बेथिति कहाँ छैन र नेता ज्यू ?

मार्क्सवादीहरु भन्छन, गैरमार्क्सवादीहरु पनि स्वीकार गर्छन ‘‘ व्यक्ति एक्लैको पौरख सामर्थ्य र प्रगतिले समाज कदापि खुशी र सुखी बन्न सक्दैन, व्यक्तिको एक्लो प्रयासले देश बन्दैन मनुष्य आफ्नो सामजिक परिवेसको उपज र उत्पादन हो त्यसैले बृहत्तर सामाजिक न्याय र वितरणको व्यवस्था आवश्यक हुन्छ  । ’’ व्यक्ति आदर्श र उदाहरण बन्न सक्छ तर सबै परिवर्तन थिति बसाल्न उसको व्यक्तिगत प्रयास र त्यागले मात्र सम्भव हुदैन, ब्यबस्थामा आमुल परिवर्तन चाहिन्छ, प्रणाली नै चुस्त दुरुस्त र फुर्तिलो हुनुपर्छ बेथिति उखालेर थिति बसाल्न सहज र चुड्की मारेको भरमा सम्भव छैन त्यसको लागि अगुवाले केहि स्वार्थ छोड्न सक्नुपर्छ  ।

 

 

 

प्रधानमन्त्री व्यबस्थापिका संसदको रोस्टममा उभिएर भन्नुहुन्छ म भ्रस्टाचार गर्दिन र हुन् दिन्न मेरो कार्यकालमा भ्रष्टाचारमा न्यूनता आएको छ सोही रोस्टममा उभिएर उहाँकै पार्टीका संसद भन्नुहुन्छ भ्रष्टाचार कहाँ छ हैन कहाँ छैन ?

 

देसभर भ्रष्टाचारको भयाबह जालो छ त्यो हामीलाई थाह छ  । हुनतः प्रधानमन्त्रीको कुरा पत्याउनु पर्ने हो तर उहाको कुरालाई भन्दा संसद अग्नि सापकोटाले बोलेको कुरा पत्याउनु पर्ने र सबैले देखिजानेको तथ्य हो भ्रष्टाचार देशव्यापी छ । लाग्छ भ्रष्टाचार नभएको ठाउँ नै छैन भ्रष्टाचार आर्थिक मात्र छैन नैतिक र नीतिगत पनि छ कार्यालयमा समयमा कर्मचारी आएन त्यो पनि भ्रष्टाचार हो  । कर्मचारी समयसम्म कार्यालय बसेन त्यो पनि भ्रष्टाचार नै हो  । थितीको उदाहरण बिरलै त्यसमाथि पनि व्यक्तिमा यदाकदा पाइन्छ तर सिंगो संघ, संस्थामा, परिवार र समुदायमा थिति पाउन मुश्किल छ  । सिहदरबार देखि गाउको वार्ड तहसम्म बिकृति र बेथितिको पकड छ  । बेथितिको जन्जाल चै नभएको ठाउँ छैन तर थिति असल चालचलन, परिपाटी, रहनसहन, संस्कार र तौर तरिका सबैको सन्तुलित र ब्यबस्थित रुप चै प्राय कहिँ पाइन्न  । किन यस्तो हुन्छ ? एक व्यक्तिको आदर्शले समाज परिवर्तन हुन्न समाज परिवर्तन गर्नको लागि सामुहिक पद्दति र प्रणाली नै परिवर्तन गर्नु जरुरी हुन्छ  ।

 

मार्क्सवादीहरु भन्छन, गैरमार्क्सवादीहरु पनि स्वीकार गर्छन ‘‘ व्यक्ति एक्लैको पौरख सामर्थ्य र प्रगतिले समाज कदापि खुशी र सुखी बन्न सक्दैन, व्यक्तिको एक्लो प्रयासले देश बन्दैन मनुष्य आफ्नो सामजिक परिवेसको उपज र उत्पादन हो त्यसैले बृहत्तर सामाजिक न्याय र वितरणको व्यवस्था आवश्यक हुन्छ  । ’’ व्यक्ति आदर्श र उदाहरण बन्न सक्छ तर सबै परिवर्तन थिति बसाल्न उसको व्यक्तिगत प्रयास र त्यागले मात्र सम्भव हुदैन, ब्यबस्थामा आमुल परिवर्तन चाहिन्छ, प्रणाली नै चुस्त दुरुस्त र फुर्तिलो हुनुपर्छ बेथिति उखालेर थिति बसाल्न सहज र चुड्की मारेको भरमा सम्भव छैन त्यसको लागि अगुवाले केहि स्वार्थ छोड्न सक्नुपर्छ  ।

