योगेशहरु बिग्रिएपछि …!

नेपाली राजनीतिमा घनश्याम भुसाल,ठाकुर गैरे, रवीन्द्र अधिकारी, गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ प्रति तितो पोख्नु पर्यो भने यिनको ’boutमा ननिको लेख्नु पर्यो भने कसका ’boutमा निको लेख्ने रहर चल्छ । कसका ’boutमा प्रसंशाका शव्द लेख्न जागर चल्छ ?

 

 

 

 

“योगेश भट्टराईले घरभाडा बापतको रकम फिर्ता गरे ” भन्ने प्रसंगले आजभोलि राजनैतिक क्षेत्र गर्माएको छ । काठमाडौंमा घर भएका सांसदहरूले सरकारबाट घरभाडा बापत दिएको सुबिधा रकम लिए, नैतिकता देखाएनन, अनैतिकता कुनै पार्टी विशेष र दल विशेषमा सिमित बनेन सांसदहरुकै लज्जाको विषय बन्यो ।

 

तीस जना सांसदहरू जसको काठमाडौंमा आफ्नो घर छ तर नैतिकता छैन अनि घरबास नहुने सांसदहरूको आवास सुबिधा बापत पाउने रकम सांसद भएको नाताले बुझ्छन् अनि पत्रकारले बाहिर ल्याइदिएपछि , जनताले प्रश्नको झटारोले प्रहार गरेपछि माननीयहरु झल्यास्स बिउँझेको नाटक गरेर घर भाडा फिर्ताको घोषणा गर्दैछन् । सोसल मिडियामा अहिले जे र जुन कुरा र इश्युले स्थान पाएको हुन्छ त्यही कुरा र इश्यु नै प्रायः अधिकांश पत्रपत्रिकाको हेडलाइन बन्ने गरेको पाइन्छ तब सामाजिक संजाल कति शक्तिशाली र प्रभावकारी हुन्छ भन्ने हेक्का सांसद योगेश भट्टराईलाई हुनु अस्वाभाविक भएन । उनले अन्जानवश लिएको र घरभाडा बापतको रकम नब्बे हजार फिर्ताको उद्घोष गरे ।

 

योगेशको बक्तव्य वाजीपछि अरु सांसदहरूको पनि भाडा फिर्ताको घोषणा सार्वजनिक हुँदैछ । जुन सकारात्मक हो तर चर्चामा छन योगेश । योगेशको चाकरी पनि भै रहेको छ उत्तम शुरूवातको रूपमा । योगेश चर्चा योग्य पात्र हुन तर यतिबेला प्रसंशायोग्य पात्र सम्झनु केवल चाकरी हो । यहाँ चाकरी होइन खबरदारी जरुरत हो । नेपालीमा एउटा भनाइ छ  “आस गरेको केटो जेठाजु पर्यो ।”  यो घटना र प्रसङ्गले मन परेको केटो जेठाजू पर्यो को उक्तिलाई फेरि एकपटक जनताले स्मृतिमा ल्याएका छन ।

 

हाम्रो बिडम्बना मन्त्रीले ट्राफिक रुल फलो गरेको मुख्य समाचार बन्छ भने योगेशको घर भाडा रकम फिर्ताको फर्मान समाचार नबन्नु किन ? चर्चा र चाकरीको विषय नबन्नु किन ? योगेश चर्चामा छन योगेश प्रचारमा छन् योगेशको चाकरी हुदैछ फिर्ता रकमको कुराले योगेशको महानता भनिदैछ तर म चर्चा हैन चाकरी हैन चरित्रको ’boutमा लेख्दैछु ? चरित्र आफुले बनाउनुपर्छ, आफैले आर्जन गर्नुपर्छ चरित्र समाचार बनाएर, बनाउन लगाएर, लेख्न लगाएर आरति उतारेर भजन मंडली खडा गरेर, बजारमा गएर खरिद गरेर,तुरुन्त धारण गर्ने बजारको बिकाउ चिजबिज होइन तसर्थ बनि बनाउ रेडिमेड सम्झनु नितान्त गलत हो ।

 

योगेशको स्विकारोत्ती जति सहज जति सरल हुनुपर्ने हो त्यो देखिएन, भएन । निसन्कोच र निसन्देह गलत स्वीकार्न नसक्नु भनेको प्रकारान्तरले गलतलाई प्रोत्साहन गर्नु हो या अभिमान देखाउनु हो । योगेशको घरभाडा फिर्ताको सबाल सकारात्मक छ हो तर बहानाबाजि र अन्जानवस लिएको कुरा सफेद झुठ हो । अरुको बुझ्ने क्षमता माथि अण्डर माइन्ड हो । अन्डर स्टिमेट हो । जसले उनको भैपरी आउने नियत माथी संका उत्पन्न हुनु कुनै आश्चर्य हुँदैन ।

 

