मान्छेहरु ! मृत्यु कसैको पनि प्रिय हुदैन

शोकलाई शक्तिमा बदल्नुको अर्थ गहिरो चरम शोकमा परेको बेला पनि भद्दा र कुटिल राजनीतिको दाउपेचको शिकार मानवतावाद नै हो र ? राजनीति निर्मम भनेको यस्तै सन्दर्भ भएर पनि होला | पतिबियोगमा परेर बसेको मान्छेको लागि सान्त्वना र सहानुभूति उप चुनावमा टिकट फिक्स गरिदिनु हो र ? कति सस्तो रहेछ रवीन्द्रको जीवन मुल्य रु कम्तिमा शोकलाई शान्त भएर,धैर्य रहेर, विधिको बिधान स्वीकार्ने र जीवन लयमा फर्कने समय त दिनुस किन यति छिटै स्वार्थी राजनीतिको पासा फ्याकेर करुणाको समय बदलाको राजनीतिक दाउपेच घुसाउन लाग्नुभयो प्रधानमन्त्री ज्यू ?

 

मृत्यु कसका लागि प्रिय हुन्छ र ? मृत्युको भयले नदुख्ने कुनै मुटु होला र ? मृत्युको टिओआर भित्र नपर्ने र नछिर्ने कुनै मर्यादा र पँहुच आज सम्म पृथ्वी लोकमा भएको छैन पक्कै पनि ?  यसर्थ जसरी फुले पछि फूल झर्ने नियति लिएर आएको छ त्यस्तै जन्मे पछि मर्ने नियति लिएर आएको छ मान्छे पनि हरेक जीव जीवात्मा झैँ जन्मेपछि संगसंगै लिएर आएको अनिवार्य शर्त र बिधान भनेकै मृत्यु शाश्वत हो ।

 

कुनै पनि तवरले रोक्न, छेक्न, थुन्न नसक्ने प्रकृतिको त्रासदीपूर्ण बाध्यता हरकोहीको मृत्यु छल्ने यत्न एकदिन पराजित हुन्छ । जुन नमिठो सत्य स्वीकार गर्दा गर्दै पनि मृत्युसंग मान्छे डराएर नै बसेको हुन्छ अनिवार्य बिधान काट्ने तागत हुदैन तर पनि मान्छे मृत्युको भयले सधै प्रताडित रहेको हुन्छ । मृत्यसंग छलिन कोशिसको सगरमाथा आरोहण गरिरहेको हुन्छ,यदाकदा आफैले मृत्यु निम्त्याउने अपबाद छोडेर मान्छे मृत्युसग सधै कहालीदै बसेको हुन्छ ।

 

एउटा गज्जब त यो छ कि मृत्यु नियमित भएपनि आकस्मिकताको आध्याय हो । कहा कहिले र कतिबेला दुर्घटित हुन्छ भन्ने यसको टुंगो नभएकोले नै यो रहस्य बुझ्न नसकी मान्छे संधै बाच्ने जिजिविषा बोकेर रहन्छ । मृत्यु अवस्यम्भावी भए पनि अज्ञात छ, यहि अज्ञात मृत्यु बज्रन्छ चोट बनेर अकस्मात ? मृत्यु आगमनको कुनै सिमा, ढोका र बाटो हुदैन कुनै निश्चित स्वरूप र आकार हुदैन निराकार मृत्यु आकरबिना नै बिभिन्न आकारमा आउछ वज्र ठोकेर जान्छ ,कठोर मुटु ,निर्मम छाती पारेर मृत्यु सहनुको विकल्प आज सम्म मान्छेले भेटेको छैन शायद भेट्दैन पनि ?  मरेर जानेहरुको लागि त मृत्यु निकै प्रिय र सुन्दर हुन्छ होला जो आज सम्म मृत्युले लगेपछि फर्केर आएका छैनन् तर बाच्ने आफन्तलाई मृत्यु वियोगको पिडा असाध्यै हुन्छ,सहिनसक्नु हुन्छ खपिनसक्नु हुन्छ ।

