डाक्टर केसी तिमी भगवान, अल्लाह, खुदा वा परमेश्वर केहि होइनौ !

‘अनशनको अन्त्य अल्प बिराम हो पूर्ण बिराम चै होइन नि ? म कुनैपनि बेला १७ औ सत्याग्रह शुरु गर्छु यो युद्द रोकिएको हो, युद्द हारेको होइन, रणनीतिमा फेरबदल हो । विगतमा पनि देशको विषम परिस्थिति र विषयको गाम्भीर्यतालाई महशुस गर्दै अनशन स्थगन गरेको स्मरण गराउछु । जित्दा देशले जित्ने हो हार हुदा मेरो मात्र हुने हो बदनामी र लान्छानको भागिदार म मात्र बन्ने हो त्यसैले यो निर्णयप्रति सबै किसिमको जवाफदेहिता मेरो रहन्छ।’
मृत्युको भय वेचेर पैसा कमाउनेहरूकालागि संधै खतराको घण्टी डाक्टर के सीको जिन्दगी ।
मुर्ख सँग दैव डराउनुको अर्थ गहन र सन्देशप्रद छ, मुर्खसंग दैव डराउनु भनेको मूर्खतापूर्ण पाखण्डसँग कहिलेकाहीँ छलिनु हो आत्मसमर्पण र आत्मबिर्सजन होइन । हरामसँग राम यदाकदा वच्नु नै वुद्धिमानी हुन्छ । भोलि मुर्खलाई धुलो चटाउन पनि आज वाच्नु र वच्नु श्रेयस्कर हुन्छ यहि समझबाट अनुप्राणीत भएर नै सत्याग्राही डाक्टर के सीले अनशनको सिल सिलेवार १६औ चरणको २४औ दिन अनशन स्थगन गरेर संदेश प्रवाह गर्न राजी भए । विवेकको बिर्को बन्द भएकाहरुसँग विवेकले हार्नु हुन्न बरु एककदम पछि हटेर विवेकको उच्चतम नमुना देखाउनु पर्छ । विवेकहिनहरुसंग सत्याग्रह निर्विवेकी र बेशरम इमान हराएकहरुसंग सत्याग्रह जीवन बलिदान भन्दा पर केहि होइन ।
जीवन जिएर नै संघर्ष आजको आवश्यकता र अपरिहार्यता हो यहि तथ्य र सत्यलाई हृदयंगम गर्दै बिबिध क्षेत्र र समुदाय सिंगो नेपाली जनताको चाह र भावनालाई आत्मसाथ गरेर डाक्टर के सी अनशन स्थगन गर्न मन्जुर बने । प्रबुद्द बर्गको सुझबुझ पूर्ण सुझाव र देस अशान्तिको भयानक भुमरीबाट बचाउन लिएको निर्णय दुरगामी महत्वको छ । कसले जित्यो कसले हार्यो त्यो समयले हिसाब राख्छ आज जित हारको हिसाब नगरौ । समयको अदालतमा त्यसको फैसला हुन्छ नै । न्युनतम इमान, प्रतिष्ठा अनि विश्वसनीयता नभएका राज्य संचालक संगको सत्याग्रह फगत आत्मदाह र आत्मोत्सर्ग भन्दा अरु केहि नहुने निचोडमा सबैखाले प्रवुद्द बर्गको बुझाई रह्यो।
बारम्बारको अनशनले थलिएको डाक्टर के सीको बृद्द शरीर अब मृत्यु थेग्ने स्थितिमा थिएन, मर्न दिनु भन्दा बचाएर नै बेथिति, बिकृति र विसंगति विरुद्दउनको भौतिक उपस्थिति नै नैतिक लडाईको हतियार हो भन्ने आम धारणा बन्यो । पूर्व रास्ट्रपति राम बरण यादव, पूर्व प्रधान न्यायाधिस द्वय कल्याण श्रेष्ठ र शुसिला कार्की लगायत लब्धप्रतिष्ठित व्यक्तित्वहरु माथेमा आयोगका सम्पूर्ण पदाधिकारीहरु, क्रमशः केदारभक्त माथेमा, मदन उपाध्याय, अर्जुन कार्की, भगवान कोइराला जस्ता महानुभावहरुको अनुनयविनय, दमन ढुंगाना, भोजराज पोख्रेल कृष्ण पहाडीहरुको अथक मेहनत अनि आफ्ना शुभेच्छुक विश्वासपात्रको आग्रह, आफ्ना साथीभाइ बिद्यार्थी सहकर्मी, नेपाल चिकित्सक संघ सबैको अनुरोधलाई शिरोधार्य गर्दै अनशनलाई अल्प बिराम लगाएर फरक तरिकाले लडन डाक्टर के सी तयार भए ।
अनशन स्थगन गर्न सहमत भए पछि डाक्टर के सीको एक शर्त थियो यो ‘अनशनको अन्त्य अल्प बिराम हो पूर्ण बिराम चै होइन नि ? म कुनैपनि बेला १७ औ सत्याग्रह शुरु गर्छु यो युद्द रोकिएको हो, युद्द हारेको होइन, रणनीतिमा फेरबदल हो । विगतमा पनि देशको विषम परिस्थिति र विषयको गाम्भीर्यतालाई महशुस गर्दै अनशन स्थगन गरेको स्मरण गराउछु । जित्दा देशले जित्ने हो हार हुदा मेरो मात्र हुने हो बदनामी र लान्छानको भागिदार म मात्र बन्ने हो त्यसैले यो निर्णयप्रति सबै किसिमको जवाफदेहिता मेरो रहन्छ ।’
