राष्ट्रपतिको मनोवाद मिश्रित डायरी

हाम्रो संबिधान र कानुनले राष्ट्रपतिलाई केवल ढोग्नको लागि, मर्यादाको खातिर खोपीको देवताको रुपमा कल्पना गरेको रहेछ । संबैधानिक राजा भन्दा पनि अधिकार बिहिन ।केवल रबर स्ट्याम्प । सरकारी फाइलमा केवल औपचारिकता प्रदान गर्न सिग्नेचर गर्नु भन्दा अरु केहि छैन , देखिन मैले ।सेरोमोनियल रास्ट्र प्रमुखले काम,कर्तब्य र दायित्व देखाउने हुदा सम्धी ज्यु ( पुर्व राष्ट्रपति रामबरण ) भयंकर बिबादमा आउनु भो ।म त्यसो गर्न पनि सक्दिन ।
म यतिबेला मित्र रास्ट्र चीनको औपचारिक भ्रमणमा छु । बिकासमा चीनले मारेको फड्को ,चिनियाहरुको सपना, संकल्प, जाँगर,अनुशासन र कठोर मेहनतले विश्वकै महाशक्ति राष्ट्र बनेको देख्दा अचम्म लाग्छ । संकल्प भए गरे के नहुने रहेछ भन्ने लाग्यो । हाम्रो देशमा पनि नभएको केहि छैन ,भौगोलिक बिबिधता देखि परम्परा संस्कृति र संस्कारको बिबिधता ,उर्बर भुमी,जल ,जमिन जंगल हिमाल,तराई, पहाड, बातावरणको बिबिधता,प्राकृतिक श्रोत साधन सबै सबै उपहारको रुपमा छन् , झन् धर्म संस्कृति मठ मन्दिर देवल र गुम्बा बुद्द र ऋषिमुनिको तपोभूमि सबै सबै छ तर हामीले हाम्रो श्रोत बैभव र पहिचानको मार्केटिंग गर्न सकेनौ र क्यासमा अनुवाद गर्न जानेनौ त्यसैले धन भएर पनि हामी गरिब छौ , भयौ ।
चीन पनि कम्युनिष्ट राष्ट्र , हामी पनि कम्युनिष्ट जनमतले सत्तामा दुइ तिहाइ होल्ड गरेर बसेका सत्तासिन । यहाँका कम्युनिष्ट र हामीमा नामको समानता भन्दा बाहेक केहि छैन । चीनमा व्यक्तिगत सम्पतिको लोभ गर्ने कम्युनिष्ट होइनन् र हुदैन भन्ने मान्यता छ हामीकोमा सबैभन्दा धनी कम्युनिष्ट नेता र कार्यकर्ता हुने होडबाजी चलेको छ ।
यहाका मान्छेहरुको धैर्य अनुशासन र मेहनत हामीले सिक्नु पर्ने र लैजानुपर्ने सिप हो तर पनि केहि आर्थिक सहयोगमा हाम्रो आखा परेको छ ।हिजो पनि चीन सरकारले हामीलाई सहयोग नगरेको होइन यदपि उसले गरेको सहयोग हामीले सदुपयोग गर्न सकेनौ जानेनौ । उचित संरक्षण र मर्मत हाम्रो लागि असहज छ । महामहिम राष्ट्रपति सी ले आज बिआराई अन्तर्राष्ट्रिय शिखर सम्मेलनको क्रममा भन्नु भो समृद्द नेपाल सुखी नेपाली अभियानमा सम्झनुहोला चीन साथदिन तयार छ ।
बिगतमा पनि चीनले दिएको ट्रलिबस हामीले जोगाउन सकेनौ , काठमान्डू पोखरा पृथ्वी राजमार्ग , काठमाडौँ कोदारी राजमार्ग, काठमाडौं चक्रपथ , कोटेश्वर बल्खु सडक लगायत चीनले नमुना स्वरूप बनाई दिएका सडक हुन् । मित्रताका चिनारी हुन् । चीनसँग हाम्रो त्यतिठुलो विवाद पनि छैन एक जेन्टल छिमेकीको रुपमा चीनलाई नेपाली जनताले बुझेका छन ।
