बारम्बार बाबुरामको बदलाव र बर्बादी

राजनीतिमा बाबुरामलाई अहिले जति असजिलो अप्ठ्यारो र हीनताबोध छ त्यो हीनताबोध शायद यतिबेला हुन्नथ्यो जतिबेला भूकम्प प्राधिकरणको हाकिम भएर देशको पुनर्निर्माण गर्ने यिनको सपना प्रचण्ड , के पी र शुशील कोइरालाले पुरा गरिदिएका हुन्थे । हाम्रो राजनीतिको बिडम्बना र नेताहरुको साँघुरो छातीको कारण विचरा बाबुराम आफुले पढेको विषयमा  काम गर्न समेत पाएनन् र आज कहिले देश दौडाहा गर्छन कहिले प्रवास दौड गर्छन अहिले सुस्ताउन उपेन्द्र यादवको नाम फेरेको चौतारो समाजबादी पार्टी नेपालमा पुगेका छन ।

 

बाबुराम अर्थात मन्तब्य र गन्तव्यको ठेगान नभएका पात्र भनेर चित्रित गर्छन राजनीतिका विश्लेषक डाक्टर राजेश अहिराज । बाबुरामको चरित्र र लहड सनक हेर्दा यो टिप्पणी सान्दर्भिक नै लाग्छ । कम्युनिस्ट पनि उग्र क्रान्तिकारी जसले जनयुद्द चलाएर दस बर्ष सम्म हत्या र हिंशाको राजनीति चलायो र त्यसको नेतृत्व बाबुरामले गरे । शान्ति सम्झौता गरेर चुनावमा प्रतिस्पर्धा  गरेर देसको  प्रधानमन्त्री समेत बने । तीसौं वर्ष कम्युनिस्ट राजनीति गरेका बाबुराम एकाएक आफ्नो पार्टीको उपाध्यक्ष र संसद समेत परित्याग गरेर तत्कालिन माओबादीलाई रातो स्टिकर टासिएको असुरक्षित घर भन्दै बाहिरिए र झन्डै दुई दर्जन नेकपा माओबादीका केन्द्रीय नेता लिएर अनि समाजका अरु लब्धप्रतिष्ठित व्यक्ति पुर्व बरिस्ठ कर्मचारीको सहयोगमा नयाँ शक्ति पार्टी गठन गरे । जतिबेला बाबुराम नेकपा छोडेर निस्किए त्यतिबेला भारतमा अरविन्द केजरीवाल उदाएका थिए त्यस्तै आशा र  विश्वासको मिठो भ्रम बाबुरामले पनि पालेका थिए भनेर बुझ्दा गलत नहुनसक्छ । आफ्नो व्यक्तिगत लोकप्रियताको ग्राफ अरु भन्दा धेरै माथि नै छ भन्ने कल्पना बाबुरामको मनस्थितिमा बलियो घर बनाएर बसेको थियो । जसको कारण पनि आफ्नो तीसौ वर्षको लगानी छोडेर बाबुराम नयाँ उद्योग चलाउन हिम्मत कसे । बिडम्बना आफ्ना पुर्व सहकर्मी नेताहरुको साथ लामो समय सम्म लिन सकेनन पत्नी हिसिला र एकदुई केन्द्रीय सदस्य बाहेक सबैले बाबुरामलाई लाल सलाम ठोकेर कुलेलाम ठोके । जताबाट आएका थिए उतै गए । यतिबेला प्रचण्डको भनाइ स्मरण गर्न उचित लाग्यो । ‘मैले बाबुरामलाई तीस वर्ष झेले हेरौ अरुले कति दिन या महिना वर्ष झेल्ने हुन् ?’ बाबुरामले असुरक्षित भनेको रातो स्टिकर भएको घर पुर्व माओबादी पनि भत्कियो अनि बाबुरामलाई  झेल्न धेरैले थोरै समय पनि सकेनन्  । तसर्थ जनयुद्दका यी दुई होनहार नेताले एकअर्कालाई बुझेको प्रस्ट भयो । प्रचण्डले आफ्नो घर भत्किएको चाल पाएनन बाबुराम भन्दा अघि । अनि कतिकच्चा घरको आर्किटेक्ट गरे बाबुरामले पनि बुझेनन् । बाबुराम आफु कस्तो छु भन्ने ख्याल नै गरेनन । शायद अहिले हिसिला म्यामको साथ मात्रै हुदा पनि बाबुरामलाई हेक्का छैन यदि हेक्का हुदो हो त समाजबादी पार्टीमा आफ्नो पार्टी बिलय गराएर आफु अध्यक्ष र श्रीमती उपाध्यक्ष बनाउदैन थे होला ? नातावादको यति चर्को बिरोध र आलोचनाका बाबजुद किन बाबुराम  हिसिला यमीलाई अझै च्याप्दैछ्न हर कुरामा अपडेट रहने बाबुरामलाई आजको नेपाली समाजको चेत र सोचाइको खिलाफमा जाने कारण के पर्यो होला ?  हिसिला उसै बिबादित छवी भएकी राजनीतिकर्मी हुन् उनैलाई नयाँ पार्टीमा यो हैसियत सुहाउँदो हुन्थेन भन्ने कुरा उपेन्द्र बाबुरामको भेजामा किन घुसेन ?

