पार्टी कसैको बपौती र बिर्ता होइन !

गत बुधबार वीरगंजमा कांग्रेस सभापति शेरबहादुर देउबाले नेता शेखर कोइरालालाई चेतावनीको भाषामा कांग्रेस पार्टी कोइराला परिवारको बपौती होइन भनेर बोल्नुमा शेखरले आगामी महाधिवेशनमा सभापतिमा दिन लागेको चुनौतिको भय हो भन्दा दुईमत नहोला।

 कांग्रेस भित्रको एउटा खेमा कोइराला थर हुने बित्तीकै उसमा सर्वगुण सम्पन्न नेता देख्न पुग्छ र कोइराला भन्दा बाहेकलाई  कांग्रेसको नेता मान्न हिचकिचाउछ । अर्को एउटा पक्ष छ जो कोइराला भन्ने बितिक्कै झुसिलो डकार पैदा गरेर उनीहरुलाई निषेध नै गरेर जाँदा फाइदा देख्छ र सोहि अनुरुप आफुलाई प्रस्तुत गर्छ । कांग्रेस भित्र तेश्रो खेमा र धार पनि क्रियाशील छ जसले उल्लेखित दुवै धारलाई आफ्नो राजनीतिक  ‘प्रोफिट ‘र ‘लस’को आधारमा समर्थन र बिरोधको नाटक मन्चन गर्छ जसलाई बिचौलियाको सम्बोधन गर्दा बिचौलिया शब्दको अपमान नहोस ।

 

 

 

निषेधको राजनीति पार्टी भित्र होस् या पार्टी बाहिर या देशमा नै आजको यूग सुहाउदो विचार होइन । सबै किसिमका विचार, धारणा र भावनाको प्रतिनिधित्वले नै देशमा सबैको प्रतिनिधित्व गर्ने हुनाले बहुलवादी समाज र प्रणाली आजको विश्वको राजनीतिक मान्यता र छनौट हो ।  बम हानेर विप्लव समुहले गर्ने निषेधको राजनीति होस् या विप्लवलाई दबाएर नै राख्न सकिन्छ, राख्नुपर्छ भन्ने सत्ता पक्षीय चिन्तन सबै घातक छन् ।

 

बन्देज र पेलान त आफु भित्रकै आन्तरिक प्रतिस्पर्धीलाई समेत गर्न हुदैन र मिल्दैन तर आफु भित्रको आन्तरिक प्रतिस्पर्धीलाई समेत पेलेर किनारमै पुर्याएर आफु बलियो हुनुपर्छ र बलियो भइन्छ भन्ने भ्रम र  पार्टीको उपल्लो निकायमा रहने र पुगिसकेका नेताहरुको मनमा घर गरेर बसेको तथ्य जगजाहेर नै छ अपवाद सबै भन्दा पछि बनेको र सुसंस्कृत राजनीति गर्छु भन्ने विवेकशील साझा पार्टीले समेत जोगाउन सकेन । हामी यस्तो परस्थिति र अवस्थामा आइपुग्यौ कि शाश्वत र अपरिहार्य हुने अपवादलाई समेत अराजनितिको हिलोले हिलाम्मे बनायो स्थान दिएन । र पनि राजनीतिमा सुद्दता र यसको पवित्रता हाम्रो खोजाइको विषय हो ।

 

तसर्थ हामी बहुदलीय व्यबस्थाको हिमायती बनेर तदनुकुल पद्दतिमा अभ्यासरत छौ । बिचारहरु स्वतन्त्र रुपमा फुल्न फैलन र सुसंगठित हुन व्यक्ति राजनीतिको छाता ओढेर आफ्नो मान्यता अनुसारको राजनीतिक दलमा आबद्दता जनाउछ भने कतिपय स्वतन्त्र रहेर नै आफ्नो सामाजिक मुल्य स्थापित गर्ने चाहना मुखरित गरिरहन्छन । पार्टी छान्न र त्यसको विचार प्रवाह गर्न व्यक्ति स्वतन्त्र छ । स्वतन्त्रताको अर्थ यो होइन कि व्यक्तिलाई आफूले इच्छाएको सबै गर्ने छूट राज्यले प्रदान गर्नेछ । सामाजिक राजनीतिक मुल्य मान्यता र देशले अपनाएको प्रणालीको आधारमा देसको नियम कानुनको अधिनमा रही व्यक्ति पार्टी र संस्थालाई आफ्नो अधिकार प्रयोग गर्ने अधिकार रहन्छ । व्यक्तिको स्वतन्त्रता अकुण्ठित हुनुपर्छ तर अकुण्ठित स्वतन्त्रताले देसको सार्वभौमसत्ता र अखण्डतालाई चुनौती दिने हदको हुनुहुन्न र त्यो सर्वस्वीकार्य ठहरिन्न्न ।