देंग सा ओ पिंगको उदारवादी अर्थनीतिको कारण नै परमपरागत कम्युनिष्ट अर्थब्यबस्थाबाट माथि उठेर चीन आज यो चरणमा पुगेको हो ।चीनमा भ्रस्टाचार गर्नेलाई मृत्युदण्ड दिइन्छ तर हाम्रोमा भ्रस्टाचार गर्नेको आंङ्ग मोलिन्छ र उसकै न्यानो पलंगमा निदाएँ निन्द्रा पर्छ ।चीनमा आएर लुम्बिनी शान्ति बगैचा उदघाटन गर्न पाउदा अर्कै आनन्द लाग्यो ।गौतम बुद्द प्रति श्रद्दाले शिर झुक्यो र गौरान्वित बनायो ।मलाई यतिबेला चीनको भव्यता र विकास उन्नति देखेर केहि आर्थिक सहयोग भन्दा , सिप , योजना, प्रबिधि , अनुशासन सच्चादेश प्रेम र संकल्प देश बनाउने अठोट चै देसमा लगेर प्रत्येक नेताको गिदीमा घुसाउन मन छ । यदि हाम्रो देशको नेताको गिदीमा देस सम्वृदी गर्ने संकल्प र निष्ठा हुने हो भने हाम्रोदेश विश्वमा नै उत्कृस्ट गन्तव्यस्थल र पर्यटन स्थल बन्नेछ भन्ने मलाई भित्रै देखि अनुभूत भएको छ ।हिरा बोकेर कौडी खोज्न भौतारिने हाम्रो दिमाग आफुलाई नचिनेर हैरान छ ।हामी आफ्नो शक्ति र सामर्थ्य चिन्न नसकेर नै पछी परेका हौ भन्ने मेरो बुझाई रह्यो ।
मनमा पनि के के खेल्छ खेल्छ आज जे आउछ मनमा जे सम्झन्छु सबै लेख्ने चेस्टा गर्छु ।आज धेरैपछि लेख्न बसे लेखाइको शृंखला नमिलेको जस्तो लागिरहेछ जे भए पनि यो मेरो मनको कुरा हो आफ्नो डायरी हो लेख्छु र हल्का महशुस गर्छु । हाम्रो संबिधान र कानुनले राष्ट्रपतिलाई केवल ढोग्नको लागि, मर्यादाको खातिर खोपीको देवताको रुपमा कल्पना गरेको रहेछ । संबैधानिक राजा भन्दा पनि अधिकार बिहिन ।केवल रबर स्ट्याम्प । सरकारी फाइलमा केवल औपचारिकता प्रदान गर्न सिग्नेचर गर्नु भन्दा अरु केहि छैन , देखिन मैले ।सेरोमोनियल रास्ट्र प्रमुखले काम,कर्तब्य र दायित्व देखाउने हुदा सम्धी ज्यु ( पुर्व राष्ट्रपति रामबरण ) भयंकर बिबादमा आउनु भो ।म त्यसो गर्न पनि सक्दिन ।
सरकारको आदेश र अनुमति बिना बोल्न नपाइने , आफ्नो पिडा खोल्न नपाइने र आफुलाई लागेको खट्केको कुरा भन्न नपाइने परिबन्ध संबिधानको व्यवस्था भए पछि मैले बोल्न सकिन पाइन ।म पनि त मान्छे हु , मेरो पनि सामान्य मान्छेहरुको झैँ संवेदना महसुस गर्ने चार कोठे मुटु छ , दुख्ने कलेजो छ , दिल छ ,दिमाग छ ।मैले पनि राम्रो नराम्रो , देस बिदेशमा उठेका कुरा , मेरा ’boutका खराब असल कुरा सुन्न पाएको छु चर्चा परिचर्चा देखेको छु तर यथार्थ मेरो मुखबाट बोल्न मिल्दैन ।सरकारले चाहेको र खोजेको सरकारकै चाहनामा बेला बेलामा सुगाले गोपी कृष्ण कहु भनेर बोले झैँ अर्काले लेखेको भाषा बोल्नु भन्दा मेरो आफ्नो मनको भाषा बोल्ने छूट मलाई छैन।