 

मृत्यु यस्तो जान्दा जान्दै पनि हामी कहिल्यै मर्दैनौ भनेर ब्यबहारमा प्रस्तुत हुन्छौ सम्भवत यसो नहुदो हो जिन्दगी चल्दैन थियो होला , जिन्दगीको रफ्तार बढ्दैन थियो होला । निर्मम मृत्युको पीडाले शोकाकुल भएका र हुने परिवारजन र आफन्तजनलाई हामी पिडा माथि पिडा दिएर सहानुभूतिको नाममा या खुच्चिङको नाममा मानवताको मार्गबाट ओरालो झर्दै त छैनौ ? समिक्षा जरुरी छ । मानवता नभएको समवेदना र मानवता नभएको प्रतिसोधि भावना दुवै उस्तै हुन जुन आजकल मृत्यु वियोगमा मात्र हैन सन्निकट मृत्युमा पनि आफन्तलाई चोट पुग्ने गरी प्रकट भएको छ । सामाजिक संजाल भरिएको छ ।

 

प्रसंग नम्बर १ ताप्लेजुंगमा भएको हेली दुर्घटनामा बहालवाला मन्त्री माननीय रविन्द्र अधिकारी लगायत सबै सबारको मृत्यु भयो तर त्यहा पनि बर्गिकरण गरेर कसैको मृत्यु उच्च र कसैको सामान्य भनेर भेद देखियो । मृत्यु वियोगको पिडा त देशका ?  मान्छेका आफन्त हुन् या सामान्य सबैको उस्तै हो होइन र ? माननीय रविन्द्र अधिकारीकी जीवन संगिनी बिद्या भट्टराई र उनका अंग रक्षक अर्जुन घिमिरेकी पत्नीको आशुमा नुनिलो र अमिलोको भिन्नता पाइन्छ कदापि पाइन्न । अनि जिन्दगीको भ्यालु सातै जना मृतकको उही हो समवेदना दिने ,सहानुभूति प्रकट गर्नेहरुले मृत्यलाई क्याटोकोराइज गरेर गल्ति गरे यो गल्ति सरकारले गर्यो ठुला ठुला राजनीतिक मान्छेले गरे सामान्य मान्छेले गरे जुन नितान्त अमानवीय हुनुको परिणति हो ।

 

कसैको मृत्यु मजाक र हाँसो ठट्टा र उपहास अनि विजयको खुशी उन्माद हुन सक्छ र ? बनाउन मिल्छ र ? तर बनाइयो |  एक पार्टीको मान्छे मर्दा अर्को पार्टीको मान्छेको संवेदना शुन्य हुन्छ र ?  मेरो स्मृतिमा रहेका र केहि मानवता गुमेका प्रसंग सहित हराउदै गएको मानवियताको दृस्टान्त प्रस्तुत गर्दछु ।

 

हाम्रो यो समाज यहि हो, संस्कृति यहि हो जहाँ आपद विपद पर्दा शत्रुलाई समेत सहयोग गर्नुपर्छ ।मानवीयता भुलेर पसुता र नीचता देखाउन मिल्दैन , पाइदैन , शत्रुको समेत जीवन मुल्य बोध गर्नुपर्छ , प्राणी हत्या र हिंसामा समेत प्रायास्चित गर्नुपर्छ विधिको बिडम्बना यहि समाज यहि देशमा मान्छेलाई विभत्स ढंगले अनेकन यातना दिएर मारेर शत्रु सफाय गरेको भनेर मृत्यु उत्सव मनाउने खसी काटेर खुशी साट्ने , नाचगान गर्ने अमानवीय परम्पराको शुरुवात गरियो के ’emले यसको पश्चाताप गर्नु पर्दैन ?

