पून:विवाहकोलागि बधाई छ प्रचण्ड कमरेड !

आफुलाई दुख पर्दा मान्छेले पुकार्ने पहिलो नाम आमा र भगवान हो । हामी पूर्वीय दर्शन शिक्षा धर्म संस्कृति र सभ्यताबाट दीक्षित र अनुप्राणित नेपाली हौ। आफ्नो संस्कृति धर्म प्रति यदाकदा विचलित बने पनि त्यसलाई चटक्क छोड्ने हामीसंग नैतिक तागत र साहस छैन । हाम्रो धर्म संस्कृतिको गहिरो प्रभाव र अमिट छाप छ जुन बिगतको निरन्तरताको निरन्तरता हो । प्रचण्ड निरन्तरताको क्रमभंगता भयो भन्नुहुन्छ तर एकाद अपवाद बाहेक सांस्कृतिक र धार्मिक जीवन शैलीमा बाच्ने अभ्यस्तता आज पनि उही छ जसलाई आजको भोलि बदल्ने चेस्टा समाजविज्ञानको गतिको बिपरित हुन्छ ।

 

 

सर्वप्रथम हार्दिक बधाई र शुभकामना कमरेड प्रचण्ड र सीतामातालाई । सीता माताको स्वास्थ्यमा चामत्कारिक सुधारको कामना । बिबाह सम्बन्धमा रहेपछि पचासौं वर्ष साथ सहयोग समर्पण र निष्ठा पाउनु चानचुने कुरा होइन। आजकल दाम्पत्य जीवन केही दिन,केही हप्ता ,केही महिना र केही बर्षमा भत्किन्छ, विघटनमा जान्छ, छिन्नभिन्न हुन्छ, यस्तो समाजको अघि पचासौ बर्ष आफैमा एक इतिहास हो  बिरलाकोटिको उदाहरण हो। राजनीतिको असाध्यै कष्टकर यात्रा, सधै झमेला, जहिल्यै हतार र प्राय सधै जिन्दगीको खतरापूर्ण यात्रामा निरन्तर साथ निश्चयनै धेरैका लागि चुनौती र दुर्लभ विषय हो तर प्रचण्डले आफ्नी जीवन संगीनीबाट जुन कुरा प्राप्त गर्नु भयो त्यो उल्लेख्य र महत्वपूर्ण कुरा हो ।

 

हरेक लोग्ने मान्छेको सफलता पछाडि स्वास्नी मान्छेको हात हुन्छ त्यो कहावत प्रचण्ड सीताको जीवनीले पुष्टी गर्छ। नदेखिने हात हैन देखिने दाहिने हात बनेर प्रचण्डको आरोह अवरोहलाई साक्षी र साथ सीता दाहालको रह्यो। जिन्दगीका दुरुह अत्यासपूर्ण, कठिन घडि देखि देसको कार्यकारी प्रधानमन्त्री हुदाँको सासकीय सुगम परिस्थितिसम्म सीता दाहालको अनवरत सहयात्रा जारी छ। बिवाह भएको पचासौ वर्षगाँठ यो पटक प्रचण्डले भव्य उत्सव र भोज गरेर मनाउनु भयो जसले हिजोको अतृप्त मनको असन्तुस्टी, अभाव र मनको अन्तर कुन्तरमा खड्किएको अप्रयाप्तातालाई साकार पार्नु भयो। प्रचण्ड सार्वजनिक व्यक्तित्व र राजनीतिको एक हस्ती हो जसको ’boutमा उसका व्यक्तिगत जिन्दगीको ’boutमा रास्ट्रले गम्भीर चासो र सरोकार राखेको हुन्छ ।

 