म पनि कुनै बन्दी गृहको बन्दी भन्दा कम छैन , म पनि देशको भीभीआइपी बन्दि हु ।सामान्य बन्दी र मेरोमा फरक यति छ मलाई सबैले नमस्कार गर्नुपर्छ ।हृदयले मर्यादा राखून नाराखुन देखावटी सम्मान मेरो लागि पार्टीहरुको बाध्यता हो । म सधै अरुकै आदेश र अरहन खटनमा बस्नु पर्छ ।राष्ट्रपति स्वतन्त्र संस्था हो तर व्यक्ति स्वतन्त्र हुन् मिल्दैन ।बन्दीलाई कैदमा आन्दोलन गर्ने छूट छ माग राख्ने र बिरोध गर्ने अवस्था हुन्छ तर मेरो सबालमा सबै बन्देज छ ।एक पटक अति असह्य भएर टेम्पो चढछु के भने थे सरकार आइलाग्यो र बोल्न छोडे ।
हिड्नुस सडकमा त्याग्नुस सुरक्षा , लाग्नुस् बाटो भनेर पो मलाई चित्त दुख्नेगरी वचन लाए ।मिठो भाषामा कटु वचन प्रहार गरे ।आफ्नै पार्टीका भनेर के गर्नु कहिलेकाहीँ अति बिजने गरी भन्छन कमरेडहरु ।राष्ट्रपति भए पछि अरु पार्टी र तिनका गुनासो पनि सुन्नु पर्ने हो सुनु सुनु लाग्छ तर खेदै खन्छन अरु पार्टीका नेतासंग भेटेर बोलेको पनि ।अधिनायकवाद त मैले पनि भोगेको छु जस्तो लाग्छ ।निषेधको राजनीतितर्फ सरकार उन्मुख देख्दा मलाई पनि चित्त कहाँ बुझ्छ र ।आखिर देश सबैको हो मिलेर बनाउनु पर्ने हो ।एकपटक चुनाब जित्नुको अर्थ जुग जुगान्तरको लागि चुनाव जितेको भ्रम पाल्न नहुने हो तर सरकार त्यो भ्रम पालेर अहंकार र अभिमान देखाउछ ।बोल्न मिल्दैन के गर्ने ? यस्तै लेख्यो चित्त बुझायो ।यो लेखेको मनको बेदना र भाव कहिकतै बाहिर पुग्यो भने स्पस्टिकरण या रास्ट्रपति पद नै जान बेर लाग्दैन ।आफ्ना सगोत्री कमरेडहरू प्रति अति धेरैअविश्वास संसय र शंकास्पद नजर कम्युनिस्टमा जन्म काल देखिभित्रिएको भाइरस रहेछ ।सधै एकापसमा सन्त्रस्त देखिन्छ्न कमरेडहरु प्राय प्राय ।
मेरा ’boutमा मेरा सुविधाभोगी चाल चलन, विलासी जीवनशैली, फजुल खर्च , अनावश्यक भ्रमण र गाडी घोडा प्लेन, साँघुरो निवास ’boutमा नानाथरी कुरा देशभर चल्यो मलाई त्यो सुबिधा मेरा रहरले चाहेको पनि हैन तर आफ्ना विरुद्द कुरा आए पछि बोल्नु पर्यो जनताको आँखी भैयो भनेर के बोलेथे टेम्पो हैन ठेलागाडा चढनुस त्यो सुहाउछ तपाइको हैसियत त्यहि हो भनेर सरकारका ठुलै मान्छेले थर्काए , मान मर्दन गरे , जागिर नै दोहोर्याएर दिदा पनि नपचेको हो भनेर जागिर खोस्ने धम्कि पनि दिए ।एक मन त लाग्छ जाबो रैतीले करकर गरे भनेर , मेरो कारण सबारी घन्टौ अवरुद्द भयो भनेर , एयरपोर्ट नै ठप्प र दुई सय बिमान सम्मलाई असर पर्यो भनेर कति दुखले आर्ज्याको यो पद कसरी माया मारौ ।