 

राज्यले गरेको नाजायज दमन, निषेध र बल्जफ्तिलाई च्यालेन्ज दिन व्यक्ति संस्था र कुनै पनि निकाय सधै बिद्रोही बन्न सक्छ तर द्रोही र उत्तेजनाको पराकाष्ठमा राज्यले कानुनको निर्मम प्रयोग गर्ने हक पनि सुरक्षित रहन्छ । प्रजातन्त्र भनेको आफ्नो मात्रै होइन अरुको स्वतन्त्रताको पनि ख्याल गर्ने पद्दति हो भनिन्छ । प्रजातान्त्रिक पद्दति र प्रणालीमा व्यक्ति बिधि भन्दा माथि र पद्दति भन्दा पर हुन सक्तैन र जान मिल्दैन । पार्टी पद्दतिमा व्यक्ति गौण कुरा हो, विचार र प्रणाली बिधि, बिधान महत्वपूर्ण र प्रधान चिज हो तर आजकल पार्टीहरुमा देखिएको असंगत लय भनेकै बिधि बिधान भन्दा माथि व्यक्ति अर्थात् सर्वोच्च निकायमा रहनेले गर्ने ब्यबहार भएको छ ।

 

सबै पार्टीका तालुकदार प्रति अरुले उठाउने प्रश्न र सबाल भनेकै पार्टी सिस्टम भन्दा बाहिर गयो, पार्टी प्राइभेट लिमिटेड भयो, पार्टीमा व्यक्ति हावी भयो, पद्दति र प्रणालीको खिल्ली उडाइयो । पार्टीलाई बपौती बनाइयो ठानियो । मूलतः कांग्रेसमा यो बिबाद धेरै जन्मने र हुर्कने गर्छ । यद्दपि अरु पार्टीमा पनि भुसको आगो झैँ बन्दै छ र सार्वजनिक हुने क्रममा हालै रामकुमारी झाँक्रीले जसरी आँसु खसालिन र कति बोलेर कति नबोलेर एउटा संकेत प्रवाह गरिन त्यो नेपाली राजनीतिको दुखद पक्ष हो आशा गरौ परिणति दुखद नबनोस् ।

 

राम कुमारी झाक्रीले आज रुँदै जुन दृश्य देशका सामु राखीन त्यसले प्रकट अप्रकट धेरै कुरा बिकराल रुपमा आएको छ व्यक्ति मिल्दा पद्दति कसरी मिचिन्छ ? कार्यकर्ता कसरी दास बन्छन ? पद्दति नीति ब्यबहार सिद्दान्त र आदर्श भन्दा व्यक्ति मिलापले पार्टी बन्ने प्रक्रिया कति उचित हो ? । एउटा राजनीतिक कर्मी जुझारु नेतृको त्यो हविगत देख्दा नेपाली राजनीति कता जाँदैछ ? हामी किन पद्दति भन्दा बाहिर गएर व्यक्ति हावी भएको अभ्यासमा लिप्त छौ ? व्यक्ति हैन पद्दति ठुलो भनेर वकालत गरेर देस गणतन्त्रमा गैसकेको बेला व्यक्ति सर्वोपरी किन बन्दैछन ? सत्ता र शक्तिमा पुग्नु भनेको व्यक्तिको सर्वेसर्वा त पक्कै होइन होला ? व्यक्ति राजको अन्त्यको लागि लड़नेहरुबाट नीति बिधि र विधानको मातहतमा रहेर काम गर्नुपर्ने हैन र ?

 

गत बुधबार वीरगंजमा कांग्रेस सभापति शेरबहादुर देउबाले कांग्रेस नेता शेखर कोइरालालाई चेतावनीको भाषामा कांग्रेस पार्टी कोइराला परिवारको बपौती होइन भनेर बोल्नुमा शेखरले आगामी कांग्रेस महाधिवेशनमा सभापतिमा दिन लागेको चुनौतिको भय हो भन्दा दुईमत नहोला ।  आज चर्चा यसैमा केन्द्रीत गरौ । नेता शेखर कोइराला र शेरबहादुर देउबा बिचको जुहारी आकर्षक र राजनीतिको केन्द्रमा अखबारमा देख्न पाउदा सबैलाई कौतुकता उत्पन्न भएको छ । कांग्रेस पक्षधर मात्रै होइन काँग्रेस इतरमा पनि विशेस चासो, खुल्दुली चर्चाको बिषय बनेको छ । कांग्रेस कोइरालाहरुको बपौती नै हो त ? कांग्रेस सभापति शेरबहादुर स्वयंले पार्टी सभापतिको कुर्सीमा आसिन भएर यस्तो अभिव्यक्ति दिनुको अर्थ सामान्य छैन । नेपाली कांग्रेस पार्टी कोइरालाहरुको बपौती र बिर्ता होइन भनेर लगातार चुनौती दिंदा दिंदा कांग्रेस पार्टीको सभापति हात लगाएका देउबा पून बपौती र बिर्ताको भाकामा पुग्दैछन । यसको अर्थ कोइराला परिवारको टक्करसँग अब देउबालाई सामना गर्न मुश्किल परेको भनेर निस्कर्ष निकाल्दा देउबाको बिरोध र कोइराला परिवारको समर्थन नबुझियोस । कांग्रेस राजनीतिमा तीन धार र खेमाको चलखेल र दाउपेच बिध्यमान छ ।

