ज्ञानेन्द्रको पुजा,ओलीको भजन र विप्लवको बन्दुक

निरंकुश शासनमा भन्दा बढी राजनीतिक कारणले क्रान्तिको नाममा खुला वातावरण र परिवेशमा भनौ बहुदलीय ब्यबस्थामा मान्छे मारिने क्रममा तीव्रता आउनु सबै पुराना रेकर्ड ब्रेक हुनु हाम्रो लोकतन्त्र र गणतन्त्रको अति नै अशोभनीय पक्ष हो l शासक प्रशासकमा रहेको अक्षमता हो l व्यबस्थाको खरावी भन्दा यस्तै व्यवस्थालाई महान आदर्श देखाएर चलाउनेहरुको नाममा अन्याय हुन जान्छ तसर्थ व्यक्तिको , पार्टीको असफलता र कार्य सम्पादन क्षमतालाई व्यबस्थाको असफलता भन्न सकिन्न l
ज्ञानेन्द्र मन्दिरमा जान्छन ,पुजा गर्छन धरापमा पर्छ गणतन्त्र ! पुर्व राजाले रातोटीका लगाउदा फिका देखिन्छ गणतन्त्रको रंग जनता परिवर्तनको आशा सधै सधै गरिरहन्छन l आशामुखी बनेर बिभिन्न आन्दोलनमा सहभागी हुनु र कुर्वानी गर्नु जनताको अभ्यस्त शैली भएको छ l सात साल , सत्र साल ,छत्तीस साल , छयालीस साल ,बाउन्न सालदेखि बैसठी , त्रिसठी , त्रिसठी, चौसठी मधेस विद्रोह , कैलाली टीकापुरको थारु आन्दोलन हुदै आज पर्यन्त राजनतिक क्रान्ति चालु छ l
राजनीतिको नाममा रगत बग्ने शिलशिलशिला रोकिएको छैन l मान्छे मारिने क्रममा राजतन्त्रलाई धेरै पछि छोडेर बहुदल र लोकतन्त्र अनि गणतन्त्रले छलांग मार्दैछ l मानव मृत्यु र रगतको होली खेल्ने आदत शायद बेस्करी विकास भएको छ भन्दा मानवीय मुल्यको अवमुल्यन नहोला l राजा र पन्चले तीस वर्षमा मारेका मान्छे भन्दा अहिले पंचायतको बिदाइ पछि अनि राजतन्त्रको अन्त्यपछि राज्य र राजनीतिको नाममा मारिएका मान्छेहरुको गुणात्मक वृद्दि कहालीलाग्दो छ l अंगभंग हुने घाइते र विस्थापित हुने निरंतरतामा कहिलेकाहीको सामान्य र स्वाभाविक शिथिलता भन्दा पर अरु उस्तै छ l बढोत्तरी छ न्यूनता छैन l
निरंकुश शासनमा भन्दा बढी राजनीतिक कारणले क्रान्तिको नाममा खुला वातावरण र परिवेशमा भनौ बहुदलीय ब्यबस्थामा मान्छे मारिने क्रममा तीव्रता आउनु सबै पुराना रेकर्ड ब्रेक हुनु हाम्रो लोकतन्त्र र गणतन्त्रको अति नै अशोभनीय पक्ष हो l शासक प्रशासकमा रहेको अक्षमता हो l व्यबस्थाको खरावी भन्दा यस्तै व्यवस्थालाई महान आदर्श देखाएर चलाउनेहरुको नाममा अन्याय हुन जान्छ तसर्थ व्यक्तिको , पार्टीको असफलता र कार्य सम्पादन क्षमतालाई व्यबस्थाको असफलता भन्न सकिन्न l
व्यवस्था पार्टीको अनि पार्टी हाक्ने व्यक्तिको औकात र ल्याकतको कारण सफल असफल देखिने रहेछ । हाल अभ्यास गरिएको संघीय गणतन्त्रलाई किन पनि असफल भनिन थाल्यो भने यसले प्रदर्शन गर्ने कार्यकुशलता यो ब्यबस्थामा निर्वाचित भएर पुगेका जनप्रतिनिधिहरुको आधारभूत चरित्रको प्रतिबिम्बन हो l स्थानीय निकाय देखि प्रदेश हुदै केन्द्रीयस्तरको नेतृत्व समेतले खराब आचरण , ब्यबहार र नियत छोड्न सकेनन l राज्यबाट पाइने सेवा सुबिधा सबै आफ्नो र आफ्ना नातापाता ओरिपरी राखेर जनतालाई केवल रैतीको स्थानमा राख्न खोजे l
कर्मचारी छनौट , घरभाडा , सवारी साधनमा इन्धनको व्यापक दुरुपयोग देखि यावत कुरामा हाम्रा प्रतिनिधि व्यापक रुपमा चुकेका छन् l हालै मुश्लिम आयोगको केन्द्रिय अध्यक्षतामा नियुक्त समिम मिया अन्सारी विरुद्द नागरिकता नक्कली बनाएको,शैक्षिक प्रमाणपत्र किर्ते भएको तथा अध्यक्ष पदमा सिफारिस हुँदाका बखत राजनीतिक दलको सदस्य लिएको लगायत उजुरी परेको थियो तर संसदीय सुनुवाई समितिले कुनै निर्णय लिन सकेन , आवश्यक छानबिन गर्न सकेन होइन चाहेन यसको अर्थ उनलाई जसरी पनि नियुक्त गर्नु नै थियो गर्यो l
सरकारको इच्छा विपरित जाने आँट संसदीय सुनुवाई समितिलाई भएन किनकि त्यहाँ पनि बहुमत सदस्य नेकपा कै थिए l त्यसैले पैतालिस दिनको म्याद गुजार्ने समितिको नियमावलीको नियम २६ (२) छिद्र बाटोबाट ४५ दिनको अबधि गुजारेर अध्यक्ष नियुक्त गरियो जुन सरासर बेथितिको अभ्यास हो जसलाई साथ दिन संसदीय सुनुवाई समितिमा रहेका योगेश भट्टराई जस्ता संसद उपयोग भए l थितिको
पक्षमा उभिनु पर्नेहरु बेथितिको वकालत गर्न गए पछि न्याय मर्दैन र ? संसदीय सर्वोच्चता पार्टी सर्वोच्चतामा यसरी परिणत गराउन योगेसहरुनै लागे पछि आशा कसको गर्ने ?