यसो फेरि सम्झ्यो आफ्नो अतित र कम्युनिष्ट स्कुलिंग म सामान्य मान्छे दुईदिनको रामरमिता भन्दा साधारण र जनताले वा भन्ने बनौ भन्ने पनि लाग्छ तर यी सब मेरो बुताका कुरा नभएकाले यसैमा जे छ चित्त बुझाउनु पर्ला राम्रो नराम्रो कर्मको खेल ।आफ्नै हातले केहि गरौ लोकप्रिय काम गरौ कम्तिमा मदनको नामको अपमान त नगरौ यस्तो नलाग्ने कहाँ हो र रु के गर्ने हात खुट्टा चलाउन पनि नमिल्ने , मुख चलाउन पनि नमिल्ने , नबोल्दा पनि आलोचना गर्छन ।यस्तो देख्दा खै देशको अभिभावक बोलेको भन्छन बोलौ बोल्ने मुख सरकारले खोलिदिनु पर्छ ।हैट १ दुख पो हुदो रैछ गाँठे राष्ट्रपति हुदाँ पनि ? मेरा पनि हाँसो खुशी दुख पिर र बेदनाहरु छन अरु मान्छेमा भए झैँ तर कस्तो बिडम्बना सार्वजनिक रुपमा रुन हाँस्न पनि नमिल्ने पिडा शेयर गर्न पनि नसकिने ।आफ्नो प्राइभेट लाइफ चै नहुने सधै पदको गह्रुङ्गो भारीले थिचिरहने ।अत्यन्त बैयक्तिक कुरा पनि सार्वजनिक चासो चर्चा र चियोको बिषय बन्ने ।हामी सार्वजनिक पद ग्रहण गरेकाउच्चाधिकरी पनि फलाम ढुङ्गो माटो त होइनौ नि रु मानवीय गुण अवगुण सबै हुने यहि जगतका प्राणी न हौ ।
आजको मेरो यो हैसियत यो रबाफ र यो पहुँच बनाउन सहयोग गर्ने स्वर्गीय गिरिजाबाबु प्रति नतमस्तक भएर सम्झना आएको छ ।गिरिजाबाबु जसले आज मेरो उचाई बनाउन २०५१ को उपचुनावमा आफ्ना पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई हराएर मेरो लागि कांग्रेसी भोट खन्याउन जुन उदारमना छाती देखाउनु भयो त्यो गुण र त्यो विशेस योगदान नभएको भए म आज यहाँ सम्म आइपुग्ने भर्यांग बन्थेन ।मलाई काँध थाप्ने गिरिजाबाबुका बुढा काँधको खुलेर प्रसंसा गर्दछु ।कम्युनिस्ट बिरोधी गिरिजाबाबु कसरी एकाएक कम्युनिस्टलाई भोट माग्न र जिताउन तयार हुनुभयो त्यसको इतिहासले लेखाजोखा गर्ला ।
कांग्रेसहरु स्वयं समीक्षा गर्लान तर गिरिजाप्रसादले कांग्रेस सिद्दान्तमा युटर्न नै ल्याई दिनु भयो फलस्वरूप गिरिजापथ आज अरु पार्टी र सिद्दान्तले पनि अनुसरण गरेका छन् । प्रचण्ड गिरिजाको भक्त र असल उत्तराधिकारी मै हु भन्दै कांग्रेसलाई माथ गरेर बोल्छन ।तसर्थ स्वर्गीय गिरिजाबाबुको प्रसंसा गर्नु गणतन्त्र नेपालको रास्ट्रपति हुनुको नाताले मेरो कर्तब्य पनि हो । गिरिजापथको फराकिलो राजमार्गमा केपी र पिके पथ छाती पिटेर नाच्दै दुई तिहाईको मुखमै पुगे ।गणतन्त्र नेपालको रमाइलो रोचक र घतलाग्दो कुरा के छ भने त्यो बेला देखि पार्टीहरु आफ्नो पार्टीको चुनाव चिन्नमा कम अरु पार्टीको चुनाव चिन्नमा भोट बढी खसाल्न बानि परेका छन् ।