 

देशको कार्यकारी शक्ती हातमा हुनेले देस बनाउने संकल्प र अठोट गरेर सो मुताबिक आफुलाई निस्कलंक प्रस्तुत गर्यो भने व्यक्तिकै माध्यमबाट धेरै परिवर्तन गर्न नसकिने चै होइन  । उदारता र त्याग देखाउने हिम्मत गर्नुपर्छ  । आफ्नो सुबिधा र सेवा देखि सुरक्षा सम्ममा पुनरावलोकन गर्न सक्नुपर्छ । अगुवा नै परिवर्तन गर्न थिति बसाल्न्न र बेथिति उखेल्न मानशिक भौतिक रुपमा तयार हुदा त्यसको साथ र समर्थनमा आउने प्रशंसाको बाढी ठुलो छ जस्तो आज आफ्नो जिम्वेवारी पुरा गरेकै भरमा बिद्युत प्राधिकरणमा कुलमानको ख्याती लोभलाग्दो गरि चुलिएको छ । आखिर कुलमानले जिम्मेवारी पुरा गरेका हुन कुनै समाजसेवा र स्वयंसेवा होइन तर उनी भन्दा अघिका हाकिमहरुको नालायकीको कारण उनी हिरो बन्न सके काम गर्नेलाई प्रोत्साहन दिनुपर्छ त्यो हक उनका लागि सुरक्षित छ । प्रसंसा गर्न कन्जुस छैन नेपाली जाती । यसको अर्थ यो होइन कि कसैले खुट्टा तान्ने र लडाउने काम गर्दैन । सबै ठाउँमा सकारात्मक नकरात्मक कुरा हुन्छन तर सकरात्मकता नै हाम्रो अभिस्ट हो।

 

केही वर्ष अघि त्रिभुवन विश्वबिद्यालयका प्रबुद्द गुरुहरु सरकारसंग क्रुद्द हुनुभयो र स्वत स्थाई हुने माग सहित आन्दोलनमा जानु भयो, आन्दोलन उहाँहरुको अधिकार थियो होला, वर्षौ वर्ष पढाउदा पनि स्थाई हुन् नसकेकोमा रोष र विद्रोह थियो होला तर स्वत स्थाईको माग गर्ने प्राज्ञ र वौद्धिक वर्गको आन्दोलन कति लजास्पद कति घृणित देखियो ? नेपालको सबैभन्दा ठुलो र पुरानो प्राज्ञिक स्थल त्यस्तो लाजमर्दो माग राखेर आन्दोल गर्ने ठाउँ बन्नुले हाम्रो बौद्दिकता र प्राज्ञिकता केवल शैक्षिक खर्चको रसिद मात्रै भएको पुस्टि भएन र ? वास्तविक शिक्षा व्यक्तिको आचरण र स्वभाव अनि संस्कारबाट झल्कनु पर्ने हो तर त्यसो भएन गुरुहरुनै तल्लोस्तरको माग राखेर आन्दोलनमा आउनु पर्यो ।

 

स्वत स्थाई पनि प्राज्ञ स्थलको कुनै मर्यादा र इज्जतको कुरा भयो र ? त्रिभुवन विश्वविद्यालय जसले लाखौ विधार्थी शिक्षित दीक्षित गर्यौ त्यहाँ कै गुरुहरुको यो रोदन र चित्कार भए पछि त्यहाँबाट उत्पादित बिद्यार्थी प्रतिस्पर्धी बजारमा कति संकटग्रस्त होलान ? गुरुलाई गर्ने सम्मानमा कति आंच आयो होला ? विश्व विद्यालयको यस्तो हाल बनाउने हाम्रो राजनतिक प्रणाली र नेताहरुलाई पनि यो घटनाले अलिकति पनि सरम लागेन भएन भन्नेकुरा त्रिभुवन बिश्वबिध्यालयका पुर्व उपकुलपति केदारभक्त माथेमाको गुनासो, आक्रोश, सुझाव पढ्दा सुन्दा बुझिन्छ ।

 