क्रान्तिको बाटोमा अझ जीवन मरणको दोसाधमा पलपल मान्छे मार्ने र मारिने खतरा सधै मोलेर हिड्ने व्यक्तिको जीवन सहयात्री हुनु पक्कै पनि सजिलो कुरा थिएन र हुन् सक्दैन। दस बर्षे कथित जनयुद्द कालमा सीताको निरन्तर साथ खतरा मोल्ने उनको पनि साहस अतुलनीय छ। महिला पुरुष समान सहभागिताको बेजोड नमुनाको रुपमा प्रतिबिम्बित छ। तर सीतामाताले दिएको साथ सहयोग समर्थन अहिलेको यूगमा हरेक पतिलाई आफ्नी श्रीमतीबाट अपेक्षित भन्दा अलि धेरै हो भन्दा अतियुक्ति नहोला ।आफ्ना शक्तिशाली पतिको श्रीमती भएर पनि कुनै राजकीय पदको लोभ आफ्नो लागि नदेखाउनु सिता दाहालको उत्तम राजनीतिक सन्दर्भ हो ।सीताले बनबासमा भगवान रामचन्द्रलाई साथ दिए झैँ आधुनिक सीताले पनि बनबासको क्रममा निस्वार्थ साथ दिएर आफ्नो पत्निधर्म निर्वाह गरिन जुन धेरैका लागि अनुकरणीय छ। त्यसो त प्रचण्ड स्वयं पनि सीतामाता प्रति खुवै कर्तव्यनिस्ठ देखिएका छन् आजभोलि । आफ्नी पत्नी सीताको स्वास्थ्य र आरोग्यताको लागि आफुले अपनाएको सिद्दान्तको बलि चढाउने र आफुलाई पून भौतिकवादको आँगनबाट आध्यात्मिक गुरु यानेकि धार्मिक अन्धता तिर लैजान बिबस छन ।

 

आफ्नी बिरामी श्रीमतीको लागि आफ्ना सारा मुल्य, मान्यता, सिद्दान्त र नारा अनि हिजोका कर्म भुलेर धर्मको शरणमा जानु धार्मिक भनिएकाहरुको गुनगानमा समय खर्चिनु अनि बाल योगी आदित्यनाथको चरणमा पुगेर उनको अलौकिक व्यक्तित्वको ’boutमा आध्यात्मिक प्रवचन दिनु एक मार्क्सवादीको चिन्तन र सोचाइमा आएको महान परिवर्तन र वैचारिक स्खलन हो यद्दपि यो सब आफ्नो र आफ्नो परिवारकोआत्मिक सुखको लागि, मानसिक दुख निवारणको लागि हो। पारिवारिक दायित्व, श्रीमती प्रतिको अटुट विश्वास र लगावको कारण नै भौतिकवादी दर्शन र विचारका प्रबक्ता आज आध्यात्मिक भएका छन्, देखिएका छन् ।

 

नेपाली माटोको धार्मिक सुगन्धमा प्रचण्ड बसिभुत छन । धर्म संस्कृतिक प्रतिको लगाव प्रचण्डको बाध्यता हो कि विचलन ? मलाई लाग्छ प्रचण्ड आफ्नै धरातल र पौराणिक विरासतमा फर्केका हुन् । बाध्यता, बिचलन, विसर्जन र स्खलन मानव निर्मित संस्कार र संयन्त्र हुन् जहाँ मान्छे सामजिक प्राणी हुनुको नाताले आवतजावत गरिरहन्छन । हुन त प्रचन्डलाई पनि मानिसहरु राजनीतिका पण्डितहरु उनी जे देखिदैनन त्यो हुन्, जे देखिन्छन त्यो होइनन यसको मतलव कुन बेला कतिखेर कस्तो बन्छन अनुमान र अन्दाज गर्न नसकिने पात्रको रुपमा चित्रित र परिचित छन् । लचकताको नाममा लम्पसार नै पर्ने र कठोर हुने नाममा ढाड नै भाचिने गरी ठाडो देखिने उनको स्वभाव धेरैकोनजरमा असजिलो गरी बसेको छ ।

 

सिद्दान्तलाई आफू अनुकुल ब्याख्या गरेर परिस्थिति अनुसार रंग बदल्ने क्षमताको कारण नै आज नेकपा एमाले र माओवादीको एकता सम्भव भएको हो । के पीको असिमित, बज्र सत्ताको भोक अनि शक्ति र सत्ता भन्दा बाहिर बस्दा आउने खतरा र झमेलाको प्रचण्ड आकलन नै एमाले माओवादी मिलनको प्रमुख कारण हो भनेर राजनीतिको कखरा जान्ने जो सुकैले फ्याट्टै भन्ने बिषय हो । आजको प्रसंग एमाले माओवादी मिलनको होइन प्रचण्ड जीवनको वैचारिक स्खलन र सांस्कृतिक रुपान्तरण हो। प्रचण्ड तिनै मान्छे हुन जसले मुर्ति पुजाको बिरोध गरे, मन्दिरका पुजारीको टुपी काटिदिने, जनै चुडाइ दिने अनिदेवता छैनन्, यो धर्म संस्कृति भनेको पाखण्ड हो, संस्कृत शिक्षा सामन्तवादीको वैचारिक शोषणको बलियो हतियार हो जसलाई बहिस्कार गर्नुपर्छ भने बहिस्कार गर्न लगाए, सम्भवत लम्जुंगका मुक्तिनाथ अधिकारी संस्कृत शिक्षा पढाउने आफ्नो अडानका कारण प्रचण्ड कार्यकर्ताद्वारा रुखमा बाँधेर निर्ममतापूर्वक मारीए, बिबाह सामान्य हुनुपर्छ भनियो, जनवादी बिबाहको नमुना पनि प्रस्तुत गरियो, मृत्युकर्मलाई हिन्दु धर्मको ढोंग भनियो र मृत्यु कर्म गर्न कतिपय अवस्थामा तत्कालिन समयमा रोक समेत लगाइयो र आफ्ना बाबु आमाको कृया गरिरहेका छोराहरुको क्रिया स्थलबाट उठाएर लगेर विभत्स मृत्यु रोजाईयो ।

