सत्याग्रह र दुराग्रह दुवै कदापि एकै होइनन् छोरा !

स्वर्गबासी पिताको पत्र डाक्टर गोविन्दलाई के सी लाई !

 

दुराग्रहलाई सत्याग्रह देख्नेले समर्थन गर्नेले  अब पछुताउनु नपर्ला र ?  आफ्नो नालायकी प्रति धिक्कार्नु  नपर्ला र ?  हीनताबोधले शिर निहुराउनु नपर्ला र ? अपराधीहरुले तड्पाई तड्पाई मार्न पनि बेर लगाउदैनन् ,सत्तासंग धर्म हुदैन पनि । तलाई मारे भने पनि तेरो आस्था र विश्वास र निष्ठालाई त मार्न सक्दैनन् कदापि ? तेरो सत्य निष्ठा र इमानमा तँ जुगौ जुग बाच्नेछस बाबु !

 

 

प्रिय छोरा गोविन्द ,

शुभ आशिर्वाद !

आज स्वर्गलोकबाट मर्त्यलोकमा पत्र लेखेर आफ्ना बह पोख्दैछु । छोराको कर्म प्रति गर्व गर्दै शुभाशिष सहित केहि संदेश दिनु आफ्नो कर्तव्य सम्झेको छु । पहिले यतैको चर्चा गर्छु । यहाँ (स्वर्गलोकमा ) हामी, हाम्रो देशका लब्धप्रतिष्ठित राजाहरु,नेताहरुको सामिप्यमा रहेर देशको सुख, दुख ’bout छलफल गर्छौ ।  राजाहरु, महेन्द्र, बीरेन्द्र, नेताहरू  पुष्पलाल, मनमोहन, मदन भण्डारी, बि पी, गणेशमान, कृष्णप्रसाद  देखि सुर्यबहादुर र राजेश्वर देवकोटा लगायत नेपालका सबै मान्छेहरुसँग हाम्रो भलाकुसारी हुन्छ एउटा सुखद संयोग के छ भने नेपाल देशका सबै जनालाई स्वर्गमा एकै ठाउँमा बस्ने प्रबन्ध गरिएको छ । नेपालबाट याँहा आएको भने पछि विशेष सम्मान र छुट्टै इज्जत पनि छ । नेपाल देशको पवित्रता र पुण्यभूमिप्रति अनि त्यंहाबाट आएका हामी प्रति सबैको चासो र सरोकार छ ।

 

तिव्र उत्सुकता छ देव भूमिबाट आएका भनेर अनौठो लगाव राख्छन ।  हामी नेपालीको सबै संगै मिलेर बस्ने स्वभाव देखेर विश्वका सबै मान्छे आश्चर्यचकित छन् । तर हामी नेपालीहरु नेपालमा भै रहेको अनमेल, झैझगडा, द्वन्द र खिचातानीबाट परिशान छौ । पुस्पलालसँग एकै जिल्लाबासी हुनुको नाताले मेरो भावनात्मक सम्बन्ध छ । २०६९ देखि नेपालमा सत्याग्रह मार्फत सीमान्तकृत नेपाली जनताको मुद्दा उठाएर नेपालका सबैजसो सरकार र पार्टी अनि तिनका नेताहरुलाई आज सम्म झुक्न बाध्य बनाउने डाक्टर गोविन्द के सीको सत्याग्रह ’bout थुप्रै चर्चा हुन्छ गोविन्द के सीको चर्चा हुँदा म उसको बुबा हुँ भन्नेकुरा थाह नहुने कुरै भएन राजा देखि देशका प्रधानमन्त्री अनि उच्चाधिकारी सबैले मलाई गोविन्दको बाबुको नाताले गरेको सम्मान मेरो लागि अहोभाग्य हो छोरा ! पुस्पलाल भन्नु हुन्छ बारम्बार कम्युनिस्ट पार्टीले उठाउने मुद्दा गैरकम्युनिस्ट अझ ब्यबसायिक जागिरे एक डाक्टरले उठाउनु शायद हामी एकै जिल्लावासी हुनुको लिगेसी होला ।

 