माथेमा सर भन्नुहुन्छ आज पनि राजनीतिक हस्तक्षेप मुक्त त्रिवि बनाउन नेताहरु तयार छैनन् आज पनि शिक्षा ऐनमा आफ्ना बफादार भर्ति गर्ने र बफादार नहुनेलाई सजिलै फायर गर्ने कानुनको बन्दोबस्त गर्न लागिपरेका छन् । कसरी योग्य हायर गर्ने नीति बन्दैछैन तर आफ्नो अनुकुल निर्णय नगर्नेलाई कसरी फायर गर्ने भन्ने नीतिको तर्जुमा हुदैछ । यसको अर्थ हो अब केहि समय पछि त्रिवि र हाम्रा सरकारी क्याम्पसहरु मसान घाटमा परिणत हुदैछन । अहिले बन्दै गरेको शिक्षा देसको प्राज्ञिक थलोको यस्तो हालत भए पछि हाम्रो शिक्षा, धर्म संस्कृति, थिंक ट्यांक, प्राज्ञिक मर्यादा र अवस्था अवश्य बिकराल र विघटन उन्मुख छ यो रास्ट्रको लागि राम्रो संकेत होइन र छैन ।

 

किन बिग्रियो हाम्रो प्राज्ञिक र बौद्धिक थलो ? कसरी थला पर्यो रुग्ण बन्यो शिक्षाको घर ? माथेमा सरकै शब्दमा ‘’ इट बिलङ्स् टू नो वन’’ अर्थात् कुनै पनि सार्वजनिक कलेजमा अपनत्व रहेन, कोही जिम्वेवार हुनुपरेन । तलब, सेवा सुबिधा, दरबन्दी सबै सरकारले गरिदिने भएपछि सार्वजनिक कलेजहरुमा कसैको अपनत्व रहेन तलब आइहाल्छ पढाए पनि भयो नपढ़ाए पनि भयो राजनीतिक पार्टीको झण्डा बोक्यो बस पुग्यो सारवजनिक सम्पति मेरो हो भन्ने भाव हरायो । प्राज्ञिक थलो थिंक ट्यांक नै बिक्षिप्त भएको देशमा ट्राफिक अनुशासन मान्दिन भनेर ट्याक्सी चालकको हड्ताल कुन नौलो कुरा भयो र ? विश्व बिद्यालय भनेको समग्र रास्ट्रको लागि ज्ञानको भण्डार र शिक्षाको मूल श्रोत हो । चिट चोर्न नपाउदा शिक्षक पिट्नु र नाराबाजी हुनु कुनै आश्चर्य भएन देशमा।

 

शिक्षाको केन्द्रदेखि तलसम्म उपकुलपति, रेक्टर, रजिस्टर, डीन क्याम्पस प्रमुख, विभागीय प्रमुख सबै सबैमा योग्यता र क्षमता र शैक्षिक योजना बिना प्रतिस्पर्धा आफ्नो पार्टीको आधारमा नियुक्त गर्ने प्रचलन २०४६ को बहुदल आगमन बाट भित्र्याईयो तब देखि टियू मर्यादित प्राज्ञिक थलो रहेन स्खलित बन्दै गयो । शैक्षिक स्थल अपवित्र भए र बनाए पछि अरु ठाउँ र स्थान त्यसै अपवित्र बन्दैजान्छन भन्ने नमुना हेर्न अन्त जानुपर्दैन जुनजुन स्थल राजनीतिको भर्तीकेन्द्र बने प्राय सबै समाप्त भए या अधोगतिमा छन् । शिक्षामा भ्रष्टाचार भएपछि सभ्य समाज र देश बन्दैन र बनेन जसको ताजा अभिलेख हामी हौ हाम्रो देश हो । यसको कारक तत्व यो देशमा हाल सम्म पालैपालो शासन गर्ने पार्टी र यो देशका नेताहरुहुन । शिक्षा धरासायी भएमा देसको सबैकुरा नासिदै बिग्रदै जान्छ जसको निर्मम चपेटाले देश आहत छ घाइते छ ।

 

मेरो जात धर्म र समुदाय नै मेरो क्षमता, योग्यता र अधिकार भनेर वकालत गर्ने जातीय संगठन फस्टायो भनेर किन चिन्ता गर्नु ? पत्रकारको लेखकीय स्वच्छन्दता र स्वतन्त्रताले निर्दोषको तोरीबारी फाडदा पनि केही गर्न नमिल्ने अधिकारको लागि पत्रकारको स्वर चर्को नहुनु किन ? लोकतान्त्रिक गणतन्त्रमा आफूले गर्न मन लागेको गर्न पाउनु पर्ने छूट नभएको राज्यको नियम कानुन किन मान्नु पर्यो र ? हामी कस्तो स्वतन्त्रता र स्वच्छन्दता उपयोग गर्दैछौ यस्तो स्वतन्त्रता शायद संसारका कुनै पनि मुलुकमा छैन ।चाहिनेभन्दा बढी अधिकार स्वतन्त्रता पाएर पनि होला हामी अन्यमनस्क छौ किंकर्तब्य बिमुढ़ मात्रै छैनौ अराजक र अमर्यादित थितिमा अभ्यस्त छौ । अधिकार कहिल्यै नपुग्ने तर कर्तव्य र दायित्वबाट सधै पन्छिने बानीले हामीलाई पुलिसले चोर समात्यो भने पनि वा क्याबात भन्ने रहर जागेको छ ।

