बादल-बिप्लव लडाइँको नैतिक धरातल

बिप्लवले आफ्नो पहिलो लडाइँमा ति अनुभवबाट सिके जस्तो देखिँदैन । दुई-चार वटा यस्ता हत्या छन जसमा माओवादि नेतृत्वले पटक-पटक आफ्नो गल्ति महसूस गरेका छन र तिनले तिनलाई अझै निद्रामा लखेटिरहेका छन । लाग्न सक्छ लडाइँहो  जिते सबै चिज क्षम्य हुन्छ । तर लडाइँकै क्रममा पनि आफूले गरेका कतिपय कर्मले आफ्नो मनोविज्ञानमा ठूलो असर गरिराखेको हुन्छ । नख्खु हत्याकाण्ड पनि त्यस्तै हुन सक्छ ।

विप्लवले बुझ्नु पर्ने एउटा महत्वपूर्ण तथ्य के हो भने माओवादि पार्टी  सत्तामा पुग्नु भन्दा धेरै अघि, सङ्घर्षकै बेला भ्रष्ट हुन शुरु भएको हो ।   सङ्घर्षकै क्रममा चन्दा र आर्थिक लगानीको सम्बन्ध झाँगिएर कसरी पार्टी माथि दलाल हावी भएका छन र इमान्दार कार्यकर्ता शीर निहुराएर हिँडेका छन भन्ने अहिले देखिँदैछ ।

 

 

मान्छे कि डरले बाँच्छ, कि भ्रमले बाँच्छ, कि आशले बाँच्छ कि विश्वासले बाँच्छ । जुन दिन मान्छे केहीसङ्ग डराउँदैन, त्यो दिन ऊ मर्छ । जुन दिन आफ्नो दिमागका सबै भ्रम हटछन त्यही दिन ऊ मर्छ, जव उसलाई केही हुन्छ भन्ने आश पूरै हराउँछ त्यही दिन ऊ मर्छ र जुन दिन उसका सबै विश्वास नष्ट हुन्छ, ऊ त्यही दिन मर्छ ।

 

अहिले बिप्लव ति चारै चिजको चौ(बेनीमा बाँचेका छन।  अकुशल निशानेवाजको लक्षण भनेको तारो निशाना वरिपरि लाग्छ तर डरपोक निशानेवाजको  एकमात्र लक्षण निशाना(विहीन तीर(बर्षा हो । कर तिराउन प्रयासरत राज्य संयन्त्र अहिले बिप्लवको निशाना हुन कि तिर्न आलटाल गरिराखेको एनसेलरु उनले खुलाएका छैनन । समन्वायात्मक रुपमा गरिएको आक्रमणले राज्यको कर असूल गर्ने नैतिक(कानूनी आधार बलियो बनायो कि कमजोर भन्ने विश्लेषण पछि पक्कै उनको भनाई बाहिर आउला ।  लक्ष (टार्गेट) बिना नै आक्रमण गरिराख्ने गुर्भे साँप    (Himalayan Pit Viper (Gloydius himalayanus) को मृत्यूको प्रमुख कारण नै डर(उत्पन्न लक्ष(बिहीन आक्रमण हो । बिप्लवको अघोषित लडाइँ गुर्भे साँपको जस्तो पक्कै होइन होला।

 

बिप्लवमा केही भ्रम छन । माओवादिको ठूलो तप्का क्रान्ति सम्पन्न गर्न हिँडेको तर बिचैमा पूँजीवादी भासमा फसेको हुँदा आफ्नो आन्दोलनले तिनलाई तानेर आन्दोलन फेरि पहिलेकै उचाईमा पुर्याउन सकिन्छ भन्ने भ्रम । छरिएका सिपाही पुनर्गठन गरेर संसारमा कुनै लडाइँ जितिएको छैन, लडाइँ जित्न ताजा लडाकू चाहिन्छ भन्ने यथार्थ बुझ्न उनलाई केही समय लाग्नेछ । बचे(खुचेका प्रतिबद्ध सिपाहीलाई समाप्त गर्न पनि कति लडाईँलाई निरन्तरता दिइन्छ भन्ने त उनले बुझेकै होलान।

 