भ्रस्टाचार निवारण ऎन २०५९ले झुटा विवरण दिएर राज्यको सम्पत्ति दुरुपयोग गर्ने कामलाई समेत भ्रष्टाचार गरेको मान्छ यसर्थ घर भाडामा योगेशको लोभ कारबाहीमा पर्छ या पर्दैन अब दण्डको भागिदार लोभी सांसदहरू हुन्छन् या हुन्नन ? बिगतमा सांसदहरूले लिएको सुत्केरी भत्ता र आज (घरहुने जसले घरभाडा तिर्न राज्यलाई कुन भार लगाउन पर्दैन र मिल्दैन ) लिएको घरभाडा बीच कुनै तात्विक भिन्नता छ र ? प्रश्न पैसाको हैन प्रश्न नैतिकता र इमानदारीको हो । सचेतता र नियतको हो । नियतमाथि खासै बिमती हुन्न र राख्ने ठाँउ पनि हुँदैन तर नियतमा खोट रहेपछि खबरदारी किन नगर्नु ? घरभाडा लिने साांसदहरुको लिस्टमा कुनै भिन्नता रहेन के सत्ता पक्ष के विपक्ष, कुन समाजवादी, मधेसबादी, लोकतन्त्रवादी, पहाडबादी हिमालवादी ? सबको नजर देशको ढुकुटीमा ।

 

जुनसुकै बहाना र निहुँमा भए पनि राज्यको सम्पत्ति आफ्नो र आफ्नाका लागि । राज्यशक्तिको पहुँचमा पुग्नु भनेको लुटतन्त्र मच्चाउनको लागि हो भन्ने कुरा स्वयंसिद्ध तथ्य भएको छ । आशा गरिएका नेता र अनुहार नै जान अन्जान द्रव्य मोहमा परेको देख्दा साच्चिकै मन दुख्ने रहेछ ।सांसद घरभाडाको प्रसङ्गमा तीस जना अरु सांसदहरू पनि छन तर मुख्य तारोमा र निशानीमा योगेश भट्टराई नै पर्नुको कारण हो उनी प्रतिको आकर्षण हो । योगेश भट्टराई योग्य बनुन, सक्षम हुन र देश हांकुन भन्ने मनसाय उनका पार्टीका समर्थकहरुमा मात्र होइन अरुहरुमा पनि त्यस्तै छ र देखिन्छ पनि । राजनीतिमा लागेर अरुबाट पाउने यो सहानुभूति यो सदासयता अक्सर नेताहरुले पाउदैनन् यहि अपवाद भित्र नेकपाका केही नेता भित्र पर्छन् योगेश । तर आज उनी समेत यो विवादमा मुछिएको र विवादलाई सामान्यीकरण गरेको देख्दा भने एउटा श्रद्धा र विश्वास प्रती कुठाराघात भएको भान भएको छ ।

 

मलाई जस्तै धेरैलाई त्यो महसुश भएको कुरा सार्वजनिक सन्चार माध्यमबाट अभिव्यक्त भएको कुराबाट बुझ्न कठिन छैन । मलाई लागेको कुरा के हो भने आफ्नो कमजोरी या असावधानीलाई सहजानुभुति पुर्वक लिनुपर्ने थियो तर बक्तब्यबाजीले त्यस्तो स्वभाविकता उजागर गर्दैन बरु कतै आडम्बर र अभिमान झल्कन्छ जुन नहुनुपर्थ्यो । गल्ती मान्छेले नै गर्ने हो तर गल्ती सच्याउने बहानामा अरु कतैतिर दोष दिएर आफुलाई साखुल्ले बनाउने दुष्कर्म योगेश भट्टराईको हाइटको लागि सुहाउँदो होइन । चरित्र स्खलनको लागि यस्तै यस्तै कर्म कारक बन्छ्न । धरहराबाट हामफाल्नु नै पर्दैन, कसैले चरित्र हत्या गर्नै पर्दैन । नैतिकता किन्न पाइन्न तर यसलाई कमाउन सकिन्छ आचरण व्यबहार र आदर्शले । आचरण, व्यबहार र आदर्श च्युत भएर नेताहरू सधै र हरपल दौडिन लागेको देख्दा आफै प्रति घृणा लाग्छ ।

 

आफुले रोजेको र छानेको असलियत प्रति वितृष्णा पैदा हुन्छ । आर्थिक अनुशासन र पारदर्शिता किन प्रिय लाग्दैन नेताकार्यकर्ताको लागि ? राजनीति पैसा कमाउने ब्यापार हो र ? पवित्र र बिशुद्द सेवा किन हुन सकेन राजनीति ? नेपाली राजनीतिमा घनश्याम भुसाल, ठाकुर गैरे, रवीन्द्र अधिकारी, गगन थापा, विश्व प्रकाश शर्मा, धनराज गुरुङ प्रति तितो पोख्नु पर्यो भने यिनको ’boutमा ननिको लेख्नु पर्यो भने कसका ’boutमा निको लेख्ने रहर चल्छ । कसका ’boutमा प्रसंशा लेख्न जागर चल्छ ?

 

 

कार्टुन : रविन सायमी /नागरिक