 

कांग्रेस भित्रको एउटा खेमा कोइराला थर हुने बित्तीकै उसमा सर्वगुण सम्पन्न नेता देख्न पुग्छ र कोइराला भन्दा बाहेकलाई  कांग्रेसको नेता मान्न हिचकिचाउछ । अर्को एउटा पक्ष छ जो कोइराला भन्ने बितिक्कै झुसिलो डकार पैदा गरेर उनीहरुलाई निषेध नै गरेर जाँदा फाइदा देख्छ र सोहि अनुरुप आफुलाई प्रस्तुत गर्छ । कांग्रेस भित्र तेश्रो खेमा र धार पनि क्रियाशील छ जसले उल्लेखित दुवै धारलाई आफ्नो राजनीतिक  प्रोफिट र लसको आधारमा समर्थन र बिरोधको नाटक मन्चन गर्छ जसलाई बिचौलियाको सम्बोधन गर्दा बिचौलिया शब्दको अपमान नहोस । काँग्रेसमा कोइराला हुने बित्तिकै योग्य र अयोग्य दुवै देख्ने विचार अतिवाद हो । अनि ताक परे तिवारी नत्र गोतामे सम्झने खेमा र तप्का पनि अवसरवादको द्योतक हो ।

 

अबको कांग्रेसमा हिजो जेल बसेको योग्यता र पहिचान गर्व गर्नको लागि कामयावी हुनसक्छ नेता बन्न र नेतृव लिन त्यति नै योग्यता काफि हुन्न जसलाई शेरबहादुर भजाएर शेखरको उछितो काढन आफ्नो हैसियत बिर्सेर तल ओर्ले । बिगतको ब्याज खाएर न शेरबहादुर योग्य हुन्छन ? न योग्य देखिए ? न शेखर नै कोइराला बंसको उत्ताराधिकारी भएको प्रमाणले योग्य बन्छन ? शेखर योग्य छन् छैनन् त्यो उनले आर्जन गर्ने शक्ति र त्यसको प्रयोगको आधारमा देखिने कुरा हो तर शेरबहादुरको योग्यता ज्योतिषले फेरि पनि प्रधानमन्त्री बन्छस भनेको कुरा प्रमाणित गर्नु भन्दा पर अब पार्टी र देसले हेर्न बाँकी छैन ।

 

शेरबहादुर पटक पटक परिक्षित पात्र हुन् कांग्रेसको लागि भने शेखर परिक्षण हुन बाकीं । कोइराला हुनु नै कांग्रेसको नेता हुने योग्यता होइन भनेर जचाउन शेखरले थुप्रै पापड बेल्नु पर्नेछ । पार्टी कसैको पेवा, बकस, बपौती र बिर्त्ता होइन र हुनुहुदैन । जुनसुकै पार्टीमा पनि बिर्तावाल, जन्मन खोज्छन तर जन्मको आधारले कसैलाई पनि कहिँ भेदभाव गरिनु हुन्न । नेपाली कांग्रेस पार्टीको नेता बन्न कुनै कुलमा जन्मेको हुनुपर्ने र कुनै खानदानसँग साइनो जोडिएकै हुनुपर्ने परिस्थितिको अन्त्य हुनुपर्छ । सबैको लागि समान अवसर र ब्यबहार कांग्रेसको योग्यता बन्नुपर्छ । बंश, खानदानी पहुच र सम्पतिको आधारमा कांग्रेसमा कसैले कसैलाई छोइछिटो, भेदभाव रसकुन अपसकुन देख्नु निन्दनीय कुरा हो ।

 

पार्टी बिर्ता होइन असल बिरासत र बिज्ञान हुनुपर्छ ताकी सबैले अपनत्व महशुस गर्न सकुन । पार्टीलाई बिर्ता बपौती र ठेक्का पट्टा सम्झने जहाँ र जुनसुकै पार्टीमा रहे भएका मान्छे भए पनि ति केवल नाफा खाने ठेकेदार हुन देशका कुशल चालक र परिचालक होइनन । पार्टी र देश राजनीतिका सेवकले चलाउने हुन् शासकले होइन । शासक सरकार होइन सेवक सरकार जनताको अपेक्षा हो ।