ग्रहलाई शुभ भावमा ल्याउने विधि

कुण्डलीको प्रथम भावलाई लग्न अर्थात् प्रथम घर भनिन्छ तथा जन्म महिना पनि भनिन्छ।कुनै पनि ग्रह कुनै वर्ष फलमा जहाँ भएपनि त्यस ग्रहले आफ्नो फल जन्म मास अनुसार नै दिन्छ।मानौं कुनै ग्रह कुण्डलीको पंचम घरमा छ तथा वर्ष फलमा बाह्रौ घरमा आएको बेला त्यस ग्रह बाह्रौ महिनामा आफ्नो फल दिन्छ।मानौं कसैको जन्म अषाढमा भएको छ भने त्यो व्यक्तिको बाह्रौ महिना जेष्ठ महिना हुन्छ।

अन्त ग्रहले त्यो जातकलाई जेष्ठ महिनामै फल प्रदान गर्छ।यस सन्दर्भमा लाल किताब एक सशक्त विधि हामीलाई प्रदान गरेको छ।यदि हाम्रो कुण्डलीमा ग्रह अनुकुल स्थानमा छैन भने हामीले यस विधिलाई प्रयोगमा ल्याई ग्रहलाई उपर्युक्त स्थानमा स्थानान्तरण गरि अर्थात् स्थान परिवर्तन गरि पूर्ण चाहना अनुसारको फल प्राप्त गर्न सक्छौ।

विधि तथा प्रयोग

१)ग्रहलाई लग्नमा स्थापित गर्दा हामीलाई लाभ प्राप्त हुन्छ त्यो ग्रह सित सम्बन्धित वस्तु आफ्नो घाँटीमा लगाउने।

२)यदि कुनै ग्रहलाई दोस्रो भावमा स्थापित गर्नु छ भने त्यस ग्रह सित सम्बन्धित वस्तु मन्दिर वा कुनै धार्मिक स्थानमा दिने वा दान गर्ने।

३)यसै प्रकार ग्रहलाई कुनै तेस्रो स्थानमा स्थापित गर्नु छ भने त्यस ग्रह सित धातु रत्नको औंठी लाउने।

४)यदि चौथो भावमा कुनै ग्रहलाई स्थापित गर्नु छ भने त्यस ग्रह सम्बन्धित वस्तुमा जल प्रवाह अर्थात् नदि मा बगाउने।

५)यसै प्रकार हामीलाई कुनै ग्रहको पंचम भावमा ल्याई स्थापित गराउनु छ भने त्यस ग्रह सम्बन्धित वस्तु स्कुल विद्यालयमा दिने पढ्ने बालबालिकालाई दिने।

६)कुनै ग्रहलाई षष्टम भावमा स्थापित गर्नु छ भने उक्त ग्रहसित सम्बन्धित वस्तु कुवा इनारमा हाल्ने।

७)सातौं भावमा यदि कुनै ग्रहलाई स्थापित गर्नु छ भने उक्त ग्रहसित सम्बन्धित वस्तुलाई जमिनमा गाड्ने।

८)यदि कुनै ग्रहलाई अष्टम भावमा ल्याई स्थापित गर्नु छ भने त्यस ग्रहसित सम्बन्धित वस्तुलाई मसानमा गाड्ने।

९)यदि ग्रहलाई नवम भावमा ल्याई स्थापित गर्नु छ भने उक्त ग्रहको वस्तु मन्दिरमा दिने वा आफै लाउने ।

१०)दशम भावमा कुनै ग्रहलाई स्थापित गर्नु छ भने ग्रह सित सम्बन्धित खाने कुरा ,लाउने वस्तु आफ्नो पितालाई खान दिने वा कुनै सरकारी भवनको छाया जुन स्थानमा पर्छ त्यस स्थानमा लागि गाड्ने ।

११)यदि एकादश स्थानमा ग्रहलाई स्थापित गर्नु छ भने कुनै ग्रहलाई केहि गर्नु पर्दैन।

१२)यदि बाह्रौ भावमा कुनै पनि ग्रहलाई स्थापित गर्नु छ भने त्यस ग्रहसित सम्बन्धित वस्तुलाई आफ्नो घरको छतमा अर्थात् कौशीमा स्थापित गर्ने।

हामीले कुण्डलिमा भएका ग्रहलाई बुझेर माथि उल्लेखित विधिद्वारा ग्रह स्थापित गर्न सक्यौं भने यस प्रयोग विधिले हामीलाई हाम्रो जीवनमा अनुकुलता ल्याउन अवश्य पनि मद्दत मिल्छ।