 

आफूले गरेको अमानवीयता बिर्सेर आज मानवियताको सबैभन्दा चर्को आवाज अनि नैतिकताको ठुलो पाठ उनीहरुले नै पढाउने रु मृत्युको क्रुरता छदैछ मान्छे आफै मृत्यु बनेर क्रुरतापुर्वक अर्काको प्राण हरण गर्नेले आज क्रुर र अमानव भनेको सुहाउदो रहेनछ भर्खरै ताप्लेजुंगमा भएको हेलिकप्टर दुर्घटना होस् या केहि हप्ता अगाडि डडेलधुरामा भएको बस दुर्घटनामा २६ जनाको जीवन लिला समाप्त भएको आङ्ग नै सिरिंग हुने घटना या म्याग्दीमा जीप दुर्घटना हुदा ११ जनाको मृत्यु ।

 

नेपाली नागरिकको जीवन कसैको पनि मुल्यहीन जीवन त छैन पक्का हुदैन पनि तर जिन्दगीको मूल्य निर्धारण गरेर सामान्य र असमान्य बनाइन्छ किन ? मृत्युले जसरी श्रेणी बिभाजन गर्दैन त्यसैगरी व्यक्तिको जीवन मूल्यलाई सर्वसाधारण र विशिस्टको भनेर राज्यले निर्धारण गर्न मिल्दैन । थाइल्याण्डमा पुर्व युवराज पारस बिरामी हुदा जिउदैमा मृत्युको हल्ला फिजाएर मजा मान्नेहरु हुन् या प्रचण्ड पुत्र प्रकासको निधनमा प्रचण्डलाई घोच्ने सबै सबै हृदयहीन हुन अमानव हुन संवेदना सकिएका कुरूप प्राणी मात्र हुन मृत्यु खुम बहादुरको होस् या अरु कुनै बहादुर, कुमार र सिंहको सबै करुणा उत्पन्न जगाउने हुन्छन ।

 

जीवनमा मृत्यु बोध गराउने हुन्छन त्यसैले कसैको मृत्यु पनि उत्सव र खुशियाली बन्दैन र हुदैन कमरेड ?मान्छे मारेर मृत्य उत्सब मनाउन सिकाउनेहरुले नैतिक पाठशाला खोलेको मन पराउने मान्छे पनि हुन्छन र ? चेतना गुमाएर मान्छेको मृत्युमा रमाउनेहरू जुनसुकै सिद्दान्त र बाद अनि धर्मको खोलमा भए पनि ती मान्छेको श्रेणीमा राख्दा साच्चिकै ,मान्छेहरु प्रति अन्याय हुन जान्छ आखिर सबैको गन्तब्य उही हो तर पनि किन अजम्बरी सम्झदै मान्छे नीचताको हदमा झरेर ब्यबहार प्रदर्शन गर्छ । मृत्युले उड्ने , गुड्ने,हिड्ने,सुबिधा ,असुविधा, शक्ति र शक्ति हिनताको भेद कहाँ र कहिले गरेको छ र ? मृत्यु निर्धारित सत्य हो ।

 

नियमित तर आकस्मिक रु मृत्युको समाचार लेख्न किन हतारिन्छ मान्छे । किन सधै मृत्युको हेडलाइन भएका पत्रपत्रिका बढी बिक्छ अझै पनि ?  यो क्रुर सत्य लेख्न किन आँतुर हुन्छन मिडिया ? अस्ति मात्रै भरत मोहन अधिकारीको तीन घण्टा अगावै मृत्युको समाचार फैलाएर कुन युद्द जित्न हतारिए पत्रकार ? बिरामी हुदैमा मृत्युको समाचार लेख्ने अनि कस्तो श्रोत र समचार नबुझी हतारमा रिप र श्रद्दान्जली लेखेर सार्वजनिक भित्तो रंगाउने राजनीतिकर्मी देख्दा करुणा जाग्ला कि आक्रोश ? मृत्यु नै नभएका मान्छेको मृत्युको समाचार सुन्नु पर्दा आफन्तको के हाल होला ? खै सामजिक र नैतिक उत्तरदायित्व ? स्वास्थ्य लाभको कामना गर्नुपर्नेमा श्रद्दान्जली राहत हो कि चोट माथि आहत ?

