हुम्लामा ६ बर्ष पछि ठुलो हिमपात

 

हुम्लामा ६ बर्ष पछिको ठुलो हिमपात हिमपातले पोल ढल्दा २ गाउपालिका अन्धकार ।

 

 

माघ–८, हुम्ला : हुम्लामा ६ बर्ष पछिको ठुलो हिमपात भएको छ । मंगलबार बिहान ३ बजे बाट सुरु भएको हिमपात दिउसो ४ बजे सम्म सदरमुकाम सिमकोटमा २ फिट हिउँ जमिनमा जमी सकेको छ भने हिउँ आउने क्रम जारी रहेको छ । हिमपातका कारण बिद्युतका पोल ढल्दा सिमकोट र खार्पुनाथ गाउपालिका अन्धकार भएका छन । सिमकोटको डाडाफया, याङगु, स्याम्ने, ठेहे र दोजाममा हिमपात संग लागेको हावा हुरीका कारण बिधुतका पोल ढलेकाले बिद्युत लाईन अबरोध भएको हिल्दुम बिद्युत बितरण केन्द्रका प्रमुख लाल बहादुर लम्सालले बताए । हिमपातसंगै नरोकिएकाले पोल ढलेको सबै तिरको लाईन बन्द गरी सदरमुकाम सिमकोटमा मात्र भए पनि बत्ति बाल्ने प्रमुख लम्सालले बताए ।

यो सहित यो बर्ष हुम्लामा ५ पटक हिमपात भएको छ । यस अघि ४ पटक भएको हिमपातमा बढिमा ४ ईन्च सम्म भए पनि यति धेरै ठुलो हिमपात भएको थिएन । अझ हुम्लामा २०६९ साल यस्तै ठुलो हिमपात भएको थियो । त्यस पछि याि ठुलो हिमपात नभएको ६ बर्ष पछि यो पटक यति ठुलो हिमपात भएको सिमकोट ५ तल्लो गाउका काली बहादुर रोकायाले बताए । हिउपरीरहेका बेला हावाहुरी नलागेको भए सिमकोटमा ३ फिट भन्दा बढी हिउ जमी सक्थ्यो तर हावाहुरीले उडाउदा पनि २ फिट हिउ जमेको उनले बताए । हुम्लामा ठुलो हिमपात पछि चिसो बढ्दा कार्यालयमा कर्मचारीहरु आगो तापेर बसी रहेको भए पनि सेवाग्राही भने सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए । बजार सुनसान देखिएको छ । सिमकोटको तापक्रम माईनस ८ डिग्रीमा झरेको छ । स्थानीयलाई धाराको पानी ल्याउन पनि कठिन भएको छ भने पशुबस्तु पनि गोठबाट निकाल्न सक्ने अबस्था नभए पछि गोठमै घास दिएको सिमकोट ६ माथिल्लो गाउका डब्बले रोकायाले बताए ।

 

 

सिमकोट बजारका सुनसान छ ब्यापारीहरु आफ्नो पसलको आगनमा आगो तापेर पसलकुरि रहेका देखिन्छन् । जिल्लाका नाम्खा, सिमकोट र खार्पुनाथको सबै ठाउमा हिमपात भएकाले लेखबेसि पुरौ सेताम्य भएका छन । भने सर्केगार्ड, चंखेली, अदानचुली र ताजाकोट गाउपालिकाका लेखहरु हिउ परेर सेताम्य भएका भए पनि बेसि तिर पानि परेको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए । स्थानीयको भनाई अनुसार गएको ६ बर्ष पछिको सबै भन्दा ठुलो हिमपात भएको पोखरेलले बताए । केही साता अघिसम्म सुख्खा देखिने डाँडाकाडाहरु हिउँले भरिभराउ भएपछि सेतो घुम्टोमा बेहुलीझै सिगारिएको छ हुम्ला । हिमपातले सदरमुकाम सिमकोटमा २ फिट हिउँ जमेको भएपनि उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिको मुचु, लिमी, यारी, चाला, ताङगीन, याल्वाङ्ग र याङ्गार गाउँमा भने ४ फिटभन्दा बढी हिउँ जमेको मुचु प्रहरी चौकीलाई उद्धित गर्दै हुम्ला प्रहरी प्रमुख डिएसपी रबिन श्रेष्ठले बताए । हिमपातका कारण नाम्खा गाउपालिकाका सबै गाउबस्ति सम्पर्क बिहिन भएका छन । सबै बस्ति सम्पर्क बिहिन भएका भए पनि प्रहरीका संचार सेटले काम गरी रहेको प्रमुख डिएसपी श्रेष्ठले बताए ।

 

 

हिमपातले नेपालगन्ज र सुर्खेतबाट उडना हुने हवाइ सेवा समेत बन्द भएका छन । हिमपात पछि जेठमा पाक्ने गरि मंसिरमा लगाइएकोको बर्खेबालीका लागि समेत फाइदा हुने भन्दै हुम्लाका कृषकहरु उत्साहित भएका छन ्। खेतबारीमा लगाइएको गहुँ, जौँ, उवालगायतका बालीनालीका लागि पुस, माघमा वर्षातसँगैको हिमपात आवश्यक हुने भएकाले हिमपात पछि हुम्लाका कृषकहरु धेरै हर्षित भएका छन् । वर्षातसँगैको हिमपातले बर्खेबालीलाई फाइदा गर्ने र उत्पादन राम्रो हुने खार्पुनाथ ५ का कृषक रगंमल शाहीले बताए । हिमपातले उम्रिन बाँकी अन्नबालीहरु उम्रिने उम्रिसकेको अन्नबालीहरु बड्ने भएपछि जिल्ला भरका कृषकहरुमा खुशी छाएको उनको भनाइ छ । हिउपात भएसंगै चैत महिनामा हुने एसइईको तयारी गरिरहेका विद्यार्थी लाई भने टिउसन कक्षा लिनमा समस्या बनाएको छ । विहान पाँच बजे उठेर बिषयगत टिउसन कक्षा लिनको लागि विद्यालयमा जानु पर्ने भएकोले विहान ६ बजे, अपरान्ह १२ बजे र दिउँसै ४ बजे तिन वटा बिषय कक्षा लिएको रलिङ्ग माविका विद्यार्थी माइकल बोहराले बताए । चिसोले कक्षा कोठामा पनि बस्न नसिकिने र कोठमा पनि चिसोले सिरक ओढेर अध्यान गर्नु परेको बाध्यता भएको सुनाए ।

शव्द/तस्विर : जनक शाही, हुम्ला।