एमालेका खड्ग प्रसादले कमल थापालाई गाईमा खुल्लम खुल्ला भोट खसाले , कमल थापाले सुर्यमा भोट हाल्दा र माग्दा हीनताबोध गरेनन ।माओबादीले काटी दिएको ठुटे हात लिएर शेरबहादुर प्रचण्ड पुत्रीको हसिया हथौडामा भोट हाल्न पुगे भने शेरबहादुरले मूल्य तोकेको टाउकाले प्रचन्डले रुखमा ल्याप्चे मारे । प्रचण्ड र केपी ओलीको दुश्मनी अहिले बेड शेयरिंग सम्म आइ पुगेको छ दुवैजना एकै कुर्सीमा बस्छन कत्रो मिलाप छ ।प्रचण्ड , के पी कमरेडको घृणा , दुश्मनी एकाएक मित्रतामा परिवर्तन भएर पार्टी एकीकरण भएको घटना अप्रत्यासित र आकस्मिक रुपमा भएको देख्दा म आफै छक्क परेको छु कुन रसायन र कुन तत्वले यो काम गर्यो गज्जब लाग्छ राजनीतिमा प्रेम र घृणाको सम्बन्ध देखेर ।
राजनीति कस्तो थियो कस्तो भयो ? सिद्दान्त ब्यबहार कहाँबाट कहाँ पुग्यो रु चुनाव लड्न पार्टी सदस्य हुनु पर्दैन जो जताबाट आएर लड्दा फाइदा हुन्छ त्यो लडे हुन्छ जस्तो हृदयस त्रिपाठीहरु एमालेको सुर्य चिन्न्हमा चुनाव जितेर पनि स्वतन्त्र बताउछन , नेकपाको व्हिपले छुदैन भन्छन ।राजेन्द्र महतो एमालेका भोट पाएर जित्छन् ।कांग्रसका बिमलेन्द्र निधिको प्रचारक टकला उर्फ कैदी संजय शाह हुन्छन ।एक मदेश एक पर्देसको नारामा राजेन्द्र श्रेष्ठ र अशोक राइहरु आकर्षित बन्छन र चुनाव लड़छन ।
चुनावामा उमेदवार बनेर फरार भए पनि अत्यधिक मतले संघिय संसद बन्न रेशम चौधरीहरु सफल छन । राजनीतिको यो सुन्दर घुलन र विद्रूप प्रहशनको अभियन्ता गिरिजा बाबु हुनुहुन्थ्यो ।स्वतन्त्र मधेसको वकालत गर्ने सिके राउत राष्ट्रपति प्रधानमन्त्री के पीका भित्रिया भएको कुरा अब रहस्य रहेन ।राजनीतिका थुप्रै रंगहरुको पर्योग भुमि हो मेरो देश ।म पनि राजनीति गरेर आएको मान्छे हु राजनीतिको सबै रंग देख्या छु बोल्न पो दिदैनन मिल्दैन र ? के मलाई मेरा स्वर्गीय पति मदन भण्डारीले खुल्ला मन्चमा गर्जेको सम्झना छैन र ? उहाले भन्नु भएको थियो राजा भन्दा रास्ट्रपति सस्तो खान्कीमा बस्न सक्छन ति अभिजात्य बर्गका होइन् र जन्म श्रेष्ठता भन्दा कर्म श्रेष्ठता उत्तम ब्यबहारिक र जनमुखी हुन्छ ।