हो, उनमा प्रसस्त आशा र विश्वास छन । साँच्चै लडाइँ नै भयो र लडाईँलाई एक दुई वर्षमात्रै पनि टिकाउन सके भने उनको बार्गेनिङ्ग पावर नै अहिलेको भन्दा बढि नै हुन्छ र अर्को चुनावमै जाँदा पनि उनको हालत बावुराम भट्टराईको जस्तो कमजोर हुन्न। पहिलेका राजनैतिक कलेवरका हरेक युद्धको सम्मानजनक अवतरण भएको देखेका बिप्लवलाई आफ्नो लडाइँले केही प्रतिफल दिन्छ भन्ने विश्वास रहनु स्वाभाविक छ । तर बिप्लवलाई “बिप्लव”को रुपमा बचाउने जुन डर, भ्रम, आश र विश्वास छन ति सबैका निश्चित सीमा छन । त्यस्तै उनले लड्ने लडाइँका निश्चित बन्धनहरू छन । ति सीमा अरूले निर्धारण गरेका नभै उनका आफ्नै अनुभवबाट सिर्जित सीमा हुन।

 

पहिलो सीमा उनले लडेको पहिलो र दोस्रो युद्धवीचको सन्दर्भमा आएको फरकपन होस उनले लडेको पूँजीवादि सामन्ती राज्यसत्ता, राजतन्त्र र यसको रक्षकवजको रुपमा रहेको भनिएको सेना,र कथित विस्तारवादि भारत र साम्राज्यवादि अमेरिकामा गत एक डेढ दशकमा आएको वदलाव ।

 

सङ्गै लडेका साथीहरूको नेतृत्वको कम्युनिष्ट पार्टीको प्रचण्ड बहुमतको सरकार छ । कुनै क्रान्तिकारी काम रोक्न सक्ने हैसियत नभएको  प्रमुख प्रतिपक्षी छ, जो आफैँ पनि जनपक्षीय कामका लागि सरकारलाई सडकबाट र संसदमा दवाव हाल्दैछ । संबिधानले देशको बाटो नै समाजवादको हो भनेर स्वीकार गरेको छ । भारत, अमेरिका, चीन सबैले सहयोगका हात बढाएका छन । हो, धेरै कुरा लेख्नका लागि लेखिएका मात्रै हुन सक्छन तर ठोकुवा गरेर यो राज्यका कुनै काम जनपक्षीय छैनन वा हुँदैनन भनेर भन्न सकिने आधार अहिल्यै त बनिसकेका छैनन । होला दुई(तीन वर्षमा त्यस्ता कुनै काम नभएपछि लडाइँको औचित्य पुष्टि होला अहिल्यै त्यो पुष्टि गर्न बिप्लवलाई गाह्रो छ।

 

दोस्रो सीमा उनको लडाइँको तौड-तरीका (Modus operandi)हो । पक्कै विभिन्न फेजका कारवाहीले उनलाई पक्कै केही सिकाएको होला । गाउँमा तास खेल्ने, जाँड खानेलाई भाटे कारवाही गर्दाको अलग्गै  सिकाई छ, गाउँमा धनीमानीलाई चन्दा असूलीको स्रोत बनाउँदाको अलग्गै सिकाई छ, भद्र(भलादमी, धनिमानी(समाजसेवी गाउँबाट लखेटिएपछि सिर्जित रिक्ततामा गाउँमा रजाइँ गर्दाको अलग्गै अनुभव हुनुपर्छ, सहर केन्द्रित आन्दोलन र सङ्घर्षका अलग अनुभव छन होलान । समाजमा राम्रा भनिएका मानिसहरूमा लक्षित सफाया अभियानका अनुभव अलग्गै होलान ।

 