 

बाउ पार्टी अर्थात बाबुराम उपेन्द्रको पार्टी समाजवादी पार्टी नेपाल । दुवै पुर्व कम्युनिस्ट अझ पुर्व माओबादी दुवैको पृष्ठभुमि समान तर नेचरमा भिन्नता छ । यो एकतालाई पुर्व सहकर्मीको मित्र मिलन मात्रै हो पार्टी मिलन हैन र भन्न मिल्दैन भन्ने तर्क पनि सामाजिक संजालको आजको चर्चाको विषय देखिन्छ । पार्टीको हेड अफ डिपार्टको चिफ श्रीमान , श्रीमती दोश्रो बरियताको कमान्डर कस्तो संगतिपूर्ण समाजवादी पार्टी ज्वाइन गरे भट्टराईले ? बाबुराम पार्टीको रुपमा बदलिए तर ब्यबहार उही कम्युनिस्ट जोइपोई नै सधै नै शक्तिमा रहने निरन्तरता आज पनि त्याग्न सकेनन त्यसैले बाबुरामको गन्तब्य र मन्तव्य एकै छैन विरोधाभाष पूर्ण छ । बाबुराम बदलिएनन मात्र पार्टी बदले । शक्तिको भोकको कारण नै संघिय संसदमा एक सिटे बाबुराम देसको तेश्रो ठुलो र सत्ताधारी दलसंग समाहित हुन पुगे थाहा छैन यो गठजोड पार्टी एकीकरण हो या सत्ता स्वादको लागि बनाईएको मोर्चा । बाबुरामले एकिकरण घोषणा सभामा संबिधान संसोधन नभए सत्ताबाट बाहिरिने  घोषणा गरे त्यो केवल बार्गेनिङ टुल्स मात्र हो भन्ने धेरैको बुझाई छ ।

 