मदन भण्डारी भन्नुहुन्छ कम्युनिस्ट पार्टीले यो मुद्दा लागु गर्नुपर्ने सुनौलो अवसर हो, दुई तिहाई बहुमतको कम्युनिस्ट पार्टीको सरकारलाई जनताको लागि काम गर्न गैर कम्युनिस्टले सम्झाउनु आफैमा लज्जाको बिषय हो अझ डाक्टर गोविन्दको कुरा उपेक्षा गरेर जनघाती कार्यमा कम्युनिस्ट पार्टी लागेको देख्दा म हिजो त्यो पार्टीको नेता थिए भन्न अप्ठ्यारो लाग्छ । बि पी भन्नु हुन्छ म प्रधानमन्त्री हुदा सबै जनताको स्वास्थ्य र शिक्षा देखि समग्रतामा मेरो जे हैसियत १५ वर्ष भित्र सबै नेपालीको हैसियत यहि पुर्याउछु भन्ने मेरो संकल्प थियो तर आज कांग्रेस केहि मान्छेको हैसियत मात्र प्रधानमन्त्रीको बराबर  पुर्याउने अभियानमा भएकोले बेहाल छ तर केहि आशा पनि छ गगन थापा लगायत युवाले स्वास्थ्य क्षेत्रका अभियन्ता गोविन्दलाई साथ दिएका छन् । सत्कर्मको लागि सबैको साथ् लिनु तर दुष्कर्म गर्नेको लागि कहिल्यै र कुनैपनि मानेमा हात नदिनु ।

 

बाबु गोविन्द,

यहाँ तिम्रो कदम प्रति कसैको पनि बिमति छैन कहिलेकाहीँ बुझाइमा सामान्य अप्ठ्यारो देखिछ तर सबै बसेर छलफल गरेपछि सबैको मतैक्यता पाइन्छ । कम्युनिस्ट पार्टीको सरकार हुदा यो मागको उपेक्षाले कम्युनिस्ट नेताहरु अति नै चिन्तित र निराश देखिनु भएको छ । मनमोहन अधिकारी सधै झोक्राएर बस्नुहुन्छ, मदन भण्डारी कडकिनु हुन्छ आफ्नी जीवनसंगिनी रास्ट्रपति बिध्या र प्रधानमन्त्री ओली संवेदनशील बन्न नसकेको कुराले उहाको आक्रोश उच्च छ । राजाले गर्न नसकेको कुरा कम्युनिस्टले पनि गर्न नसक्दा दुख लागेको कुरा राजा बिरेन्द्र भन्नुहुन्छ । मलाई जति नै तिम्रो ज्यानको चिन्ता कृष्ण प्रसाद भट्टराईलाई पनि छ । उंहा भन्नु हुन्छ धन्दा नमान्नुस उदय बाबु तपाईको छोरालाई केहि हुँदैन ऊ त सारा नेपालीको छोरा हो भगवानको कृपा उसलाई हुन्छ नै।

 

जसले जे भने पनि जसरी सम्झाए पनि बाबु हुनुको नाताले तेरो कस्ट देख्दा मेरो छाती यसरी पोल्छ, मुटु टुक्रिए झैँ दुख्छ, तेरी आमाको याद बेस्सरी आउछ कसरी खपेर बसेकी होली त्यो मान्छे ? आफ्नो रहरको  छोराको त्यो पिडा ? कति बेला ढल्छ कति बेला रोकिन्छ त्यो श्वासप्रश्वास ? हुन त पिडा खप्ने, अलिकति पनि पिडा नदेखाउने तेरी आमाको स्वभाव पनि अचम्म कै छ शायद पिडा सहने हुबहु गुण आमाबाट पाइस र भोक खप्ने भइस । म एक मिनेट बढी भोक खप्न नसक्ने मान्छे मेरो यो भोक खप्न नसक्ने बानीबाट तेरी आमा धेरै पटक प्रताडित बनेकी छे, अप्ठ्यारोमा परेकी छे  तर छोरो भोक खप्ने भोकै मर्न तयार हुने बानी देख्दा भगवानको लिला प्रति अचम्म लाग्दो हो उसलाई पनि ? पिडा लुकाएर सजिलै हास्न सक्ने उसको एक टेलिभिजन अन्तर्वार्ता हेरेथे भन्दै थि “ गोविन्द मर्यो भने मेरा अरु चार छोरा छोरी बाँकी हुनेछन जनताको लागि मरेछ भने मरोस, मारोस सरकारले । “ कति कठोर मुटु पारेर भन्न सकेकी त्यो आइमाईले ? पिडा सहने अद्भुत क्षमता छ तिमीहरु आमा छोरासँग ।

 

बाबु छोरा,

तँ दुई बर्षको हुदाँ देखि मामाघर बसिस र आफ्नी बुढी हजुरमाको बुढा स्तन चुसेर उहाकै रेखदेखमा हुर्किस बढिस र पढिस आज म ती मेरी सासु जसले तँलाई स्कुल शिक्षा दिन, हुर्काउन बढाउँन ठुलो भूमिका खेंल्नु भयो उहाँसंगै मेरा जन्म दिने बा आमा सँग बसेर तलाई हामी सबैको एकमुस्ट आशिर्वाद पठाइरहेको छु । छोरा सत्यको मार्ग अप्ठ्यारो र दुरुह हुन्छ तर सत्य हारेको इतिहास छैन, सत्यले दुख पाएको इतिहास छ तर ढिलो हुन्छ हार्नु पर्दैन । सत्य हार्दैन , मृत्युले हराउछ तर सत्यले कहिल्यै कसैगरी हराउन सक्तैन ।