सबैको अभिमतलाई समस्टिगत रुपमा यसो भनेर अभिव्यक्त गर्न उपयुक्त लाग्यो । डाक्टर के सी अब एक व्यक्ति मात्र रहेनन् उनी त एक विचार बने,पब्लिक पोर्पोर्टी बने । मानवतावादी प्रबाह र निरन्तरता रहे,न्याय र सत्यको प्रबक्ता हुन, सत्य निष्ठा र त्यागको धरोहर हुन्, उर्जा र शाहसका बिम्ब हुन् । निराशा र अन्योलता बीच बलेको धिप धिपे दियो हुन, आशा र विश्वासको उज्यालो जुन निभ्नु हुदैन भन्ने आम मान्छेको चासो र सरोकार हो त्यसैले यो दियोमा तेल थप्न सबै तह र तप्काका नेपालीले तदारुकता देखाए र निभ्नबाट बचाए । डाक्टर गोविन्द के सी बाच्नु पर्छ, यी मरे भने पनि मृत्युको भय देखाएर स्वार्थको व्यापारी पोस्ने मानव रगतको होली खेलेर आएकाहरुको मन दुख्दैन बरु रमाउछ आनन्दित बन्छ अरु उर्जा जागृत हुन्छ । कुकर्म गर्न झन प्रेरित बन्छन ।
मार्सलको काँध चडाएर चिकित्सा शिक्षा बिधेयक पास गर्नेहरुमा सामान्य मानवीय संवेदना र नैतिकता छैन प्रधानमन्त्री स्वयंमा संस्थागत र व्यक्तिगत इमान र विश्वसनीयताको खडेरी परेको छ । बस्तुपरकता र यथार्थपरक भएर नसोच्ने तर व्यक्तिको निजि स्वार्थको लागि नैतिकता बेच्ने, राज्य प्रणालीमा कब्जा जमाएर बैधानिकताको जामा भिराउने, राज्यसंचालक भएको देशमा डाक्टर के सीहरु पागल बन्छन । बनाइन्छ्न । बेइमान र नैतिकहीन हुनु भन्दा त इमान्दार र जनताप्रति बफादार पागल हुनु नै बेस । नैतिकताको अग्लो चुलीमा भए पछि कहिलेकाही केहि पाइला यताउता चाल्दा हारिदैन बरु जितिन्छ जनजनको मनमा अरु विश्वाशिलो बनिन्छ तसर्थ डाक्टर के सी बाच्नु पर्छ । बाचेर नै अधर्मी अनैतिक र भ्रष्टहरुको मुटु हल्ल़ाइ रहनु पर्छ । डाक्टर के सीको भौतिक अस्तित्व नै भय र मृत्यको व्यापार गर्ने अधमहरुको लागि काफि हुन्छ । सधै सधै खतराको घन्टी हो के सीको जिन्दगी सिमित स्वार्थको लागि देशको नियम कानुनको धज्जी उडाउनेहरुको लागि ।
डाक्टर के सी साधारण तर असाधारण क्षमता भएका मान्छे हुन देवता होइन्, अल्लाह, गड,खुदा र परमेश्वर पनि होइनन यिनका सबै बाक्य देव वाक्य पनि होइनन तर यो युगका हाम्रो देशका असल मान्छे हुन । हामी मान्छेक्कै रुपमा तपाइलाई सम्मान गर्छौ देवता भनेर देवत्व्करण गर्दैनौ । आफ्नो लागि नसोच्ने बरु देशको लागि सोच्ने र१६, पटक सम्म १६ प्राण उत्सर्ग गर्न हरहमेसा तयार रहने सर्वजन हितायाको लागि यति सम्म त्याग गर्न सक्ने आजको परिवेशको सबभन्दा धेरै रुचाइएको सुन्दर दृश्य हो । आजको पुस्ताले नेपालमा देखेको सुन्दर जिन्दगीको अर्थ हो डाक्टर के सीको त्यागको जिन्दगी, सादगी र शैली । छुद्रहरुले जति निन्दा गरुन, जति उपेक्षा गरुन, जति खेदो खनुन डाक्टर के सीको त्याग निष्ठा र समर्पणमा कुनै बदलाव आउने छैन झन् निखारता र दृढता परिपक्वता आउने छ ।
एक छाक भोको बस्न नसक्नेहरु जति खिसिट्युरी गर जति उडाउ यदि डाक्टर केसीको हठ नहुदो हो त,पागलपन नहुदो हो त १५ औ अनशन अघि नै गिरिराज मणि पोखरेलले तुहाएको शिक्षा बिधेयक मात्रै आउने थियो । आज जे जति उपलब्धि भनियो जति प्रतिशतको हिसाब देखाइयो त्यो केवल डाक्टर के सीको ढीट र जिद्दीको कारण मात्र सम्भव भएको हो । यादगर तिमीले जसको लागि निक्रिस्ट भएर आक्रमण गरेका छौ त्यो तिम्रा लागि तिम्रा सन्तान र दर सन्तानको लागि पनि हो लडाई । के पी ओलीको लागि, गिरिराजमणि पोखरेलको लागि पनि उनीहरुसंगै डाक्टर के सीको लडाई हो । जीवन दाउमा लगाउने हिम्मत हो । ख्याल राखौ सबैले एक माघले जाडो जादैन ।