मदन भण्डारीले त्यतिबेला भनेको राष्ट्रपतिको तलब अहिले मुल्य समायोजन गर्दा त्यति धेरै र अत्यासलाग्दो होइन र छैन ।मदन भण्डारीले भाषणगर्ने खुल्ला मंचको समेत कत्रो भाउ छ ।खुल्लामञ्चमा सटर पाउन कति सलामी चढाउनुपर्छ ।मेयर साबलाई पो खुल्लामञ्च बिक्रि भएको थाह छैन , दार्चुला र ताप्लेजुङबासीलाई थाह हुने कुरा महानगरका मेयरलाई कसरी थाह होस् ।प्रधानमन्त्री निवास बालुवार कति महँगो भै सक्यो धन्न हाम्रो पार्टीका कमरेड बिष्णु पौडेल बाठो भएर सस्तोमा किन्नु भो नत्र भाउ बेसाह कहाँ पुगी सक्यो जवाना अनुसारको तलबमान अझ कम छ स्वयं मदन बाच्नु भएको भए राजनीतिक कर्मिको सेवा सुबिधा र संसद र सबै तहका निर्वाचित प्रतिनिधिको तलब भत्ता वृद्दिको ध्यान आकर्षण प्रस्ताब संसदमा पेश गर्नु हुन्थ्यो होला।
मदन भण्डारीले साइकल चढेको कुरा छापेर प्रचार गरेर मैले चढेको गाडी र हेलिकप्टर दाज्छ्न्न मुर्खहरु ।मदनको साधारण जीवन शैली र कम्युनिष्ट आचरण ’boutमा लेख्छन बोल्छन र खेदो खन्छन पत्रकार भनाउदाहरु पनि तिनलाई के थाह मदनको पालाको कम्युनिष्ट हुनु र अहिले हुनुमा ।मदनको पालामा घुष बन्देज र अपराध हुन्थ्यो तर अहिले नेता सांसद र मन्त्रीहरु घुसबाट जोगिन कम्ता महाभारत छैन ।कसो, कसो कता बाट पत्ता लाउछन पापीहरू बैक खाताभरी पैसा राखिदिन्छन , महंगा महंगा शेयर खरिद गरिदिन्छन ,घर हुनेलाई घर भाडा हालिदिन्छन , दोहोरो तेहेरो इन्धन खर्च निकाली दिन्छन , बंगलो नै बनाई दिन्छन कति गाडी किनिदिन्छन कतै प्लेन नै चार्टर गरिदिन्छन अहिले राजनीतिकर्मी भएर जोगिन मुश्किल छ ।
पोहोर छोरीको बिहे गरिदिए पुर्व राष्ट्रपतिको नातीसंग तर भने जति दाइजो दिन सकिन उतातिर मनग्गे दाइजो मिलेन भनेर सम्धी सम्धिनी भेट गर्न समेत आउनु भएको छैन ,गाउलेले पनि खुबै कुरा काटेर हैरान पारे रे छोरी भन्थी शेरबहादुर अंकलको जस्तो दाइजो ल्याउन नसक्ने पनि राष्ट्रपतिको छोरी भनेर मान्छेहरुले खिल्ली उडाए रे । त्यसैले कहिलेकाही लाग्छ यो भन्दा त्यहि पहिलेकै जीवन ठिक तर यसो सोच्यो यो एकबारको जुनीमा फेरि कहाँ मिल्नु यो बैभव सान र सौकत रु त्यसैले जे भए पनि पिडा मुटुमै गाँठो पारेर रमाउदै छु ।
मान्छेहरु छाडा भएर अनेक थोक बनाएर प्रधानमन्त्री र मेरो बेइजत गरेकामा भने नमिठो संग दुखि छु ।आफै बोल्न मिलेन पार्टीका अरिंगालहरु खान पाए बोल्छन नपाए आखा चिम्लेर बस्छन यस्तो बेइज्जत जसको जसले गरे पनि नराम्रो मान्नु पर्ने हो खै मान्छेहरु पनि स्वतन्त्रताको नाममा हद भन्दा पर पुग्छन भन्या ।सामाजिक संजालको छाडापनले म जस्ता धेरैलाई ठुलो मानशिक पिडा दिएका छन ।मेरा पनि बाध्यताहरू छन् सिमाहरु छन ।