यि मध्ये जसले माओवादिलाई नैतिक रुपमा माथि उठायो, राजनैतिक रुपमा फाइदा पुऱ्यायो तिनलाई निरन्तरता दिने र जुन कार्यले क्षति पुऱ्यायो त्यो छोड्ने त पक्कै उनले सोचेकै होलान । तर कुनै कुनै क्षेत्रमा बिप्लवले आफ्नो पहिलो लडाइँको अनुभवबाट केही सिके जस्तो देखिँदैन । दुई(चार वटा यस्ता हत्याछन जसमा माओवादि नेतृत्वले पटक(पटक आफ्नो गल्ति महसूस गरेका छन र ति घटनाले तिनलाई अझै निद्रामालखेटिरहेका छन । लाग्न सक्छ लडाइँहो  जिते सबै चिज क्षम्य हुन्छ । तर लडाइँकै क्रममा पनि आफूले गरेका कतिपय कर्मले आफ्नो मनस्थितिमै ठूलो प्राभाव पारेको हुन्छ । नख्खु हत्याकाण्ड पनि त्यस्तै हुन सक्छ ।

 

अमूर्त कुरा गरेर हुन्न, बिप्लव बाट ठोस जबाफ आउनु पर्छ(खासमा उनको लक्ष को थियोरु एन्सेलको निर्जिव भवन र तार रु एनसेलको जिएमरु एन्सेलका अरू कर्मचारीरु एनसेलका सूरक्षा गार्डरु एन्सेल वरिपरि हिँड्ने मान्छेरु एन्सेलका ग्राहकरु  उनले जबाफ दिनु पर्छ यो मानवीय क्षतिमै लक्षित थियो कि तर्साउन मात्रैरु तर्साउन मात्रै प्रयोग गरिने बिष्फोटक प्रयोग भएको थियो कि होइनरु उनीसङ्ग समन्वय गरेरै लक्ष किटान गरिएको थियो कि स्थानीय कार्यकर्ताको स्वविवेकमारु  हो यस्ता कुरा अहिले पिडीतको परिवारले सोझै उनीसङ्ग राख्न सक्छन। पहिलो माओवादि आन्दोलनमा यो सम्भव थिएन । यो बिप्लवको लडाइँको अर्को ठूलो सीमा हो ।

 

तेस्रो तर सबै भन्दा ठूलो सीमा भनेको मैले माथि उल्लेख गरे झै उनको आक्रमणको तारो नै हो । बिप्लव उनैका पूर्व सहयोद्धालाई निशाना बनाएर लड्न र तिनको प्रतिरोध सामना गर्न तयार छन कि उनको तारो अझै  पनि हृदयाघात हुँदा समेत बावुले नभेटने कुनै शाही परिवारको अमुक सदस्य कि संसदमा एक सीट मा खुम्न्चिएको राजावादि राप्रपा कि, संसदको एउटा कुनामा थन्क्याइएको काँग्रेस होरु  आक्रमणको निशाना तय नगरी गरिने आक्रमणले उनलाई बाँचुञ्जेल पिरोल्ने छ ।

 

उनका सिमाहरूका सूची अनन्त हुन सक्छ । उनले चाहेको व्यवस्था कस्तो हो,  नेपाली जनताको उल्लेख्य समर्थन उनले सुझाएको मार्गमा विश्वास गर्छ कि गर्दैन, त्यो संबादबाट संभव छ कि छैन, त्यसलाई पूरा गर्न शक्ति प्रयोग मार्फत दिइने दवाव नै निर्विकल्प उपाय हो भन्नेमा उनी आफैँ कति विश्वस्त छन जस्ता प्रश्न आफैँमा उनको जारी आन्दोलनका सीमा हुन उनले युद्ध भनिनसकेको हुँदा आन्दोलन मात्रै भनेको हुँ ।  त्यै पनि २३ वर्ष अघि मात्रै प्रभावकारी देखिएको र १३ वर्ष अघि सफलता चुमेको उपाय अवलम्बन गर्नु र वार कि पार नभै टुङ्गिएको सङ्घर्षको कुनै न कुनै रुपमा  निरन्तरता दिन्छु भन्नु उनको धेरै अनैतिक कदम नमानिएला । गलत ठहरे परिणाम भोग्ने त उनले नै हो ।