 

प्रचण्ड आफैले पनि आफ्ना बाबु आमाको कृया गरेनन् तर समयको फैसला सधै कहाँ एकनासको हुदो रहेछ र ? आफ्ना बाबुको मृत्युहुदा सुटमा ठाटिएर लेदरको जुत्ता लगाएर क्रान्तिकारी दागबत्ती दिने प्रचण्ड छोरी ज्ञानुको मृत्युहुदा सामान्य पहिरनमा आर्यघाट पुगेर सार्वजनिक रुपमा आशु झार्न पुगे ।आफ्ना सन्तानको माया कसलाई हुदैन र प्रचण्ड पनि हाम्रो धर्तीका अरु जस्तै शारीरिक अवयव भएका मानिस हुन् उनीसंग पनि आसु हासो सुख दुख छ, मानवीय संवेदना छ तसर्थ अरुलाई झैँ उनलाई पनि दुख्ने पोल्ने हुन्छ नै । देश र आफ्नो भूगोलको सांस्कृतिक चेतना, परम्पराको अटुट शृंखला र धार्मिक आध्यात्मिक भावना एकाएक कहाँ हराउछ जुन मान्छेको रगतको कण कणमा बगेको हुन्छ जसलाई मेटाउन हटाउन सजिलै सकिन्न जुन कुराको अप्ठ्यारो सिद्दान्तमा जे भने पनि प्रचन्डलाई गहिरोसंग परेको कुरा उनका यावत गतिबिधि र परिवर्तनले संकेत गरेका छन् ।

 

आफुलाई दुख पर्दा मान्छेले पुकार्ने पहिलो नाम आमा र भगवान हो।हामी पूर्वीय दर्शन शिक्षा धर्म संस्कृति र सभ्यताबाट दीक्षित र अनुप्राणित नेपाली हौ।आफ्नो संस्कृति धर्म प्रति यदाकदा विचलित बने पनि त्यसलाई चटक्क छोड्ने हामीसंग नैतिक तागत र साहस छैन यत्र तत्र सर्वत्र हामी धार्मिक प्रवृति र अनुस्ठानबाट बाधिएका छौ । जहाँ जाउँ, जसो गरौ हाम्रो ब्यबहार, जीवन शैली, पद्दति आचरण र ब्यबहारमा धर्म संस्कृतिको गहिरो प्रभाव र अमिट छाप छ जुन बिगतको निरन्तरताको निरन्तरता हो । प्रचण्ड निरन्तरताको क्रमभंगता भयो भन्नुहुन्छ तर एकाद अपवाद बाहेक सांस्कृतिक र धार्मिक जीवन शैलीमा बाच्ने अभ्यस्तता आज पनि उही छ जसलाई आजको भोलि बदल्ने चेस्टा समाजविज्ञानको गतिको बिपरित हुन्छ ।

 