त्योबेला २०७३ मा  नयांशक्ति पार्टीको उदघाटन समयमा त्यो तडकभडक त्यो भव्यता देखेर धेरैले नयाँशक्ति पार्टीलाई देसको बैकल्पिक शक्ति र माओवादीको लोकतान्त्रिक विकल्प  उदाउदो तारा भनेर सोचेका थिए । हालका प्रधानमन्त्री के पी ओलीले भनेकै थिए एमाले बाहेक सबैलाई टक्कर दिन सक्छ बाबुरामजीको पार्टीले । दुर्भाग्य बाबुरामको पार्टी स्थानीय चुनावमा जिलो मात्रै बचाएर राजनीतिको रंगमंचबाट भूमिकाविहीन बन्यो । सबैलाई टक्कर दिने भनिएको पार्टी आफै ठक्कर खाएर हाल बहालमा पुग्यो । राजनीतिको गणित र जनताको मत कसरी अनि कति छिटो बदलियो ।६४ सालको पहिलो संबिधान सभामा देश भर सबैभन्दा फरक मतान्तर र सबै भन्दा बढी मत लिएर जितेका बाबुरामलाई ७० सालमा कांग्रेसको साथ चाहियो आफ्नो जितको लागि पनि । राजनीतिमा सिद्दान्त आफ्नो जित र स्वार्थको लागि मात्र भन्ने कुरा बाबुरामले पनि प्रमाणित गरे । राजनीतिमा नैतिकता नदेखाउने नेतामा यिनको पनि नाम दर्ज भयो । राजनीतिमा चुनाव हारेर पनि नैतिकता जित्नेहरु हुन्छन तर चुनावमा जसरी पनि जितेर नैतिकता गुमाउने नेतामा बाबुराम पनि परे  । नेताहरुमा नाम चलेका केहि गर्ने स्वभाव भएका नेताको रुपमा बाबुराम परिचित मान्छे हुन तर नेपालीहरु बाबुरामको राजनीतिक क्षमता भन्दा पनि उनको एस एल सी बोर्ड फर्स्ट र बिद्याबारिधि प्रति बढी आशावादी रहे , माओबादी आन्दोलनमा उनको शैक्षिक डिग्री ब्राण्ड बनाएर प्रचार गरियो र धेरैको आकर्षणको बिन्दु पनि भयो तर राजनीतिमा स्वचालित हैन परिचालित नेताको रुपमा आज पनि बाबुराम चर्चामा छन् । हाल देखिएका नेताहरुमा बाबुरामको आफ्नै स्थान र परिचय बनेको पनि छ । २०६४ को पहिलो संबिधानसभाको चुनाव पछि बनेको  प्रचण्ड सरकार असफल तर अर्थमन्त्रीको रुपमा सापेक्षतामा बाबुराम सफल अर्थमंत्रीको रुपमा यिनको मुल्यांकन नभएको हैन । बिगत ४० वर्ष देखि कसैले गर्न नसकेको काठमाडौँ सहरको सडक बिस्तार जनताले बाबुराम नबिर्सने अर्को काम हो । अपडेटेड नेता , बौद्दिक र कृत संकल्पित, सरल नेताको रुपमा पनि यिनलाई बुझ्दछन मान्छेहरु  । आफैमा आर्थिक रुपमा इमान्दारिता यिनको परिचय बने पनि हिसिलाको आर्थिक संकलन अभियानको कारण थुप्रै प्रश्न वाचक चिन्नको घेरामा  परेका छन । सरल अनुसासित  तर छुद्र टिप्पणीकार उनको अर्को पाटो हो  । पुस्तक लेखन , सम्पादन र पत्रिका प्रकासन अनि आफ्नो पढाई र विषयमा पोख्त भनेर उनको प्रसंसामा थुप्रै सब्द खर्च भएका छन नेपाली समाचार पत्रहरुमा  । द नेचर अफ अन्डर डेवलप्मेंट एण्ड रिजनल स्टक्चर अफ नेपालमा बिद्याबारिधि गरेका भट्टराई बहुआयामिक नेताको रुपमा चिनिन्छ यद्दपी अस्थिर र एकलकाँटे अनि आफुलाई मात्र बुझेको अरु सब गवार सम्झने उनको स्वभाव नेपाली राजनीतिमा सधै आलोचित र कमजोर पक्षको रुपमा लिइन्छ  । बारम्बार बदलाब बाबुरामको बर्बादी र समयको नास अब हुनुहुदैन अस्थिर बाबुराम स्थिर हुनुपर्छ ।

 