मेरा लागि लेखिदिने बोलिदिने र हेरविचार गरिदिने थुप्रै थुप्रै विषय विज्ञ र नामुद नाम कमाएका मान्छेहरु सरकारले खटाएको छ तर अचम्म लाग्छ मेरो विरुद्द यतिधेरै कुरा बाहिर आउदा पनि चर्को आलोचना र लापरवाही गरेको खबर आउदा पनि मलाई सुनाउन पनि सक्दैनन् र पब्लिकले राम्रो भन्ने म्यानेजमेन्ट गर्न पनि सक्दैनन् ।
राष्ट्रपतिको तर्फबाट गहकिलो संदेश प्रबाह गर्न पनि हुतिगार छैन ।बरु मलाइ नै बोल्न दिए मिल्ने भए मेरो भासण लेखोट आफै तयार पारेर यथार्थ बाहिर ल्याउथे म पनि पटक पटक मन्त्री , निर्विवाद कार्य सम्पादन गरेको मान्छे हु ।महिला भएको कारण पो हेपेका हुन् कि भन्ने मनोविज्ञान ममा पनि आउछ ।आखिर यहि समाज , सभ्यता ,संस्कृतिको र संस्कारको उपज हु म पनि ।एक पटक त रास्ट्रपति , सभामुख र प्रधानन्यायाधीश समेत महिला नै बने ,बन्यौ तर हामीलाई देखाएर उदाहरण त दिए तर समग्र महिलाको जीवनस्तरमा हाम्रो उपस्थिति केवल गहना मात्रै भयो तात्विक फरक परेन ।
कहिले रास्ट्रपतिले जुत्ता चप्पल आर्मीलाई बोक्न लगाएर सामन्ती संस्कार प्रदर्शन भयो भनेर गाली गर्छन त कहिले हेलिकप्टर चढेर कोदो रोपाई हेरी भन्छन ,बिधुवा मन्दिर आइ भनेर रास्ट्रपति पदलाई लैंगिक विभेदको शिकार र अन्धविश्वासको लोहोराले हान्छन रास्ट्रपतिको सार्वजनिक सबारीमा घन्टौ जाम पारेर एम्बुलेन्स रोकेको समेत देखाउछन ,अस्ति एकपटक त जनताले मोटरसाइकलको हरन बजाएर बिरोध मात्रै गरेनन सवारी रुटमा अवज्ञा गरेको पनि देखे ।बिबादित भवन र कार्यक्रम उद्घाटन गर्न गइ भनेर आरोप लगाउछन ।छोरीहरुलाई तक्मामेरो सिफारिसमा दिएको हैन , फेरी तक्मा पाउन नालायक मेरा छोरीहरु पनि त हैनन् नि रु छोराछोरीको माया कसलाई हुन्न र रु गिरिजाबाबुको पुत्री मोह प्रचण्ड कमरेडको पुत्र पुत्री मोह हामी सबैले देखेको कुरा हो ।
मलाई चै मेरा टुहुरी छोरीहरुको माया लाग्नु कुन उल्कावर्षा भयो रु तक्मा छनौट गरेर अरुले ल्याउछन् गाली चै मैले पाउनुपर्छ ।अधिकार चै स्वतन्त्र रुपमा बोल्न पाउने समेत छैन गालीको सबै भागीदार चै मैले मात्र हुनु पर्ने कहिलेकाही त रुन मन लाग्छ बेस्करी कस्तो अपजसको भारी बोक्ने भरिया बनेछु भनेर रु मेरो पनि मन छ दुख्छ नि मेरो मन पनि कसलाई भनौ कसलाई सुनाउ रु कति अप्ठ्यारो र असहज छ जिन्दगी मेरो पनि िसवारी तडकभडक मेरो पनि चाह होइन तर सुरक्षा थ्रेटको कारण र राष्ट्रपति सम्मानको विश्वब्यापी मान्यताको अवलम्बन गर्नुपर्दा सवारी भड्किलो भएको हो हुनुपर्छ भन्छन सुरक्षा हेर्ने अधिकारीहरु िमलाई व्यक्तिगत रुपमा असुरक्षित छु लाग्दैन त्यसैले अनेक बिबादमा पर्नु भन्दा टेम्पो चढ्छु भने तर ।।। राज्यको मामला पर्यो ।