 

मानवीय संवेदना भुलेर किन कठोर र निर्मम बन्दैछ राजनीति ? रविन्द्र अधिकारीको शोक र पीडाले मर्माहत परिवारजनलाई सहानुभूति मलम भनेको शोकबाट नतंग्रदै बिद्या भट्टराईलाई हामी उपचुनावमा उमेदवार बनाउछौ भन्ने हो कि शोक सहने सामर्थ्य बढ्ने कुराले प्रेरित गर्ने हो ? किन यति क्रुर ठट्टा गर्छ राजनीतिले रु पति वियोगमा परेर अर्धचेत भएको मान्छेको अभिस्ट पतिको स्थानमा आफ्नो दावी रहेको बुझ्नु र बुझाउन हतार गर्नु उत्ताउलो राजनीति र संबेदनहिन निर्दयाताको पराकास्ठा भएन र प्रधानमन्त्री ज्यू ?

 

शोकलाई शक्तिमा बदल्नुको अर्थ गहिरो चरम शोकमा परेको बेला पनि भद्दा र कुटिल राजनीतिको दाउपेचको शिकार मानवतावाद नै हो र ? राजनीति निर्मम भनेको यस्तै सन्दर्भ भएर पनि होला | पतिबियोगमा परेर बसेको मान्छेको लागि सान्त्वना र सहानुभूति उप चुनावमा टिकट फिक्स गरिदिनु हो र ? कति सस्तो रहेछ रवीन्द्रको जीवन मुल्य ? कम्तिमा शोकलाई शान्त भएर,धैर्य रहेर, विधिको बिधान स्वीकार्ने र जीवन लयमा फर्कने समय त दिनुस किन यति छिटै स्वार्थी राजनीतिको पासा फ्याकेर करुणाको समय बदलाको राजनीतिक दाउपेच घुसाउन लाग्नुभयो प्रधानमन्त्री ज्यू ?

 

मृत्युलाई प्रारब्ध,भाग्य,नशिब,नियति जे जे भनेर पुकारे पनि सम्बोधन गरे पनि त्यो समयको खेल हो प्राकृतिक बिधान हो त्यसलाई टारेर टार्न सकिन्न मारेर मार्न सकिन्न तर यसको अस्वाभाविक प्रहारलाई स्वाभाविक बनाउदै लान सकिन्छ , मन बुझाउदै जान सकिन्छ तर शान्त र शुद्द चित्तले ठण्डा दिमाग र दिव्य चक्षुले यस्तो बेला कुनै पनि अमानवीय खेल नखेलौ, नबोलौ आज अर्काको लागि बोल्दा भोलि आफ्नो लागि पनि अरुले त्यस्तै गर्छन बोल्छन त्यो पिडा महशुस गरेर नै दुख पिडा र वेदनाले आक्रान्त बनेको बेला अरुप्रति सहानुभूतिशिल र मर्यादित भाव प्रकट गरौ सामाजिक सद्भाव र मानबिय मन आजको आवश्यकता हो मानवत भन्दा ठुलो र महत्वपूर्ण ,गौरवशाली कुरा अरु केहि छैन मानवीय संवेदना गुमाएर ,अधैर्य बनेर अमानवीयता प्रदर्शन गर्नेहरुको मनमा भगवानले मन भरिदिउन ,सत् बुद्दि भरिदिउन सबैको पिडामा समवेदना जागृत बनोस् अराजनीतिक चिन्तन र अमानवता भुलेर मानव हुनुको अर्थ बोध गरौ ,गराऔ ।