बाबुरामको बिद्याबारिधिको शोधपत्रमा नेपाल भारत सम्बन्ध विषयमा नै केन्द्रित र भारतीय विस्तारवादी उत्पीडनबाट मुक्त नभई नेपालको दीगो विकास सम्भव छैन भन्ने निस्कर्ष छ तथापि भारतीय विस्तारवादको नेपाली गोटी र प्रतिनिधि पात्रको रुपमा धेरै राजनीतिक विश्लेषकले यिनको आलोचना गरेका छन । भारतको छाता जुत्ता चप्पल र खुराक यिनको राजनीति हो भनेर बुझ्ने यिनलाई गाली गर्ने एक ठुलो जमात पनि छ नेपालमा । स्वयं माओबादी आन्दोलन भारत संरक्षित पालित पोषित हो भनेर विज्ञहरु दावी यस कारण पनि गर्छन कि ,जनयुद्दको अधिकांश समय प्रचण्ड बाबुराम भारतीय छत्र छायामा बसे , भारतका विरुद्द केहि गर्दैनौ भनेर बाजपेयी प्रधानमन्त्री हुदाँ निवेदन हाले अनि नेपालमा आएर भारतीय विस्तारवादीका बिरुद्द सुरुंग युद्द भनेर रुकुम रोल्पातिर खाल्डो खनेर जनतालाई दिग्भ्रमित बनाए । बुझिनसक्नु ड्रामा गर्न खप्पिस छन प्रचण्ड बाबुरामहरु । सिद्दान्तहीन सिद्दान्तका नायक हुन् यी दुवै सारथीहरू । प्रचण्ड एमालेमा बिलय भए बाबुराम उपेन्द्र यादवमा । बाबुरामको संगत गरेका भरत दाहाल बाबुरामको कृतिम व्यक्तित्व हो भन्छन । बाबुराम केवल प्रोपोगान्डा र प्रायोजित मान्छे हुन् बिभिन्न आवरणमा बिभिन्न सिद्दान्तको मुकुण्डो भिरेर अर्काको लागि अर्काले बोकाई दिएको मुद्दा बोकेर नेपाली समाजमा भडुवा राजनीतिका अभियन्ता बन्दै गरेको उदाहरण दिन्छन भरत दाहाल ।

 

आफु भने कार्ल मार्क्सको यो भनाईबाट प्रभावित भएको र राजनीतिको बाटोमा लागेको बाबुरामको स्वीकारोक्ति छ । ‘ दार्सनिकहरुले  संसारको ब्याख्या मात्र गरेका छन् मुख्यकुरा यसलाई बदल्ने हो । ‘ तेश्रो बिश्वबाट नेपालाई पहिलो विश्वमा लाने आफ्नै जीवनकालमा बाबुरामको संकल्प र सपना हो के अब उपेन्द्र यादवको पार्टीमा आफ्नो पार्टी नयाँ शक्ति बिलय गराएर बाबुरामको सपना पुरा होला त ? आफ्नो अस्तित्व बचाउन धेरैको दैलो चाहर्नु आज उनको बाध्यता भएको छ । विवेक ज्ञान बुद्दी लगाएर पसिना बगाउनु पर्ने मान्छे रगत बगाएर यो स्थान सम्म आइपुगेका छन अब उनको पाइला असित्व र इतिहास कस्तो बन्छ सधै उपेन्द्रको चुलोमा रम्ने हुन् या नयाँ चुलो थाप्ने हुन् त्यो हेर्न धेरै समय कुर्नु नपर्ला ।

राजनीतिमा बाबुरामलाई अहिले जति असजिलो अप्ठ्यारो र हीनताबोध छ त्यो हीनताबोध शायद यतिबेला हुन्नथ्यो जतिबेला भूकम्प प्राधिकरणको हाकिम भएर देशको पुनर्निर्माण गर्ने यिनको सपना प्रचण्ड , के पी र शुशील कोइरालाले पुरा गरिदिएका हुन्थे । हाम्रो राजनीतिको बिडम्बना र नेताहरुको साँघुरो छातीको कारण विचरा बाबुराम आफुले पढेको विषयमा  काम गर्न समेत पाएनन् र आज कहिले देश दौडाहा गर्छन कहिले प्रवास दौड गर्छन अहिले सुस्ताउन उपेन्द्र यादवको नाम फेरेको चौतारो समाजबादी पार्टी नेपालमा पुगेका छन । प्रधानमन्त्री भै सकेको मान्छे , भूकम्प पुनर्निर्माण प्राधिकरणको हाकिम भएर आफ्नो विज्ञता देखाउछु भन्दा पनि देशका तत्कालिन ठुला पार्टी र तिनका नेताले त्यो ठाउँ यिनका लागि खालि गरेनन । धिक्कार छ राजनीतिको यो छुद्रतालाई ।