मेरो काम कर्तव्यमा त्रुटी नहोस कार्य सम्पदान सजिलो होस् भनेर आकर्षक तलब भत्ता खाने कर्मचारीहरु खै के हेरेर बस्छन रु सरकारको भजन पार्टीको गीता गाउनु मात्रै यिनीहरुको काम हो कि देसको लागि केही योगदान मैले ठम्याउन नसकेको कुरा यो पनि हो ।यदि मलाई सरकारले हस्तक्षेप नगरी विषय विज्ञ छान्न दिन्थ्यो भने म फ्री कम्पिटिसन खोलीदिन्थे र एक से एक एक्पर्ट हायर गर्थे ।अहिले सरकारी र पार्टी प्रभावका व्यक्ति छन उल्टो उनीहरुको धम्कि र घुर्की मैले सामना गर्नुपर्छ ।
कुकुरले पुच्छर हैन पुच्छरले कुकुर हल्लाउने परिपाटी रहेसम्म राजा हुनु र राष्ट्रपति हुनुको फरक जनतामा देखाउन सकिएन यसमा भने कताकता खेद छ ।यो ठाउ यति धेरै गालीगलौज पाउने ठाउ रैछ सम्झन्छु पहिले पहिले सबै अधिकार आफ्नो हातमा हुने राजामहाराजाहरुले कति सहनु पर्ने रहेछ । राजाका बिरुद्द हामीले र हाम्रै पार्टीका नेताहरुले गरेको गालि कति त नाजायज र लोकको खपतको लागि , केवल राजतन्त्र विरुद्द भड़काउन रहेछ भनेर बल्ल बुझ्दै छु ।बहुदल आउने बित्तिकै रानी ऐश्वर्यको पम्फादेवी नाममा स्विजरल्याण्डमा राखेको पचासौ खराब र हजारौ हेक्टर जमिन आज सम्म पनि फेला नपर्दा र मदन भण्डारीको हत्यारा राजा बिरेन्द्रको हत्यारा आरोपित मान्छे समाउन नसक्दा सत्ता बाहिरको नारा र सत्ता भित्रको यथार्थ बेग्लै हुनेरैछ भनेर भर्खर बुझ्दैछु ।
मलाई पनि मदन भण्डारीको हत्यारा पत्ता लगाउन मन नभएको होला र रु तर उंहा कै धर्मपत्नी म रास्ट्रपति भएर देशमा गणतन्त्र बहाल हुदा पनि उहाँकै सिर्जनात्मक मार्क्सवादी दर्शनले सिंचित पार्टीले यत्रो शक्तिशाली सरकार चलाउदा पनि सरकारको चासो यता नभएको देख्दा अच्चम्म लागेको छ ।तत्कालिन मदन भण्डारी घटना छानबिन आयोगका संयोजक के पी कमरेडले हत्यारा हामीले चिनेका छौ , हत्याराको हामी नजिक छौ भनेर त्यतिबेला भन्नु भएको कसैको पनि विस्मृतिमा छैन ।उहाँ प्रधानमन्त्री र सरकारले चाहेको गर्न सक्ने हुदाँ त्यो चिनेको हत्यारा समाउन र मारेको मरेको भए फलानो हो भन्न के ले छेक्यो होला रु म पनि बिलख बन्धनमा नै छु ।रैतीलाई भोलि रास्ट्रपतिबाट रिटायर्ड भए पछि के भनेर उत्तर दिने मलाई कुनै आइडीया छैन ।सम्भवत सल्लाहकार र पार्टीले के भन्ने भनेर रेडीमेड जबाफ देलान रु केहि त पक्कै सिकाउलान ।