बिप्लव नियन्त्रणको बादली उपाय

बिप्लव समूहका नेता हेमन्त प्रकाश ओलीको बिबिसी र गृहमन्त्री राम बहादुर थापा “बादल”को संसदको राज्य व्यवस्था तथा सुशासन समितिको भनाई  सुन्दा बिप्लवले नेतृत्व गरेको समूहले नख्खुमा बम बिष्फोट गराएको र एक रमिते व्यक्तिको मृत्यू भएको देखिन्छ । त्यही आधारमा बिप्लव वरिपरि यो लेख घुमाइएको हो । र समन्वायात्मक ढङ्गले धेरै ठाउँमा बिष्फोट तथा आगजानी गरिएको तथा एक जनाको हत्या समेत भएकोले यसलाई अघोषित लडाइँ नै मानिएको हो । सङ्घर्ष होस वा विद्रोह होस वा युद्ध होस बिप्लवका गतिविधि राज्यलाई चुनौतीको रुपमा आइसकेका छन ।

 

बिप्लवका गुरु तथा आन्दोलनका प्रणेता मध्येका एक नेताका हातमा छ अहिले बिप्लवको चुनौती कसरी सामना गर्ने भन्ने बिकल्प । सार्वजनिक उपभोगका लागि उनले बोल्ने फौजी भाषाको खासै अर्थ छैन, पहिलेका गृहमन्त्रीले बादलकै आन्दोलनमाथि गरेको टिप्पणी जस्तै । तर भित्र भित्रै बादलले बिप्लवको “विप्लव” नियन्त्रण गर्ने के गर्दैछन भन्ने कुरा महत्वपूर्ण हो । बादलको “बिष्फोट र आगजनी गरेको तथा चन्दा आतङ्क मच्चाएको” भन्ने टिप्पणीमा उनको कदम सिमित रह्यो भने उनको यो भनाइ समेतको कुनै नैतिक धरातल रहन्न । बादलले नेतृत्व गरेको समूह द्वारा हत्या गरिएका निहत्था मान्छेको ठूलो अंश चन्दा माग्दा नदिएको आरोपमा मृत्यूदण्ड भोग्नेहरूको छ । अरू कुनै नैतिक कमजोरी नभएपनि तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा निकट भएकै कारण वीरगञ्जका शाही शासनकालका मेयर गोपाल गिरीको हत्या भयो ।

 

चन्दा दिननमानेपछि हत्या गरिएको प्रमाण अझै उनका सन्तानले सामाजिक सञ्जालमा राखिरहेका छन।  १२(१५ बर्ष अघिको आफ्नो कर्म बिलकुल जायज र आज त्यस्तै कर्म नाजायज भन्न कानूनी रुपमा सुहाउला तर नैतिक रुपमा गाह्रो छ । बल प्रयोगको मात्रै भाषाले राजनीतिक कलेवरको हिँसात्मक गतिविधि नियन्त्रण हुने भए लामो राजनैतिक सङ्घर्षको पृष्ठभूमि भएका दिग्गज राजनीतिज्ञलाई किन गृहमन्त्री बनाउने चलन किन चल्थ्यो होलारु एउटा हवल्दार नै काफी हुन्छ नि “कानून हातमा लिएर चन्दा आतङ्क फैलाउने, आगजनी र बिष्फोटमा संलग्नलाई नियन्त्रण गर्न कुनै कसर बाँकि राखिने छैन” भन्नलाई ।बिप्लवलाई आन्दोलनको धरातल के ले उपलब्ध गराएको छरु  आन्दोलन गर्न कुनै सामाजिक, राजनैतिक, आर्थिक आधार बिद्यमान छन कि बिप्लवको कुण्ठा मात्रै होरु यसमा गहिरो अध्ययन नगरी बादल अर्को खुमबहादुर बनून भन्ने स्वयम बिप्लवकै पनि चाहना हुन सक्छ ।

 

माओवादिले सञ्चालन गरेको “जनयुद्ध”ले प्राप्त गर्न खोजेको लक्ष यति प्राप्त भयो यति बाँकि र ति बाँकि लक्ष प्राप्त गर्ने  यो हो बाटो भन्ने स्पष्ट सन्देश कार्यकर्ता सङ्ग पुग्न जति ढिलो हुन्छ, प्रचण्ड दुब्लाउने र बिप्लव मोटाउने क्रम त्यति नै तीब्र हुन्छ । बादललाई बिप्लवका शक्ति र कमजोरी दुवै थाहा छ । यस अर्थमा बिप्लवको चुनौती सामान गर्न सवै भन्दा उपयुक्त पात्र बादल नै हुन तर राम्रो विश्लेषण नगरी गरिने औषधीले ल्याउने साइड इफेक्ट हामीले कल्पना गरे भन्दा भयाबह हुने छन । कहिले यो सरकारले विप्लवका फौजमाथि बल प्रयोग गर्ला र पूर्व माओवादि विचमै हानाहानको स्थिति आउला भनेर पर्खेर बसेका धेरै छन ।