राष्ट्रपति , प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्री अनि प्रदेश सभाका मन्त्री समेतको सार्वजनिक आवागमनमा पुर्व राजाहरुको झल्को र ठाटबाँठ देख्न सकिन्छ l विशेस गरि रास्ट्रपतिको सार्वजनिक आवागमनमा जनताले खप्नु परेको कस्ट सहिनसक्नु छ l जसको कारण पनि सबै उस्तै हुन अर्थात प्रचलित उखान जुन जोगी आए पनि कानै चिरेका भन्ने भनाइलाई पुठ मिलेको छ ल जनतामा ब्याप्त निराशा हटाउनुको सट्टा सधै र सबैको उस्तै ब्यबहार देख्दा जनता दिक्क नबन्नु कसरी ? सबै पार्टी , सबै व्यक्ति उस्तै भए पछि जनताले कोबाट आश गर्ने ? देशमा बिध्यमान पार्टी जो छन् सबैको प्रवृति र शैलीमा खासै भिन्नता छैन सबैको आचरण र चरित्र मुहारमा बेगल छ तर ब्यबहारमा सबै एकै l
शान्ति,अमन, चैन, विकास र स्थिरता यति बलियो सरकार हुदा समेत पाउन मुश्किल बन्दैछ अब पून अर्को पक्षसँग आशा गर्नुको विकल्प फराकिलो हुदै गएको छ l सुधार र परिबर्तन कम्युनिस्टबाट मात्रै सम्भव भन्ने नारा अब नाराको रुपमा मात्रै सिमित बन्दै गएको तीतो अनुभव र अनुभूति जनताको आजको ताजा यथार्थ हो l कम्युनिस्ट पार्टी प्रति बाकीं रहेको जनताको विश्वास र हिजो आर्जन गरेको आशा पनि अब खडग ओलीले दिन दुगुना रात चौगुनाको स्प्रिटमा सिध्याउदै छन् भन्ने कुरा स्वयं नेकपा वृतको गुनासो चिन्ता र चासो हो ।
कम्युनिष्टलाई नै अब किन पत्याउनु कुन कम्युनिष्टलाई पत्याउनु ? जनता अझै रनभुल्लमा छन् l कम्युनिस्ट को हो ? कसमा बाँकी छ कम्युनिष्ट आचरण र शैली ? परिक्षण हुन बाँकी कम्युनिष्ट को को हुन् ? कम्युनिष्ट व्यक्ति हो या दर्शन , सिद्दान्त र आदर्श सहितको ब्यबहार ? मूल प्रश्न कम्युनिस्ट हुन आचरण सो मुताविक हुनुपर्छ या पर्दैन ? शास्त्रीय कम्युनिष्टआजको जनताको अपेक्षा बन्न सक्तैन उत्तर कोरिया बन्ने , भेनेजुयला बन्ने रहर शायद नेपालका कुनै पनि कम्युनिस्ट पार्टीको नहोला तर न्युनतम नैतिक मुल्य आदर्श , आचरण , ब्यबहार र चरित्र आज पनि कम्युनिष्ट नेता कार्यकर्तामा देख्न खोज्नु जनताको भुल र दोष पक्कै मान्न सकिन्न l जबसम्म कायम रहन्छ राज्य लूटमा जब पार्टीहरुले प्रतिस्पर्धा गरिरहन्छन केवल लुटको लागि तबसम्म जनता अर्को सुन्दर विकल्प र तिलस्मी आकर्षक सपनाको पछि आफुलाई उभ्याउन मन्जूर बन्नेछन l
पुर्व राजा ज्ञानेन्द्र प्रति देश ब्यापी लहर उठ्नुको कारण राजनीतिक पार्टीहरुले हाम्रो असफलता हो भन्ने बुझ्न सकेनन भने जनताको आक्रोश ज्ञानेन्द्रले क्याच नगर्लान भन्ने कुनै ग्यारेन्टी छैन l खराबहरु मध्ये कम खराब भनेर जनताले ज्ञानेन्द्रलाई मन पराए भने त्यसको दोष कसले बोक्ने ? पटक पटक आफ्नो अनुहार ऐनाम हेर्ने हो कि नेताहरुले ? आफ्नो अक्षमता ढाक्न प्रचण्डदेखि ओली सम्मलाई गगनदेखि सिटौला सम्मलाई पूर्व राजा ज्ञानेन्द्रलाई गालीगलौज गर्नु परेको परिस्थिति देख्दा गाली गर्नेहरुप्रति दया देखाउन मन लाग्छ l