हामीले राजनीतिक परिवर्तनको खातिर राजा फाल्यौ तर हाम्रो सांस्कृतिक परम्परा र शैलीमा आज पनि राजाको स्थानलाई नकार्न र त्याग्न सकेका छैनौ। हामी हर ब्यबहारमा हर जिन्दगीमा सांस्कृतिक निरन्तरताको पक्षमा चाहेर नचाहेर बाधिएका छौ जसको पछिल्लो प्रमाण प्रचण्डको पुन बिबहा अनि त्यसको सामाजिक र मनोवैज्ञानिक अध्ययन हो। सामाजिक र ब्यबहारिक अनि पारिवारिक कारणले हाम्रा आस्था र विश्वास कति छिटो गर्ल्याम गुर्लुम ढल्छन भन्ने कुराको लागि अरु प्रमाण र तथ्य खोतल्नु जरुरि छैन प्रचण्डमा आएको विचलन हेर्दा पुग्छ। व्यक्तिको मनोविज्ञान समाजको मनोविज्ञान संग कसरी जेलिएको हुन्छ ? मान्छे आफुलाई नपरी चेत्दैन भन्ने ताजा उदाहरण हुन प्रचण्ड। आफ्नो बाबुको मृत्यु , छोरीको मृत्यु अनि एक मात्र जवान छोराको मृत्युले प्रचन्डमा जुन बदलाव आयो त्यो हाम्रो धार्मिक सांस्कृतिक मनोविज्ञानको प्रभाव हो। पिताको देहावसान देखि छोरीको महाप्रस्थान अनि अकल्पनीय रुपमा छोराको देहान्तले प्रचण्ड अति कमजोर मनोविज्ञानमा छन त्यसैले उनले बिगतका आफन्तको मृत्यु वियोग भन्दा फरक रुपमा आफुलाई प्रस्तुत गरे। छोराको दागबत्ती दिदा कट्टर हिन्दुधर्मका अनुयायी झैँ प्रस्तुत भए भलै उनले १३ दिने कृयाकर्म गरेंनन तर एक भौतिकवादी चिन्तक धार्मिक अस्थातिर बिस्तारै झुक्दै र गल्दै गए, घिसरिदै गए निहु र बहाना जे सुकै होस् ।

 

यिनको यो स्वीकारोक्ति सांस्कृतिक सामाजिकीकरणको अभिन्न्ताको अभिव्यक्ति हो तसर्थ समाज र संस्कृति अनि धार्मिक रुढता एक व्यक्तिले एक चुड्का बजाएको भरमा परिवर्तन हुन कठिन हुन्छ। हिन्दु धर्म र संस्कृति अनि परम्परा सबै एकै होइन् र समग्रमा एकै भनेर बुझिन्छ त्यो बुझाई परिवर्तन गरि यहाँ भित्रका अवैज्ञानिक परम्परा र चलनलाई छोड्नु , परिमार्जन गर्नु र परिस्कृत रुप दिनु आजको टडकारो आवस्यकता हो तर विल्कुल निषेध र प्रतिसोध गरेर यसमा परिवर्तन खोज्नु मुर्खता हो । यसर्थ प्रचण्ड अब धर्मलाई पाखण्ड र अफिम भन्ने स्थितिमा छैनन् । बस्तुवादी भएर सोच्नु बुझ्नु र ब्यबहार गर्नु आजको प्रचण्ड मनोदशा हो ।

 

आत्मिक चैन र शान्ति बिनाको जीवन कसैलाई मन पर्दैन र प्रिय हुदैन अशान्तमनले सधै दुविधा र संकालु बनाउछ। राजनीतिका धुरन्धर विद्वानहरु भन्छन यदि हाम्रो पूर्वीय धर्म संस्कृति वेद, पुराण, उपनिषद र महाभारतको यथेस्ट अध्ययन मार्क्सले गरेको भए धर्मलाई अफिम भन्दैन थिए होला। पश्चिमा धर्म संस्कृति र धार्मिक पुस्तक पढेका भरमा मात्र मार्क्स धर्मलाई अफिम भन्ने निष्कर्षमा पुगे यो तर पूर्वीय दर्शन बेद बेदान्तको अध्ययनको समय उनलाई मिलेन यदि मिल्थ्यो भने धर्म र संस्कृतिलाई हेर्ने मार्क्सको दृष्टिकोण विल्कुल फरक हुन्थ्यो होला मानवीय संवेदनाका कुरा पनि यतिबेला गर्नु मनासिब हुन्छ । प्रचण्ड यतिबेला आफ्नी जीवन संगीनिको कस्टकर असाध्यै रोगका कारण तनावमा हुनुहुन्छ।

 