 

थिति हाम्रो यसरी पनि बिग्रेको छ । कस्ट सहन गार्हो लागेर प्राकृतिक रुपमा जन्मने बच्चालाई पेट चिरेर बेरित ले जन्माउन उद्दत बन्छौ । सौन्दर्य चेत यति धेरै छ कि आफ्नो सन्तानलाई स्तनपान गराउदा स्तनको सौन्दर्य र आकारमा परिवर्तन आउछ, खोट देखिन्छ भनेर नानी बाबुलाई स्तनपानबाट बन्चित गराउछौ । कृतिमता रोज्नाले पनि हाम्रो मौलिकता सकिएको छ धैर्य र सहनसिलतामा कमि आएको छ । कृषियोग्य उर्बर माटो छ , अपार जलश्रोत छ तर कृषि उपज, खाद्यान्न अरबौ अरब विदेशबाट आयात गर्छौ र आत्मनिर्भरताको गफ उराल्छौ ।

 

क्याम्पसको बिद्यार्थी युनियनको चुनाव लडन सजिलै दस बार्ह लाख एकजना सभापतिको उमेदवारको खर्च स्वाभाविक ठान्छौ अनि बिद्यार्थी नैतिकवान बन्नुपर्छ अनियमितता विरुद्द बिद्यार्थी लड्ने पहिलो हतियार हो भन्छौ । अख्तियार प्रमुख नै सबैभन्दा बढि अख्तियार दुरुपयोगको आरोपमा मुछिन्छन र घुष खाएको आरोपमा समातिन्छन । तर पनि सामान्य सेवाग्राही उनीसंग तर्सनु पर्ने स्थिति छ । प्रहरी भगवान लाग्नुपर्ने हो तर दैत्य र राक्षस जस्ता लाग्छन । शिक्षक आफ्नी छोरी जस्ती बालिका बलात्कार गर्छ । सुन ब्यापारी पित्तल मिसाएर बेच्न पाउनुलाई आफ्नो ब्यापारिक हक सम्झन्छ ।

 

किसानको खेत बारीबाट पांच ठाउ बिचौलियाको घेरा काटेर रु बीसको तरकारी १२० भएर किचनमा छिर्दा पनि सरकार मौन नै रहन्छ । सम्पति भए न्यायमा पहुच पुग्छ अन्यथा गरिबको लागि न्याय एकादेसको कथा या रामशाह कालिन इतिहास मात्रै हो। आफ्नो ब्यबसायिक पेशागत हक हितको लागि खोलिने कर्मचारी संगठन आफूभन्दा माथिका हाकिमलाई थर्काउन, आफु कमाइ गर्ने ठाउमा पुग्न र मन्त्रीसंग कुस्ती खेल्न बढी कामयावी भएका छन् । आफ्नै पार्टीका संगठनले पनि काम गर्न बाधा खडा गरेको कटु अनुभव मन्त्री लालबाबु पण्डितले खुलासा गरेको दुई वर्ष अघि नै हो ।

 

अब हामी खोजौ बेथिति कहाँ छ ? देशका ठुला ठुला ओहोदाका मान्छेहरु सुबिधाको नाममा जति पनि दोहोरो तेहेरो सुबिधा लिन्छन, भान्से ड्राइभर र सहयोगीको तलब समेत आफ्नै खातामा राख्छन, जनतालाई सास्ती दिनुलाई आफ्नो मर्यादा कायम गरेको सम्झन्छन तव देसमा थिति कसरी बस्छ ? राजनीति गर्न कार्यकर्ता, चुनाव जित्न जनता अनि सांसद, मंत्री, प्रधानमन्त्री र रास्ट्रपतिको पिए राख्न चै खोजी खोजी आफ्ना सालासाली, भाइ भतिजा, भान्जा भिनाजु र आफन्त र निकट मात्रै अनि कसरी शुरु हुन्छ अवसरको समानुपातिक वितरण ? अनि किन बन्दैन मान्छे बिद्रोही ? किन बोक्दैन बम, किन पडकाउदैन बन्दुक यद्दपि हिंसात्मक गतिबिधि प्रति मेरो तीव्र बिमति र बिरोध छ ।

