मुगुको मुगु

शब्द/तस्विर : कविराज कार्की 

मुगु जिल्लामा भएका थुप्रै पर्यटकीय स्थलहरु मध्य रारा ताल पछि मुगु गाँउलाई पनि लिन सकिन्छ । समुन्द्र सतह देखि करीव ३ हजार ३ सय ५५ मिटरको उचाँइमा रहेको यो बस्तिमा लामा समुदायहरु बसोवास छ ।

सुन्दर एवं  चिनको तिब्बत सिमानामा पर्ने मुगु गाँउकै नाम बाट यस जिल्लाको नामाकरण भएको हो । उच्च लेकाली वस्ति भएकै कारण यस ठाँउमा आलु र नाफल बाहेक अन्य कुनै वाली फल्दैन । करीव १ सय २१घर धुरी भएपनि हिउदमा जाडो छल्न देशका विभिन्न ठाँउमा बसाई सर्ने गर्छन् ।

यार्सा संकलनको बेला भने सबै जना गाँउ फर्किन्छन् ।

मुगु कर्णालीका फराकिला फाँट परम्परागत र आधुनिक घरहरुको मिस्रित वस्ति देख्दा जो कोहिको पनि मन लोभिन्छ । वस्तिका नजिकै झरेको झरना खुला फाँटमा निर्मीत बुद्धको अग्लो शालीकले साँच्चै मुगु स्वर्गनै हो जस्तो भान हुन्छ । बाटो र यत्र तत्र फूलेका आकर्षक लेकाली वनस्पती र फूलहरुले  मुगु गाँउको सुन्दरतामा थप सुन्दरता थपेका छन् ।

मुगु कर्णालीको नाग बेली बहावले त्यहाँ जाने जो कोहि पनि फर्कीन गाह्रो मान्छन् । हिउदमा अत्यधिक हिमपात र चिसोले बस्न कठिन भए पनि यतिखेर भने त्यहाँको सुन्दरताले मुगु पुग्ने जो कोहिलाई लोभ्याउँछ ।

मुगु गाँउ पुग्ने भरपर्दो बाटो निर्माण गरी बास बस्नका लागि होमस्टेको राम्रो व्यवस्था गर्नु पर्ने देखिन्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

#experienceNepal #visitnepal2020
#NepalTourismBoard