ओली आफ्नो भजन मजाले आफै गाउछन र केहि अरिंगाल परिचालन गर्छन , सिंगो पार्टी उनि सँग सन्तुस्ट छैन र केहि अरिंगालको भरमा उनी आफ्नो भजन किर्तन आरति उतार्न लगाएर बस्छन l मन्दिरमा पुजा गर्दा पनि शक्ति आर्जन गर्छन राजा भनेर तर्सन पुग्छन गणतन्त्रका संवाहकहरु कस्तो बिडम्बना ज्ञानेन्द्रले मन्दिरको घन्टी बजाउदा हाम्रो गणतन्त्रको मुटुमा ढुंगा बजारिन्छ ? मठ मन्दिर धाउछन ज्ञानेन्द्र धरापमा पर्छ गणतन्त्र ? ज्ञानेन्द्रले रातो टीका लगाएर हिड्दा गणतन्त्रको रंग फिका बन्छ किन ? मन्दिरमा ज्ञानेन्द्र पस्दा कसरी अपवित्र हुन्छ गणतन्त्र ? नर बलि चढाउनेहरु पुर्व राजाले मन्दिरमा नरिवल चढाउदा र बोको पुजा गर्दा पशु अधिकारको हनन भएको देख्छन l सबै अपजसको भारी बोक्ने राजा र राजतन्त्र आज दुई तिहाईको कम्युनिस्ट प्रधानमन्त्री के पी ओलीको असफलताको श्रेय पनि आफ्नै टाउकामा बोक्न बिबस छन् l धन्य हाम्रो गणतन्त्र लोकतन्त्र ? पारदर्शी गणतन्त्रले आफ्नो सबै अवगुणहरूको दोष बोकाउने , अपजस भिराउने पात्र भेटेको छ र शासकहरुलाई हाईसन्चो छ l
शासकहरुले आफ्नो निकम्मापन ढाक्न अर्को अस्त्र पनि पाएका छन विप्लवको उपद्रो l विप्लबको गतिबिधि नियन्त्रणको बहानामा बिरोधिलाई दमन गर्ने गतिलो हतियार पनि मिलेको छ उसले पनि काम गर्न दिएन सरकारलाई अल्मल्यायो l बहाना कति कति ? विप्लवका अवान्छित गतिबिधि राज्यले नियन्त्रण गर्नुपर्छ तर पार्टी गतिविधिमा रोक लगाएर हैन l विप्लवको बन्दुकले मर्ने भनेका सर्वसाधारण जनता नै हुन बन्दुकको नियन्त्रण विप्लवको लागि पनि जरुरि छ l प्विप्लव चमक्नुको कारण राज्यले दिन नसकेको सुशासन , थोपरेको अनावश्यक बोझ र झन्झट हो l
जनताको आधारभूत आवश्यकता पहिचान गरेर , प्राथमिकताका आधारमा आवश्यकतालाई प्रभावकारी वितरण मार्फत भरण पोषण गर्दै हिमाल देखि तराई पहाड र सहर सबैतिर विकेन्द्रित गर्ने हो भने जनतामा आशा पून पलाउछ नै l जनता सडकको हिलो धुलो , खाल्डा खुल्डी हटाउनु पुर्नु भन्दा पहिले रेल गुडाउने सपना देखाएको सुन्न मात्रै चाहन्नन् l
राजनीतिक विश्लेषक इतिहासका प्रोफेसर डाक्टर सुरेन्द्र के सीले प्राय आफ्ना अन्तर्वार्ता, भाषण अनि कार्यपत्र पेश गर्दा कहिल्यै छुताउदैनन यी दुई कुरा ‘राइट म्यान राइट प्लेस , पनिस्मेंट आइन्ड रिवार्ड ’ लाई राजनीतिक पार्टी अनि सरकारले आफ्नो मूल मन्त्र बनाए भने सुन्दर देश झन् सुन्दर हुन बेर लाग्दैन l क्षमतावानको क्षमताको उचित कदर अनि अक्षमलाई सधै बन्देज गर्ने हो भने देश बन्न अरु धेरै फर्मुला र सिद्दान्तको आविष्कार गरिराख्नु आवस्यक हुदैन l