 

बाल्यकालमा कान्छाकामी हजुरबाको थालको भात खाएर हुर्केको तँ, भिम बहादुर भुजेलको काखमा खेलेको तँ, जेठो मतेले दिएको थाङ्गनाले आङ ढाकेको तँ, आज ती र त्यस्तै नेपालीको दुख हटाउन, तिनको सीपमा निखारता ल्याउन सम्मान जनक काम र मामको लागि ज्यानको बाजी लगाएर सत्तासँग लड़छ्स तेरो लडाई पाठेघर खसेकी जुम्लेली आमाको लागि हो, पायल्सले टुक्रुक्क बसेर गाई दुहुन नसक्ने ताप्लेजुङका भट्टराई काकाको लागि पनि हो, घुंडा दुखेर खोच्याउदै हिड्ने तराईका मुसहर भाइको लागि हो । आजको युगमा पनि जीवन जल खान नपाएर मरेका नेपालीको नियति फेर्ने अभियान हो । गरिब नेपालीका क्षमतावान छोराछोरीले पनि सरकारी कोटामा डाक्टरी पढन पाउन भन्नको खातिर हो । २०४५ को भूकम्प देखि सामाजिक सेवामा चलेका पाइला आज पनि देश विदेश सबैतिर उत्तिकै सक्रिय र जागरुक पाउदा हामीलाई खुशी लाग्छ छोरा।

 

तैले चाहेको भए महँगो क्लिनिकमा आफ्नो नाम झुण्डयाएर  बिरामी बोलाउन सक्थिस जति पनि रकम असुलेर सुख सयलको जिन्दगी बनाउन सक्थिस, तँ त बिरामी खोज्दै हिडने डाक्टर होस् । सरकारी स्वास्थ्य आयोगको पदाधिकारी बन्न सक्थिस सरकारबाट टायम टायममा त्यो अफर आएको पनि हो, तर तेरो उदेश्य आफ्नो लागि होइन आफन्तको लागि होइन सबै नेपाल र नेपालीको साझा खुशीको लागि हो । तर बाबु तेरो माग र मुद्दा ’bout चित्त नबुझेको कसैलाई छैन तर ब्यबहारिक कार्यन्वयनमा जाँदा राजनीतिक पार्टीहरु चुनाब लड्न लाग्दा खर्च धान्ने मान्छेहरुको लगानीमा चिन्तित भएको बुझ्न कठिनाइ छैन । जनताको लागि भनेर राजनीति गर्नेहरु केहि मान्छेको स्वार्थ र आफ्नो स्वार्थमा लाग्दा सब कुरा बिग्रेको हो तर जनता अब सचेत छन् यसको सुनुवाई हुन्छ । आज सत्याग्रहको पक्षमा जति मान्छे छन् ती मान्छेहरु निष्ठाको लागि सत्य खोजको लागि सत्यको पछि लागेका हुन् नकी लहडमा ?

 

बाबु गोविन्द,

अपमान सहने क्षमता र तागत हुनुपर्छ सधै,भीमसेन थापा, काजी भीम मल्ल र इतिहासका अनेकन नायकले अपमान पिडा कस्ट र दुख खपेको हाम्रै देशको इतिहास छ अझ तँ जस्तै भोको बसेर ब्रिटिस सामराज्य बिरुद्द धावा बोल्दा महात्मा गान्धीलाई चर्चिलले एउटा अर्धनग्न फकिर भोको बसेर केहि लछारपाटो लगाउन सक्दैन भनेका थिए तर त्यो अवहेलना र अपमानले गान्धीलाई केहि फरक पारेन झन् कठोर सत्याग्रही बनायो र  ब्रिटिस साम्राज्यबाद हिन्दुस्तान बाट लखेटिनु पर्यो । त्यसैले अपमान र लान्छना देखि नडराउनु, धैर्य र निरन्तरता पछि सफलता पाइन्छ नै । आज तँलाई र तेरा विरुद्द पनि त्यस्तै दुर्वाच्य बोल्दै हिंडेका छन् मान्छेहरु, अनि सुन्दैछु तेरो सत्याग्रहको विरुद्द अर्को युवालाई अनशन राखेर सरकार आफै प्रायोजक भएर प्रहसन मन्चन गर्दैछ रे बाबु यति हेक्का राख अनशन र सत्याग्रह एकै होइनन यी दुवैलाई एकै कोटिमा राख्ने पापी हुन् बाबु अपराधी हुन ।

 