मृत्यु विगोगका पीडाले एक पछि अर्को बज्रपात सहदै झेल्दै र पचाउदै आउनुभएको प्रचण्ड आज सिता दाहालको स्वास्थ्यको कारण आफै विक्षिप्त बन्नु भएको छ र सकेको पतिधर्म निभाउन च्युत हुनुभएको छैन, उहाको उपचारको लागि देश विदेश धर्म, दर्शन, अनुष्ठान, भाकल पूजा बलि सबै गर्न हिच्किचाउनु भएको छैन जुन कुरा एक श्रीमतीको अहोभाग्य हो। आफुले स्थापित गरेका मुल्य मान्यता, भौतिकवादी दर्शन सबै सबैलाई तिलान्जली दिएर श्रीमतीको खुशी र सुखको लागि आत्मिक आनन्दको लागि सबै कुरा बिर्सजन गरेर नितान्त नविन जीवन बाच्न अभिशप्त हुनुहुन्छ। के सीताको सुस्वास्थ्यको लागि मात्रै यी सब कुरा गर्नप्रचण्ड राजी हुनुभएको हो ? बिभिन्न विश्लेसक र आलोचकहरुले यसलाई आ आफ्नो कोणबाट बुझेका छन् कोहि भन्छन स्वअस्तित्वको खोजी गर्दा गर्दै डिप्रेसनमा गए झैँ लाग्यो छोरा छोरीको मृत्यु र श्रीमतीको बिरामी बहाना मात्रै हो भित्री चुरो र अन्तर्य बुझिनसक्नु छ तर मलाई त्यस्तो लाग्दैन सबै कुराको एकमुष्ठ पश्चाताप प्रचण्ड गर्न खोज्दैछन ।

 

संस्कृति अतिक्रमण हजारौ हजार मान्छेकोको भौतिक क्षय, खरबौ सम्पतिको नाश, बसमा जिउदै जलाईएका कलिला नानीहरु, टुपी काटेर ढुंगाले कुटी कुटी मारेको बजिया बाहुन, पढाउदा पढाउदै घिसारेर स्कुल प्रांगणमा बिद्यार्थीका अघि मारीएको नाथे मास्टर, समाचार लेखेको भरमा स्वास्नी छोराछोरी र बाउआमाको अघिल्तिर जिउदै गाडिएको मुला पत्रकार, बाउको कृया गर्न गएको सिपाही र्दुश्मन भनेर पिट्दै सहर घुमाउदै गरेको हत्या अनि आफ्नै दाइको अगाडी बलात्कृत बैनीको झल्को जनयुद्दका क्रममा भएका ज्यादती र घटना हुन जसको जिम्वेवारी प्रचण्डको हो तसर्थ यी सबै संयोग, वियोगले सिताआमाको मनमा शान्ति छैन, प्रचण्ड पनि यी सबै घात प्रतिघात बाट पिडित हुनुहुन्छ ।

 

पुत्री वियोग, पुत्र वियोग अनि सारापिडित बेपत्ता घाइतेहरुको दर्दनाक स्थिति देख्नुपर्दा सिता माताको स्त्रीमन बिचलित नहोस पनि कसरी ? एउटा नारी हृदय दुख्यो, पोल्यो र भयभित बन्यो धर्म संस्कृति र समाजको मनोविज्ञानले पनि प्रभावित बनायो र सितामाता बिरामी पर्नुभयो जसको प्रत्यक्ष असर प्रचण्डमा पर्नु अस्वाभाविक होइन त्यसैले आफ्नो भव्य विबहा समारोहमा नै प्रचन्डले स्वीकार गर्नुभयो यो सब सिताजीको खुशी र आत्मिक स्पर्शका लागि हो उहाँको सुस्वास्थ्य र दीर्घायूको लागि हो यो हदको लचकता र हार्दिकता एक क्रान्तकारी योद्दाको महानता र पारिवारिक खुसीको लागि गरेको त्याग भनेर प्रसंसा गर्न सकिन्छ । अनुभव र अनुभूतिको तहमा गहिरिएर प्रचण्डले बुझ्नु पर्ने बुझाउनुपर्ने तथ्य र सत्य के हो भने प्रचण्डको जस्तो मुटु छ त्यस्तै मुटु प्रचण्डको जनयुद्दको कारण सब घर परिवार गुमाएका, विचल्लीमा भएका, अनाहकमा मारिएका नागरिक, बेपत्ता, अंगभंग भएका तिनका छोराछोरी र बाबुआमा सबैको पनि छ। तिनका पनि दुखका महासागर छन्, अप्ठ्यारो र दुरावस्थाका दुर्दान्त दिनहरु छन् । गंगमायाले आफ्नो छोरा मार्नेलाई सजाय देउ भन्दा संगै भोकै बसेको पति गुमाउनु पर्यो प्रचण्ड कमरेड तपाइले बिबाहको पचासौ वर्ष गांठ मनाउदा भोकै मरेका श्रीमानको अन्त्यस्टि गंगामायाको धार्मिक परम्परा भुल्नु हुदैन ।

