हात्ती महोत्सवको रौनक
Experience Nepal / Visit Nepal 2020 / Tourism Board
चितवनको सौराहामा प्रत्येक वर्ष आयोजना हुँदै आएको हात्ती महोत्सव यस वर्ष पुस ११ गते १५ गतेसम्म ५ दिनसम्म सौराहाको बाघमारा चौरमा मनाइयोे। ‘समाज, संरक्षण र समृद्धि’ भन्ने नाराका साथ १५ औं संस्करणको हात्ती महोत्सवको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु भएको थियो । आन्तरीक र बाह्य पर्यटन प्रवद्र्धन गर्दै हात्तीहरुको संरक्षण र महत्व बुझाउन गरिने महोत्सवमा हात्तीहरुको बनभोज कार्यक्रम, हात्ती फास्टवाक प्रतियोगिता, छावाहरुको रोचक फुटबल, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती पेन्टिङ, हात्ती बाथिङ, कवि गोष्ठी र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । सौराहाको आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नु यो महोत्सवको मूल उद्देश्य रहेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए । नेपालमै यो महोत्सव अन्य महोत्सवभन्दा फरक खालको हुने गरेको छ । शब्द /तस्विर : सुनिल शर्मा