तेरो अनशन सत्याग्रह हो भने अरु कसैको प्रायोजन केवल आत्मप्रवंचना र दुराग्रह, आग्रह भन्दा केहि होइन । सत्याग्रह र दुराग्रहलाई एउटै भनिठान्ने लोभी-पापीहरुले एउटा अपराधीलाई बोकेर हिंडिरहेको  समाचार नेपाल लाइभमा पढेर मदन भण्डारी रिसले दाह्रा किट्दै हुनुहुन्छ । रुपमा उस्तै देखिने तर सार र रुपमा एकै हुनेमा फरक छ, बाबु त्यो फरक  देखिन्छ, त्यो देखिएको कुरा कुनै पनि आवरणमा  कुनै नीच घटिया र चुत्थो स्वार्थको गोटी बन्ने र बनाउने प्रति सबै महानुभावहरुको घृणा छ । दुराग्रहलाई सत्याग्रह देख्नेले समर्थन गर्नेले  अब पछुताउनु नपर्ला र ?  आफ्नो नालायकी प्रति धिक्कार्नु  नपर्ला र ?  हीनताबोधले शिर निहुराउनु नपर्ला र ?  एउटा षडयन्त्रकारी अपराधीको समर्थनमा राष्ट्रिय झण्डाको अपमान गरेको दण्डको भागीदार को को बन्ने हुन समयक्रममा ’emको मुखुण्डो खोलिने नै छ । अपराधिक पृष्ठभूमिको मान्छेलाई राज्यको यो हद सम्मको सेवा र मान अनि प्रायोजक नै बन्ने स्थिति बिडम्बना हो छोरा ?

 

छोरा गोविन्द,

राजनीतिको थोरै थोरै जितहारको अनुभव र समाजमा धेरै समय सामाजिक काम गरेको नाताले एउटा अनुभव भनेर यो पत्र टुंग्याउछु । बाबु आज सत्याग्राहमा जो जो लागेका छन् ति सवै विसुद्द सामाजिक भावले नलागेका पनि हुँन सक्छन, आ आफ्नो स्वार्थको दाल पकाउन लाग्नेहरु विश्वास लिनको लागि सबभन्दा नजिक र वरिपरी रहेका देखिन्छन तर आफ्नो वरिपरी रहेकाले संधै सहि र उचित सल्लाह दिन्छन नै भन्ने शतप्रतिशत विश्वास चै भयो भने धोकामा पर्न  पनि सकिन्छ, धोका हुनबाट बच्न आफ्नो नाजिककको घेरामा रहनेहरुलाई पनि परिक्षण र पून परिक्षण जरुरी हुन्छ, मैले यसो भनिरहदा जो जसले निस्वार्थ भावले सहयोग गरी रहनु भएको छ उँहाहरुको आत्मसम्मानमा चोट नपुगोस ।

 

तर स्वार्थी र कुनै उदेश्य घुसाउन उद्दत मान्छेहरु प्रति भने सचेत हुनुपर्छ अन्यथा पवित्र कर्म धमिलो हुनपुग्छ । मलाई थाह छ मेरो छोराको कर्ममा खोट छैन तर एक बाबुको नाताले छोरालाई यो भन्ने हक छ मलाई पनि ।  स्वर्गमा बसेर पनि केहि बोल्नुपर्छ हामी सबैको सन्देस जानुपर्छ भनेर म मार्फत राजा देखि नेता सम्मको अनि एक बाउको सामुहिक भावना पत्र मार्फत व्यक्त गरेको छु । देश र जनताको लागि गर्ने असल कर्मको साथ जनताबाट सधै र जहिल्यै र जसलाई पनि मिल्छ । छोरा गोविन्दको सत्याग्रहको अभियानमा अहोरात्र खट्ने सबै नेपालीहरुप्रति, हार्दिक आभार सहित आशिर्वाद छ ।

 

सत्य कहिल्यै पराजित र पराधिन हुन् सक्दैन । पून छोरा गोविन्दको सु स्वास्थ्य र दीर्घायूको कामना गर्दै आशिर्वाद ! तेरा अनवरत सामाजिक कर्मका पाइला कतै कहिल्यै नरोकियोस । मलाई यो पनि थाह छ बारम्बारको अनशनले थलिएको त्यो कमजोर शरीर कुनै दिन कहिल्यै नउठउने गरि ढल्न पनि सक्छ,पापी दुस्ट र अपराधीहरुले तड्पाई तड्पाई मार्न पनि बेर लगाउदैनन सत्तासंग धर्म हुदैन पनि । तँ मारीइस भने म पनि तेरी आमाले भने झैँ भन्ने छु मेरा अरु चार छोराछोरी जिउदैछन । तलाई मारे भने पनि तेरो आस्था र विश्वास र निष्ठालाई त मार्न सक्दैनन् कदापि ? तेरो सत्य निष्ठा र इमानमा तँ जुगौ जुग बाच्नेछस बाबु !

उही बुबा

उदय बहादुर के सी ( हाल स्वर्ग निवासी )