 

आफ्नो मृत पतिको अन्तिम बिदाइको परम्परागत हक गंगामाया बाट खोसिनुको मानवीय संवेदना सबैको हकमा बराबर हो। पद ,प्रतिष्ठा इज्जत र रबाफमा निर्धारित हुने कुरा होइन। चोट पर्दा, हात्ती मुसा र कमिलाले फरक फरक अनुभूति गर्दैनन् त्यस्तै आफ्नो छोरा काल गतिले मर्नुमा तपाईहरुको पिडा र अनाहकमा जवान छोरा तपाइको बन्दुकको कारण नन्दप्रसाद र गंगा मायाले गुमाउनुको संवेदेना कुनै चै घटी बढी होला ? तपाईलाई चोट पर्दा जति दुख्छ त्यति नै दुख १७ हजार नेपालीले भोगेका छन्, बहुलाएका छन् बिक्षप्त भएका छन्, यो धर्तीमा बाच्ने अधिकार उनीहरुको पनि उतिनै थियो जति तपाईको छ ? त्यसैले प्रचण्ड कमरेड अब नहुनु भै सके आत्माबोध गरेर पछुताउनुको विकल्प छैन अब जे गरे जसो गरे पनि मरे, मारेको ज्यान फर्कदैन त्यसैले क्षमायाचना भनेको अब त्यो विगत बिर्सने जसको लागि मानवहितको कल्याणकारी कार्यमा आफुलाई समाहित गराउने जहाँ आफ्नो विचार समुह र पार्टी होइन देश होस् मानव हुन् अनि फराकिलो मानवता होस् ।

 

प्रचण्ड कमरेड धर्ममा केहि छैन हैन धर्ममा धेरै थोक छ। धर्ममा सिंगो सभ्यता छ। देश छ जन जनको मनको ढुक ढुकी छ। हजारौ अबोधको रगतले रंजित बिगत अब मेटाउनु पर्छ स्वर्ग नर्क यहि जुनीमा शायद यहालाई पनि विश्वास भयो होला। राजा प्रताप मल्लले रानीपोखरी बनाए झैँ तपाईले पनि आफ्नो दिगम्बत छोराको चिर शान्ति र सिता म्यामको मानशिक खुशीको लागि कुनै मन्दिर र देवालय बनाउने मनस्थितिमा तपाई हुनुहुन्छ तर देखावटी त्यो गर्न तपाईलाई लज्जा महशुस हुन्छ तर अब लजाउनु पर्दैन कमरेड मन खोलेर धार्मिक गतिबिधि गर्नुस जसले तपाइलाई देखेर देखाएर पनि नेपालमा धार्मिक पर्यटक आकर्षित गर्न सकियोस। ढिला भए पनि तपाई आफ्नो संस्कृति र धर्ममा फर्कनु बिगत प्रति प्राय्स्चित गर्नु देसको हितमा हुनेछ।

 

तर आफु सुध्रिएको देखाउन कुनै ब्यापारी , तस्कर र नव धनाड्यको सहारा लिनु पर्दैन जसरी आफ्नो पचासौ बिहे उत्सव बिबादित ब्यापारीको प्रयोजनमा मनाउनु भयो त्यो तरिका र यो शैली छोड्नुपर्छ। अन्यथा जनताले र तपाइको कारण मृत्यु बरण गर्नेहरुले कहिल्यै माफिदिने छैनन्। तपाई प्रतिको घृणा मेटाउन जनताको मन छुने कार्य गर्नुस l

 

एनसेल प्रकरणमा मुछीएका राज्यसग मुद्दामामला गरिरहेका ब्यापारीको प्रायोजन र उनको घरलाई आफ्नो पवित्र विवहा उत्सवको मण्डपलाई सर्वसाधारण जनताले मात्रै हैन तपाईको पार्टीका नेताकार्यकर्ता स्वयं ले असहज ठानेका छन् जनताको विवेक माथि हेक्का राख्नुमा सबैको हित निहित छ ल बिबाहको पचासौ वर्ष गाँठको अवसरमा कमरेड प्रचण्ड र सिता दाहाललाई हार्दिक बधाई र शुभकामना ! सितामाताको सिघ्र स्वास्थ्यलाभको कामना !