 

विप्लवका चुनौतीः

स्थानीय तहमा प्रणालीवद्ध चन्दा असूलीका काम भै रहेका बेला एनसेलमा भएको आक्रमणलाई आर्थिक पाटो सङ्ग जोडने धेरै छन, म लगायत । हुन सक्छ बुझाईमा कमजोरी होला ।बिप्लवले बुझ्नु पर्ने एउटा महत्वपूर्ण तथ्य के चाहिँ हो भने माओवादि पार्टी  सत्तामा पुग्नु भन्दा धेरै अघि अर्थात सङ्घर्षकैबेला भ्रष्ट हुन शुरु भएको हो । अमिक शेरचन र देव गुरुङ्गले गरेका आन्तरिक छानवीन वारे सुनेको हुँ , प्रतिवेदन हेर्न
पाएको भए यसमा तथ्य(तथ्याङ्क सहित बोल्थेँ, अहिले यति मात्रै भन्न सक्छु ।  उठेका चन्दाको अपचलन सानो(ठूलो कुनै रुपमा भएपनि भएको थियो भन्ने जगजाहेर छ । त्यति हुँदा हुँदै पनि युद्धमा भएको पार्टीले आफ्नो कडा अनुशासन कायम राख्न सक्यो र विषय छरपष्ट भएन ।  सङ्घर्षकै क्रममा चन्दा र अनैतिक आर्थिक लगानीको सम्बन्ध झाँगिएर कसरी पार्टी माथि दलाल हावी भएका छन र इमान्दार कार्यकर्ता कसरी शीर निहुराएर हिँडेका छन भन्ने त बिप्लव स्वयमले देखेकै छन।

 

विप्लवको ठूलो चुनौती भनेको तिनको माउ पार्टीले अहिले भोगेको नैतिकताको सङ्कट आफ्नो समूहमा भित्रिन नदिनु हो । अहिले वजारमा चर्चा भए जस्तै र सरकारी निष्कर्ष जस्तै चन्दा असूल गर्नकै लागि मान्छे मार्ने सम्मको विष्फोट गराइएको हो भने लेखेर राख्नुस बिप्लवको आन्दोलनको अकालमै मृत्यू हुनेछ । अझ एनसेल सङ्गै चन्दा लिएर उसलाई कर तिर्न आलटाली गर्ने वा नेपाल छोड्ने धम्की दिने बहाना बनाईदिएको हो भने त झन उनको आन्दोलनको अन्तको शुरुवात नै भैसक्यो भनेर माने हुन्छ ।

 

सत्ता बन्दूकको नालबाट जन्मिए जस्तै पैसो पनि बारुद कोचिएको प्रेसर कुकरको सिट्ठिबाट निस्कने नेपाली प्रवृत्ति बढ्यो भने  जुनसुकै कलेबरमा गरिएको सङ्घर्ष भएपनि त्यसले ल्याउने परिवर्तन जाली, फटाहा, चोर र दलालहरूकै हीतमा हुन्छ, वास्तविक जनताले त्यसको फल आकासतिर आँखा तरेर हेर्ने  बाहेक अरूकेही गर्न सक्दैनन । बिप्लवको सत्तरोहण पछि उनकै कुनै चेला उनी बिरुद्ध अर्को सङ्घर्षमा उत्रिन्छन, आन्दोलन पुस्तौँ चल्छ ।

र अन्तमा,

विद्रोह मान्छेको नैसर्गिक अधिकार त हो तर त्यो बहुजनहीताय, बहुजनसुखाय हुनु पर्छ । हिँसाकै शुरुवात गर्ने बेला भैसकेको हो कि होइन, अहिँसात्मक बिकल्प जीवित छन कि छैनन भन्ने विषयमा राम्ररी विश्लेषण गर्न विप्लव तयार हुनै पर्छ