 

हुलदुंगा गर्ने, देशनै टुक्र्याउने गतिबिधि गर्ने असान्त बातावरण बनाउने र मान्छे मार्नेलाई सिह्दरबारको ढोका सजिलैसँग खुलेको देख्दा किन शान्तिपूर्ण र अहिंसात्मक आन्दोलन मान्छेको रोजाइमा पर्छ र ? जबर्जस्ती करणी गरेको प्रमाण र तथ्यको आधारमा जेल बस्न गएको कैदी बन्दी होटलमा महिलासंग रोमान्स गर्न पठाउने उदारवादी छवी भएको जेलले दिने सन्देसले अपराधकर्म पश्चाताप गर्छ कि प्रोत्साहित हुन्छ ? जेल यातना गृह होइन सुधार गृह हो तर अपराधीलाई होटल होटलमा महिलासंग रोमान्स गर्न पठाउने सुधारवादी चरित्र हाम्रो लोकतन्त्रको छाडापनको अति निच उदाहरण होइन र ? अब पनि यस्तै चालाले देश कतिन्जेल चल्छ ? देश बदल्न पहिले आफ्नो घेरफेरा बदल्ने आँट देखाउनु पर्छ उच्चपदस्त माहानुभावहरुले ।

 

तपाईहरु जो शक्तिसंग नजिक हुनुहुन्छ चाहे सत्तापक्ष हो या प्रतिपक्ष र अरु शक्ति केन्द्रको नजिक रहनेहरु सबैले आफ्नो घेरालाई नियाल्नु पर्यो । कस्ता मान्छे र कुन स्वार्थ समुहको मान्छेको घेरा भित्र आफु छु, आफू संग भएको शक्ति छ ? घनश्याम भुषालले भने झैँ बिहान देखि बेलुकी सम्म तपाईसग आइपुग्ने मान्छेहरु कस्ता छन अनि किन आउछन ? आफ्नै पार्टीका नपढाउने शिक्षक किन हाजिरी बजाउछन नेताकोमा ? कर छल्ने आफ्नै खेमाको ब्यापारी किन हप्तामा सधै शक्तिकेन्द्रको नजिक रहन रुचाउछ ? नेताको घरभाडा र गाडी देखि हेलिकप्टर चार्टर गर्न किन ठेकदार साहेब मरिहत्ते गर्छन ।

 

कर्मचारी युनियनको पदाधिकारी किन मंत्री ज्युको कार्यकक्षलाई आफ्नो पानी पँधेरो सम्झ्नछ्न ? मंत्राणीहरु र मन्त्रीका छोराछोरीलाई उपहार दिन आफ्नो कर्तब्य सम्झने मान्छेहरु कति र को को छन् ? तस्कर किन नेताको घर दैलोलाई आफ्नो मन्दिर सम्झ्नछ ? भूमाफियाको आगमनमा किन नेताकार्यकर्ता प्रफुल्ल बन्छन ? यसैबीच एक दिनको लिस्ट बनाउनुस त तपाईहरुलाई सामान्य मान्छेले कतिजनाले भेटे अनि तिनको समस्या के थियो कहिल्यै सुन्नुभयो ? कति अप्ठ्यारोमा परेका मान्छेको काम तपाईबाट भयो सेवा र सहुलियत कस्ता मान्छेले लिए ? दिनभर भेटेको मान्छेको सुची हेर्नुस र तुलना गर्नुस तपाई कसको लागि काम गर्दैहुनुहुन्छ अनि तपाईलाई कसको काम गर्न तपाईको घेरफेरमा बस्नेले सघायो ।

 

आफ्नो कामको मूल्यांकन आफै गर्नुस र सामधान पनि त्यहि छ । सोच्नुस बेथिति सबैतिर छ शुरु गर्नुस आफूबाट । बेथितिलाई विसंगतिलाई अनि बेढंगलाई इरेज गर्न थालिहल्नुस धेरै सोचिरहनु, विचारिरहनु पर्दैन आजै अहिल्यै शुरु गर्नुस इरेजर जत्रो र जस्तो क्वालिटीको भए पनि जनताले दिनेछन र इरेज गर्नुपर्ने बंगाटिंगा धर्का र गडबडी पनि जनताले औल्याइदिनेछन ।