकनाचूर नहोउँन भन्ने कामना गर्छु । म मेरा प्रधानमन्त्री मसङ्गै मेरै धरातलमा होउँन भन्ने चाहन्छु ।

 

यो राष्ट्रिय अभियानको ठूलो समर्थक भए पनि एउटा व्यक्तिको प्रसस्तिमा  खर्चिएको करोडौँ मलाई भद्दा लागेको छ । प्रधानमन्त्री आफैँले सरकारको उपलब्धी’bout तीखो टिप्पानी गरेर सचिव र मन्त्रीलाई ख्यारख्यार्ती पारेको समाचार मेरो मानसपलटमा  ताजै छन । कतिपय विष्लेषकले यही हेरेर होला यो प्रचारशैलीलाई ‘देशमा व्याप्त नकारात्मकता र निराशालाई चिर्न (‘ड्यामेज कन्ट्रोल’ गर्न) कुनै ‘स्पिन डक्टर’ले रचेको नाटक भनेका छन । म त्यति हदसम्म चाहिँ पुगेको छैन, तर यो प्रचारशैलीलाई भारतीय प्रधानमन्त्रीको देवत्वकरण अभियानको केटाकेटि  नक्कल हो भन्न चाहिँ हिच्किचाउँदिनँ ।

 

मेरो स्पष्टिकरण राम्रोसङ्ग नोटिस गरियोस, म सामाजिक सुरक्षाको भक्त हुँ, तर व्यक्ति पूजाको होइन, यो करोडौँ  स्वाहा अभियानको होइन, कर ठगीमा राज्यका अनेकन निकायमा अनुसन्धानको दायरामा परेको, दण्डित, अझै पूरै तिर्न आनकानी गरिरहेको आरोप लागेको विवादास्पद एनसेलको प्रायोजनको बिरोधी हुँ ।  यस्तै प्रायोजकको  सन्दर्भ जोडेर मैले कसले  के उद्देश्यका लागि इश्वर वनाउँछन र त्यो इश्वरमार्फत आफू कसरी भगवान बन्छन भनेर माथि उल्लेख गरेको हुँ ।

 

हो, हाम्रा दुई छिमेकी राष्ट्रमा पनि अहिले व्यक्तिपूजनको लहर  छ । भारतको हरेक प्रगति नरेन्द्र मोदीको उत्पादन मानिन्छ । त्यहाँ पनि हाम्रो पोलपोलका ओली र खोलखोलका ओली जस्तै मोदी भएका छन । मानौँ सम्राट अशोक र हर्षबर्द्धनपछिका सम्राट यिनै हुन । चीनमा पनि माओपछि सि जिनपिङ्ग आएका छन । राष्ट्रिय मिडिया र ब्यापारीले गुणगान गाउने मात्रै होइन उनको थ्योरी नै पढाउँन थालेका छन केही विश्वविद्यालयले ।  सिन्ह्वा समाचार एजेन्सीले त ‘अनराइभल्ड  हेलम्स्मन’ भनेर  सीले आफ्नो पहिलो कार्यकालमा ६ करोड चिनियालाई गरिवीबाट मुक्त पारेको भन्दै ठूलो विज्ञापन नै प्रशारण गरिरहेको छ ।

 

भारत र चीनमा केही देखाउँन मिल्ने उपलब्धी छन त्यही भएर हिरोपूजन स्वीकार्य छ । तर, हामी नेपालीको बानी मैले माथि भने जस्तो युग परिवर्तनसमेत रातारात देख्ने छ । सरकारको करीव एक बर्ष सबैले देखेका छन । प्रसंशा योग्य एउटा मात्रै काम भएको भए म पत्याउँथे हाम्रा हिरो अर्को बर्ष पनि यही उचाईमा कायम रहलान । जनताले नौ महिनाका दश वटा प्रोपगाण्डा हेरेका छन । सिण्डिकेटदेखि कालीमाटीको तरकारी बजारसम्म, मेलम्चीको पानीदेखि तुइनसम्म, विराटनगरको ग्यास पाइपदेखि साझाको बिजुली बससम्म । त्यही भएर पत्याएका छैनन सरकारले ल्याएको सुरक्षा योजना । निजी क्षेत्रकै नेताले आजै लेखेका छन जिरो तयारी’bout ।

 

समाजवादोन्मुख अर्थतन्त्र भएको मुलुक हो । कम्युनिष्टको सरकार छ । जे जे काम भएका छन सबै दलालको हितमा छन । सत्तारुढ दलकै विद्यार्थी शिक्षामा माफियाकरन विरुद्ध धर्नामा छन, प्रधानमन्त्री आदेश दिन्छन निजी विद्यालयको सम्बन्धनका लागि।

 

अनेरास्ववियूको आजैको विज्ञप्ति  हेर्ने हो भने पनि सरकारको यो कदम समाजवादको उल्टो यात्रा हो । गत नौ महिनामा अनगिन्ति  यस्ता उल्टा यात्रा देखिईसकेका छन, सबै दलाल पोस्ने गरी र यो सामाजिक सुरक्षाको योजनामा पनि कुनै ठुलै कर्पोरेट दलाल पसेर  पार्टी सुरक्षा हुँदै ‘गुट सुरक्षा’ र ‘व्यक्ति सुरक्षा’ बनाइदिने खतरा छँदैछ । प्रधानमन्त्रीका फोटा र सन्देश छाप्ने काममा व्यस्त भएर पर्याप्त गृहकार्य हुन नभ्याएको पनि हुन सक्छ ।

 

अर्को बर्ष यतिबेला फर्केर हेर्दा नयाँशक्ति पार्टीका एक नेता मदन राईले फेसबुकमा लेखे जस्तो नहोसः

 

प्रधानमन्त्री पोल पोलमा

बलात्कारी टोल टोलमा

भ्रष्टाचारी खोल खोलमा

जनसेवा पद मोल तोलमा

 

अहिलेलाई एनसेलको जस्तो गोजीवाट दिन नसके पनि हृदयबाटै मेरो पनि सफलताको शुभकामना ।