 

संघियता , सुशासन , सम्वृद्धि र समाजवादको ब्यानर राखेर पार्टी एकिकरण आफैमा एक सुखद सपना र सिद्दान्त हो तर पार्टी एकीकरण सिद्दान्तको लागि होइन स्वार्थको लागि , अनि भए भरका नेताको पद ब्यबस्थापनको लागि मात्र हो भन्ने कुरा समाजबादी पार्टी नेपालको एकीकरणमा पनि देखियो । केवल नेता ब्यबस्थापन र जति पनि पद सिर्जना गरेर भद्रगोल पार्टी निर्माण एकता होइन अनेकता र अप्ठ्यारो हो । एकीकरण सिद्दान्तको हुन्छ न्याय र समानताको हुन्छ पद र भागको लागि होइन । दिगो एकता र देश निर्माण गर्ने पार्टीको लागि पद त्याग र भाग खोसाखोस अनि जोइपोई नै उच्चाधिकारी हुनुपर्ने कुन सैदान्तिक धरातलमा यस्तो सम्भव हुन्छ । नेता र कार्यकर्ता ब्यबस्थापनको नाममा सबैलाई केन्द्रिय नेता झन पधाधिकारी धेरै जसले निम्त्याउने अस्थिरता एकता गर्दा नै विभाजनको तुष रोप्ने परिपाटी बाट अछुतो रहेन समाजबादी पार्टी नेपाल पनि । नेकपा एमाले नेकपा माओबादी केन्द्रको जस्तो भद्रगोल एकता देखेर सिक्न सकेन समाजबादी पार्टीले पनि बरु त्यस्तै भद्रगोलको अनुसरण गरेर आफ्नो केन्द्रीय समिति घोषणा गर्यो जुन नितान्त गलत छ जसले नया एकीकृत पार्टीको ब्यबस्थापकीय क्षमतामा प्रश्न खडा गर्छ । पार्टी चुस्त दुरुस्त र छरितो बनाउन नसक्नेहरुले देशको सत्ताको ब्यबस्थापन गर्न सक्छन र ? पार्टी एकताको एउटा पक्ष र सकारात्मकता भनेको केवल मदेश र मदेशी मुद्दा    अनि झन्डै झन्डै बिखन्डनबादीको आरोप खेप्ने तत्कालिन मधेसी जनाधिकार फोरम अब पुरै देसको पार्टी भएको छ ।  क्षेत्रीयता बाट माथि उठेर तराई पहाड र हिमालको साझा पार्टी बन्नु देसको उपलब्धि हो । पार्टीहरु निर्वल हैन सबल हुदा देश सबल बन्छ एकताको भाव बढ्छ । नेपाल र नेपालीको पार्टीको आवरणमा पुगेको छ अब आचरण पनि अनुकरणीय बनोस । देखाओस , नेपाल रहे मात्र हामी सुरक्षित रहन्छौ भन्ने भाव बोकोस पहिले नेपाली अनि हिमाली पहाडी र मधेसी । सफलताको शुभकामना समाजवादी पार्टी नेपाललाई अनि अभियन्ता उपेन्द्र र बाबुरामलाई । देशलाई आवरणमा हैन संख्यामा होइन आचरणमा राम्रो पार्टी र नेता चाहिएको छ सबै कमी कमजोरी भुलेर यो पार्टी देशहितमा लागोस शुभकामना धेरै धेरै ।